Monday, February 8, 2016

नीमा घर्तीमगरले दिलाइन सागमा नेपाललाई पहिलो स्वर्ण पदक दिलाईन

0 comments











माघ २५, २०७२- १६ बर्षीय नीमा घर्तीमगरले १२ औं सागमा नेपाललाई पहिलो स्वर्ण दिलाएकी छन् । उनले उसुको थाउलोअन्तर्गत् छानछ्वजान अलराउन्डमा स्वर्ण जितेकी हुन् । नीमाको यो पहिलो अन्र्तराष्ट्रिय प्रतियोगितामा सहभागिता हो । स्वर्ण जितेकी उनले देशका लागि पहिलो स्वर्ण पदक दिलाउन सकेकोमा आफूलाई एकदमै गर्व लागेको बताइन् । यो स्पर्धामा भारतले रजत र पाकिस्तानले काश्य पदक प्राप्त गर्‍यो । यस्तै, उसुको नानकुन तर्फ पनि सोमबार एक रजत पदक प्राप्त गरेको छ । प्रतिष्पर्धामा नेपालका युवराज थापाले रजत पदक जितेका हुन् । उनले पहिलो चरणमा ८ दशमलव आठ–आठ र दोश्रो चरणमा ९ दशमलव दुइ एक सहित कुल १८ दशमलव एक तन अंक प्राप्त गर्दै रजत पदक दिलाएका हुन् । योसंगै नेपालको १ स्वर्ण, ४ रजत र ७ काश्यसहित पदकसंख्या १२ पुगेको छ । श्रोत कान्तिपुर

0 comments:

Like us

 

Search

 
Enjoy the site