Sunday, February 7, 2016

पुन तताएर खान नहुने खानाहरु यसप्रकार छन्

0 comments
सामान्यतः हामीले खानालाई दोश्रो पटक तताएर खाने गर्छौं । हरेक प्रकारको खानेकुरा तताएर खाने हाम्रो बानी हुन्छ ।
तर यस्तो बानी छ भने अव सावधान हुनुस् । अध्यनले कतिपय खाना दोश्रो पटक तताउनु घातक हुने देखाएको छ ।

तताउँदा यस्ता खाने कुरामा रहेको पोषक तत्व नष्ट हुने गर्छ । त्यस्तै दोश्रो पटक तताउँदा खानेकुरामा विषाक्ता बढ्ने समेत खतरा हुन्छ ।

थाहा पाइ राख्नुस् दोश्रो पटक तताउन नहुने खाने कुरा के के।

१. भात

भातलाई दोश्रो पटक तताउँदा विषाक्त हुन सक्छ । यसबाट फुड पोइजनिङको खतरा हुन्छ ।





२. आलुको परिकार

आलुको परिकार पनि दोश्रो पटक तताउँदा विषाक्त हुन सक्छ । आलु पकाउने सबैभन्दा राम्रो तरिका उमाल्नु हो ।



३. पालक , धनियाँको पात , शलगम , सलाद (lettuce) नाईट्रेटको मात्र बढी भएकोले एक पटक पकाइसकेपछि पुन तताउनु हुँदैन । यसलाई तताउँदा बिषाक्त बन्न सक्छ साथै यसमा क्यान्सर बनाउने तत्व पैदा हुन्छ ।

४. कुखुराको मासु ,अन्डा
कुखुराको मासु प्रोटिनयुक्त खाना हो । यसलाई दोश्रो पटक तताउँदा पाचन सम्बन्धि समस्या आउन सक्छ । रहेको कुखुराको मासुलाई सलाद वा अन्य कुरासँग मिसाएर नतताइ खाने गर्नुस् ।

५. मशरुम

च्याउ पनि तताए खान नहुने खानेकुरमा पर्छ । दोश्रो पटक तताउँदा च्याउमा रहेको प्रोटिन नष्ट हुन्छ ।


0 comments:

Like us

 

Search

 
Enjoy the site