Monday, February 8, 2016

नेहा पुनका हत्यारा आज सार्वजनिक गरिदै

0 comments

कास्की, २५ माघ । नायिका नेहा पुनका हत्यारा पोखराबाट पक्राउ परेका छन् । मगर चलचित्रमा मुख्य नायिकाको अभिनय गरेकी १९ वर्षीया योरुना पुन ‘नेहा’ को हत्यारालाई प्रहरीले पक्राउ गरीसकेको र आज सार्वजनिक गर्ने तयारी गरिएको छ । प्रहरी अनुसन्धानका क्रममा हत्यारा पोखरा नयाँ सडकका युवकले नेहालाई मोटरसाइकलको हेलमेटले हानेर हत्या गरेको स्विकारेको कास्की प्रहरी प्रमुख हरि बहादुर पालले जानकारी दिए । पालका अनुसार मृतक नायिका पुन पोखराको न्युरोडस्थित स्माईल क्याफेमा कार्यरत थिईन् । यही माघ १९ गते विहान कामबाट नर्फके पछि आफन्तले खोजी गर्दा उनको घर नजिकै हत्या भएको अवस्थामा शव फेला परेको थियो । यसबारेमा प्रहरीले १ बजे पत्रकार सम्मेलन गरेर थप जानकारी दिने तयारी गरेको छ । 

0 comments:

Like us

 

Search

 
Enjoy the site