Below slider

Content left

Content right

 

Saturday, February 6, 2016

मिस तामाङ पोखरा– २०१६ निमा तामाङले जितीन

0 comments

२०७२ माघ २२। सोनाम ल्होछार  २८५२ माकर (टे) ल्हो (बाँदर वर्ग) को अवसरमा बैदाम तामाङ समाज द्वारा आयोजित मिस तामाङ पोखरा– २०१६ को उपाधि लेक साइडकी निमा तामाङले जितेकी छिन । उपाधि सहित उनले मिस पर्सनालिटीको उपाधि पनि हात पारेकी छिन् । फस्र्ट रनर्सअपको साथमा मुना स्याङ्बो तामाङले भ्युअर्स च्वाइस तथा बेस्ट कस्ट्युमको उपाधि जितेकी  छन्  । यस्तै सेकेन्ड रनर्सअप गीता लामा  तामाङले  मिस ट्यालेन्टको उपाधि जितेकी छन्।

प्रतियोगितामा अन्य उपाधिहरु  मिस कन्फिडेन्ट डोल्मा लामा तामाङ, मिस फोटोजेनिक बिपना लामा तामाङ , मिस डिसिप्लिन सोनी योञ्जन तामाङ,ब्युटिफुल स्किन तथा स्माइल जानुका घिसिङ तामाङ, मिस ब्युटिफुल आई आस्मा लामा तामाङ ,  मिस ब्युटिफुल हेयर जिना तामाङ, मिस बेस्ट तामाङ ल्याङ्वेज उत्साह लोप्चन तामाङ, मिस क्याटवाक मनीषा तामाङ, मिस पर्फमर सोनी दोङ तामाङले  हात पारिन् ।

प्रतियोगिताको मुख्य निर्णायकमा पूर्व मिस नेपाल नीलिमा गुरुङ थिइन् । कार्यक्रममा इन्दिरा गोले गुरुङ, शुक्र लामा तामाङ  र  सञ्जीव लामा तामाङले  सांगीतिक प्रस्तुतिको  साथै एसके डान्स एन्ड एरोविक एवं सिम्पानी तामाङ समाजले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । श्रोत तामाङ् अनलाईन

0 comments:

Like us

 

Search

 
Enjoy the site