Friday, January 22, 2016

बंगबन्धु गोल्डकपको उपाधि नेपालले जित्यो

0 comments
काठमाडौँ, ८ माघ, आज भएको फाइनल खेलमा बहराइनलाई हराउँदै नेपालले बंगबन्धु गोल्डकपको उपाधि चुम्न सफल भएको छ । खेलमा ३–० गोलको अग्रता लिँदै नेपालले उपाधि चुमेको हो । खेलको चौथो मिनेटमा नेपालका बिमल घर्ती मगरले पहिलो गोल गरेका थिए भने खोलेको दोस्रो हाफमा विशाल राईले १ तथा थप समयमा नवयुग श्रेष्ठले १ गोल गर्दै नेपाललाई उपाधि दिलाएका हुन् ।

 यो उपाधिसँगै नेपालले ऐतिहासिक उपलब्धी हाँसिल गरेको छ । २३ वर्षपछि नेपाल औपचारिक फुटबलको फाइनलमा पुगेको र उपाधि चुमेको यो पहिलो पटक हो ।  यसअघि बङ्गलादेशको ढाकामा सन् १९९३ मा भएको छैटौ दक्षिण एसियाली खेलकुद (साग) मा सोही मैदानमा जितेको उपाधिबाहेक अहिलेसम्मको खेलमा नेपालले उपाधि जित्न सकेको छैन । त्यसैगरी अन्तराष्ट्रियस्तरको प्रतियोगितामा नेपाल १७ वर्षपछि पहिलो पटक फाइनलमा पुगेको हो । यसअघि नेपालले सन् १९९९ मा दक्षिण एसियाली खेलकुद प्रतियोगितामा फाइनल खेल खेलेको थियो ।



0 comments:

Like us

 

Search

 
Enjoy the site