Tuesday, February 2, 2016

मलेसियालीमा कामदारहरुबाट लिँदै आएको लेभी शुल्क वृद्धि भयो

0 comments

माघ १८, २०७२- मलेसियाली सरकारले यहाँ कार्यरत विदेशी कामदारहरुबाट लिँदै आएको लेभी शुल्क वृद्धि गरेको छ ।
सार्वजनिक गरिएको शुल्क अनुसार निर्माण, उत्पादन र सेवा क्षेत्रमा यसअघि प्रति कामदार वार्षिक १८५०, १२५० र १८५० रिंगिट लिँदै आएकोमा अब उक्त शुल्क बढाएर २५ सय रिंगिट पुर्‍याइएको छ ।
यस्तै प्लान्टटेशन र कृषि क्षेत्रमा कार्यरत कामदारका लागि वार्षिक क्रमश: ५९० र ४१० रिंगिट लिँदै आएकोमा त्यसलाई बढाएर १५ सय रिंगिट पुर्‍याइएको सरकारी स्रोतलाई उल्लेख गर्दै स्थानिय संचारमाध्यमले बताएका छन् ।
मलेसियाले लेभी वापत यसअघि फरकफरक शुल्क लिँदै आएको भएपनि यसपटकदेखि दुई वटा शुल्क निर्धारण गरेको हो । उक्त नीति सोमबारदेखि (फेब्रुवरी १) देखि लागु हुने उपप्रधानमन्त्री डा. अहमदजहिद हमिदीलाई उल्लेख गर्दै स्थानीय संचारमाध्यमले बताएका छन् । यससँगै अब वैध रुपमा कार्यरत लाखौं नेपालीको गरि थप करोडौं रुपैयाँ रकम लेभीबापत मलेसियालाई जानेछ ।
मलेसियाले नेपालसहित थाइल्याण्ड, इण्डोनेसिया, कम्बोडिया, म्यानमार, लावस, भियतनाम, पाकिस्तान, श्रीलंका, बंगलादेश लगायत मुलुकहरुबाट कामदार लिँदै आएको छ ।
यहाँ कार्यरत करिब २१ लाख वैध विदेशी कामदारबाट करिब अढाई विलियन रिंगिट थप आम्दानी हुने उपप्रधानमन्त्री हमिदीले बताए ।
मलेसियाले यसअघि दुईपटक लेभीसम्बन्धी नीतिमा परिवर्तन गरेको थियो । उसले यसअघि कामदारसित लिँदै आएको लेभी सन् २००९ अप्रिल १ देखि लागु हुने गरी रोजगारदाताले तिर्नुपर्ने प्रावधान ल्याएको थियो । त्यसपछि पुन २०१३ जनवरी १देखि न्युनतम पारिश्रमिक मासिक ९ सय रिंगिट लागु गरेसँगै पुन: कामदारले नै तिर्नुपर्ने गरि उक्त प्रावधान उल्ट्याइएको थियो । हाल कामदारले नै लेभी तिर्दै आएका छन् ।
स्रोतका अनुसार मलेसियाले आगामी जुलाईदेखि मासिक हजार रिंगिट न्युनतम पारिश्रमिक पनि लागु गर्दैछ । पारिश्रमिक मासिक एकसय रिंगिट बढाउने भएपनि लेभी रकम वृद्धि हुँदा कामदारलाई थप लेभीभार पर्ने देखिएको छ ।

0 comments:

Like us

 

Search

 
Enjoy the site