Thursday, July 9, 2015

सामूहिक आत्महत्याको प्रयास गर्दा आमाको मृत्यु तीन बालबालिकाको अवस्था चिन्ताजनक

0 comments
कञ्चनपुर, २४ असार, बालबालिकासहित सामूहिक आत्महत्याको प्रयास गर्दा आमाको मृत्यु भएको छ भने तीन बालबालिकाको अवस्था चिन्ताजनक रहेको छ । कञ्चनपुरको दैजी–३ धर्मपुरकी २८ वर्षीया मीना बोगटीको महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा बुधबार राति मृत्यु भएको हो ।

बालबालिकासहित उनले दूधमा विषादी मिसाई सेवन गरेकी थिइन् । छिमेकीको सहयोगमा उनलाई तत्काल महाकाली अञ्चल अस्पतालमा पुर्याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कर्णबहादुर बमले बताउनुभयो ।

विषादी सेवन गराइएका मृतककी छोरा नरेन्द्र, छोरी जेनु र करुणाको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसके पछि थप उपचारका लागि भारतको खटिमातर्फ लगिएको छ ।

तीनै बालबालिकाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । बालबालिकाको उमेर तीन वर्षदेखि पाँच वर्षसम्म रहेको छ ।  मृतक महिलाका श्रीमान् भारतमा मजदुरी गर्न गएको र उनी तीन छोराछोरीसँगै बस्दै आएकी थिइन् ।

मीनाले बालबालिकासहित आफूले विषादी सेवन गर्नुको कारण खुल्न सकेको छैन । प्रहरीले सामूहिक आत्महत्याको प्रयास गर्नुको कारणबारे अनुसन्धानलाई अगाडि बढाएको जनाएको छ । रासस

0 comments:

Like us

 

Search

 
Enjoy the site