Sunday, February 7, 2016

पासाङ ल्हामु शेर्पा अंकिता एड्भेन्चरर अफ दि इयर २०१६ बनिन

0 comments

माघ २४ , २०७२- नेपाली पर्वतारोही पासाङ ल्हामु शेर्पा अंकितालाई नेसनल जियोग्राफिकले ‘एड्भेन्चरर अफ दि इयर २०१६’ घोषणा गरेको छ । १० जनालाई मनोनयनमा राखेर गरिएको मतदानमा उनी विजयी घोषित भएकी हुन् ।

संरक्षण, आरोहण र मानवीय काममा उल्लेख्य योगदान दिने र सफलता पाउनेलाई नेसनल जियोग्राफिकले यो सम्मान दिँदै आएको छ । पासाङ ल्हामुलाई उनको पर्वतारोहण र भूकम्पपछिको उद्दारमा देखाएको साहसका कारण छनौट गरिएको जियोग्राफिकले जनाएको छ । सोलुखुम्बुको खुम्जुङमा जन्मिएकी पासाङले सगरमाथालगायतका विश्वका थुप्रै अग्ला शिखरको आरोहण गरिसकेकी छन् । श्रोत : कान्तिपुर

0 comments:

Like us

 

Search

 
Enjoy the site