Saturday, July 18, 2015

शक्तिशाली कार बम विस्फोटमा परी कम्तीमा ९० जनाको ज्यान गएको छ

0 comments
खान बानी साद (इराक), २ साउन । इराकको राजधानी बग्दादको उत्तरी क्षेत्रमा भएको एक शक्तिशाली कार बम विस्फोटमा परी कम्तीमा पनि ९० जनाको ज्यान गएको समाचार छ ।

शुक्रबार साँझ र रातिगरी सो विस्फोट भएको थियो । उक्त विस्फोटमा परी मारिने व्यक्तिको सङ्ख्या ९० जना पुगेको अधिकारीहरुले जनाएका छन् ।

उक्त विस्फोट इस्लामिक स्टेटले गराएका थिए । उनीहरुले यसको जिम्मेवारी पनि लिइसकेका छन् ।
विस्फोट भएको नगर खान बानी सादका एकजना अधिकारीले मृत्यु हुने व्यक्तिको सङ्ख्या ९० पुगेको जानकारी दिएका छन् । उनले सो विस्फोटमा परी हराउनेको सङ्ख्या २० भन्दा बढी रहेको बताएका छन् ।

अब्बास हादी सालेहले सो बारेमा जानकारी दिएका छन् । उनले भनेका छन्– मारिनेको सङ्ख्या ९० पुगेको छ र त्यसमा परी अरु १२० जना घाइते भएका छन् ।

रमाजानको अन्तिम दिन मनाइरहेका बेला शुक्रबार यसरी विस्फोट भएको थियो । विस्फोटमा परी १५ जना बालबालिका पनि मारिएका छन् ।

बजारको मध्यभागमा नै शुक्रबार किनमेल जारी रहेको समयमा धेरै मानिस जम्मा भएको स्थानमा यस्तो विस्फोट भएकोले धेरै नागरिकको ज्यान गएको बताइएको हो ।

सिया समुदायका मुसलमानहरुको बाहुल्यता रहेको भनिएको सो नगरमा बर्सेनि यसरी रमाजानकै समयमा हमला हुने गरेको छ । जसका कारण नागरिकमा त्रास फैलिने गर्दछ ।

यसरी बर्सेनि हामीमाथि हमला हुने गरेको छ हामी सियाहरुको दोषी बन्दै आएका छौँ– सालेहले भने । यो नगर दिया प्रान्तमा पर्दछ । इराक सरकारले गएको महिनामात्र यस नगरलाई आइएसबाट सुरक्षित नगरका रुपमा नै घोषणा गरेको थियो ।

आइएसले यसको जिम्मेवारी लिएका छन् । उनीहरुले यस विस्फोटमा कम्तीमा पनि तीन टन शक्तिशाली विस्फोटक पदार्थको प्रयोग गरेको जनाएको छ ।

उसले उक्त नगरमा गतवर्षबाट सुरु गरेको आक्रमणपछि यसलाई सबैभन्दा शक्तिशाली विस्फोट भएको बताएको छ ।

एएफपीका समाचारदाताले उक्त शक्तिशाली विस्फोटका कारण सो सडकमा ठूलो खाडल परेको बताएका छन् । विस्फोटबाट अरुपनि कयौँ संरचना ध्वस्त भएको बताइएको छ ।

0 comments:

Like us

 

Search

 
Enjoy the site