Thursday, July 9, 2015

सामूहिक आत्महत्याको प्रयास गर्दा आमाको मृत्यु तीन बालबालिकाको अवस्था चिन्ताजनक

0 comments
कञ्चनपुर, २४ असार, बालबालिकासहित सामूहिक आत्महत्याको प्रयास गर्दा आमाको मृत्यु भएको छ भने तीन बालबालिकाको अवस्था चिन्ताजनक रहेको छ । कञ्चनपुरको दैजी–३ धर्मपुरकी २८ वर्षीया मीना बोगटीको महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा बुधबार राति मृत्यु भएको हो ।

बालबालिकासहित उनले दूधमा विषादी मिसाई सेवन गरेकी थिइन् । छिमेकीको सहयोगमा उनलाई तत्काल महाकाली अञ्चल अस्पतालमा पुर्याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कर्णबहादुर बमले बताउनुभयो ।

विषादी सेवन गराइएका मृतककी छोरा नरेन्द्र, छोरी जेनु र करुणाको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसके पछि थप उपचारका लागि भारतको खटिमातर्फ लगिएको छ ।

तीनै बालबालिकाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । बालबालिकाको उमेर तीन वर्षदेखि पाँच वर्षसम्म रहेको छ ।  मृतक महिलाका श्रीमान् भारतमा मजदुरी गर्न गएको र उनी तीन छोराछोरीसँगै बस्दै आएकी थिइन् ।

मीनाले बालबालिकासहित आफूले विषादी सेवन गर्नुको कारण खुल्न सकेको छैन । प्रहरीले सामूहिक आत्महत्याको प्रयास गर्नुको कारणबारे अनुसन्धानलाई अगाडि बढाएको जनाएको छ । रासस

नुवाकोटमा पैरोको उच्च जोखिमको कारण बस्ति सार्न सेना परिचालन

0 comments
नुवाकोट,असार २४–विनासकारी भुकम्प र वर्षातका कारण पहिरो जान थालेपछि नुवाकोटमा २ हजार पाँच सय घर स्थानान्तरणको तयारीसँगै सरकारले तीन दिनभित्र १२ गाविसका पीडितहरुको पुनर्वास गराउने भएको छ । भूकम्पपीडितको सामाजिक साँस्कृतिक प्रभाव कायम रहने गरी थालिएको स्थानान्तरणका लागि नेपाली सेनासहितको जनशक्ति परिचालन गरिएको छ ।


स्थानान्तरणको लागि प्रत्येक निर्वाचन क्षेत्रका ४–४ गाविस छनौट गरिएको जिल्ला दैवी प्रकोप उद्दार तथा विपद् व्यवस्थापन समितिले जनाएको छ । समितिले क्षेत्र नं. १ को चाउथे, तलाखु, कुमरी, महाकाली क्षेत्र नं. २ को घ्याङफेदी, उर्लेनी, लच्याङ र शिखरवेसी, क्षेत्र नंं ३ को किम्ताङ, साल्मे, मनाकामना र फिकुरी गाविसका पीडितहरुलाई स्थानान्तरण प्रक्रिया सुरु गरेको छ । समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले स्थानान्तरणको लागि सेना, प्रहरी, सशस्त्र प्रहरीको दुई वटा टोली प्रत्येक गाविसमा खटाइएको जानकारी दिए ।

पहिलो चरणमा क्षेत्र नं. १ को चाउथे गाविस वडा नं. १ लामागाउँमा रहेको सात घर, चाउथे गाविस वडा नंं ३ मा रहेको माध्यमिक विद्यालय, सोही गाविसको वडा नं. ३ पात्लेखोलामा रहेको ५१ घर, वडा नं. ७ ढोका भन्ज्याङमा रहेको ३३ घर, वडा नं. ७ मा रहेको माटोलका ११ घर पहिरोले धाजा परेको कारण स्थानान्तरण गरिने भएका छन् ।

यस्तै तलाखु गाविस वडा नं. ६ देवीस्थानमा रहेको एक सय घर, कुमरी गाविस वडा नं. ९ सिरसिरेमा रहेको २२ घर सोही गाविस वडा नं. ९ गोलमा रहेको तीन घर, महाकाली गाविस वडा नं. ६ गारेमा रहेको २५ घर, सोही गाविस वडा नं. ९ न्यौपानेटोलमा रहेको १५ घर, सोही गाविस वडा नंं ६ कल्लेरीमा रहेको २० घर सारिने तयारी अन्तिम चरणमा पुगेको छ ।

उता, क्षेत्र नं. २ को घ्याङफेदी गाविस वडा नं. ३ नेगीखोलामा रहेको ५५ घर, सोही गाविस वडा नं. ३ सोजुलमा रहेको २५ घर, वडा नं. ४ मा रहेको ५० घर, वडा नं. ६ सिउलोलोमा रहेको २५ घर, बोलुङ र घ्याङडाँडामा रहेको २५ घर, वडा नं. ८ मा रहेको ५३ घर, शिखरवेसी गाविसको वडा नं. ३ सिलामेका ९, वडा नं. ७, ८ र ९ का सबै घर , उर्लेनीको वडा नं. १ र २ का सय घर, ३ र ४ का धन्सार र छोलाङगाउँ तथा लच्याङ गाउँ तीन दिनभित्र सारिने भएको छ ।

यस्तै क्षेत्र नं. ३ अन्र्तगत रहेको फिकुरी गाविसको वडा नं. १, ८ र ९ का च्यानेस्वारा र गोगनेका ९७ घर, किम्ताङको वडा नं. ६ को नाडागामका २२ घर, वडा नं. ८ को चुङगाङ टोलका २५ घर, मनाकामना गाविस वडा नंं ७ भांग्रालेको २४ घर, वडा नं. ८ को अर्चलेको २२ घर, साल्मे गाविसको वडा नं. १ देखि ९ सम्मको सम्पूर्ण गाउँ तीन दिनभित्र सार्नका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जिल्ला दैवी प्रकोप उद्दार समितिले साताअघि गृह मन्त्रालयमा नुवाकोटको दुई हजार चार सय ८९ घरधुरी तत्काल स्थानान्तरणको लागि पायक पर्ने सुरक्षित स्थानमा सार्न सिफारिससहितको प्रस्ताव गरे अनुसार पहिलो चरणमा अति जोखिममा रहेका १२ गाविसका गाउँ सार्ने तयारी भएको छ ।

तीन निर्वाचन क्षेत्र रहेको नुवाकोटका अधिकांश ग्रामीण भेग भुकम्प र वर्षातका कारण पहिरोले प्रभावित भएको ठहर गर्दै २ हजार चार सय ८९ घरधुरी सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने ठहरसहित गृह मन्त्रालयमा प्रस्ताव पठाएका थियो । प्रजिअ ढकालका अनुसार भएमा सम्वन्धित गाविसको सार्वजनिक जग्गा, नभए सर्वसाधारणको सुरक्षित जग्गा भाडामा लिएर भएपनि जोखिमयुक्त बस्ती स्थानान्तरण गरिने भएका छन् ।

