Sunday, August 23, 2015

बाइकको पछाडी नांगो महिला बसेको भाइरल फोटो

0 comments
शरीरमा एक धरो कपडा नलगाएकी केटी आरामले मोटरसाइकलको पछाडी बसेर सडकमा हुइकिदै थिइन् । अर्का मोटरसाइकल चालकले मोबाइल झिकेर उनको फोटोखिच्न भ्याए जून अहिले इन्टरनेटमा भाइरल बनेको छ ।टाउकोमा हेलमेट र गोडामा जुत्ता लगाएकी केटीले बीचमा केहि पनि लगाएकी थिइनन् । जबकी बाइक हाक्ने युवक भने सामान्य पोशाकमा थिए । 

नग्न केटी यसरी बाइकमा कुदिरहँदा वरिपरी गुडेका गाडिका चालकहरु एकोहोरोदृष्टि उनीमाथी पर्यो । पश्चिम रुसको ओरीयोल ओब्लास्ट क्षेत्रको व्यस्त सडकमा केही दिनअघि यो घटना भएको थियो ।

सार्वजनिक रुपमा नांगै हिड्ने यी महिला र बाइक हाँक्ने पुरुषलाई प्रहरीले भेटेको भए कानून तोडेको आरोपमा पक्राउ पर्ने थिए । यहाँको कानून अनुसार कुनै पनि महिला सार्वजनिक स्थानमा कम्तिमा ब्रा र पेन्टी लगाएकै हुनुपर्छ । तर उनीहरु प्रहरीबाट छलिएर हिँड्न सफल भए ।

ती महिलाले ब्रा र पेन्टी पनि नलगाइकन हिँड्नेजोखिम किन उठाइन् भन्ने खुल्न सकेको छैन । तर सामाजिक सञ्जालमा उनी रातारात चर्चित भइसकेकी छिन् । सामाजिक सञ्जालमा एकजनाले लेखेका छन्, मलाईलाग्छ उनले कुनै बाजी हारेर यसरी हिँड्नु परेको होला ।

अर्काले लेखेका छन्, हैट, उनलाई त मेरो बाइकमा चढाउन पाए हुने । धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले महिलाको यस्तो हर्कतले देशकै बेइज्यति गरेको टिप्पणी गरेका छन् । यद्यपि, विकसित देशहरुमा यस्ता घटनाहरु आक्कलझुक्कल हुने गर्दछन् ।

0 comments:

Like us

 

Search

 
Enjoy the site