Monday, January 25, 2016

चिनीया कम्पनीले भेरी नदी किनारमा सुनखानीको सम्भाव्यता अध्ययन थालेको छ

0 comments
   

     जाजरकोट, ११ माघ । भेरी नदीको किनारमा एक चिनियाँ कम्पनीले सुनखानीको सम्भाव्यता अध्ययन थालेको छ । जाजरकोटको खलङ्गा धल्ला र जगतिपुर मटेलास्थित भेरी नदीको बगरमा चिनियाँ कम्पनी धर्मश्री माइनले सुनखानीको सम्भाव्यता अध्ययन थालेको हो ।धल्लामा चिनियाँ नागरिक सङ्पिङको नेतृत्वमा रहेको टोलीले दुई ठाउँमा जमिनमुनि ड्रिल गरेर अध्ययन गरिरहेको छ । एक सय ५० फिट गहिरो ड्रिल गरेर अनुसन्धान गरिरहेको भए पनि खासै प्रगति नदेखिएको दोभासेको काम गरिरहेका काभ्रेका भोजकुमार तामाङमार्फत टोली प्रमुख सङ्पिङले बताउनुभयो । चिनियाँ कम्पनी खानी तथा भुगर्भ विभागबाट सुनखानीको अध्ययन तथा अनुसन्धानको अनुमति लिएर जाजरकोट आएको हो ।अनुसन्धानका लागि आवश्यक प्रविधिसहित आएको टोलीले अझै तीन महिना काम गर्ने बताएको छ । आवश्यक सामग्री लिनका लागि अध्ययनस्थलसम्म कम्पनीले दुई किमी मोटर बाटोसमेत निर्माण गरेको छ । भेरी नदीका विभिन्न ठाउँमा सुन पाइएको खानी तथा भुगर्भ विभागसँग तथ्याङ्क रहेकाले कम्पनीले चासो देखाएर पाइलट प्रोजेक्टका रुपमा अनुसन्धान गरिरहेको कम्पनीले जनाएको छ ।जमिनमुनिबाट निकालिएका विभिन्न प्रकारका ढुङ्गा र अन्य खनिज पदार्थ थप अनुसन्धानका लागि कम्पनीको केन्द्रीय कार्यालयमा समेत पठाउने गरिएको कम्पनीका नेपाली सहयोगी भोजकुमार तामाङले बताउनुभयो । रासस

0 comments:

Like us

 

Search

 
Enjoy the site