खटाइएको सुरक्षाकर्मीको टोलीले पहिरोबाट जोखिममा परेका पीडितका परिवारलाई सुरक्षित स्थान खोजी गरी स्थानीयरुपमा प्राप्त हुने निर्माण सामग्रीको प्रयोग गरी तीन महिनाका लागि अस्थायी शिविर खडा गर्ने छन् । स्थानान्तरण गरेकालाई खानेपानी, स्वास्थ्य, शिक्षा तथा विद्यालयमा पठनपाठनमा सहज हुने वातावरण पहल गरिने र सामाजिक, साँस्कृतिकको सकारात्मक प्रभाव कायम गर्न पहल गर्ने जिल्ला दैवी प्रकोप उद्दार तथा विपद व्यवस्थापन समितिका सचिव राजेन्द्रकुमार केसीले जानकारी दिए ।

उहाँका अनुसार गाउँमा रहेका सार्वजनिक निकायका वन, चौर, चरण क्षेत्र जुनसुकै स्थानमा सारिने र सुरक्षाकर्मीलाई गाउँ विपद व्यवस्थापन समिति तथा गाविस सचिवले सहयोग पु¥याउने निर्णय भएको छ । भुकम्पपीडितहरुको सामाजिक साँस्कृतिक प्रभाव कायम रहने गरी भुकम्पपछि पहिरोको जोखिममा परेका परिवारलाई जिल्ला दैवी प्रकोप उद्दार तथा विपद व्यवस्थापन समितिको निर्णय तथा कार्ययोजना अनुसार जोखिम युक्त गाउँ स्थानान्तरणको लागि खटाइएको सुरक्षाकर्मीको टोली गाउँगाउँमा क्रियाशील रहेको छ ।

समितिका अनुसार दुइपीपलको कालिका माविसहित तीन विद्यालय तत्काल स्थानान्तरण गर्नुपर्ने भएको छ । सम्वन्धित गाविस नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस तथा सरोकारवाला निकायको समन्वयमा गाविसका प्रभावित ती बस्तीहरु तत्काल स्थानान्तरणको कार्य सुरु हुने समितिका सदस्य तथा रेडक्रस नुवाकोटका उपसभापति राजकुमार भट्टराईले जानकारी दिए।

प्रभावितहरुलाई स्थानीयस्तरमा प्राप्त सामग्री ढुंगा, माटो, बाँस, टेन्ट, जस्तापाता प्रयोग गरी प्राविधिकको प्रतिवेदनको आधारमा जिल्ला सुरक्षा समितिको निर्णय गरेबमोजिम दैवी प्रकोप उद्दार समितिको कोषबाट रकम व्यहोर्ने समितिले जनाएको छ । तत्काल स्थानान्तरण गरिने दुई हजार चार सय ८९ घर परिवारलाई तीन महिनापछि वर्षात सकिएपछि सम्भव भए पूर्ववत स्थानमा पठाउने सम्भव नभए नेपाल सरकारको निर्देशन अनुसार गरिने निर्णय भएको समितिका अध्यक्ष तथा प्रजिअ उमेशकुमार ढकालले बताए ।



Heroni Banera by Mina Bohara & Shakti Chand nepali comedy lok song 2015

0 comments
       चर्चित हाँस्य टेलिफिल्म भद्रगोलका कलाकार हरु सागर लम्साल (बले),हरि निरौला(कोकरोच) तथा मोडेल जानभी बोहोरा अभिनित हाँस्य लोक गित स्वरमा मिना बोहोरा/शक्ति चन्द,शब्द/संगीत सागर बिरही र तिर्शाना मुजिकको प्रस्तुति रहेको छन्।

सुनचादिको भाउ घट्यो

0 comments
                       असार २४ काठमाडौं-केहि समय यता स्थिर रहेको सुनचादिको भाउ ओरालो लाग्न थालेको छ ।अन्तराष्ट्रिय बजारमुल्य घटे लगत्तै सुनाचादिको भाउमा पनि गिराओट आउन थालेको छ । नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार बुधबार प्रति तोला सुनको भाउ ३०० रुपैंयाँ त्यसैगरी चादीको भाउ २० रुपैंयाँले घटेर, छापावाल सुन प्रतितोलाको ५० हजार ५ सय, तेजावी सुनको ५० हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी चादी प्रतितोलाको ६ सय ६५ रुपैंयाँ पुगेको छ । सुनाचादिको भाउमा गिराओट आय लगत्तै बजारमा सुनाचादिको कारोबार बढेको छ  ।


२०१६ देखि कोरियामा न्यूनतम तलब १ लाख १५ हजार रुपैयाँ

0 comments
सोल, असार २४ - दक्षिण कोरियामा कार्यरत नेपाली कामदारहरुले २०१६ देखि न्यूनतम तलब १ लाख १५ हजार रुपैयाँ पाउने भएका छन् । यहाँको ज्याला निर्धारण समितिले न्यूनतम पारिश्रमिकमा ८.१ प्रतिशतले बृद्धि गर्ने निर्णय गरेपछि साना तथा मझौल उद्योगहरुमा काम गर्दै आएका नेपाली कामदारहरुले न्यूनतम पारिश्रमिक १ लाख १५ हजार रुपैयाँ अर्थात १२ लाख ६० हजार २ सय ७० वन पाउने भएका हुन् । तलब बृद्धिसँगै स्वदेशी तथा बिदेशी कामदार अरु उत्साहित भएका छन् ।

समितिको कार्यलय सेजङ सी थेजनमा बिहिबार बिहान १ बजे भएको मतदानमा बहुमतले  २०१६ को जनवरीबाट लागु हुने गरि ८.१ प्रतिशतले बृद्धि गर्ने पक्षमा मत दिएपछि समितिका अध्यक्ष पार्क जोन सङ घोषणा गरेका थिए । नयाँ तलवमानअनुसार कोरियाका मजदूरहरुले प्रतिघण्टा ६ हजार ३० वन र प्रति महिना न्यूनतम १२ लाख ६० हजार २ सय ७० वन (१ डलर बराबर १०१.६९ रुपैयाँ , १ हजार वन ) पाउने भएका हुन् । हाल यहाँका मजदूरहरुले प्रतिघण्टा ५ हजार ५ सय ८० वन पाउँदै आएका छन् । यो तलबबृद्धि २००९  यताकै ठूलो अंक हो ।

तलबनिर्धारण गर्न मंगलबार साँझबाट शुरु भएको बैठक बुधबार बिहान साढे पाँच बजेसम्म सरकारी अधिकारी,मजदूर प्रतिनीधि र रोजगारदाताबीच ११ पटकसम्म वार्ता भएपनि समझदारी हुन सकेको थिएन । १२ औं वार्ताले बिहीबार बिहान १ बजे  मतदान गर्ने निर्णय गरेको थियो ।

२७ सदस्यीय ज्याला निर्धारण समितिमा मजदूर प्रतिनिधि ९, सकरकारी अधिकारी र रोजगारदाताका तर्फबाट ९ जनाप्रतिनिधि रहने व्यवस्था रहेको छ । तीमध्ये बिहिबार भएको मतदानमा मजदूर प्रतिनिधि ९ जना र कम्पनी व्यवस्थापनको तर्फबाट २ जनाले मतदान बाहिस्कार गरेका थिए भने १६ जनाले ८.१ प्रतिशतको पक्षमा मतदान गरेकाथिए ।

