Wednesday, September 30, 2015

Sagarmatha Samachar 2072-06-13

0 comments
१३ आश्विन २०७२ - बुधलबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस।

VIDEO






 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Meri Bassai, 29 September 2015

0 comments
१२ असोज २०७२ - नेपाल टेलिभिजन बाट मंगलबार प्रशारित हाँस्य टेली फिल्म मेरी बास्सै भाग ४६४ हेर्नुहोस।
क्लिक गर्नुहोस भिडियो play हुनेछ।
VIDEO
 meri-bassai-29-september-2015



DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

मधेश अान्दाेलनः काठमाडौं पुग्ने बाटो

0 comments
डेढ महीना मधेश बन्द हुँदा पनि काठमाडौंले वास्ता गरेन भन्ने भएपछि मधेशी मोर्चा तराईका भन्सार नाकाहरू ठप्प पार्न उद्यत छ। 






८ असोज २०७२ का दिन सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो काठमाडौं जाँदै विराटनगर एअरपोर्टमा। मधेश आन्दोलन निष्कर्षमा नपुगी काठमाडौं नजाने मधेशी मोर्चाबीच भएको सहमति विपरीत उनी काठमाडौंका लागि उडेका हुन्। तस्वीरः इकान्तिपु-

१२ असोज २०७२ - काठमाडौं राजधानी मात्र नभई नेपाली राज्यको प्रतीक पनि भएकोले असन्तुष्ट पक्षहरू असहमति जनाउँदा
यही शहरको नाम लिएर पोखिने गर्छन्– काठमाडौंले त्यो गर्‍यो, काठमाडौंले यो गरेन। नेपाल राज्यलाई झुकाउनु छ भने तराईको बाटो भएर काठमाडौंमा हुने आपूर्ति रोक्नुपर्छ भन्ने बुझाइका कारण अहिले मधेशमा नाकाबन्दीको राजनीतिक कार्यक्रम अगाडि बढेको छ। हुन पनि, काठमाडौंको जनजीवन प्रभावित नभएसम्म राज्य चलमलाउँदैन। ४० दिनभन्दा लामो मधेश बन्दबाट टसमस नभएको काठमाडौले अहिले हल्का सुगबुगाहट देखाएको छ। त्यसो त, काठमाडौंमा राज्यका प्रभावशाली पंक्ति मात्र बस्दैनन् र जनसांख्यिक बनोटको हिसाबले यो महानगर आफैंमा ‘सानो नेपाल’ भएको छ। राजधानी भएकोले यो शहरले आफ्नो दैनिक जीवनका लागि एउटा निश्चित अवधिसम्मको संग्रह पनि गरेकै छ। सरकारलाई गलाउन देशको एउटा भूगोलका बासिन्दाले अर्को भेगकालाई असहज पर्ने गरी गरिने आन्दोलन छलफलको अर्को विषय हुनसक्छ। काठमाडौं पुग्ने कसरी? एक दशकमा तीन पटक भएको मधेश आन्दोलनको मूल सन्देश हो– यो क्षेत्र प्रादेशिक संरचनामा जान चाहन्छ। मधेश अब काठमाडौंसँग जोडिएर समग्र नेपालको समृद्धिमा सहयोगी बन्न चाहन्छ। नेपालको भूगोलभित्र रही आफ्नो उच्चतम सम्भावनाहरूको खोजी मधेशी मूलधारको मनोविज्ञान हो। यो नेपाल राज्यका निमित्त गतिलो पूँजी पनि हो, तर काठमाडौसँग सम्मानजनक रूपमा जोडिने चाहनाको निरादर हुँदा मधेशीहरूको ऊर्जा आन्दोलनमै उडिरहेको छ। अब मधेशले दिल्लीको बाटो भएर काठमाडौं पुग्ने? अनि काठमाडौं आफैं वीरगंज, विराटनगर पुग्ने कि दिल्लीमार्फत मधेश आउने? पछिल्लो समयको राजनीतिक घटनाक्रमले यस्ता प्रश्नहरूलाई प्रबल बनाएको छ। यी प्रश्नहरूको जवाफ नखोजी अगाडि बढ्ने हो भने आगामी दिनमा नेपालको यात्राले जटिलता नै जटिलता बेहोर्नेछ। सबैलाई ज्ञात भएकै कुरा हो– अहंकार, घृणा र प्रतिशोधको जगमा स्थापित पद्धति वा परम्परा टिकाउ हुँदैन। बृहत् सहमति र फराकिलो समझ्दारीबाट तय गरिएको बाटोले मात्र समृद्धिको सहयात्रा सुनिश्चित गर्छ। तर, काठमाडौंको मनस्थिति के देखियो भने– ‘मधेशीहरूले निकै कचकच गरे, यिनलाई एउटा प्रदेश छुट्याई दिऊँ। भारतको छत्तीसगढ जस्तो बनोस् कि झारखण्ड जस्तो, एउटा प्रदेश छुट्याई दिऊँ।’ अहिलेको प्रदेश २ जुन मनोविज्ञानले ल्याइएको छ, त्यसमा काठमाडौंको मधेशप्रतिको पूर्वाग्रह र प्रतिशोध प्रष्टै झ्ल्किएको छ। काठमाडौंका शासक वर्गलेे देखाएको मधेशी सङ्घर्षप्रतिको पूर्वाग्रह र प्रतिशोधको भावनाले देशलाई सहजताका साथ अगाडि बढाउन मद्दत गर्दैन। किनकि, मधेश काठमाडौंको एकात्मक शासन अन्तर्गत मौजाको रूपमा नरहने लिखत नै भइसकेको छ। अब काठमाडौंसँग मधेशको केवल दुई प्रकारको सम्बन्ध हुनसक्छ– केन्द्रसँग सम्मानजनक सम्बन्ध रहेको स्वायत्त मधेश र काठमाडौंसँग एउटा स्वतन्त्र गणतन्त्रको सम्बन्ध भएको मधेश। मधेश मात्र किन? बदलिएको राजनीतिक परिवेशमा नेपालका कुनै पनि भूगोलको काठमाडौंसँगको सम्बन्ध सम्मानजनक हुनैपर्छ र नयाँ संविधानले प्रादेशिक संरचनाको जुन जग पनि हालिसकेको छ। नेपाली सरहदभित्रको संघमा यो संविधानको मस्यौदा बनाउनेहरूकै वर्चस्व रहने भएकोले प्रदेश र केन्द्रको सम्बन्ध भने सोचेजस्तो सजिलो हुने छैन। सुरुआती जग हाल्दा जोखिम र अवसरहरूबारे सर्वपक्षीय विमर्श नभएर बहुमतको निर्णय भयो। के बिर्सन मिल्दैन भने, संविधान निर्माणसँगै भावी नेपालको संरचना र व्यवहारको थालनी गरिंदैछ। केन्द्र–प्रदेश सम्बन्ध पूर्वाग्रही र प्रतिशोधपूर्ण रहँदा नयाँ–नयाँ द्वन्द्वहरू अवश्यंभावी हुन पुग्छन्। यो अवस्थामा मधेशमा भइरहेको आन्दोलनमा पिलीभितदेखि फारबिसगंजसम्मका भारतीय क्षेत्रमा स्वस्फूर्त चासो देखिएको छ। विगतमा नेपालमा लोकतान्त्रिक आन्दोलनहरू हुँदा पनि नेपालसँग जोडिएका भारतीय क्षेत्रमा यस्तै हुन्थ्यो र तदनुरूपका गतिविधि हुन्थे, तर यसपटक माहोल अलि फरक छ, खासगरी ‘मधेशी दमन’ भन्ने बुझाइका कारण। साझा सांस्कृतिक समूह भएका सीमापारिका भारतीयहरूबाट अहिले जुन खालको सहयोग भइरहेको छ, विगतमा यस्तो भएको थिएन। यसले सीमाञ्चलको बदलिंदो अवस्था देखाउँछ। बिहारमा हुन लागेको र उत्तरप्रदेशमा केहीपछि हुने प्रादेशिक निर्वाचनका कारण पनि भारतको केन्द्रीय सत्तामा आरुढ भारतीय जनता पार्टी (बीजेपी) र त्यसका नेता रहेका प्रधानमन्त्री नरेन्द्र मोदीको चासो बढाएको छ, सीमाञ्चलमा। मोदी नेतृत्वको दिल्लीले बंगलादेशसँगको सम्बन्ध निर्धारणमा पश्चिम बंगाल राज्य सरकारको सहमति लिन खोजेजस्तै बिहार र उत्तरप्रदेशको चासोलाई लिएर नेपालको सीमाञ्चलमा नजर दिनु अस्वाभाविक देखिंदैन। सीमाञ्चलको नेपाली क्षेत्रको अस्थिरताको प्रभाव पारिपट्टि तत्काल पर्छ पनि। लामो समयदेखि काठमाडौंले सुनुवाइ नगरेको आफ्नो राजनीतिक मुद्दाहरूमा दिल्लीले अग्रसरता दिइदेओस् भन्ने खालको चिन्तन पनि मधेशमा रहेकै हो। मधेशी राजनीतिभित्र काठमाडौंले शान्तिपूर्ण आन्दोलनमा गरेको दमन होस् वा विभेदलाई विभिन्न आवरणमा संरचित गर्दा, यसको अन्तर्राष्ट्रियकरण गर्नुपर्छ र त्यसको पहिलो बाटो दिल्ली हुनुपर्छ भन्ने धार पनि छ। त्यसका लागि भएका प्रयत्नलाई दिल्लीले उति वास्ता भने गरेको थिएन। नेपालमा जारी संविधानलाई लिएर भारतबाट आएको प्रतिक्रियाले भने मधेशमा ‘बल्ल दिल्ली बोल्यो’ भन्ने बुझाइ छ। स्वीकारयोग्य हाँक मधेशको राजनीतिक सवाललाई काठमाडौंले सुल्झ्उनुमा मधेशको हित छ। यसमा काठमाडौं संवेदनशील भइदेओस् भन्ने चिन्तन मधेशभित्र बढी शक्तिशाली छ। त्यही क्रममा मधेश आन्दोलन भइराखेको हो। अहिले उठेका प्रादेशिक सीमा, जनसङ्ख्याको आधारमा प्रतिनिधित्व, समावेशी राज्य संयन्त्र, नागरिकता आदिको सवालमा जवाफ खोजिरहँदा भूराजनीतिक द्वन्द्व निम्त्याउनु हुँदैन भन्नेमा मधेशी राजनीतिक नेतृत्व होशियार हुनुपर्नेछ। किनभने, मधेशको ‘रोटी–बेटी सम्बन्ध’ रहेको भारत जस्तै नेपालको घनिष्ट मित्र हो, उत्तरको चीन पनि। अहिले दक्षिणी छिमेकीको चासो प्रकट रूपमा देखिएको छ। यसको अर्थ, उत्तरी छिमेकी मधेशको घटनाहरूबाट बेखबर छ भन्ने होइन। मधेशको राजनीति क्षेत्रीय आकारको देखिए पनि यसको मुद्दाहरूको राष्ट्रिय प्रभाव छ। यसले राष्ट्रिय राजनीतिक कार्यसूचीलाई प्रभावित पारिरहँदा अन्तर्राष्ट्रिय चासोहरू अप्ठ्यारो गरी प्रकट भइरहेका छन्। यस्तो वेला मधेशी राजनीतिक नेतृत्वले पहाडे नेताहरूलाई टेबुलमा गलाएर काठमाडौंसँग जोडिने बाटो खोल्ने सुझ्बुझ् देखाउनुपर्छ भने काठमाडौंले मधेशीको सङ्घर्षसँग संवाद गर्ने हाँक स्वीकार्नुपर्छ। यसैमा छ, हामी नेपालीको बृहत्तर हित र नेताहरूको राजनीतिक भविष्य पनि । साप्ताहिक खबरपत्रिका हिमालबाट - 

