Monday, January 25, 2016

खाली पेटमा खान नहुने चिजहरु हेर्नुहोस

0 comments

 खानेकु्राहरुले मानिसको शरिर अनुसार पनि असर गरिरहेको हुन्छ । कसैको शरिर गरम कुराहरु नसहने खालको हुन्छ भने कसैको शरिर सर्दि कुराहरु नसहने खालको हुन्छ । कसैलाइ राती सुत्ने बेलामा दही खाएर सुत्दा पनि केही असर गर्दैन भने कसैलाइ बिसन्चो गर्दछ । केही यस्ता चिजहरु छन जसलाई खाली पेटमा खायो भने पेटमा खराबीमात्रै होइन, स्वास्थ्यसम्बन्धी अन्य समस्याहरु पनि देखापर्दछन । जान्नको लागि हेर्नुहोस खाली
पेटमा खान नहुने ७ चिजहरु :

१.केरा : नियमीत रुपमा केरा दूधसँग खायो भने वजन बढ्छ । तर यो खाली पेटमा खानु फाईदाजनक हुँदैन । किनकी यसबाट शरीरमा म्याग्निसियमको मात्रा दुईगुणा बढ्छ । शरीरमा रहेको क्याल्सियमसँग यसको रासायनिक प्रतिक्रिया हुन्छ । यसबाट अपच हुने, पेट फुल्ने तथा एसिडको समस्या बढ्ने आदि हुन्छ । तसर्थ केरा खाली पेटमा नखानु नै बेस ।

२.सखरखण्ड : सखरखण्ड खानमा निकै मिठो किन नहोस, तर यो खाली पेटमा खाँदा यसले शरिरलाई कति पनि फाईदा गर्दैन । सखरखण्डमा टेनिन र पेक्टिन पाइन्छ, जसलाई खाली पेटमा खाँदा ग्यास्ट्रिकको समस्या बढ्छ । खाली पेटमा यसको सेवनले जलन र पेट फुल्ने समस्या पनि निम्त्याउँछ ।
३.काँचो गोलभेंडा : काँचो गोलभेंडा स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ । तर, यसलाई एकबिहानै खाली पेटमा भने खानु हुँदैन ।। किनकी यसमा रहेको अम्लले पेटमा रहेको ग्यास्ट्रोइंटस्टाइनल एसिडसँग रासायनिक प्रतिक्रिया गर्छ । जसका कारण पेट दुख्ने, फुल्ने तथा छाती पोल्ने जस्ता समस्या उत्पन्न देखापर्दछ । खाली पेटमा गोलभेंडा खाँदा पत्थरीको खतरा पनि दुईगुणा बढ्दछ ।

४.सोडा : सामान्यतया एसिडिीटी बढेको बेला हामी सोडा खाने गर्दछौ । हाम्रो शरिरमा ज्यादा कार्बोनेटका कारण एसिडको समस्या हुन्छ । तर हामीले खाली पेटमा सोडा खाँदा अम्लसँग मिलेर पेट दुख्ने समस्या बढ्न सक्छ । यसका अलावा छाती र आँतमा पनि जलन हुनसक्छ ।

५.प्राय औषधीहरु : केहीलाई छोडेर प्राय ओषधी खानापछि नै खाइन्छ । यसको कारण हो, औषधिमा रहेको तत्व शरीरभित्र रहेका तत्तहरुसँग सिधै मिलेर रासायनिक प्रतिक्रिया नहोस् । यदि यस्तो भयो भने यसले ठूलै समस्या पनि निम्ताउन सक्छ । त्यसैले तपाईंले कुनै औषधि सेवन गर्दै हुनुहुन्छ भने डाक्टरसँगको सल्लाहबाट मात्र सेवन गर्नुहोस । यसका लागि आफुखुशी औषधी सेवन गर्ने बानी त्याग्नुहोस ।

६.अल्कोहल : पहिलो कुरा त खाली पेटमा अल्कोहल खाँदा छिट्टैनै नशा लाग्छ । अर्कोतर्फ यसले आँतमा पनि नराम्रो असर पुर्याउँछ । त्यसैले बिहान केही नखाईकन रक्सीसहित अल्कोहलजन्य पदार्थ नखाएकै बेस ।

७.दूध हालेको चिया : बिहान उठेर चिया पिउनु त नेपालीको संस्कार नै भइसक्यो । तर, तपाईं एकाबिहानै खाली पेटमा दूध हालेको चिया खानुहुन्छ भने होसियार रहनुस् । यसले तपाईंको पेटमा ग्याँस्ट्रिकको समस्या बढाउँछ । एकबिहानै चिया पिउनै मन लागेमा दूध नहालेको कालो चिया पिउनु बेस हुन्छ ।

0 comments:

Like us

 

Search

 
Enjoy the site