कोरियन मजदूर महासंघ (केसीटीयू), प्रवासी मजदूर यूनियन (एमटीयू) लगायतका मजदूर संगठनहरुले ओईसीडीका मुख्य सदस्यहरु मध्ये मजदुरको तलब कोरियामा सबैभन्दा कम भएको, महंगी बृद्धि र प्रवासी, अस्थायी तथा महिला मजुदूरको  जीवनस्तर उकास्न ७९ प्रतिशत (प्रतिघन्टा १० हजार वन)  बृद्धि गनुपर्ने माग गर्दै आएका छन् ।

आज भएको निर्णयको श्रम तथा रोजगार मन्त्रालयले विभिन्न पक्षमा अध्ययन गरेर अगष्ट ५ मा  स्वीकृत गर्नेछ । कोरियामा जुन २९ अगावै अर्को वर्षको तलब निर्धारण गर्ने प्रावधान भएपनि तीन पक्षको असमझदारीका कारण हरेका वर्ष मतदान हुने गरेको छ । यो वर्ष पनि सरकारले पार्क जोन सङको अध्यक्षतामा न्यूनतम ज्याला निर्धारण समिति गठन गरेको थियो ।

कोरियामा २००३ देखि प्रत्येक बर्ष मजदूरहरुको तलव बृद्धि हुँदै आएको छ । २०१६ का लागि निर्धारण गरिएको ८.१ प्रतिशत गत वर्षभन्दा १ प्रतिशतले बढी हो । कोरियामा २००९ मा ६.१ , २०१० मा २.७५ ,२०११ मा ५.१, २०१२ मा ६ , २०१३ मा ६.१ र २०१४मा७.१ प्रतिशत बृद्धि हुँदै आएको छ । कोरियाली मजदूर इतिहासमा सबैभन्दा धेरै २००४ मा १३.१ प्रतिशततलव बृद्धि भएको थियो ।

परिवर्तित नयाँ तलले कोरियाको विभिन्न उद्योगहरुमा कार्यरत स्वदेशी तथा विदेशीमध्ये ५० लाख न्यून आय भएका मजदूरहरुलाई फाइदा पुग्ने छ । नेपाल सहित एसियाका १५ देशका युवाहरुको आकर्षक रोजगारी स्थल बन्दै गएको कोरियमा प्रत्येक वर्षको तलब बृद्धिले ३० हजार नेपाली अझ कामदारलाई प्रत्यक्ष फाइदा हुने छ ।


सिरियामा बेचिएकी रेस्मी थापा मगरलाई छोडाउन सात लाखको सर्त

0 comments
          २४असार- सिरियामा बन्धक बनाइएकी नेपाली चेली ज्ञानु रेस्मी थापामगरलाई छोडाउन सात लाखको सर्त आएको खुलेको छ । ज्ञानुकी बहिनी हेमा रेस्मीले नयाँ पत्रिकासँगको कुराकानीका क्रममा दिदीलाई छुटाउन सात लाखको सर्त आएको बताएकी छन् |
            हेमाले भनिन्-‘सामान्य परिवारका हामी दुईले बुटबलमा चिया पसल चलाएर बसेका थियौं । पाँच बहिनी दिदीबहिनी मध्ये तीन जनाको विवाह भइसकेको छ । दिदीहरुले चिया पसलका लागि लगानी गर्नुभएको हो । पछि विदेश गएर धेरै पैसा कमाउन सकिने भन्ने दलालको भनाईको पछि लाग्दा दिदीले दुःख पाउनुभयो ।’
           दिदीले दुबईमा पुगेपछि दुःख पाएको भन्दै हेमाले दलालले एक महिना कामका लागि सिरिया जाने र फेरि दुबई नै फर्काउने भन्दै फसाएको बताएकी छन् । आफूले दिदी समस्यामा परेपछि उनलाई फिर्ता ल्याउन धेरै तिर धाएको भन्दै उनले नजिकैको प्रहरी कार्यालयबाट सहयोग नभएको बताएकी छन् । पछि सामाजिक सञ्जालमार्फत अपिल गरेपछि अहिले उद्धारको पहल भइरहेको पनि हेमाले बताइन् ।
         अब उद्धार गर्न सकिने आशा पलाएको भन्दै उनले अब समस्या पैसाको रहेको बताएकी छन् । हेमाले भनिन्-‘दिदीकी मालिक्नीले एक साताभित्र सात लाख रुपैयाँ दिएर लैजाओ भनेकी छिन् रे । अब त्यो रकम कहाँबाट ल्याउने ?’ पछिल्ला दिनमा आशा एच फोर फाउन्डेसन र संघीय युवा समावले सहयोगका लागि पहल गरिरहेको उनले बताइन् । यता कानुनी बाटोबाट पनि उद्धारको पहल भइरहेको हेमाले बताएकी छन् ।
उनलाई सिरिया पुर्‍याउने दलाल शोभाकान्त भने पक्राउ परेका छन् ।
नयाँ पत्रिका




Mukh Chopchau Lajale by Prakash Katuwal and Sarita Karki comedy lok song

0 comments
                       अहिलेका हट नायिका तथा मोडेल सुस्मा कार्की,जिरे खुर्सानीका चर्चित हस्याँकलाकार शिबहरी पौडेल,मोडेल तथा डान्स डाईरेक्टर शंकर बि.सी. अभिनित कमेडी लोक गीत प्रकाश कटुवाल र सरिता कार्की को स्वर,शब्दमा बिनोद ढकाल ,थेगोमा प्रकाश कटुवाल,संगीतमा सागर बिरही र अम्बिका मुजिकको प्रस्तुति रहेका छन्।