Tuesday, September 29, 2015

मधेसी नेताको काठमाडौंमा अकूत सम्पत्ति, तराईमा नाकाबन्दी ?

0 comments
काठमाडौँ १२ असोज । सिंगै देश भारतीय नाकाबन्दीविरुद्ध लागेको बेला मधेसी नेताहरुले भने भारतले नभई आफुहरुले देशमा नाकाबन्दी गरिरहेको कुरा सगर्व बताउन थालेका छन् । काठमाडौंले आफुहरुलाई अन्याय गरेकोले त्यसविरुद्ध आन्दोलन गरिरहेको उनीहरुको दाबी छ । उनीहरु काठमाडौंविरुद्ध यसरी चर्काे रुपमा बोलिरहेका छन् कि मानौं उनीहरुको काठमाडौंसँग कुनै साइनो नै छैन । उनीहरुका लागि काठमाडौं नेपालको राजधानी नै होइन ।
तर वास्तविकता भने ठिक त्यसको उल्टो छ । उनीहरुको लागि तराई भन्दा काठमाडौं निकै उर्वर छ । अहिले काठमाडौंलाई नाकाबन्दी गराउने नेताहरुको तराईमा झुपडी र थोत्रा घर मात्र बाँकी छन् । मन्त्री पदमा बस्दा भ्रष्टाचार गरेर काठमाडौंमा उनीहरुले अर्बौ सम्पत्ति जोडेका छन् । अझ केहीका त काठमाडौं ३/४ वटा समेत महल छन् । उनै मधेसी नेताहरु काठमाडौंविरुद्ध आन्दोलन गरेर भारतलाई खुशी पार्दै आएका छन् ।

अहिले आन्दोलनमा लागेका राजेन्द्र महतो, महन्त ठाकुर, उपेन्द्र यादब, हृदयेश त्रिपाठी, शरदसिंह भण्डारी, अनिल झा, बिजय गच्छेदारलगायतका नेताहरुको काठमाडौंमा करोडौं करोडको महल छ । महतोले सिनामंगलको मुख्य सडकमै ठुलो घर बनाएका छन् । जसको मूल्य पचासौं करोड पर्छ भने उपेन्द्र यादबको हात्तिवनस्थित हाउजीङभित्र सुविधा सम्पन्न महल छ ।



अलिल झाको लाजिम्पाटमा करोडौं पर्ने महल छ । बिजय गच्छेदारको सानेपमा त्यस्तै ठुलो घर छ भने शरदसिंह भण्डारीको भैंसेपाटीमा करोडौं पर्ने महल छ । त्यस्तै महन्त ठाकुर सानोठिमीस्थित घरमा बस्छन्, काठमाडौंमा उनको चार वटा घर रहेको उनी निकट स्रोत बताउँछ । त्यस्तै हृययेश त्रिपाठीको पनि भैंसेपाटीमा करोडौं पर्ने घर छ भने सयौं तोला सुन, हिराका गहना भएको उनको सम्पत्ति विवरणमा उल्लेख छ । उनीहरु राजनीतिक अस्थिरताको फाइदा उठाउँदै पटक पटक मन्त्री भइसकेका मधेसी नेता हुन् । तर कसैले एक पटक पनि मधेसी जनताको लागि काम गरेनन् ।

