Saturday, March 12, 2016

भक्तपुरका एक दिदि बलात्कार गर्ने भाइलाई १६ बर्ष जेल

0 comments

काठमाडौं, २९ फागुन । दिदी बलात्कार गर्ने भाइलाई अदालतले १६ वर्षको कैद सजाय सुनाएको छ । मध्यपुरथिमिका २० वर्षे एक युवकलाई भक्तपुर जिल्ला अदालतले दिदीलाई बलात्कार गरेको सजाय स्वरुप १६ वर्ष कैद सजाय र तीन लाख क्षतिपूर्तिको फैसला गरेको छ । शुक्रबार अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले भाइलाई कसुर ठहर गर्दै यस्तो फैसला गरेको हो ।
२२ वर्षे दिदीलाई बलात्कार गर्ने मध्यपुरथिमि नगरपालिका–१३ निकोसेरा घर भई हाल अनन्तलिंगेश्वर नगरपालिका–१२ दधिकोटमा बस्दै आएका ति युवकले जबर्जस्ती बलात्कार गरेको अनुसन्धानकाक्रममा खुलेको अदालतले जनाएको छ ।
अदालतले जबर्जस्ती करणी महलको दफा ३ को उपदफा ५ अनुसार ६ वर्ष कैद र हाडनाता करणी १ नम्बरको ८ बमोजिम थप १० वर्ष कैद गरी कुल १६ वर्ष कैद र भाइबाट रु तीन लाख क्षतिपूिर्त भराउने फैसला गरेको अदालतका स्रेस्तेदार खड्गराज अधिकारीले जानकारी दिए ।
भाइविरुद्ध दिदीले प्रहरीमा उजुरी दिएपछि परिवारले पीडितलाई घरबाट र नोकरीबाट समेत निकालिएको थियो । त्यसपछि तत्कालका लागि पीडितलाई खान, बस्न र अध्ययन गर्नका लागि महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयअन्तर्गत् लैंगिक हिंसा निवारण कोषबाट तत्कालका लागि दुई लाख उपलब्ध गराउने फैसला गरेको समेत गरेको छ । श्रोत :दैनिक नेपाल


0 comments:

Like us

 

Search

 
Enjoy the site