Wednesday, July 8, 2015

हिमाली जिल्ला मुस्ताङमा अझै बहुपति प्रथा

0 comments
              हिमाली जिल्ला मुस्ताङमा अझै बहुपति प्रथा कायम रहेको छ । एउटा घरमा रहेका सबै दाजुभाइले एकजना महिलासँग सामूहिक विवाह गर्ने प्रचलनलाई बहुपति प्रथा भनिन्छ ।  जिल्लाको छोसेर, छोन्हुप, लोमान्थाङ, चराङ, सुर्खाङ, घमी, मुक्तिनाथ, कागवेनी, झोङलगायतका गाविसमा अझै यस्तो संस्कृति
यथावत् रहेको पाइएको छ ।
            हिमाली भू–भागमा खाद्यान्न उत्पादन कम हुने भएकाले सम्पत्ति बाँडफाँड गर्न नपरोस् भनेर परापूर्वकालदेखि नै मुस्ताङमा एक घरका दाजुभाइले एउटी महिलासँग सामूहिक विवाह गर्ने परम्परा रहेको छोसेरका आङ्गेल गुरुङले बताए ।
            उनका अनुसार सबै भाइसँगै भएपछि सम्पत्ति विभाजन नहुने, दुःख र कामको भार कम हुने तथा पैतृक सम्पत्ति बाँड्न नपर्ने भएकाले यो संस्कार कायमै रहेको छ ।‘बाहिरी समाजले   यहाँको   वैवाहिक संस्कारलाई प्रथाका रुपमा व्याख्या गरेपनि हाम्रो दृष्टिकोणमा यो समस्या नभई मान्यता प्राप्त सामाजिक प्रचलन हो, मुस्ताङका बुद्धिजीवी शेखर भट्टचनले भने, ‘बहुपति जोडीहरु खुलेर बोल्न र तस्बिर खिच्नसमेत तयार हुँदैनन् ।’
               एउटै परिवारका सबै दाजुभाइमध्ये माइला छोरा लामा बस्ने भएपनि अन्य दाजुभाइले जेठा दाइका श्रीमतीलाई पनि आफ्नो श्रीमतीका रुपमा स्वीकार गर्नुपर्ने बाध्यात्मक सामाजिक संस्कार रहेको उनको भनाइ छ ।‘दाजुभाइको सामूहिक रुपमा एउटै श्रीमती स्वीकार नगर्नेले बुबा–आमाको पैतृक सम्पत्ति पाउँदैनन्, भट्टचनले भने, ‘कतिपय अवस्थामा श्रीमान्भन्दा श्रीमती दोब्बरभन्दा पनि धेरै उमेरका हुने गर्छन् ।’
स्रोत, साधन र आर्थिक अवस्थासँग मुस्ताङमा बहुपति संस्कृति जोडिएको बताइएको छ । जिल्लाको १२ हजार जनसङ्ख्यामध्ये करिब ५२ प्रतिशत गुरुङ, २५ प्रतिशत थकाली, आठ प्रतिशत दलित र तीन प्रतिशत अन्य जाति छन् । त्यसमा गुरुङ समुदायमा यस्तो प्रथाको विकास भएको पाइएको छ ।
        बहुपति प्रथामा जेठाको अग्राधिकार हुने भएकाले अन्य भाइहरु दमनमा पर्ने गरेको बताइएको छ । बहुपति प्रथामा सबैभन्दा जेठा भाइको नामबाटै जिल्ला प्रशासन कार्यालयले उनीहरुका सन्तानलाई नागरिकता प्रदान गर्ने गरेको छ ।

स्थित त्रिचन्द्र कलेज अगाडी खुकुरी हानाहान

0 comments
असार २३,काठमाडौं - घण्टाघर स्थित त्रिचन्द्र कलेज अगाडी स्ववियू विद्यार्थीवीच आपसी झगडा परेको छ ।
विद्यार्थीवीच खुकुरी हानाहान हुँदा दुई जना घाईते भएका छन् ।स्ववियू सह सचिव जनक सिंह समुह र हिक्मत रोकायासमुहबिच आर्थिक कुरामा खुकुरी हानाहान भएको प्रहरीले जनाएको छ ।  सिंहको टाउकोमा चोट लागेको छ भने रोकायको हातमा चोट लागेको छ । मोनमोहन अस्पतालमा उपचारमा पुगेका रोकायालाई प्रहरीले पक्राउ गरेको छ ।घटनामा अमित महत र प्रेम क्षेत्री फरार रहेका छन् । विद्यार्थीविच भएको झगडामा मोटसाइकलमा समेत अगाजनी गरिएको थियो ।


सडकमा सुनचाँदी र हिरामोतीका टुक्रा खसेपछि ट्राफिक जाम

0 comments
                 काठमाडौं,२३ असार । सडकमा सुनचाँदीका टुक्रा खसेपछि बहराइचमा ट्राफिक जाम भएको छ ।
भारतको यूपी राज्यस्थित बहराइच जिल्लामा एक्कासी एक मोटरसाइकलबाट भारी मात्रामा सुन र चाँदीको टुक्रा खसेपछि सडकमा टिप्नेको घुईचो लागेको हो । मोटरसाइकलबाट सुनचाँदीका टुक्रा खस्दै गरेको देखेपछि गाउँलेहरु टिप्नका लागि उर्लेर सडकमा आएका थिए ।
    बहराइचबाट नानापारातिर गइरहेको एक युवकको मोटरसाइकलमा राखिएको बन्द झोलाबाट यो गहना खसेको थियो । झोलामा चाँदी र सुनका साना–साना गहना थिए । जुन सडकमा लगातार खसिरहेका थिए ।
त्यसका हिरा मोतीका टुक्रा पनि भेटिएका थिए । पुरै सडक फरक फरक मोतीले भरिएको थियो । त्यहाँका स्थानीयले कम्पतीमा पनि करोडौंको सुन सडकबाट पाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । एजेन्सी