सधैं पैसा कमाउन मात्र उनीहरु केन्द्रीत भए र काठमाडौंमा घर र गाडि जोड्न सफल भए । जसकारण तराईमा उनीहरुको जनाधर खस्कियो, गत संविधानसभा निर्वाचनमा कांग्रेस, एमाले र माओवादीले तराईमा धेरै क्षेत्रमा बिजय हासिल गरे । आफूलाई ठुलो मधेसी नेताहरुलाई मधेसी जनताले धुलो चटाइदिए । तर अहिले उनीहरु नै तीनै मधेसी जनताको नाममा आफ्नो राजनीति बचाउनका लागि देशलाई बन्धक बनाउन लागिपरेका छन् ।
आफुलाई मधेसको महाराजा ठान्ने उनीहरु मधेसी नेताहरुबाटै बहिष्कृत भएका थिए । दुई वर्ष अगाडिको संविधानसभामा राजेन्द्र महतो, उपेन्द्र यादब, महन्थ ठाकुर, हृदयेश त्रिपाठीले तराईका जिल्लामा ठुलो मत अन्तरले कांग्रेस, एमालेका उम्मेवदारसँग चुनाव हारेका थिए ।

यादबले मोरङ–५ बाट, ठाकुरले सर्लाही ६ बाट, महतोले सर्लाही–४ बाट तथा त्रिपाठीले नवलपरासी ६ बाट चुनाव हारेका थिए । त्यस्तै रेणुकुमारी यादब सप्तरी ४, करिमा बेगम पर्सा–१, बबन सिंह रौतहट–१, महेन्द्र राय यादब सर्लाही ४ बाट हारेका थिए ।
मधेसबाट कांग्रेसले ५२, एमालले ३६, एमाओवादीले १२ सिटमा बिजय हासिल गरेका थिए । जबकी मधेसी पार्टीहरुको अवस्था लज्जास्पद छ । तमलोप र लोकतान्त्रिक फोरमले ४/४, फोरम नेपाल र राप्रपाको २/२ र सद्भावना पार्टीले १ सिट मात्र जितेको थियो । यसले तराईका करिब ९० प्रतिशत जनता कांग्रे,एमाले र माओवादीसँग रहेको देखाउछ । तर यतीबेला मधेसी नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थपूर्तीका लागि सर्वसाधरणहरुलाई भाडामा प्रयोग गरेर तराई डेढ महिनादेखि अस्तव्यस्त बनाउदै आएका छन् ।

५० लाख दिने आश्वासन दिएर ४० भन्दा धेरैको ज्यान समेत लिइसकेको छन् । नयाँ संविधानको बारेमा भ्रमात्मक कुराहरु फैलाएर र पैसा बाँढेर अघि बढाएको उनीहरुको आन्दोलन पछिल्लो समय मत्थर हुँदै गएको छ । मधेसी जनताले नयाँ संविधानको वास्तविकता बुझेपछि आन्दोलन असफल भएको हो ।
भारतका लागि नेपालमा राजनीति गरेको आरोप उनीहरुमाथि मधेसकै जनताले लगाउँदै आएको भए पनि तयसको पुष्टि अहिले आएर उनीहरु स्वयंले गरेका छन् ।

यो भन्दा निर्लज्जता राजनीतिमा अरु के हुनसक्छ ? बिहारका लालुप्रसाद यादवभन्दा तल झरेर उनीहरुले राजनीति गरिरहेका छन् । अब बिहारीले पनि लालुको बिहार कस्तो थियो भन्ने दृश्य हेर्न नेपाल आउनुपर्ने भएको छ । यो लालुको बेइज्जती होइन, सिंगो नेपालीको बेइज्जती हो । राष्ट्रिय अस्मितामाथि धावा बोल्ने यी नेताहरुको असली रुप आगामी दिनमा झन् प्रष्टसँग देखिने नै छ ।आजको दृष्टि साप्ताहिकमा खबर छ ।

जनकपुरमा डा.बाबुराम भट्टराईलाई आक्रोसित युवाहरुले लखेटी कार्यक्रम स्थल जलाइयो

0 comments

काठमाडौँ, १२ असोज । बाबुराम भट्टराईले सम्बोधन गरेको जनकपुरस्थित गोपाल धर्मशालाको मञ्च आक्रोशित मधेसी मोर्चाका कार्यकर्ताले जलाएका छन्। बाबुरामलाई सहभागी गराएको विरोधमा स्थानीय मधेसी युवाहरुले सभाको लागी तयार गरिएको मञ्च जलाएका हुन्।

पूर्व सहमति अनुसार बाबुरामले नयाँ संविधान जलाउने प्रतिक्षामा बसेका युवाहरुले बाबुरामको भाषण समाप्त हुनै लाग्दा संविधान नजलाएपछि आक्रमक बनेका थिए। पहिलेदेखि नै उनलाई जनकपुर प्रवेश गर्न नदिन आन्दोलनरत मधेशी मोर्चा र युवा संघर्ष समितिलगायतले उनले जनकपुरमा संविधानको प्रतिलिपि जलाउने शर्तमा आउन दिन छुट दिएको थियो। यति हुँदा पनि भट्टराई एयरपोर्टबाट जनकपुर नगरमा प्रवेश गर्ने क्रममा ठूलो भीडले कालो झण्डा देखाउँदै उनको विरोध गरेको थियो।

