Tuesday, July 21, 2015

नेताज्यू नेपालमा जन्मेर अभागी भइयो भन्ने सोंच्न बाध्य नपार्नोस –ऋचा ढुंगाना

0 comments
 तपाइँहरु को हो ? किन आउनुभएको ? होटल र रिसोर्टका मिटिङहरु के का लागि थिए, कसैलाई मन्त्री बनाउन मात्रै थियो ? यत्रो वर्ष के गर्नुभयो ? यदि संविधान बनाउन हामीले सुझाव दिनु पर्ने हो भने तपाइँहरु ६०१ जना किन चाहियो ? तपाइँहरु अयोग्य हुनुहुन्छ । सक्षम नभए अरुलाई जिम्मा दिनुपर्छ । संविधान बने सबै हुन्छ भनेर भ्रम फैलाउने काम गरिएको छ, त्यो हो त ? के संविधान बनाएपछि सबै समस्या समाधान हुन्छ  ? होईन राजनीतिक नेताहरुले आफ्नो असक्षमता लुकाउन यस्तो भ्रम फैलाएका छन् ।
देश हाँक्ने राजनीतिले हो तर हाम्रो त मूल नै दुषित छ, मूल दुषित भएपछि सफा पानी आउन्न ।  देशमा काम पाउने वातावरण छैन, मेरो दाइले इञ्जिनियर पढ्यो, तपाइँले रोजगारी दिनुभएन । दाईलाई फ्रान्सले लग्यो । रोजगारी दिने काम तपाइँहरुको हो । कोही पनि नेपाली विदेश जान चाहन्न, आफ्नो बाबु, आमा, परिवार र देश छोडेर जाने रहर कसैलाई हुँदैन । यो बाध्यता हो, र यो सबै तपाइँ नेताहरुले गर्दा भैरहेको छ । लोडसेडिङ बढिरहेको छ, हामीले पढ्न पाईरहेका छैनौं, तपाइँहरुलाई मतलव छैन, तपाइँहरुको घरमा जेनेरेटर होला, त्यसैले तपाइँहरु हाम्रो समस्या बुझ्नु हुन्न । मलाई कहिले काहीँ म किन अमेरिकामा जन्मिनँ ? किन नेपालमा जन्मे भन्ने लाग्छ । यो रहर होईन, यो सोंच्न बाध्य पारेको तपाइँ नेताहरुले हो । मुलुक राजनीतिले चलाउने हो तर राजनीतिमा तपाइँहरुले यति लापरवाही गरिरहनुभएको छ ।
ca
पख्नोस पख्नोस तपाइँहरुले यत्रो वर्ष लगाउनुभयो हाम्रो कुरा चार घण्टा पनि तपाइँले नसुन्ने ? ( छिटो टुंग्याउन आग्रह गर्ने सभाषद दीपक कुइँकेलको आग्रह प्रतिवाद गर्दै ) हाम्रो मुलुकको समस्या संविधान नबन्नु हो भनिँदैछ, होईन संविधान नआउनु हाम्रो समस्या होईन, हाम्रो समस्या नेता असक्षम हुनु हो, राजनीतिमा असक्षम मान्छे आउनु हो, तपाइँ अरु असक्षम हुनुहुन्छ । डाक्टर बन्नलाई योग्यता चाहिने, ईञ्जिनियर बन्नलाई योग्यता चाहिने , तर नेता बन्नलाई कुनै योग्यता नचाहिँने ? हामीले राजनीतिमा कति लापरवाही गरिरहेका छौं ?
vidya
यहाँ बोल्ने धेरैले धर्मको कुरा गर्नु भयो, संघीयताको कुरा गर्नुभयो, के संविधान बनाउने भनेको संघीयता र धर्मको कुरा मात्रै हो ? खोई त मुलुकको विकास र समृद्धिको कुरा गरेको ? संविधान मूल कानून हो, यसले देशको विकास गर्नुपर्छ, यसले देशलाई समृद्धि दिनुपर्छ । नेताहरु धर्मको कुरा गरिरहेका छन, अनि हामी त्यसैको पछाडि लागेर हिडिरहेका छौं । म भन्न चाहान्छु –मुलुकमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्छ । चाहे एक पेजको संविधान आओस त्यसले मेरो अधिकार सुरक्षित गरेको हुनुपरयो ।