युएईमा मृत्युदण्डको सजाय सुनाइएका अनिश खालिङ नेपाल फर्किए

0 comments
        युएई २३ असार – हत्या अभियोगमा युएईको जेलमा रहेका अनिश खालिङ राई नेपाल फर्किनुभएको छ । पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका अनिश खालिङ राई बुधवार जेलबाट रिहा भई नेपाल फर्किनुभएको हो ।
      राईलाई सजाय मिनाहा गरेर नेपाल पठाएको युएईका लागि नेपाली राजदुत धनन्जय झाले उज्यालोलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘कानूनी प्रक्रिया पूरा गरेर यहाँको सरकारले नै विमानस्थलमा पुर्‍याएकाले अनिशलाई सहयोग गर्ने नेपाली र दूतावासमा उहाँले फोन सम्पर्क गर्न सक्नुभएन । हत्याको अभियोग लागेको मुद्दाका जोसुकैलाई देश निकाला गर्दा फेरी आउन नमिल्ने भएकाले नेपाल पुगेपछि मात्र आधिकारिक जानकारी कुटनितिक माध्यममार्फत आउँछ ।’ चार वर्षअघि युएई आएका राईलाई आफ्नै सहकर्मी पाकिस्तानी नागरिकको हत्या गरेको अभियोग लागेको थियो ।
      संखुवासभाको मत्स्यपोखरीका अनिश युएई आएको एकवर्ष पछि २०६९ साल कात्तिकमा जेल चलान गरिएको थियो । उहाँलाई युएईको अलऐन जेलमा राखिएको थियो । नेपाल फर्काउन उहाँलाई एकहप्ता अघि नै जेल प्रशासनले कैदी रिहा गर्ने विभाग पुर्‍याएको थियो ।
        स्थानिय प्रशासनले अनिशको बाँकी २ बर्षको जेल सजाय मिनाह गरिदिएपछि नेपाल फर्काइएको एन आर एन युएईका अध्यक्ष कृष्ण भुसालले जानकारी दिनुभयो । भुसाल अनिशको मुद्दालाई नेपाली दूतावास र विभिन्न अधिकारवादी संघसस्थासँग समन्वय गरेर काम गर्ने व्यक्ति हुनुहुन्छ ।
अभियोग लागेपछि अनिशका तीन वर्ष
       सुरुमा युएईको आवुधावीमा रहेको तल्लो अदालतले राईलाई मृत्युदण्डको सजाय सुनाएको थियो । तल्लो अदालतले सुनाएको फैसलालाई माथिल्लो अदालतले मृतक पाकिस्तानी नागरिकको परिवारलाई विकल्प दिँदै सजाय गर्ने फैसला गरेका थियो ।
      अदालतले दिएको विकल्पमा ‘खुनको बदला खुन’ अर्थात हत्या आरोपीलाई मृत्युदण्ड नै दिने, ब्लडमनी लिएर सजाय मिनाह गरिदिने वा अन्य कुनै सजाय दिने भन्ने बिषयमा पीडित पाकिस्तानी नागरिकको परिवारलाई नै निर्णय गर्न दिइएको थियो ।
      अदालतले सुनाएको फैसला अनुसार मृतक पाकिस्तानी नागरिकका परिवारले ब्लडमनि वापतको रकम स्वीकारेको छ । पीडित पाकिस्तानी नागरिकका परिवारले ब्लडमनी स्वरुप झण्डै ८६ लाख रुपैयाँ अर्थात ३ लाख ५ हजार दिराम मागेको थियो । त्यसका लागि अनिशको परिवारको अनुरोधमा संसारभरका नेपालीले ब्लडमनीका लागि रकम संकलन गरेका थिए ।
       अनिशलाई बचाउन विभिन्न देशमा गैर आवासीय नेपाली संघ, विभिन्न संघसंस्था र व्यवसायीहरुले ‘अनिश बचाउ अभियान’ नै संचालन गरेर रकम संकन गरेका थिए । अभियानबाट आवश्यक पर्नेभन्दा धेरै रकम संकलन भएको थियो ।
      आवश्यक रकम सकंलन भएपछि कुटनीतिक पहलमार्फत नेपालमा जम्मा भएको रकम राजदूतावास र परराष्ट्र मन्त्रालयको सहयोगमा यहाँ ल्याइएको थियो । ब्लडमनी वापतको पैसा अदालत मार्फत पीडित परिवारलाई बुझाउन दूतावासका कर्मचारी गएका थिए ।
      पैसा बुझाउन जाँदा अनिशको ब्लडमनी वापतको पैसा कसैले बुझाई सकेको विवरण पाएपछि दुतावासले नेपालबाट ल्याएको रकम फिर्ता गरेको थियो । अनिशले बुझाउनु पर्ने त्यत्रो रकम कसले ? किन ? तिरिदियो भन्ने अझै पनि खुलेको छैन । राईले बुझाउनु पर्ने ८६ लाखरुपैया यहाँको स्थानिय वित्तिय संस्था मार्फत अदालतको खातामा जम्मा गरिएको दुतावासलाई प्राप्त सूचनामा उल्लेख छ ।
     ब्लडमनी तिरे पनि अदालतले दिएको ५ बर्षको जेल सजाय भने भुक्तान गर्नुपर्ने बताइएको थियो । तीन वर्ष जेलमा बिताइसकेकाले दुई वर्षभित्र अनिश स्वदेश फिर्न सक्ने अनुमान गरिएको थियो । तर,  मुश्लिम समुदायको पवित्र महिना रमजानको अवसर पारेर उहाँलाई युएई सरकारले सजाय मिनाहा गरेको थियो ।  उज्यालो अनलाइन बाट

सबैभन्दा बढी ११४ गोल खाएर फुटवल खेल हार्ने इतिहास रच्यो

0 comments
    विभिन्न द्वीप मिलेर बनेको सानो देश माइक्रोनेशियाले फुटवलमा अनौठो इतिहास रचेको छ । तर यो इतिहास नकारात्मक छ । यो देशले सबैभन्दा बढी गोल खाएर फुटवल खेल हार्ने इतिहास रचेको हो ।ओलम्पिकका लागी भएको छनौट खेलका क्रममा माइक्रोनेशियाले तीन म्याचमै ३० भन्दा बढी गोल खायो । माइक्रोनेशियाले पहिलो खेल ताहितीसँग ३0 -0  अन्तरले हार्‍यो भने फिजीसँगको दोश्रो खेलमा ३८-0  गोल खाएर  पराजित भयो ।
    लाजमर्दोको पराकाष्ठामा पुगेको पराजयको श्रृंखला त्यतिमै रोकिएन भानुआटूसँग माइक्रोनेशिया ४६-0   गोल खायो र पराजय भोग्यो । भानुआटूका लागि जीन कालटाक नामका खेलाडीले एक्लै १६ गोल गरे ।यो हार अहिले सम्म संसारकै सबभन्दा ठूलो पराजय हो तर यसलाई फिफाले मान्यता दिने नदिने प्रष्ट छैन । यद्यपी माइक्रोनेशिया फिफाको अपिलिएटेडको सदस्य हो । टोटल गोल = ३०+३८+४६=११४