बाबुरामले नेपालीमा भाषण गर्न खोज्दा उनलाई हिन्दी वा मैथिलीमा भाषण गर्न भनिएको थियो। त्यसपछि बाबुरामले हिन्दीमा भाषण गरेका थिए।

भट्टराइले संविधान जलाउनु भन्दा संसोधन गरेर जायज मागको सुनुवाइ गर्नुपर्ने धारणा राखेका थिए। उनले नाकाबन्दी खोल्नुपर्ने र संवाद र सहमतिबाट समाधान खोज्नुपर्ने बताएपछि चर्को बिरोध सुरू भएको थियो। मञ्चमा भट्टराई बोलिरहँदा दर्शकदिर्घाबाट संविधान जलाउ, संविधान जलाउ भन्दै हुटिंग हुन थालेपछि उनले मन्तव्य छोट्याएर प्रहरीको सहारामा एयरपोर्ट तर्फ निस्किए।

रामचन्‍द्र झा, रामकुमार शर्मालगायतका नेताहरुलाई धर्मशालाभित्रै थुनिएका छन् र  स्थिति अहिले पनि तनावपूर्ण छ। दिउँसो करिब एक बजे हवाइमार्ग हुँदै जनकपुर आइपुगेका उनले केही वेरसम्म बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को सभाकक्षमा एमाओवादीका मधेशी नेता रामकुमार शर्मा, रामचन्द्र झा, रामरिझन यादव, तराई मधेश राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ता लगायत स्थानीय केही अगुवासँग संक्षिप्त अन्तरक्रिया गरेका थिए।

यसैबीच बाबुराम भट्टराईका स्वकीय सचिव विश्वदिपका अनुसार आफूहरू एयरपोर्ट पुगिसकेपछि मञ्च तोडफोड भएको बताए।
Video

   video 1


१५ दिन नेपालको भ्रमण गर्न आउनेलाई वंशजको आधारमा नागरिकता दिने मागसहित बन्द, हडताल गर्ने कायर नेताहरु हुन्

0 comments
१२ असोज काठमाडौँ–सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले १५ दिन नेपालको भ्रमण गर्न आउनेलाई वंशजको आधारमा नागरिकता दिने मागसहित बन्द, हडताल गर्ने नेतालाई कायरको सज्ञा दिएकाछन्

मोटिभेट ग्रुप अफ कम्पनी प्रालिद्वारा सञ्चालित अनलाइन पत्रिकाको आज उद्घाटन गर्दै मन्त्री पण्डितले आफ्नो व्यक्तिगत स्वार्थका लागि छिमेकीको सीमानामा बसी नेपाली जनतामाथि ढुङ्गा बर्साउने, दैनिक जीवनमा असर पर्ने गरी नाकाबन्दी गर्ने व्यक्ति राष्ट्रवादी हुन नसक्ने बताए ।

मन्त्री पण्डितले भने, “आफ्नै घरमा आगो लगायो भने भाँडा माझने खरानीको कमी हुँदैन, जसले जसरी यो मुलुकलाई आगो लगाउन काम गरेको छ त्यो राष्ट्रघाती छ, म नेपालको भौगोलिक खण्डता, स्वतन्त्रताको लागि ज्यान दिन तयार छु ।”

नब्बे प्रतिशत सभासद् मिलेर नेपालको नयाँ संविधान बनाएकाले यसमा प्रजातान्त्रिक मुलुक छिमेकी भारतले प्रश्न उठाउन नहुने बताए ।

एनव्याब्सनका उपाध्यक्ष सूर्यबहादुर अधिकारीले नेपालको राजनीतिक अस्थिरताको कारण लाखौँ बालबालिकाले पढ्नबाट वञ्चित भएको बताउँदै उनीहरुको पढ्न पाउने अधिकारलाई सुनिश्चित गर्न आग्रह गरे ।

युवा वैज्ञानिक राम रिमालले नेपालमै विज्ञान र प्रविधिको विकास गर्न सकिने भन्दै आफूले निर्माण गरेका प्रविधिलाई प्रवद्र्धन गर्न सरकारसँग आग्रह गरे । श्रोत :रतोपाटी 

