Monday, February 1, 2016

नेपाल प्रहरीमा ५,४४४ जना जवान पदका लागि नयाँ भर्ना खुल्यो

0 comments

१८ माघ काठमाडौं । नेपाल प्रहरीले नयाँ भर्ना खुलाएको छ । प्रहरीले ५ हजार ४ सय ४४ जना जवान पदका लागि नयाँ भर्ना खुलाएको मानव स्रोत विकास तथा भर्ना छनौट शालाले जानकारी दिएको छ ।

दरखास्त आब्हान दिनेले उपत्यकाका ३ वटै प्रहरी परिसर र क्षेत्रिय कार्यालयबाट दिन सक्नेछन् ।जसमध्ये खुल्लातर्फ २ हजार ९ सय ३४ जना, मधेसीबाट ६ सय ७२, महिला ४ सय ८० छन् । त्यसैगरी दलित ३ सय ६०, पिछडिएको क्षेत्रबाट १ सय २१, अमर र अशक्त प्रहरी परिवारबाट १सय ९, आदिवासी जनजातिबाट ६सय ६८ जनाका लागि भर्ना खुलाईएको प्रहरीले बताएको छ ।


अन्य जानकारिको लागी यो लिंकमा क्लिक गर्नुहोला ।

0 comments:

Like us

 

Search

 
Enjoy the site