६ भदौ ,सोल–कोरियाली प्रायद्वीप बढ्दो तनावकाबीच दक्षिण कोरियाका राष्ट्रपति भवनले शनिबार जारी गरेको वक्तव्यमा उत्तर कोरियाकोतर्फबाट कुनै पनि उक्साहटमा कारवाही गरिए जवाफी कारवाही गर्ने चेतावनी दिइएको छ।
दक्षिण कोरियाका राष्ट्रपति कार्यलयका प्रवक्ताले ब्लू हाउस शान्तिपुर्ण तरिकाले कुनै पनि स्थितिमाथि नियन्त्रण गर्ने तर, कुनै उक्साहटका उत्तरले कारवाही गरे त्यसको गतिलो जवाफ दिने तयारी गरेको बताएका छन् । पछिल्ला केही दिनमा दुई कोरियाबीच बढ्दो तनावमाथि अमेरिका, संयुक्त राष्ट्रसंघ र उत्तर कोरियाको एकमात्र सहयोगी देश चीनलेसमेत दुवै देशलाई शान्ति व्यवस्था कायम राख्न अपील गरेका छन् । दुवै देशबीच बिहीबार भएको गोलाबारीपछि तनाव निकै बढेको छ ।
उत्तर कोरियाले दक्षिण कोरियालाई आफूमाथिको दुष्प्रचार रोक्न त्यसो नभए सैन्य कारवाहीको समाना गर्न चेतावनी दिएको थियो । यी दुईबीचको त्यतिबेला तनाव किनै बढेको थियो,जतिबेला बारुदी सुरुङ विष्फोटनमा दुई दक्षिण कोरियाली सैनिक घाइते भएका थिए । दक्षिण कोरियाले सो बारुदी सुरु उत्तर कोरियाले लगाएको आरोप लगाउँदै आएको छ भने सो आरोपको उत्तर कोरियाले ठाडै अस्विकार गरेको छ ।
यो घटनाको एक हप्तापछि दक्षिण कोरियाले सीमावर्ती इलाकामा लाउडस्पिकरमार्फत उत्तर कोरिया विरुद्ध प्रचार गर्न सुरु गरेको थियो । दुवै देशले यो भन्दा पहिला पनि यस किसिमको दुष्प्रचार गर्दै आएका थिए । उत्तर कोरियाले हटलाइनमार्फत दक्षिण कोरियालाई आफ्नो सिमामा लगाएका लाउडस्पिकर ४८ घण्टाभित्र हटाउन अल्टिमेटम दिएको थियो । तर दक्षिण कोरियाले उत्तरको अल्टिमेटम मान्न अस्विार गरेको छ ।

0 comments:
Post a Comment