खुल्यो तातोपानी नाका, भोली साँझसम्म मालबहाक गाडी ओहोरदोहो गर्न मिल्ने

0 comments
१२ असोज २०७२ काठमाडौं । भूकम्पबाट क्षतविक्षत तातोपानी नाका भोलीबाट खुल्दैछ । सडक डिभिजन कार्यालय चरिकोटका इन्जिनियरका अनुसार बाटो खोल्दै आज लिपिङबजारसम्म डोजरहरु पुगेका छन् ।
नेपाल चिनको मितेरी पुलबाट १ सय मिटर वर केही ठुलो पहिरो भोली दिनभरीमा खोलीसक्ने समेत गुरुङले बताए । उक्त पहिरो खोल्नसाथ चिनसँगको सिमा जोडिन्छ ।
अहिले सिमाको १ किलोमिटर नजिकैसम्म यातायात जान सक्ने भइसकेको छ । गुरुङका अनुसार मितेरी पुलनजिकै रहेको उक्त पहिरो हटाउन केही स्थानियको घरहरु भत्काउनपर्ने या अर्को नयाँ ट्रयाक खोल्नुपर्ने अवस्था छ । स्थानिय घरहरु भत्काउन सहमति भए पहिरो पन्छाएर पुरानै सडकट्रयाक अनुसार खोल्न सजिलो र छिटो हुनेछ । उनले भने, ‘हामी भोली बेलुकीसम्म चिनसँग सडक जोड्छौं’ ।
स्थानिय व्यावसायि अर्जुन सापकोटाका अनुसार लिपिङ तथा तातोपानी बजारका मानिसहरु घर फर्किन थालेका छन् भने घरहरुमा बस्न तथा सटरहरु खोल्न थालेका छन् ।
खोलिएको ट्रयाकलाई फिनिसिङ गर्न केहीदिन लागेपनि पर्सि विहिबारबाट मालबहाक गाडी गुडाउन सकिने गुरुङले बताए  ।
अरु थप पहिरो आउने या कुनै प्राकृतिक दुर्घटना नभएमा विहिबारबाट मालबहाक गाडी गुड्न सक्ने भएको छ ।
अर्थमन्त्री रामशरण महतले स्थानिय स्वार्थ राखेर तातोपानी नाका खुलाउने बजेट रोकेका थिए । उनको स्थायी घर र चुनावी क्षेत्र नुवाकोटलाई मध्यनजर गर्दै बजेट केरुङ नाकामा पठाएर बाटो खुलाएपनि चिनतिरको बाटो नखुलेका कारण समस्या भइरहेको छ ।
सिहंदरबारले उचित पहलकदमी र बजेट व्यावस्था नगरेपनि स्थानिय सहयोग, सडक डिभिजन कार्यालय चरिकोटको सक्रियता, उद्योग बाणिज्य संघ सिन्धुपाल्चोक, ट्रक कन्टेनर व्यावसायि संघर तथा नेपाल हिमाल सिमापार बाणिज्य संघको सक्रियतामा यो सम्भव भएको हो ।
तर तातोपानी नाकामा भने चिनले बाटो पूनर्निमार्ण गरिसकेको छ भने नेपालको नाका मितेरी पुलसम्म  चिनियाँ मालबहाक गाडीहरु चलिसकेका छन् ।
विहिबारबाट नाका संचालनमा ल्याउनका लागी समेत सरकारले पहल गर्नुपर्छ । मोटरबाटो संचालनमा आएपनि महिनौं संचालनमा नआएको भन्सार तथा ओहोदोहोर खुलाउनका लागी चिनियाँ पक्षसँग सरकारीस्तरमा पहल हुनपर्ने हुनसक्छ ।श्रोत-डबली





Hakka Haki Sept 26

0 comments
९ असोज २०७२ ,चर्चित कलाकार दमन रुपाखेतीको लेखन तथा निर्देसन रहेको हाँस्य टेली फिल्म नेपाल टेलिभिजनबाट प्रत्येक सनिबार बिलुकी ८:३० बजे प्रशारित हाँस्य टेलि फिल्म हाक्का हाक्की।
HAKKA HAKKI.part 19

VIDEO

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sagarmatha Samachar 2072-06-12

0 comments
१२ आश्विन २०७२ - मंगलबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस।

VIDEO


 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Monday, September 28, 2015

भारतीय अभिनेता अनुपम खेर भारतीय हस्तक्षेपबिरुद्ध उभिए

0 comments
काठमाडौं, ११ असोज । नेपालमा नाकाबन्दी गर्ने भारतीय सरकारको रवैयाप्रति भारतीय अभिनेता अनुपम खेरले आपत्ती जनाएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले नेपालप्रति नाकाबन्दी गर्नु भारतका लागि लाजमर्दा कुरा भएको टिप्पणी गरेका छन् ।
‘नेपाल एउटा यस्तो देश हो, जसले भारतको रक्षाका लागि आफ्ना बहादुर युवाहरुलाई इन्डियन आर्मीमा पठाएको छ’ अभिनेता अनुपम खेरले ट्वीटरमा लेखेका छन् ‘आज हामी त्यही देशलाई संकटमा पार्दैछौ, यो लाजमर्दा कुरा हो ।’


भारतले नेपालमाथी हस्तक्षेप गरेपछि भारतमा पनि यसको चर्काे विरोध भइरहेको छ । भारतीय नेतादेखि अभिनेतासम्मले मोदीको कदमप्रति आपत्ती जनाइरहेका छन् ।

Dhamala Ko Hamala with Narahari Acharya

0 comments

११ असोज २०७२ सोमबार - नेपाली कांग्रेसका नेता हाल कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचर्यसँग संग बरिस्ट पत्रकार ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ नरहरि आचर्यका साथ हेर्नुहोस". श्रोत : हिमालयन TV.
Video कानुन मन्त्रि


