पोखरा, २० साउन - भीषण पहिरोले पर्यटकिय नगरी पोखराको मुख्य आर्कषण फेवाताल पुरिदै जाँदा ठुलो लगानी रहेको पर्यटन व्यवसाय जोखिममा पर्नसक्ने खतरा देखिएको छ।
जलाधारक्षेत्रका दर्जनौस्थानमा गएका पहिरोले बगाएका माटो, ढुंगा, रुख, झारपात, सिनोले पुरिएर तालको अस्तित्व नै संकटमा परेको हो। ताल नै नरहे मुख्य आर्कषण नहुने र व्यवसायमा ठुलो धक्का पुग्ने भन्दै व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन।
भदौरेतामागी ५ घाँटीछनामा गएको पहिरोले वगाएका पदार्थहरुले ताल पुर्नुकासाथै धमिलो बनाएको छ। मुख्य पानीको स्रोत हपर्नखोला आसपासबाट आएको जलकुम्भिले ढाकिएर ताल कुरुप भएको छ। मानिसले नुहाउन, कपडा धुन प्रयोग गर्ने तालको पानी अहिले पुरै हिलाम्मे बनेको छ । जसले गर्दा गर्दा घुमफिरका लागि आउनेहरु पनि निकै घटेका छन।
कास्कीका प्रमुख उद्वववहादुर घिमिरले गत १३ गते रातिको भीषण पहिरोले फेवातालको अस्तित्व झनै संकटमा पारेको भू संरक्षण कार्यालय बताए। ’बर्षा याममा आएको बाढि पहिरोले पुरेर फेवातालको उतरी क्षेत्र मैदान बन्दै गईरहेको थियो,’ उनले भने ‘पानीको मुख्यस्रोत हर्पनखोलामाथि पछिल्लोपटक गएको पहिरोले ताल धेरै नै पुरेको छ। यस्तै हो भने ताल चाडै मैदान बन्नेछ।’
फेवाको जलाधार क्षेत्रहरु हपर्नखोला, भदौरेतामागी, कास्कीकोट, सराङकोट, पुम्दिभूम्दि लगायतका क्षेत्रमा ठाउँ ठाउँमा पहिरो गएर सिधै तालमा मिसाएको छ। बिज्ञहरुले यसपालिको पहिरोले दश बर्ष लाग्ने माटो एकैपटकमा बगाएर ताल पुरेको अनुमान गरेका छन।
ढिकुरपोखरीको ठुलाचौर सामुदायिक बनको २० हेक्टर बनसहित अन्य स्थानका दर्जनौ हेक्टर जमिन बगाएर तालमा पुर्याएको घिमिरेले बताए। अहिलेपनि ताल पुरै हिलाम्मे भएकोले माटो थ्रिगिन केहि समय लाग्ने जानकारी दिदै उनले त्यसपछि नापेर ताल कति पुरियो भन्न सकिने बताए। पछिल्लो पटक गएको पहिरोले ताल धेरै पुरेको छ। यस्तै हो भने ताल चाँडै मैदान बन्नेछ।
प्राकृतिक प्रकोपबाट ताल बचाउन फेवाताल र जलाधार क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेर जथाभावी मोटरबाटो खन्ने र भौतिक संरचना बनाउने काम तत्काल बन्द गर्नुपर्नेमा जोड दिए। ’तालको जलाधार क्षेत्रमा मोटरबाटो र अन्य भौतिक निर्माणका काम भईरहेकोले हरेक बर्ष बाढिपहिरो गएर तालमा मिसिने गरेको छ,’ उनले भने ‘जथाभावी हचुवाका भरमा बाटो र र अरु संरचना बनाउने काम तत्काल नरोके ताल चाडै मैदान बन्नेछ।’
सन् १९५७ को नापीमा २२ हजार रोपनी क्षेत्रफल रहेको फेवाताल बर्षेनी करिव डेढ लाख मेक्ट्रिकटन माटोले पुर्दै आएको छ। हरेक बर्ष प्राकृतिक र मानवीय दोहनले तालको बीच बीचमा ढिस्का र मैदान बन्दै गईरहेको छ । तालको उतर पश्चिम क्षेत्र पुरिदै गएकोले स्थानीयबासीले खेत बनाएर धान रोप्दै आएका छन।
फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बुद्विबहादुर नेपालीले जीन्दगीमा पहिलोपटक यति ठुलो बाढि पहिरोले ताल पुरेको देखेको बताउँदै राज्यले तत्काल संरक्षणका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए। ’माटो, रुख, झारपात, सिनो थुप्रिएर ताल हराउँदै गएको छ,’ ७७ बर्षीय नेपालीले भने ‘यहि तालको पानी पिएर हामी हुर्किएका हौं।
पहिला ताल आँखाले हेरेर नभ्याईने कति ठुलो थियो। अहिले पुरिदै गएकोले मान्छेहरुले खेत बनाएका छन।’
उनले ताल कुरुप बनेकोले घुम्न आउनेहरु पनि घटेको बताउँदै पहिरो नरोक्ने हो भने चाडै ताल पुरिएर धेरैको व्यवसाय र रोजगारी गुम्ने भन्दै चिन्ता व्यक्त गरे।
खर्बको लगानी जोखिममा
