Saturday, February 6, 2016

नुवाकोटमा माइक्रोबस दुर्घटना हुँदा ११ जनाको मृतु भएको छ

0 comments
त्रिशूली (नुवाकोट), २३ माघ । काठमाडौँबाट त्रिशूलीतर्फ आउँदै गरेको बा१ज ७५८३ नंको माइक्रोवस पासाङल्हामु राजमार्गको मदानपुर–८ केउरिनीमा आज दिउँसो १२ बजेनीर दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । दुर्घटनामा परी १२ जना घाइते भएका छन् । क्षमताभन्दा बढी यात्रु सवार माइक्रोबस सडकदेखि २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी चालक बेलकोट–२ घर भएका २२ वर्षीय दामोदर कँडेलको सनाखत भएको छ । दुर्घटनास्थलमा त्रिशूली सैन्य तालिम केन्द्रमा तालिम लिइरहेका सैनिक रिक्रुट सन्तोष बोगटी, ईश्वर कार्की, यशोदा कार्की र रामेछापकी लक्ष्मी श्रेष्ठको परिचयपत्र फेला परेपछि उनीहरु मृतक हुन् या घाइते खुलिनसकेको नुवाकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सिद्धिविक्रम शाहले बताउनुभयो । तेइसजना यात्रु बोकेर नुवाकोटको त्रिशूली आउँदै गरेको माइक्रोबसमा अधिकांश नेपाली सेनामा तालिमरत सिपाहीहरु रहेको बताइएको छ । शुक्रबार बिदामा आएर शनिबार फर्कने क्रममा उनीहरु दुर्घटनामा परेका हुन् । दुर्घटनामा छजना शैन्य तालिम केन्द्र त्रिशूलीमा तालिम लिँदै गरेका र बाँकी सर्वसाधारण रहेको प्रहरीले जनाएको छ । नेपाली सेनाको सैन्य तालिम केन्द्र मैथलीले पनि तालिमरत जवानहरु दुर्घटनामा परे पनि मृतकहरु को को हुन् भन्ने बारेमा भन्न नसकिने प्रतिक्रिया दिएको छ । तालिम केन्द्रका मेजर अर्जुन थापाले मृतक र घाइतेहरुको पहिचानका लागि प्रयास भइरहेको बताउँदै पूर्ण विवरण दिन नसकिने प्रतिक्रिया दिनुभयो । दुर्घटनास्थलमा आठजना र तीनजनाको काठमाडौँको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको हो । घाइतेहरु पाँचजनालाई हेलिकप्टरबाट राजधानीमा उपचार गर्न लगिएको छ । दशजना घाइतेलाई बसबाट राजधानी लगिएको छ । घाइतेहरुको ट्रमा सेन्टर र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस


0 comments:

Like us

 

Search

 
Enjoy the site