Sunday, August 23, 2015

न्यायाधीश रणबहादुर बमको हत्यारा सञ्जय स्माइली मगरलाई साउदीबाट काठमाडौँ ल्याईयो

0 comments
६ भदौ ,काठमाडौँ - सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या गरेर त्यसको केही महिनापछि साउदी अरब पुगेका भगवान भनिने सञ्जय स्माइली मगरलाई केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले आइतबार नेपाल ल्याएको छ।

४ दिनअघि साउदी पुगेको सिआइबीको टोलीले उनलाई आइतबार बिहान ९ बजे  काठमाडौं ल्याइपुर्‍याएकाे हो। २०६९ साल जेठ १८ गते  ललितपुरको बंगलामुखी मन्दिर दर्शर गरेर फर्कने क्रममा युएन पार्क नजिक बमको गोली हानी हत्या गरिएको थियो। हत्याका मुख्य योजनाकार बाबु थापासहितका ३ जनालाई गत पुस २१ गते पक्राउ गरिसकेको थियो।

 पुख्र्यौली घर रामेछापको खनियापानी भएको संजय काठमाडौंको पेप्सीकोलामा बस्दै आएका थिए। चुरेभावर पार्टीमा आबद्ध उनी बाबु थापासँग निकट थिए। पहिलो संविधानसभा निर्वाचनमा उनी रामेछापबाट प्रत्यक्षमा लडेका समेत थिए।

तर ३ हजारको पनि हाराहारीमा उनलाई भोट आएको थिएन्। संविधानसभाको चुनाव पछि उनी पेप्सीकोलामा बस्दै आए। त्यहाँ टोले गुण्डाका रुपमा स्थापीत भएका मगर गुण्डागर्दीमा लागेका थिए। वमको हत्या भएको केही महिनापछि आफू वैदेशिक रोजगारीका लागि साउदी गएको उनले बताएका छन्।


सुरक्षित महसुस गरेर आफू साउदी आएको उनले प्रहरी समक्ष भनेका छन्। जब सिआइबीले बाबु थापासहितका ३ जनालाई पक्राउ गर्‍यो। त्यसेबला नै उनी साउदी पुगेको सुराकी सिआइबीलाई आइसकेको थियो। साउदीको रियादमा ड्राइभर पेशामा उनी काम गर्न पुगेका थिए।

त्यहाँ उनले ट्रक चलाउने गर्थे। सिआइबीले मगरलाई पक्राउ गर्न इन्टरपोललाई आग्रह गरेको थियो। इन्टरपोलले नोटिस जारी गरेपछि उनी साउदी गएको ३ महिनामा नै पक्रउ परेका थिए। मलेसिया सरकारले कानुनी अड्चन भन्दै मगरलाई नेपाललाई बुझाउन केही समय झुलाएको गरेको थियो।


गृहसचिव स्तरीय र परराष्ट्र मन्त्रीस्तरीय कुटनीतिक पहलमा मलेसियन सरकारले मगर सिआइबीलाई सुम्पेको हो। सिआइबीले  प्रहरी निरीक्षकको नेतृत्वमा २ जना मलेसिया पठाएको थियो। बमको हत्यामा मगर नै सुटर रहेको सिआइबीका प्रहरी निरीक्षक दधिराम न्यौपानेले सेतोपाटीलाई बताए।

साथै हत्या भएपछि सुविधानगरमा मोटरसाइकल व्यवस्थापन र हतियार व्यवस्थापन मगरले नै गरेको उनले सुनाए। आर्थिक प्रलोभनमा परेर उनले वमको हत्या गरेको स्वीकारेका छन्। आँटिलो र चतुर स्वभावका मगर बम हत्या पछि केही समय पेप्सीकोलामा नै बस्दै आएका थिए।

मगरलाई पक्राउ गरेर काठमाडौं ल्याएपछि अपराध गरेर विदेश गई लुकेपनि प्रहरीले पक्राउ गर्न सक्छ भन्ने सन्देश दिएको सिआइबीका डिआइजी हेमन्त मल्ल ठकुरीले बताए। मगर पक्राउसँगै बम हत्यामा सम्लग्न सबै पक्राउ परेको प्रवक्ता एसपी किरण ब्रजार्चायले बताईन्।श्रोत : सेतोपाटी

0 comments:

Like us

 

Search

 
Enjoy the site