 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Dance India Dance Season 5 - Episode 28 - September 27, 2015 - Full Episode

0 comments
१० असोज २०७२ , आईतबार बेलुकी जीटिभीबाट प्रसारित डि.आई .डी.५ भाग २८ मा निर्मल तामाङ र डि.आई .डी. लितील स्टार २ का 1st runner up ओम क्षेत्री ले प्रस्तुत गरेको बेजोड प्रस्तुति हेर्नुहोस । क्लिक गर्नुस भिडियो PLAY हुनेछ।
भिडियो
 episode-28-september-27-2015-dance-india-dance-season-5
यो हप्ता टप सेभेन डान्सरबाट टप ५ डान्सर चुनिने छ र टप ५ बाट १ जना डि.आई .डी.५ को बिजेता हुनेछ।   त्यसैले निर्मल लाई धेरै भन्दा धेरै भोटको आबस्यकता छ। निर्मल तामाङ्को जीत नै हामी सबै नेपालीको जीत सम्झी छिटो भन्दा छिटो धेरै भोट गरिदिनुहोला।

निर्मललाई इन्टरनेट मार्फत संसारको कुनै पनि कुनाबाट भोट गर्न सक्नेछ त्यसको लागी यो लिंक क्लिक  http://www.zeetv.com/NIR गर्नुहोस् भोट गर्नुहोस र भारतबाट भोट गर्न चाहनुहुन्छ भने भोटिंग code DID5<space >NIR mobile को sms box मा लेखी 57575 मा पठाउनुहोस । Voting का लागि नेपाली समय अनुसार प्रत्येक शनिवार राती ९:१५ बजे देखि मंगलबार विहान ९:१५ बजे सम्म मात्र खुला रहने छ।यहाँहरुले चाहेजति (पटक पटक) जति भोट गर्न सक्नुहुनेछ।

निर्मल तामाङलाई www.google.com मा गई DID5 टाईप गरि एकै चोटी २० भोट गर्न पनि सकिनेछ। जसकोलागि गूगल अकाउंट sign in गर्नु पर्ने हुन्छ। यो सुबिधा हप्तामा १ चोटी मात्रै पाउने भएकोले आफुले मन परेको प्रतिस्पर्धी चुनी एकैचोटी २० भोट हाली सहयोग गरिदिनुहोला।



अन्तिममा submit Vote to did 5 मा क्लिक गर्नु  होला त्यसपछि vot पक्का हुनेछ र thank you आउनेछ।


डि.आई .डी.५ भाग २८ को अन्य प्रस्तुतिहरु सहितको पुरा भाग हेर्न तल क्लिक गर्नुहोस।
Video
 dance-india-dance-season-5-episode-28-september-27-2015-full-episode


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Dance India Dance Season 5 - Episode 27 - September 26, 2015 - Full Episode

0 comments
९ असोज २०७२ , शनिबार बेलुकी जीटिभीबाट प्रसारित डि.आई .डी.५ भाग २६ मा नेपाल नुवाकोटका निर्मल तामाङ सहित ७ प्रतिस्पर्धी का बिच भएको बेजोड  प्रस्तुती हेर्नुहोस । क्लिक गर्नुस भिडियो PLAY हुनेछ।
भिडियो
 Dance India Dance Season 5 - Episode 27 - September 26, 2015 - Full Episode


निर्मललाई इन्टरनेट मार्फत संसारको कुनै पनि कुनाबाट भोट गर्न सक्नेछ त्यसको लागी यो लिंक क्लिक  http://www.zeetv.com/NIR गर्नुहोस् भोट गर्नुहोस र भारतबाट भोट गर्न चाहनुहुन्छ भने भोटिंग code DID5<space >NIR mobile को sms box मा लेखी 57575 मा पठाउनुहोस । Voting का लागि नेपाली समय अनुसार प्रत्येक शनिवार राती ९:१५ बजे देखि मंगलबार विहान ९:१५ बजे सम्म मात्र खुला रहने छ।यहाँहरुले चाहेजति (पटक पटक) जति भोट गर्न सक्नुहुनेछ



DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sunday, September 27, 2015

एमाओवादी नेता भट्टराईद्वारा पार्टी परित्याग

0 comments
काठमाडौँ ,  एकीकत माओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले शनिबार ९ असोज २०७२ पार्टी परित्यागको घोषणा गरेका छन् ।

राजधानीको बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा  पत्रकार सम्मेलन गरी उनले पार्टीको साधारण सदस्यता समेत छाडेको घोषणा गरे । पार्टी छाडेसँगै उनले व्यवस्थापिका–संसदको सदस्य समेत छाडेकाे बताए ।

दोश्रो संविधानसभा निर्वाचनमा भट्टराई गोरखा–२ बाट सर्वाधिक मतले विजयी भएका थिए ।

‘संविधाननसभाबाट एउटा चरण पुरा भइसकेको सन्दर्भमा मैले आजैका मितिदेखि लागू हुने गरी एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीको सम्पूर्ण जिम्मेवारी, सम्पूर्ण तहका मेरा दात्यिवहरु र साधारणसदस्यता समेत परित्याग गरेको घोषण गर्दुछ’, भट्टराईले भने, ‘आजपछि म विल्कुल स्वतन्त्र नागरिक मात्र बनेको छु र अब कुनै पाटीको सदस्य छैन ।’

