Tuesday, February 2, 2016

डिएसपीसहित तीन प्रहरीलाई घुस लिँदा लिँदै सोमबार राति रंगेहात पक्राउ

0 comments

 काठमाडौं, १९ माघ । नेपाल प्रहरीका एक डिएसपीसहित तीन प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदा लिँदै सोमबार राति रंगेहात पक्राउ गरेको छ ।
 ललितपुरको जावलाखेलस्थित सेन्ट मेरिजको गेट अगाडिको थाई घर रेस्टुरेन्टमा एक पेट्रोल पम्प सञ्चालकबाट घुस लिँदा लिँदै डिएसपी दयानन्द (डिएन) ज्ञवालीसहित दुर्इ प्रहरीलाई अख्तियारले सोमबार राति पक्राउ गरेको हो ।
 ललितपुरको एकान्तकुनास्थित जावलाखेल पेट्रोल पम्पका सञ्चालकबाट मुद्दा मिलाइदिने भन्दै ३ लाख घुस लिँदै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
 अख्तियारको टोलीले डिएसपी ज्ञवाली र इन्स्पेक्टर रमेशकुमार सिंहको साथबाट ३ लाख रुपैयाँ बरामद गरेको छ ।
 त्यसैगरी सई लालमणि पाण्डेलार्इ अख्तियारको टोलीले डेढ लाख रुपैयाँ घुससहित कलंकीबाट सोमबार राति नै पक्राउ गरेको छ ।
 घुससहित पक्राउ परेका तीनैजनालाई टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालयको हिरासतमा राखेको छ ।

0 comments:

Like us

 

Search

 
Enjoy the site