(सोमवार कोटेश्वर महादेवस्थानमा संविधानको मस्यौदामा सुझाव संकलन गर्न आयोजित कार्यक्रममा ढुंगानाले व्यक्त गरेको विचार )
काठमाण्डौको कोटेश्वर महादेवस्थानमा सोमवार एमाले उपाध्यक्ष एवं सभाषद विद्यादेवी भण्डारी र नेपाली काँग्रेसबाट निर्वाचित सभाषद दीपक कुइँकेल सहभागी संविधानको मस्यौदामाथि सुझाव संकलन कार्यक्रममा सोमवार ढुंगानाले नेताहरुप्रति निकै आक्रोश व्यक्त गरिन् । देश बिगारेको नेताहरुले नै हो भन्ने उनको ठम्याई छ ।  संभवत उनले बोल्दा हल सबैभन्दा बढी तालिले गुञ्जियो । त्यसो त कार्यक्रममा अरु सहभागीले पनि राजनीतिक दल र नेताप्रति आक्रोश व्यक्त नगरेका होईनन, तर ऋचाको उमेर, उनको प्रस्तुति  र प्रश्न चर्चाको विषय बन्यो । उनले मञ्चमा बसेका नेताहरुलाई सिधै सोधिन–तपाइँहरु को हो र किन यहाँ आएको ? यसले किशोर र युवाहरुमा नेताप्रति अरु भन्दा बढी आक्रोश छ भन्ने देखाउँछ, ऋचा त प्रतिनिधि पात्र मात्रै थिइन । उनको कुरा सुनेपछि एभरेष्ट दैनिक डटकमले ऋचासँग आक्रोशको कारण लगायतका विषयमा केन्द्रीत रहेर कुरा कानी गरेको छ–
कति वर्ष हुनुभयो ?
१६ वर्ष भएँ ।
कतिमा पढ्नुहुन्छ ?
मैले सीसीआरसीबाट १२ कक्षाको परीक्षा दिएकी छु ।
आज कार्यक्रममा आएका को को नेतालाई चिन्नुहुन्छ ?
विद्या भण्डारीलाई चिन्छु । मेरो आँखा अलि खराब छ, आज चश्मा पनि लगाइँन अरुलाई चिनिनँ पनि  । तर अरु नेता सभाषद पनि हुनुहुन्थ्यो, त्यसैले बोलें ।
किन यति धेरै आक्रोश नेताहरुप्रति ?
अहिले देशको स्थितिको मुख्य कारण नै नेताहरु नै हो । युवाहरुले जे भोगिरहेका छन, सबै नेताले गर्दा हो,आक्रोश त आउने नै भयो । मैले मौका पाएर बोलें, अरुले बोलेको भएपनि मैले जत्तिकै बोल्थे, म भन्दा कम बोल्थे भन्ने मलाई लाग्दैन् ।
किन नेताहरुले देश बिगारे भन्ने लाग्यो  ?
अहिले यो प्रोगामका लागि एक अर्ब रुपैयाँ खचै भैरहेको छ ।  केही युजफुल देख्नुभयो तपाइँले ? उहाँहरुले दुई–दुई पटक संविधान सभाको चुनाव गरेर यत्रो वर्ष, यत्रो मिटिङ गर्नुभयो तर पनि कस्तो संविधान बनाउँदा नागरिक खुशी हुन्छन, देश विकास हुन्छ भनेर बुझन सक्नुहुन्न भने उहाँहरु किन बस्नु भयो । किन सभाषद बन्नुभयो ? जो सक्षम थियो उहाँहरुलाई दिनुपथ्र्यो ।
तर यो सुझाव संकलन कार्यक्रमलाई नागरिकका कुरा परे परेनन ? ल हेर, सुझाव देउ भनेर बुझन आएको भनेर बुझ्न सकिँदैन र ?
