Thursday, July 9, 2015

नुवाकोटको वुङताङबाट काठमाडौं जादै गरेको बस दुर्घटना

0 comments
             नुवाकोट,असार२४-पासाङल्हामु मार्ग अन्तर्गत त्रिशूली–काठमाडौं सडक खण्डको ३५ किलो भन्ने बजारबाट १ किलोमिटर काठमाडौं तर्फ सिस्नेरीमा यात्रुबाहक बसलाई माथिबाट खसेको ढुङ्गाले थिचेपछि चालक रसुवा भोर्ले-६ का प्रतीमान विश्वकर्मा सहित पाँच जनाको ज्यान गएको छ.बा २ ख २८४१ नम्वरको बस नुवाकोटको वुङताङबाट काठमाडौं जादै थियो । केहि दिन देखि परेको बर्षाको कारण सिस्नेरी भिरबाट पैरोको रुपमा खसेको ढुङ्गाले बस थिचेको प्रहरीले जनाएको छ
           दुर्घटनामा परि ककनी गाविस वडा नं. १ की विमला तामाङ, सोहि गाविस वडा नं. २ की अरुणा तामाङ, ककनी गाविसका आइतराम तामाङ र धादिङको सत्यदेवी गाविसकी श्रीमाया तामाङको पनि ज्यान गएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारको लागी राजधानी लगिएको छ । पहिरोमा फसेको गाडीबाट सह–चालक सहित तीन जनाको उद्धार गरिएकको छ अन्य घाइतेहरु कम्तिमा पनि १५ जना भन्दा बढी रहेको जनाएको छ।
          सशस्त्र, जनपथ र नेपाली सेनाको टोली घटनास्थलमा पुगेपनि माथिबाट पहिरो बग्नेक्रम जारी रहेकाले उद्धारमा समस्या आएको प्रहरी निरीक्षक जयराम वन्तले बताए।


0 comments:

Like us

 

Search

 
Enjoy the site