Below slider

Content left

Content right

 

Thursday, September 17, 2015

साउदी कूटनीतिज्ञलाई महिला बेच्ने दाजुबहिनी पक्राउ

0 comments

काठमाडौं- साउदी अरबमा वैदेशिक रोजगारीको प्रलोभनमा भारत पुर्यााएर २ महिलालाई साउदी दूतावासका कूटनीतिज्ञलाई बेचेको आरोपमा प्रहरीले कल्पना लिम्बु र जीतबहादुर दर्जीलाई पक्राउ गरेको छ। यी दुवै दाजु बहिनी हुन्।

भारतीय संस्था माइती इन्डिया र भारतीय प्रहरीको सहयोगमा घरेलु कामदारका रुपमा राखिएका ५० र ३० वर्षका दुई नेपाली महिलालाई साउदी दूतावासका एक कूटनीतिज्ञको परिवारले चरम यौन शोषण गरेर राखेको सूचनाको आधारमा हरियाणाको एउटा अर्पाटमेन्टबाट उद्धार गरी स्वदेश ल्याइएको थियो।

ल्याइएका दुवै पीडितको बयानबाट उनीहरूलाई लिम्बु र दर्जीले साउदी अरब पठाउने भन्दै भारत पूर्या एको खुलाएपछी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुवैलाई पक्राउ गरेको हो। पक्राउ लिम्बु पीडितमध्ये एक महिलाकी आफ्नै बुहारी हुन्।

यी दुवैले छुट्टाछुट्टै रुपमा ती दुई महिलालाई साउदी अरबमा घरेलु कामदारका रूपमा राम्रो तलब हुन्छ भन्ने प्रलोभन दिएर भारत पुर्याुएर एउटै दलाललाई एक–एक लाखमा बेचेको ब्युरोले सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ।

ब्युरोकी एसपी किरण बज्राचार्यका अनुसार उनीहरूले दुवै महिलालाई नेपालबाट फरकफरक मितिमा स्थलमार्गबाट भारतको नयाँ दिल्ली पुर्यााएर गिरोहलाई बिक्री गरेका थिए। दिल्लीमा उनीहरूलाई साउदी कूटनीतिज्ञले हेरेपछि घरेलु कामदारका रुपमा मुम्बई, श्रीलंका हुँदै साउदी पुर्याकएर फेरि दिल्ली ल्याई अर्पाटमेन्टमा बन्धक बनाएर राखिएको थियो।

सोही अर्पाटमेन्टमा काम गर्न आएकी दार्जिलिङकी नीतु नामकी महिला घरबाट बाहिर निस्कन सफल भएपछि उनैको सूचनाको आधारमा ती दुई नेपाली महिलाको उद्धार गरिएको थियो। उद्धार गरिएका दुवै महिलालाई कानुनी प्रक्रिया पूरा भएपछि दिल्लीस्थित नेपाली दूतावासको सहयोगमा २४ गते स्वदेश फिर्ता ल्याएर ब्युरोले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानमा दुवैका परिचितले रोजगारी प्रलोभनमा पारी बेचेको खुलेपछि कल्पना परियार भनिने कल्पना लिम्बुलाई लुकेर बसेको अवस्थामा पोखराको रामबजारबाट र कृष्ण भन्ने जीतबहादुर दर्जीलाई काठमाडौंको कपनमा पक्राउ गरेको ब्युरोले जानकारी दिएको छ।

ब्युरो अधिकारीका अनुसार कल्पना आफैं साउदी अरबमा काम गरेर फर्किएकी हुन्। उनकी सासुसमेत केही समय साउदी गएर नेपाल फर्किएकी थिइन्। श्रीमानसँग छोडपत्र भएपछि एक्लै बस्दै आएकी उनी फेरि साउदी जाने प्रयासमा लागेपछि बुहारीले आफुले पठाइदिने भन्दै दिल्ली पुर्याभएकी थिइन्। उनका दाइले भने गाउँकी परिचित युवतीलाई उस्तै प्रलोभनमा दिल्ली पुर्यापएर बिक्री गरेका थिए।

एसपी बज्राचार्यका अनुसार पक्राउ दुवैको सम्बन्ध र सम्पर्क दिल्लीदेखि श्रीलंकामा सक्रिय गिरोहसँग देखिएको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरू संगठित रुपमै सक्रिय देखिएकाले गिरोहकै पहिचानमा अनुसन्धान केन्द्रीत गरिएको जानकारी बज्राचार्यले दिइन्। 'दुवै लामो समयदेखि नै बेचबिखनमा संलग्न देखियो,' बज्राचार्यले भनिन्, 'गिरोहको सम्पर्क जालोबारे नै अनुसन्धान भइरहेको छ।'

ब्युरोले दुवैलाई मानव बेचबिखन तथा ओसारपसार अभियोगमा काठमाडौं जिल्ला अदालतमा पेस गरी अनुसन्धानका लागि म्याद लिएको छ। श्रोत साभार : नागरिक न्युज 

0 comments:

Like us

 

Search

 
Enjoy the site