त्यस्तो होईन, मलाई त अहिले पनि संविधान आउँछ जस्तो लाग्दैन, उहाँहरुले फेरि पनि हात्ती आयो हात्ती आयो फुस्सा भने जस्तै गराउनुहुन्छ जस्तो लाग्छ । उहाँहरुमा अलि कति पनि देशभक्तिको भावना भएको भए संविधान आईसक्थ्यो । उहाँहरुले सेक्रिफाईस गर्न सक्नुहुन्थ्यो । किन उहाँहरु खालि यो प्रधानमन्त्री भयो भने मात्रै यस्तो हुन्छ भन्नुहुन्छ ? उहाँहरुले किन सेक्रिफाईस गर्न सक्नुहुन्न ? खोई त उहाँहरुमा ‘प्याट्रियाटिज्म’ ? अहिले हामी संविधान–संविधान मात्रै भनिरहेका छौं, के संविधान आएपछि सबै समस्या समाधान हुन्छ ? विकास खोइ त ? संविधान त एउटा मूल कानून मात्रै न हो । संविधान बनाउन यत्रो टाईम लाग्छ भने विकास कहिले गर्ने हो ? अर्को कुरा संविधान पहिलो चोटी बन्न लागेको पनि होईन, कानून त पहिले पनि थिए त ।  न कानून लागू हुन्छ , न केही हुन्छ । संविधान आउँदैमा मात्रै केही हुन्छ भन्ने होईन, मलाई प्राक्टिकल कुरा चाहियो , विकास चाहियो म त्यसमा सन्तुष्ट हुन्छु ।
नेताले के गरिदिए हुन्छ भन्ने लाग्छ तपाइँलाई  ?
उहाँहरुले म भन्दा पनि हामी भनेर सोच्नु पर्यो । आफुनो स्वार्थ भन्दा देश र जनताको लागि मैले केही गर्नुपर्छ भनेर देश–जनताको हित र अधिकार समेटेर संविधान ल्याउनु पर्यो । देशको विकास होस, देशमा जन्मेर अभागी भईयो भनेर सोंच्न नपरोस ।
richa
धेरै पेजको संविधान बनाउँदैमा राम्रो हुन्छ भन्ने होईन । सबैले अधिकार पाउन , महिला अहिले पनि पिछडिएका छन, पढ्न पाइरहेका छैनन, यस्ता कुरा ध्यान दिनुपर्यो । ढुकुटीको दुरुपयोग नहोस ।  मलाई त आजको कार्यक्रममा लगाउने पैसा एउटा हाइड्रो पावरमा लगाएको भए एक घण्टा त लोडसेडिङ कम हुन्थ्यो भन्ने लाग्छ । म जन्मिँदा उहाँहरुनै नेता हुनुहुन्थ्यो ।  म यत्रो भैसके उहाँहरुनै नेता हुनुहुन्छ । १८–२० वर्ष अघिको सोच अहिलेका लागि ठीक नहुन पनि सक्छ ।  हामी युवाको कुरा नुबझ्ने अनि कसरी हुन्छ ? युवाको कुरा बुझ्नु पर्यो ।
यही कुरा बोल्छु भनेर तयारी गरेर यहाँ आउनुभएको थियो कि यहाँ आएपछि बोल्न मन लाग्यो ?
म यो कुरा बोल्छु भनेर आएको होइन, । म त एजुकेशन लोनका विषयमा कुरा राख्छु भनेर आएकी थिएँ । भारत लगायत अरु देशमा पनि एजुकेशन लोन छ, युवाको यसमा इन्ट्रेस्ट पनि छ । ती देशमा विद्यार्थीले लोन पाउँछन, हामीलाई पनि लोन दिए हुन्थ्यो भन्ने हो । हामीले फ्रिमा पढाउ पनि भनेको छैन, हामी जागीर खाएपछि सक्षम भएपछि तिर्छौं अहिले लोन देउ भन्न आएकी थिएँ । शुरुमा बोल्न पाएको भए  एडुकेशन लोनको कुरा भनेर जान्थें ।  तर कार्यक्रममा बसेर सुन्दै जाँदा हिन्दु धर्म र प्रदेशको कुरा मात्रै आयो, त्यसपछि म मा पनि अलि आक्रोश आयो अनि मैले बोले । अरुले गर्दा पनि मैले यो बोल्नु पर्ने स्थिति आयो । फेरि हामीले सितिमिति बोल्न पनि पाउँदैनौ, म बेला बेला घरमा पनि केही प्रोब्लेम पर्यो भने कराई राख्थें, ममीले ‘मलाई नभन नेता भएको ठाउँमा गएर भन’ भन्नुहुन्थ्यो, आज मौका पाएँ अनि बोलें । साभार -अनलाइन खबर


0 comments:

Like us

 

Search

 
Enjoy the site