तालको संरक्षण नगरे आसपासमा ठुलो लगानीमा खोलिएका पर्यटन व्यवसाय समेत संकटमा पर्ने देखिन्छ। घुमफिर गर्न आउनेहरु ताल किनारामा बसेर मन बहलाउने गरेकोले यस क्षेत्रमा करिव एक खरवको लगानीमा ठुला ठुला होटल, रेष्टुराँ र पर्यटकिय पसलहरु खोलिएका छन। तर प्राकृतिक र मानवीय अतिक्रमणले ताल संकटमा पर्दै गएकोले ठुलो लगानी जोखिममा परेको पोखरा पर्यटन परिषद्का अध्यक्ष सोमबहादुर थापाले बताए।
’फेवातालको जगमा नै पोखराको पर्यटनले शिखर चुमेको हो, ताल नै नरहे पर्यटनको कल्पनासम्म गर्न सकिदैन,’ उनले भने ’अहिलेको पहिरोले तालको अस्तित्व नै विगार्ने गरी समस्या थोपरेको छ। यसलाई तत्काल रोक्न राज्य र सरोकारवाला व्यवसायीको ध्यान जान जरुरी छ।’ उनले फेवाताल बचाउन वृहत योजना बनाएर काम शुरु गर्नुपर्नेमा जोड दिदै राज्यले तत्काल पहल गर्नुपर्ने बताए।
डम्पिङसाईड बनाईदै
पूर्वि र दक्षिणीक्षेत्रमा स्थानीय पर्यटन व्यवसायीले मलमुत्र, ढल र फोहोर फालेर अतिक्रमित गर्दै आएका छन। तालमा जथाभावि मिसाईएका ढल, नहर, खोलावाट आउने फोहोर र माटोले बर्षेनी ताल पुरिदै गएको छ।
होटल र बजारको ढल, सिंचाई नहर र खोलावाट आउने प्लाष्टिक, सिनो, माटो, दूषित पानी, मर्करी, जलकुम्भि लगायतका झारपातले तालको अस्तित्व संकटमा पारेको छ। पोखराको जौवारीदेखि वैदामसम्मको सेती नहर आसपासका शयौं घरहरुले सेफ्टी टंयाकी, जुठेल्नाको पानी नहरमा मिसाएकाले तालमा पुग्दछ।
दुई सय भन्दा बढि प्रजातीका बनस्पती, ४० प्रजातिका माछा, जलचर एवं पक्षिको आ श्रयस्थल तालमा चर्को प्रदूषणले धेरैजलचर र वनस्पति हराईसकेका छन। सन् १९५७ को नापीमा तालको क्षेत्रफल २२ हजार रोपनी भएपनि सन् २००० को अध्ययनले ९ हजार ९ सय ५५ रोपनीमा साँघुरिएको देखाएको भूसंरक्षण कार्यालयले जनाएको छ।
पहिला १८ मिटरसम्म गहिरो ताल अहिले क्रमशः पुरिदै गएको छ। प्रति बर्ष फेवातालमा एक लाख ४२ हजार मेट्रिक टन माटो र गेग्रयान थुप्रिदै आएको अध्ययनले देखाएको छ।
दाम र नाम कमाउने माध्यम
माछापुच्छ्रे र अन्नपूर्ण हिम श्रृंखला मुस्कुराउने फेवाताल पोखरामा कतिपयको लागि दाम र नाम कमाउने माध्यम भएको छ।ताल संरक्षणको नाममा देश र बिदेशबाट रकम ल्याउने र कुम्ल्याउनेहरु पनि उतिकै छन।
स्थानीय टोले संस्थादेखि अन्तराष्ट्रियस्तरका कतिपय गैह् सरकारी संस्थाले ताल बचाउको नाममा बजेट ल्याएपनि कुनै पारदर्शीता छैन। तालका मुख्य समस्या के छन? , नियन्त्रणका लागि के गर्न जरुरी छ?’ भन्ने बारे साझा दृष्टिकोण नभएर आ-आफ्नै ढंगले खर्च गर्ने गरेका छन।
कतिपय व्यक्ति र संघसंस्थाले सामाजिक काम गरेको भन्दै चर्चामा आउन जलकुम्भि र झारपात हटाए झै गरेका पनि पाईन्छ।फेवाताल पछिल्लो समय कमाई खाने भाँडो बन्दै गईरहेको पोखरा उपत्यका नगर विकास समितिका सदस्य सचिव सुरेन्द्रप्रसाद सिग्देलले बताए।
’ताल बचाउने भन्दै बिभिन्न एनजीओ र आईएनजीओ खोलेर मोटो रकम कुम्ल्याउनेहरु बड्दै गईरहेका छन,’ उनले भने ’कस्ले कहाँ कति खर्च गर्यो, कुनै पारदर्शीता र लेखाजोखा नभएकोले मनपरि भएको छ।’
उनले ताल बचाउन छुट्टै अधिकार सम्पन्न निकाय गठन गरेर योजनाबद्व ढंगले काम गर्नुपर्नेमा जोड दिए। ’विज्ञहरु लगाएर ताल संरक्षणको योजना बनाएर सबै रकम एकद्वार प्रणालिमार्फत खर्च गर्नुपर्दछ,’ उनले भने ’यसो गर्न सकेमा भ्रष्टाचार र अनियमितता गरेर कसैले रकम कुम्ल्याउन पाउने छैन।’
उनले बाढि र पहिरोले पुरेर ताल संकटमा पर्दै गएको बताउँदै जलाधार क्षेत्रहरुमा चेक ड्याम बनाएर माटोसहितका पदार्थहरु सिधै तालमा प्रवेश गर्न दिन नहुने भन्नुभएको छ।श्रोत : अन्नपूर्ण पोस्ट