Saturday, March 12, 2016

दक्षिणी सुडानमा तलबको सट्टामा महिलालाई बलात्कार गर्न अनुमति

0 comments
फाल्गुन २९ शनिबार। दक्षिणी सुडानमा सेनासँग जोडिएका लडाकुलाई तलबको सट्टामा महिलालाई बलात्कार गर्ने स्वीकृति दिने गरेको संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले खुलासा गरेको छ ।
गतवर्ष सुडानको तेलमा धनी राज्य युनिटीमा मात्रै एक हजार तीन सय महिलाको बलात्कार भएको प्रतिवेदनले देखाएको हो ।

दक्षिणी सुडानको सेनाले आम नागरिकको हत्या तथा बलात्कार गर्ने गरेको र यो युद्ध अपराध भएको राष्ट्रसंघले आरोप लगाएको छ । राष्ट्रसंघको आरोप भने दक्षिणी सुडानको सरकारले अस्वीकार गरेको छ ।
राष्ट्रसंघको प्रतिवेदन अनुसार सेनाले लडाकुलाई गर्न सकेको गर, लैजान सकेको लैजाउ भन्ने सम्झौताअनुसार काममा लगाउने गरेको र सोही सम्झौताअनुसार लडाकुलाई महिला तथा किशोरी आफ्नो साथमा लगेर बलात्कार गर्ने छुट रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
तर, राष्ट्रपति साल्भा किरका प्रवक्ता एटेनी वे एटेनीले आफुहरुले नियमानुसार नै काम गरिरहेको दाबी गर्दै सेनाले आम नागरिकलाई निशाना बनाएको र उनीहरुको हत्या तथा बलात्कार गरेको भन्ने आरोपबारे छानविन भइरहेको दाबी गरेका छन् । एजेन्सी

0 comments:

Like us

 

Search

 
Enjoy the site