Saturday, February 6, 2016

ताइवानमा भूकम्पमा परी १४ जनाको ज्यान गएको छ

0 comments
ताइपेई, २३ माघ, शनिबार बिहानीपख गएको शक्तिशाली भूकम्पमा परी १४ जनाको ज्यान गएको छ । ताइवानमा नयाँ वर्षको समारोहको आयोजना गर्ने समयमा भूकम्पले दिएको धक्कामा परी कम्तीमा पनि चौधको ज्यान गएको प्रहरीले जानकारी दिएको हो । प्रहरी, सेना र ठूलो सङ्ख्याका उद्वारकर्ताले उद्वारकार्य जारी राखेको पनि सो समाचारमा बताइएको छ । शनिबार बिहान गएको ६.४ रिक्टर स्केलको सो भूकम्पका कारण मध्य ताइपेइको एक ठूलो भवन भत्किएको थियो । सोही भवनमा परी ती व्यक्तिको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । मध्ये ताइपेइमा चारवटा आवासीय घर भत्किएका छन् । ती घरमा परी अरु पनि करिब ३० जना व्यक्ति अझैपनि च्यापिएर रहेको बताइएको छ । उनीहरुको उद्वारको कार्य जारी रहेको छ । तर पनि भग्नावशेषबाट ती व्यक्तिलाई झिक्न सकिएको छैन । सो भूकम्पका कारण भएको भागाभागमा परी दर्जनौँ व्यक्ति घाइते पनि भएका छन् । ती भागाभागमा परी केही व्यक्तिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । शनिबार बिहानीपखको सो भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण भने आउन सकिरहेको छैन ।



0 comments:

Like us

 

Search

 
Enjoy the site