नेपाल प्रहरीको असई पदमा १५३जनाको भर्ना खुल्यो

0 comments
        २३ असार-नेपाल प्रहरीले रिक्त रहेका प्रहरी सहायक निरीक्षक असईको पदमा दरखास्त आव्हान गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले १ सय ५३ जना आवश्यक रहेको भन्दै दरखास्त आव्हान गरेको हो ।
       खुल्लामा ८२ जना, अमर र असक्त प्रहरीका परिवारबाट ३ जना, आदिवासी जनजातिबाट २१ जना, मधेसीबाट १९ जना, महिलाबाट १४ जना, दलित बाट १०  जना, पिछडिएका क्षेत्रबाट ४ जना गरी १ सय ५३ जना प्रहरी सहायक निरीक्षकको माग प्रहरीले गरेको छ ।
      २०७२ साउन १ गतेबाट २०७२ साउन ३० गतेभित्र दरखास्त आवेदन गर्न सकिने प्रहरीले जानकारी दिएको छ ।
     महानगरीय प्रहरी आयुक्तको कार्यलय रानीपोखरी, पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगर, अञ्चल प्रहरी कार्यलयहरु मेचीको चन्द्रगढी, कोशीको धरान, सगरमाथाको राजविराज, जनकपुर, नारायणीको विरगञ्ज, बाग्मतीको बनेपा, लुम्बिनीको भैरहवा, धवलागिरीको वाग्लुङ, राप्तीको तुल्सीपुर, कर्णालीको जुम्ला, भेरीको नेपालगञ्ज, सेतीको धनगढी, महाकालीको महेन्द्रनगर, जुनियर प्रहरी अधिकृत शिक्षालय मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र वुटवल, मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र नेपालगञ्ज र  सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायलका प्रहरी कार्यालयहरुमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ ।
    २०७२ असार २३ गते   निकालिएको विज्ञापन रिक्त रहेका पदहरुका लागि नयाँ आवेदन माग गरेको प्रहरीको सुचनामा जनाइएको छ।
अावेदनका लागि अन्य आवश्यक योग्यताहरुः–
क) नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा सजाय नपाएको ।
ख) मानव अधिकार र मानवीय कानुनको उल्लङघनमा सजाय नपाएको ।
ग) राजनीतिक दलको सदस्य नरहेको ।
घ) आतङ्ककारी संगठनको सदस्य नरहेको ।
ङ) उचाई, छाती र तौलः
पुरुषः उचाई घटीमा ५ फिट २ इन्च, छाती नफुलाउँदा ३१ र फुलाउँदा ३३ इन्च, तौल कम्तीमा ५० के.जी.
महिलाः उचाई घटीमा ५ फिट, तौल कम्तीमा ४२ के.जी.
च) आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको ।
छ) प्रहरी प्रधान कार्यालयबाट तोकिएको स्वीकृत चिकित्सकबाट निरोगिताको प्रमाणपत्र पाएको ।
(परीक्षा सञ्चालनको क्रममा प्रारम्भिक÷विस्तृत÷विशेष स्वास्थ्य परिक्षण परीक्षामा हुने )
 दरखास्तका साथ समावेश गर्नुपर्ने कागजातहरुः–
क) नेपाली नागरिकताको प्रतिलिपि १ प्रति ।
ख) हाल सालै खिचेको पासपोर्ट साइजको फोटो ५ प्रति ।
ग) आफूले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाण पत्र (प्रत्येक तहको चारित्रिक, स्थायी वा प्रोभिजिनल प्रमाण–पत्र र मार्कशिट सहित) तथा नेपाल बाहिर अध्ययन गरेको हकमा त्रि.वि.वि.बाट समकक्षता निर्धारणको प्रमाण पत्र (भ्त्रगष्खबभिलत ऋभचतषष्अबतभ) को प्रतिलिपि १÷१ प्रति ।
घ) आदिवासी र जनजातिको लागि नेपाल आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान वा जिल्ला प्रशासन कार्यालयबाट आदिवासी जनजाति भनी प्रमाणित भएको प्रमाण पत्रको प्रतिलिपि ।
ङ) दलितका लागि राष्ट्रिय दलित आयोगवाट दलित भनी प्रमाणित भएको प्रमाण पत्रको प्रतिलिपि ।
च) मधेसीका लागि नेपाल सरकारले नेपाल राजपत्रमा सुचना प्रकाशन गरी तोके बमोजिमको संस्थाबाट मधेसी भनी प्रमाणित भएको तर नेपाल राजपत्रमा सुचना प्रकाशन गरी संस्था नतोकेसम्म सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारीसमा प्रमुख जिल्ला अधिकारीबाट मधेसी भनी प्रमाणित भएको प्रमाण–पत्रको प्रतिलिपि ।
छ) पिछडिएको क्षेत्रका लागि (अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला) जिल्लामा स्थायी बसोवास गरी सम्वन्धित जिल्लाबाट नै नागरिकताको प्रमाण पत्र प्राप्त गरेको तथा सम्बन्धित गाँउ विकास समिति वा नगरपालिकाबाट दरखास्त दिंदाको वखत सोही स्थानमा स्थायी बसोवास भएको भन्ने सिफारिस गरिएको ।
ज) दरखास्त फारमसँग संलग्न गरी पेश गर्ने कागजातहरुको प्रतिलिपिको पछाडिपट्टि सक्कल बमोजिम नक्कल ठिक छ भनि उम्मेदवार स्वयंले दस्तखत गरी प्रमाणित गर्नु पर्ने छ ।
झ) अमर र अशक्त प्रहरी परिवारको लागि अमर र अशक्त भएको कुरा पुष्टि हुने कागजपत्र र नाता प्रमाणित कागजपत्र (प्रहरी नियमावली २०७१ (संशोधन सहित) निमय २ (क) र (ढ) को परिभाषा भित्र पर्ने) ।
 परीक्षा विधिः–
प्रारम्भिक स्वास्थ्य परीक्षण÷शारीरिक तन्दुरुस्ती (बाधापार) परीक्षा, विस्तृत स्वास्थ्य परिक्षण परीक्षा, लिखित परीक्षा, विशेष स्वास्थ्य परिक्षण परीक्षा र अन्तर्वार्ता ।
नोटः उमेरको हकमा भने दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको, तर खुल्ला प्रतियोगितामा भाग लिने प्रहरी कर्मचारीको हकमा ३० वर्ष ननाघेको, प्रहरी जवान आधारभूत तालिम गरेको प्रमाण पत्र पेश गर्नुपर्नेछ र बहालवला श्रेणी विहीन प्रहरी कर्मचारीको हकमा २५ वर्ष ननाघेको हुनु पर्छ।
 http://nepalpolice.gov.np/…/vac…/asi-bigyapan-2027-03-23.pdf





















नेपाल प्रहरी वेब साइट www.nepalpolice.gov.np

बोक्सीको सिद्धि प्राप्त गर्न नाबालकको बलि

0 comments
     रौतहट,२३ असार– कुनै भाकल तथा मनको इच्छा पूरा गर्न पशुको बलि दिइने गरिन्छ । तर, रौतहटमा बोक्सीको सिद्धि प्राप्त गर्न भन्दै नाबालकलाई नै बलि चढाइएको घटना सार्वजनिक भएको छ । सुन्दै आङ सिरिङ हुने यो घटनामा बोक्सीको ज्ञान प्राप्त गर्न तीन वर्षको बालकलाई काटेर पुजा गरिएको छ ।बोक्सीको पाठ सिक्न भन्दै बालकलाई काटेर बलि दिने रौतहटक समनपुर–८ बस्ने महादेवी भन्ने महावादेवी यादव र सोही ठाउँ बस्ने बोक्सीका गुरु मानिएका छविलाल राय हुन् ।  छविलाले बोक्सीको ज्ञान दिन नाबालकको बलि दिनुपर्ने भनेपछि महादेवीले तीन वर्षको भान्जाको हपहरण गरेर काटेको जनाइएको छ । नाबाकलको टाउको छिनाएर बलि दिने दुई जनालाई पुनरावेदन अदालत हेटौडाले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । झाँक्रीबाट बोक्सीको सबै पाठ सिक्न भन्दै तीन वर्षको बालबलाई बलि दिनेलाई अदालतले सोमबार जन्मकैदको फैसला गरेको हो ।

आजबाट देसका सम्पूर्ण म्यानपावर अनिश्चितकालका लागि बन्द

0 comments
     आषाढ २३ काठमाडौं,श्रमम मन्त्रालयले सोमबारदेखि लागु गरेको वैदेशिक रोजगारीमा निशुल्क कामदार पठाउने विषयको विरोध गर्दै वैदेशिक रोजगार व्यवसायीहरु आजदेखि मुलुकभरका सम्पर्ण म्यानपावर कार्यालयहरु अनिश्चितकालका लागि बन्द गरि आन्दोनमा उत्रेका छन्।
      सरकारको निर्णय असफल तुल्याउनका लागि वैदेशिक रोजगार व्यवसायीहरुले संघर्ष समितिसमेत गठन गरेका छन् । वैदेशिक रोजगार व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष विमाल ढकालको संयोजकत्वमा गठित संघर्ष समितिले बुधबार श्रम कार्यालय घेराउ लगायतका विरोध कार्यक्रम आयोजना गर्दैछ ।
निशुल्क कामदार पठाउने विषयको विरोध
      अध्यक्ष ढकालक अनुसार आफूहरु ‘फ्रि भिसा र फ्रि टिकट’ व्यवस्थाको विरोधी नभएको दाबी गरे । श्रम मन्त्री टेकबहादुर गुरुङले मनोमानी निर्णय गरेको भन्दै उनले वैदेशिक रोजगार व्यवसायीहरुको सहमतिमा निर्णय गरिनुपर्ने बताए । ‘व्यवसायीसँग बसेर छलफल गरेरमात्र सरकारले निर्णय गर्नुपर्छ,’ उनले भने, ‘मन्त्रीको एकल निर्णयले गर्दा नेपालीका लागि वैदेशिक रोजगार गुम्दैछ ।’
       सरकारले भने विभिन्न सात खाडी मुलुकका लागि ‘फ्रि टिकट र फ्रि भिसा’ लागू नगर्ने म्यानपावर कार्यालयको अनुमतिपत्र खारेज गर्नेसम्मको कारवाही हुने चेतावनी दिईसकेको छ ।

