Sunday, February 14, 2016

१२औ साग पुरुष तथा महिला फुटबल फाइनल खेल सोमबार हुदै

0 comments

       १२औ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको फुटबलतर्फ २०७२ फाल्गुन ३ सोमबार नेपाल र भारतबीच पुरुष तथा महिला दुबैतर्फका दुई फाइनल खेल हुने भएका छन् ।

पुरुष फुटबलमा नेपाल र आयोजक भारतबीचको फाइनल गुवाहाटीस्थित इन्दिरा गान्धी एथ्लेटिक रङ्गशालामा नेपाली समयानुसार साँझ ७:१५ बजे हुनेछ । त्यस्तै, नेपाल र भारतबीचकै महिला फुटबलको फाइनल सिलोङस्थित जवाहरलाल नेहरु रङ्गशालामा दिउँसो ४:१५ बजे हुनेछ ।

पुरुष फुटबलअन्तर्गत शनिबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ४-३ गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो भने भारतले सेमिफाइनलमा बङ्गलादेशलाई ३-० ले पाखा लगाएको थियो ।

त्यस्तै, महिलातर्फ दक्षिण एसियाका पाँच टोली (नेपाल, भारत, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्का)मध्ये राउण्डरोबिनका आधारमा अङ्कतालिकामा नेपाल पहिलो र भारत दोस्रो हुँदै सिधै फाइनलमा प्रवेश गरेका हुन् ।
लिग चरणमा नेपालले श्रीलङ्कालाई ४-०, बङ्गलादेशलाई ३-०, माल्दिभ्सलाई २-० ले पराजित गरेको थियो भने भारतसँग गोलरहित बराबरी खेलेको थियो । यता भारतले श्रीलङ्कालाई ५-०, बङ्गलादेशलाई ५-१ ले हराएको थियो भने नेपाल र माल्दिभ्ससँगको खेल गोलरहित बराबरीमा टुङ्ग्याएको थियो ।

त्यसैगरी, पुरुष फुटबलमा समूह ‘बी’ मा रहेको नेपालले भुटानलाई ५-० ले हराएको थियो भने बङ्गलादेशसँग १-२ ले नतिजा सुम्पिँदै उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको थियो । साथै, समूह ‘ए’ को उपविजेता भएर चित्त बुझाएको भारतले माल्दिभ्सलाई ३-२ ले पराजित गरेको थियो भने श्रीलङ्कासँग ०-१ को हार व्यहोरेको थियो । श्रोत साभार :कान्तिपुर समाचार

0 comments:

Like us

 

Search

 
Enjoy the site