Tuesday, May 26, 2015

तामाङ दाजुभाईको नुवाकोटमा १३ लाखको राहत

0 comments
मंगलवार, २०७२ जेष्ठ १२ गते १९:५२

रोजगार मञ्च । नेपालमा महाभुकम्प आएपछि परेको पीडालाई मल्हम लगाउन विदेशमा बस्ने नेपालीहरु स्वदेशमा आएर पीडितसम्म पुगिरहेका छन् । यसैक्रममा अमेरिका र हङकङमा बस्दै आएका नुवाकोट भाल्चेका दुईदाजुभाई जय तामाङ र हिराबहादुर तामाङले आफ्नो  जिल्लाका भुकम्प पीडितलाई राहत वितरण गरेका छन् । उनीहरुले नै स्थापना गरेको नेपाल फ्रिड संस्थामार्फत तामाङद्वयले १३ लाख बराबरको राहत पीडितलाई बाँडेका छन् । 

नुवाकोट जिल्लाका मनकामना, काउले र माल्चे गाविसका भुकम्प पीडितलाई तामाङ दाजुभाईले आफ्नै हातबाट राहत वितरण गर्दा पीडितहरु हर्षित भएका थिए  । तामाङ दाजुभाईले गाउँमा नै गएर राहत वितरण गरेको जानकारी दिदै भने– ‘मनकामना गाविसको माने गाउँमा ५० बोरा चामल, काउले गाविसको एम्बुलेन्सका लागि ३० हजार नगद र  भाल्चे गाविसका सबै १ सय ७८ परिवारलाई राहत वितरण गरियो ।’ राहतमा प्रत्येक परिवारलाई एक बोरा चामल, एक किलो नून र एक लिटर तेल वितरण गरिएको जय तामाङले बताए । 



भाल्चे गाविसमा नै जन्मिएका तामाङको आफ्नो घरसँगै पुरै गाउँ भत्किएको छ । भावी दिनमा भुकम्पले भत्काएको विद्यालय नेपाल फ्रिड मार्फत बनाउने योजना उनीहरुको रहेको छ । विद्यालयमा बनाउन विगतदेखि नै सहयोग गर्दै आएको फ्रिडले भोलिका दिनमा पनि निरन्तरता दिने उनको भनाई छ  । 

नेपालमा प्राकृतिक विपत्ती आउँदा प्रवासमा बस्नेलाई अझ पिरोल्छ भन्ने गतिलो उदाहरण तामाङ दाजुभाई बनेका छन् । आफु जन्मिएको ठाउँमा सहयोग गर्न पाउँदा धेरै खुशी लागेको उनीहरुको भनाई छ । जयले भने–‘ अमेरिकाको क्यालिफोर्नियामा म एक हप्ता सुत्न सकिन भने श्रीमति रोएकै रोयै भइन् ।’ आफु खुशी भएर मात्र होइन देश खुशी भयो भने मात्र आनन्द आउने जयको भनाई छ । 

राहत सामाग्री पाउँदा स्थानिय भुकम्प पीडितहरु धेरै खुशी त भए तर पुरै गाउँ र विद्यालय ध्वस्त हुँदा डर र त्रास कायमै रहेको गाउँको भनाई छ । रमणिय नुवाकोटका यी गाउँहरु पुन ः बनाउनका लागि स्थानीय गाउँहरुले नै आफ्नो गाउँ आफै बनाउँ भनेर लाग्न तामाङले आग्रह पनि गरेर फर्किएका छन् । 

नुवाकोटमा नेपाल फ्रिड मार्फत ३ वटा विद्यालयमा तामाङले विद्यालय भवन निमार्ण तथा अन्य सहयोग गरिसकेका छन् । उनीहरुले सहयोग गरेका ऐसेलु भूमे मावि काउले, पञ्जलिङ मावि काउले र डिक्याब प्रावि भाल्चेका विद्यालयहरु पनि भत्किएका छन् । 



स्थानीय गाउँलेहरुले पनि राहतको आश मात्र नगरी आफ्नो गाउँ, घर वा विद्यालय आफैले बनाउनु पर्छ र यस्ता तामाङ दाजुभाइजस्ता दानवीरहरुलाई सदैव स्वागत गरिरहनुपर्छ ।  

0 comments:

Like us

 

Search

 
Enjoy the site