
आतंकवादी हमलापछि फ्रान्सले आफ्ना सबै सीमा बन्द गरेको छ, सेना परिचालन गरेर फ्रान्सका राष्ट्रपति फ्रान्सिसि हलान्देले संकटकालको घोषणा गरेका छन्।
आतंकवादी हमालामा संलग्न पाँच जना आतंककारीलाई सुरक्षाकर्मीले मारेका छन् भने केही आतंकवादी भने पक्राउ परेको सञ्चारमाध्मयले जानकारी दिएका छन्।
आतंककारीले अन्धाधुन्धा गोली चलाउँदा बाटाकालान कन्सर्ट हलमा ११२ जनाको मृत्यु भएको छ। जहाँ आतंककारीले सय जनाभन्दा बढीलाई बन्धक बनाएका थिए। राती सेनाले कारवाही गरेपछि सबै बन्धक छुटेका छन्।
एक रेष्टुरेण्टमा भएको सुटआउटमा पनि ११ जनाको मृत्यु भएको छ। त्यसैगरी जर्मनी र फ्रान्सवीच चलिरहेको फुटवल खेल मैदानबाहिर पनि दुई वटा आत्मघाती विष्फोट भएका थिए।
स्पोर्ट डे फ्रान्स स्पोर्टस स्टेडियमभन्दा पाँच माइलको दुरीमा बम विष्फोट भएको थियो। यो स्टेडियममा फ्रान्सका राष्ट्रपति हलान्देले पनि फुटवल खेल हेरिरहेका थिए। विष्फोटपछि दर्शक स्टेडियममा आएका थिए भने राष्ट्रपतिलाई सुरक्षाघेरामा बाहिर निकालिएको थियो।
त्यसैगरी पेरिसको लाउरे आर्ट ग्यालरी र पोम्पिदेउ र लेस हल्लेस सपिङ सेन्टरमा पनि बम विष्फोट भएको थियो। आतंककारीले एके ४७ राइफलबाट अन्धाधुन्धा गोली चलाएका थिए। उनीहरु आइसिस आतंकवादी संगठनबाट परिचालन भएको अनुमान गरिएको छ।
VIDEO
0 comments:
Post a Comment