Tuesday, February 16, 2016

१२औ साग फुटबलम पुरुषमा स्वर्ण र महिला तर्फ रजत पदक हात पर्यो

0 comments

फाल्गुन ४, २०७२- १२औ साग फूटबल अन्तर्गत भारतको इन्दिरा गान्धी रंगशाला गुवाहटीमा हिजो सोमबार भएको खेलमा नेपालले भारतलाई २-१ गोलले पराजीत गरेको थियो। २३ वर्षपछि साग फुटबलमा स्वर्ण पदक जितेर नेपाली फुटबल टिमले खेल प्रेमीहरुलाई ठूलो खुशी दिएको छ ।


   त्यस्तै १२औ साग फूटबल महिला फुटवलमा नेपालले रजत पदकमा चित्त बुझाएको छ । अपराजित रहँदै फाईनलमा पुगेको नेपाल फाईनलमा भने भारतसँग ४–० ले पराजित हुन पुग्यो । लिग चरणमा नेपालले भारतसँग गोल रहित बराबरी खेलेको थियो ।

भारतको सिलोङ् स्थित जवहरलाल नेहरु स्टेडियममा भएको खेलमा भारतको जितमा कमला देवीले दुई तथा बाला देवी र आशा लतादेवीले गोल गरेका थिए ।

खेलको ३२ औं मिनेटमा कमला देवीको गोलबाट अग्रता लिएको भारतका लागि ५६ औं मिनेटमा कमलाले नै अग्रता दोब्बर पारिन् । नेपाली डिफेण्डरको गल्तीको फाईदा उठाउदै पहिलो हाफमा १–० को अग्रता दिलाएकी कमलाले कर्नर प्रहारलाई सदुपयोग गर्दै नेपाललाई २–० ले पछि पारिन् । खेलको ७३ औं मिनेटमा बालादेवी र ८० औं मिनेटमा आशा लतादेवीले थप गोल गरे ।

0 comments:

Like us

 

Search

 
Enjoy the site