Sunday, March 13, 2016

चैत्र १ बाट लोडसेडिङ घट्यो

0 comments
फागुन ३०, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समायवधी सातामा ६ घण्टा घटाएको छ । भोलीदेखि लागु हुने गरी प्राधिकरणले लोडसेडिङको समय घटाएको हो ।

यसअघि सातामा ९१ घण्टा लोडसेडिङ हुदै आएकोमा घटेर अब ८५ घण्टा हुनेछ । नयाँ तालिका अनुसार साताका ६ दिन १२ घण्टा र १ दिन १३ घण्टा लोडसेडिङ हुनेछ ।
आगामी एसएलसी परीक्षालाई मध्यनजर गर्दै लोडसेडिङ घटाएको प्राधिकरणले जनाएको छ । एसएलसी परीक्षा आगामी चैत १८ गते शुरु हुदैछ ।
नदीहरुमा पानीको जलस्तर घट्ने क्रममै रहेपनि भारतबाट थप विद्युत आयात भई सप्लाई स्थिर भएकाले लोडसेडिङ घटाइएको प्राधिकरणको विज्ञप्तीमा उल्लेख छ । 

0 comments:

Like us

 

Search

 
Enjoy the site