कुनै पनि बाहिरी वस्तुप्रति शरीरको संवेदनशीलतालाई एलर्जी भन्ने गरिन्छ। सामान्यतया एलर्जी घाम, धुलो, धुवाँ, फूलको परागकण, औषधि, सौन्दर्य प्रसाधन आदिबाट हुनसक्छ। एलर्जीका कारण मधुमेह, डिप्रेसन, हृदयरोग, अल्सर, दम, एक्जिमा आदि रोग लाग्ने संभावना हुन्छ।
लक्षणः
एलर्जी हुने मुख्य ठाउँहरू नाक, आँखा, छाला, छाती, आन्द्रा, कान आदि हुन्।
–छाला चिलाउनु, रातो हुनु, डाबर आउनु, सुन्निनु
–सास फेर्न गाह्रो हुनु–सिंगान बगिरहनु
–ज्यादै हाछ्युँ र खोकी लाग्नु–नाक चिलाउनु–पखाला लाग्नु
–अपच र कब्जियत हुनु–दम, एक्जिमा हुुनु
–टाउको दुख्नु
–आँखा रातो हुनु आदि
कारण:
– हानिकारक तथा रसायन मिसाइएको खाना खानु
–सौन्दर्य प्रसाधन बढी प्रयोग गर्नु
–अप्राकृतिक (सिन्थेटिक) कपडा प्रयोग गर्नु
–कफी, चकलेट, बदाम, गहुँ, मकै, दुध, चिनी, सिसीका अचार, प्रिजर्भेटिभ खानाजस्ता एलर्जी गराउने संभावना भएका खाना खानु
–कुनै औषधिको पाश्र्व प्रभाव पर्नु
–ज्यादै मानसिक तनाब हुनु आदि
उपचारः
शरीरका रोग निरोध गर्ने क्षमता कमी हुँदै जाँदा एलर्जीको समस्या देखिने गर्छ । तसर्थ यसको उपचार गर्नका लागि खानपान र जीवनशैलीमा केही सुधार गर्नुपर्ने हुन्छ ।
भोजन
उपयुक्तःलसुन, प्याज, मेथी, भिटामिन सीयुक्त खाना
अनुपयुक्तः एलर्जी गराउने खानाहरू, प्रिजर्भेटिभ प्रयोग गरिएका जंक फुडएलर्जीको उपचार धेरै तरिकाबाट गर्न सकिन्छ । सबैभन्दा पहिले एलर्जी कुन कारणले भैरहेको छ, त्यो जान्न आवश्यक छ । कुन कुन खानेकुराले आफूलाई एलर्जी गराइरहेको छ, त्यो जानेर त्यसको सेवन वा प्रयोग बन्द गरी उपचार सुरु गर्न सकिन्छ ।
–एलर्जी गराउने संभावित खानाहरूलाई जाँच्नुपर्दछ । जसलाई कोका टेस्ट वा पल्स टेस्ट भनिन्छ । पल्स टेस्ट गर्न खाना खानुअघि आफ्नो नाडीको गति नाप्ने । सामान्यतया नाडीको गति ७२ प्रतिमिनेट हुन्छ । त्यसपछि एलर्जी गराउने संभावित खाना खाएर आधा घन्टापछि पुनः गति मापन गर्ने । यदि नाडीको गति ६–७ भन्दा बढी भएमा सो खानाले एलर्जी गराउने रहेछ भनेर बुझ्नुपर्छ । र, त्यसको सेवन बन्द गर्नुपर्छ ।
– कफी, चकलेट, बदाम, गहुँ, मकै, दुध, चिनी, सिसीका अचार, प्रिजर्भेटिभ खानाजस्ता एलर्जी गराउने संभावना भएका खाना नखानु राम्रो ।
–भिटामिन बी कम्प्लेक्स र भिटामिन ईयुक्त खानेकुराहरू एलर्जीमा लाभदायक हुने हुँदा यी भिटामिन पाइने खानेकुरा खानुपर्छ ।
–मेथी, प्याज र लसुनको सेवन एलर्जीमा लाभदायक मानिन्छ ।
–दैनिक भोजनमा प्रशस्त भिटामिन सी समावेश गराउनुपर्छ ।–फलफूल, जुस, तरकारी र सलादहरू दैनिक सेवन गर्नुपर्छ ।
–बिहान खाली पेटमा नीमको पात मिलाइएको पानी पिउनु उपयोगी मानिन्छ । यो पिएर आधाघन्टासम्म केही खाने पिउने गर्नुहुँदैन ।
योग
योग, ध्यान, प्राणायामको नियमित अभ्यासले एलर्जीमा फाइदा पु¥याउने गर्छ ।
आसन
बसेर गरिने आसनः अर्धमत्स्येन्द्रासन
पल्टिएर गरिने आसनः योगमुद्रासन, सर्वाङ्गासन, शवासनप्राणायामः नाडी शोधन मानसिक तनावको कारणले एलर्जी हुने भएकाले प्राणायामका साथै ध्यान, माइन्ड कन्ट्रोल मेडिटेसन गर्नुपर्छ ।
रेकी चिकित्सा
समस्याग्रस्त क्षेत्रमा १५–२० मिनेट र अन्य क्षेत्रमा ३–५ मिनेट दैनिक २–३ पटक रेकी उपचार गर्नेजडिबुटी चिकित्साएलर्जीका रोगीका लागि सिस्नोको प्रयोग सर्वाेत्तम मानिन्छ । लगभग ७० प्रतिशत बिरामीलाई सिस्नो मात्र प्रयोग गरेर निको पारिएको विज्ञहरू बताउँछन् । दैनिक १५ ग्राम सिस्नोको पाउडरलाई पानीमा पकाएर पिउन सकिन्छ । साथै, कटकी र क्यामोमाइल एलर्जीका लागि लाभदायक मानिन्छन् । एफेदारा मा हुवाङ नामक चाइनिज जडीबुटी पनि एलर्जीका लागि उत्तम मानिन्छ।
सुषुम्ना(नयन कमल सैंजु)द्वारा लिखित र सम्पादित पुस्तक ‘१०१ रोग, एकसे एक उपचार’ बाट