 

नेपालमा २४ घण्टा १० रुपैयाँमै इन्टरनेट

0 comments
            आसार २३, डेढ करोड ग्राहक नाघेको अवसरमा दुरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले आफ्नो ग्राहकलाई  २४ घण्टा १० रुपैयाँमै इन्टरनेट चलाउन सक्ने सस्तो दरमा इन्टरसेवा उपलब्ध गराउन नयाँ अफर ल्याएको छ ।  
              WiFi Hotspots मार्फत विभिन्न स्थानमा इन्टरनेट चलाउन सकिन्छ । ती स्थानमा WiFi मार्फत इन्टरनेट चलाउनको लागि GSM तथा CDMA पोष्टपेड/प्रिपेड मोवाइलको म्यासेज बक्समा गई WiFi टाइप गरी १४१६ मा म्यासेज पठाएपछि प्राप्त हुने पासवर्ड प्रयोग गर्न सकिन्छ । उक्त पासवर्डबाट एक घण्टासम्म इन्टरनेट चलाउन सकिन्छ भने सो पासवर्डको भ्यालिडिटी पिरियड २४ घण्टा कायम रहन्छ । साथै उक्त सेवा प्रयोग गरे वापत ग्राहकहरुको मोबाइलबाटै रु. १०।– कट्टा हुन्छ । नेपालभरमा WiFi Hotspots कहाँ कहाँ छन भन्ने जानकारीको लागी NT Hotspot Locator नामक Mobile APP मार्फत हेर्न सकिनेछ । यस मार्फत  नजिक रहेका WiFi Hotspots बारेमा थाहा पाउनुका साथै WiFi Hotspots Service Subscribe समेत गर्न सकिनेछ ।



रसुवाको डाँडागाउँमा पहिरो गयो

0 comments

      आसार २३,रसुवा - भूकम्पबाट प्रभाभित जिन्ल्ला रसुवाको डाँडागाउँ–५ बास्तोलामा पहिरो गएपछि त्यहाको  २० घरका स्थानीयवासीहरु भागदौड मच्चिएको हो।सोमबार अभिरल बर्षातको पानी पर्दा भूकम्पले त्यहाँका धाँजा धाँजा पारेर राखेको जमिन गल्नगइ सिलाजितढुंगे भीरबाट खसेको पहिरो कुटुन्जे–४ को बस्तीमा पुगेपछि स्थानीयवासी घरछाडेर भागेको स्थानीय गौरव सापकोटाले बताए।पहिरोले ती घरहरु उच्च जोखिममा परेका छन्। भागेर स्थानीयवासी सोही वडाको दियालेमा शरण लिएर बसेका छन् ।गाउँभरिका जमिन भासिएका छन् । भुकम्पले धाँजा फाटेर जमिन भासिएर एकहात चौडाइको खाल्डो बनेको कारण वर्षाले पहिरोको जोखिम बढाएको सापकोटाले बताए । 
 

टर्किस एअर भारतको दिल्लीमा आकस्मिक अबतरन

0 comments
        आषाढ २२ काठमाडौं,भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा  आकस्मिक अवतरण गराइएको टर्किस एअरलाइन्सको विमानबाट कुनै पनि शंकास्पद वस्तु नभेटिएको अधिकारीहरुले बताएका छन् ।शौचालयको ऐनामा लिपिस्टकले बम राखिएको चेतावनी लेखिएको भेटेपछि बैंककबाट टर्की जाँंदै गरेको विमान दिल्लीमा आकस्मिक अवतरण गराइ चेकजाँच गरिएको थियो । चेकजाँचका क्रममा कुनै पनि शंकास्पद वस्तु नभेटिएपछि विमानमा सवार १ सय ४४ यात्रुका साथै चालक दलका १३ सदस्य रहेको विमानलाई उडानका लागि अनुमति दिइएको छ ।
       सुरक्षा एजेन्सी र अधिकारीहरुबीच विमानको शौचालयको ऐनामा कुन यात्रुले आतंकवादी यसरि चेतावनी लेखेको हो भन्नेबारे छानबिन भइरहेको जनाइएको छ । (एजेन्सी)


Tuesday, July 7, 2015

सिरियामा रेश्मी थापा मगरलाई बेच्ने दलाल पक्राउ

0 comments
      काठमाडौं २२असार,सिरियामा कष्टकर जीवन बिताइरहेकी रेश्मी थापा मगरलाई बेच्ने दलाल एसके
भन्ने शोभाकान्त भट्टराई पक्राउ परेका छन् ।
       उनले अहिलेसम्म २०/२५ जनालाई कुवेत र १०/१५ जनालाई सिरियामा पुर्‍याएर बेचेको खुलेको छ । सिरियामा कष्टकर जीवन बिताइरहेकी रेश्मीले समाजिक सञ्जालमार्फत 'सरकार, म बाच्न चाहन्छु, यो नर्कबाट बचाउनुस' भन्दै अपील गरेकी थिइन् ।
    बुटबल घर भएकी रेग्मीलाई शोभाकान्तले दुबाई  लैजान्छु भन्दै सिरिया पुर्‍याएर बेचेका थिए ।केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले शोभाकान्टलाई चाबहिलस्थित कोठाबाट पक्राउ गरेको हो । उनको साथबाट युवतीको चार थान राहदानी, पुलिस रिपोर्ट १५ थान र इभिसा २० थान र फोटोहरु बरामद भएको छ ।उनले युवतीहरुलाई बुटबलबाट सुनौली नाका हुँदै भारतको नयाँदिल्ली लगेर खाडी मुलुकहरुमा बेच्ने गरेको थिए प्रहरीका अनुसार शोभाकान्तले रेश्मीसहितका तीन युवतीलाई सुनौली नाका हुँदै दिल्लीको महिपालपुर पुर्‍या एका थिए ।त्यहाँ झण्डै १५ दिन राखेर दुबाई हुँदै सिरिया पठाएको सीआईबीको अनुसन्धानबाट खुलेको छ। उनको कुनै म्यानपावर कम्पनी छैन भने बैदेशिक रोजगारीका लागि मानिसहरु विदेश पठाउन इजाजत पत्र समेत नलिएको पाइएको छ ।

स्पेनको समुन्द्री किनारमा अचम्मको जलपरी भेटियो

0 comments
          आधा शरीर माछाको र आधा शरीर सुन्दर महिलाको जस्तै संसारलाई चकित पर्ने अचम्मको जलपरी, बेला बेलामा समाचारमा सुनिन्थियो आज भेटियो सहित हेर्नुहोस्।

भिडियो

रोपाइँ गर्ने क्रममा भनाभन र हिलो हानाहानले एक जनाको मृतु

0 comments
     असार २२, भक्तपुर-धान रोपाइँ गर्ने क्रममा भएको सामान्य  भनाभन र हिलो हानाहानमै एक वृद्धको मृत्यु भएको छ ।
     चाँगुनारायण नगरपालिका–७ झौखेलमा आफन्त पर्ने ७० वर्षीय गोपाल हमाल र २२ वर्षीय गौतम मल्लबीच रोपाइँमा विवाद भई हिलो हानाहान हुँदा हमालको मृत्यु भएको छ ।
    साँध जोडिएको खेतमा रोपाइँ हुने क्रममा आज साँध सिमानाको विवादका क्रममा दुई जनाबीच सामान्य हात हालाहाल भएको र दुवैले एक अर्कालाई माटाले हानाहान गर्दा हमालको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
    अभियुक्त मल्ललाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको छ । मुटुका बिरामीसमेत रहेका हमाल खेतमै बेहोस भएर लडेलगत्तै परिवारले अस्पताल लैजाँदा मृत्यु भएको प्रहरीको भनाइ छ । मल्लले आफूले मार्ने नियतले हिलाले नहानेको जिकिर गरेका छन् । रासस



आज भूकम्पको २ धक्का

0 comments
       काठमाडौं :२२ असार, दिउँसो ३: ११ बजे बाजुरा केन्द्रविन्दु भएर  ४.६ म्याग्निच्यूडको र  बेलुका ९: ०६ बजे बाग्लुङ केन्द्रविन्दु भएर ४.२ म्याग्निच्यूडभूकम्प गएको छ । यसअघि रुकुम केन्द्रविन्दु भएर ५.४ म्याग्निच्यूडको भूकम्प गएको थियो।










शाहिद कपुुरले आफु भन्दा १३ वर्ष कान्छी मिरा राजपुत संग विवाह गरिन

0 comments
    २२ असार,बलिउडका चर्चित ३४ वर्षे अभिनेता शाहिद कपुुरले आफु भन्दा १३ वर्ष कान्छी मिरा राजपुत संग गुडगाउँको वेस्ट ग्रीन फार्ममा आज विवाह सम्पन्न भएको छ । विवाहका लागि हिजै मुम्बईबाट दिल्ली आएका शाहिदले आफ्नो परिवार र नजिकका साथीहरुको उपस्थितिमा मिरासँग विवाह बन्धनमा बाँधिएका हुन्।आज साँझ गुडगाउँको ओबराय होटलमा रिसेप्सनको कार्यक्रम रहेको छ।यसपछि १२ जुलाईमा पनि मुम्बई रिसेप्सन कार्यक्रम हुने बताइएको छ।
    त्यस्तै अर्की बलिउड अभिनित्री मिनिषा लाम्बाले हिजो सोमबार आफ्ना प्रेमी रायन थामसँग विवाह गरेकी हुन्। मिनिषाको विवाह गरेको खुलासा अर्की बलिउड अभिनेत्री पूजा बेदीले आफ्नो ट्विटर मार्फत गरेकी हुन्। मनिषाले समिक्षकले राम्रो टिप्पणी गरेको फिल्म 'यहाँ'बाट बलिउडमा डेब्यू गरेकी थियीन । यी जोडी सन् २०१३ तिरबाट देटिंङमा रहेको बुझिएको छ।  उनका पति रायन थामका जुहुमा ट्राइलोजी नामको नाइटकल्ब छन्।

ABCD2 ले सय करोड भारु कमाईयो

0 comments
      मुम्बई- प्रदर्शन भएको १८ औं दिनमा 'एबीसीडी २'ले सय करोड भारु कमाई गरेको छ। आइतबार २ करोड कमाई गर्दै फिल्मले १ अर्ब १ करोड कमाई गरेको हो। सय करोड कमाई गरेसँगै फिल्म बलिउडमा सय करोड कमाउने ३७ औं फिल्म बनेको छ।
      यो वर्ष बलिउडमा जम्मा दुई फिल्मले मात्र घरेलु बजारबाट सय करोड कमाउने कीर्तिमान कायम गरेका छन्। यसअघि 'तनु वेड्स् मनु'ले १ अर्ब ५० करोड कमाई गरे वर्षको सर्वाधिक कमाउने फिल्मको रेकर्ड कायम गरेको छ।
      जुन १९ मा रिलिज भएको फिल्म सन् २०१३को हिट फिल्म 'एबीसीडी' को सिक्वेल हो। प्रभुदेवा बाहेक नयाँ कलाकार लिएर नृत्य निर्देशक रेमो डिसुजाले निर्देशन गरेको फिल्म हिट मानिएको थियो।
      नृत्यमा आधारित पहिलो थि्रडी फिल्म 'एबीसीडी'मा प्रभु देवा सँगै बरुण धवन र श्रद्धा कपुरको मुख्य भूमिका रहेको छ। 'एबीसीडी २' सय करोड क्लबमा प्रवेश गरेसँगै बरुण पनि सय करोड क्लबका अभिनेता बनेका छन्। सय करोड कमाउने बरुणको यो पहिलो फिल्म हो। श्रद्धा कपुरको भने दोस्रो फिल्मल सय करोड कमाएको हो। यसअघि श्रद्धा अभिनित 'एक भिलेन'ले सय करोड कमाएको थियो।
     'एबीसीडी २'को सफलतासँगै बरुण र श्रद्धा अभिनित सबै फिल्म हिट भएका छन्। यसअघि श्रद्धा अभिनित 'आशिकी २' र 'एक भिलेन' हिट भएका थिए भने बरुण अभिनित 'स्टुडेन्ट अफ दि इयर', 'मैं तेरा हिरो', 'हम्टी शर्माकी दुल्हनियाँ' र 'बदलापुर' हिट भएका थिए।

इश्वरको निन्दा गरेको भन्दै मृतुदंड

0 comments
        बगदाद: इश्वरको निन्दा गरेको भन्दै आइएस आतंककारी संगठनले फेरिपनि तीन ब्यक्तिको क्रुर हत्या गरेको छ ।हालै इराकमा तीन ब्यक्तिको टाउको छिनाएर हत्या गरिएको समाचारमा जनाइएको छ । इश्वरको अपमान गरेको कारण नै उनिहरुको हत्या गरिएको आइएसको दाबी छ ।

      ती ब्यक्तिहरुको हत्यापुर्व आखाँमा कालो पट्टी बाधिएको आइएसले सार्बजनिक गरेको फोटोमा देखिएको छ भने दुबैहात पछाडी बाधेर खुल्ला सडकमा हत्या गरिएको छ ।  हत्या गरिएको स्थानमा आइएसका समर्थक र कलिला उमेरका बालबालिकाको समेत उपस्थिती रहेको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

Like us

 

Search

 
Enjoy the site