उनले पार्टी परित्यागबारे एमाओवादी अध्यक्ष प्रचण्डलाई जानकारी गराइसकेको जानकारी दिए । सञ्चारकर्मीको एक जिज्ञाशामा उनले एकीकृत माओवादीलाई पुरानो र भत्केको घरको संज्ञा दिँदै पुनः फर्कने सम्भावना नरहेको बताए ।

‘घरबाट निस्केपछि नयाँ घर बनाउने वा जंगलमा बस्ने विभिन्न विकल्पहरु हुन्छ, पुरानो घर, छाडेको घर र भत्केको घर फर्कने कुरा हुँदेन ।’

भट्टराईले एउटा कालखण्डमा निश्चित उद्देश्यका लागि बनेका पार्टीहरुको औचित्य नयाँ कालखण्डमा समाप्त हुने भएकाले पुराना पार्टी काम नलाग्ने तर्क गरे । ‘पार्टीहरु भनेका साधन हुन्, तर साध्य होइनन् । साधन भनेको जनताको समृद्धि र खुसियाली हो’। भट्टराईले भने, ‘तरकारी काट्न चक्कु बन्छ भने खसी काट्न चक्कुले हुँदेन खुकरी चाहिन्छ ।’

भट्टराइले संघीय लोकतान्तिक गणतन्त्रमक राज्यव्यवस्था ल्याउनका निम्ति बनाएको पार्ट पछिल्लो चरणमा एकीकेत नेकपा माओवादीका रुपमा आइपुगेको र त्यसले एउटा कालखण्डको काम पुरा गरेकाले नयाँ पार्टी चाहिएको उल्लेख गरे ।

‘नयाँ युगका निम्ति पुरानो पार्टीले पुग्दैन’, उनले भने, ‘नयाँ विचार, नयाँ कार्यदिशा, नयाँ संगठन, नयाँ नेतृत्व, नयाँ शैलीसहितको पार्टी निर्माण गरेर जानुपर्छ ।’

यद्यपि भट्टराईले आफूले तत्काल नयाँ पार्टी गठनबारे नसोचेको बताए । ‘अब के गर्ने भन्ने विषयमा पुरै खाका मेरो दिमागमा छैन ।

विचार मिल्ने सबै पक्षहरुसँग, पहिलाको पार्टीभित्र रहेका, पार्टीबाहिर रहेका, अन्य पार्टीमा रहेका, कुनै पनि पार्टीमा नरहेका सबैसँग सरसल्लाह गररे कसरी अगाडि बढ्दा उपयुक्त हुन्छ, त्यो ढंगले आफूलाई प्रस्तुत गर्ने सोच मैले बनाएको छु, भट्टराइले भने ।

भट्टराईले आफूले पार्टीसँगै संसदको सदस्यसमेत छाडेको र त्यसबारे सभामुखलाई जानकारी गराइसकेको जानकारी दिए । ‘म गोरखा क्षेत्र नम्बर–१ बाट एमाओवादी पार्टीका तर्फबाट सबैभन्दा ठूलो मार्जिनबाट विजयी भएको हुँ । तर मैले पार्टी परित्याग गरिसकेपछि स्वतः नै व्यवस्थापिका–संसदको सदस्य पनि परित्याग गर्नुपर्छ ।

त्यसैले आज नै मैले संविधानसभाका सभामुखलाई पत्र लेखेर व्यवस्थापिका सदंसदबाट पनि राजीनामा दिएको जानकारी गराएको छु ।

म अब व्यवस्थापिका–संसदको सदस्य पनि छैन, कुनै पाटीको सदस्य पनि छैन ।’ पत्रकार सम्मेलनमा उनले आफू सिजवित रहँदासम्म देश र जनताको सेवामा लागिरहने प्रतिबद्धता जनाए । ९ असोज

Dittha Saab, Sep 25 2015

0 comments
 कमेड़ी टेली फिल्म डिटठा साब भाग ११९ सुक्रबार ८ असोज २०७२ कान्तिपुर TV बाट बेलुकी ७:३० बजे प्रशारित मनोरंजनात्मक कार्यक्रम भिडियो हेर्नुहोस।

Video


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sajha Sawal Episode-411 People's Question to KP Sharma Oli

0 comments
 कान्तिपुर टि.भी.बाट १० असोज २०७२ आइतबार बेलुकी प्रशारित "साझा सवाल" भाग ४११ हेर्नुहोस । नयाँ संविधान बनेपछि नेकपा एमालेका अधक्ष के.पी.शर्मा ओली सँग गरिएको बहस साझा सवाल. . .

VIDEO



DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Saturday, September 26, 2015

नेपाल र भारत सिमा क्षेत्रमा नाकाबन्दी जारी, उपत्यकामा इन्धन अभाव

0 comments

९ असोज २०७२ - भारतले औपचारिक घोषणाबीना नै आज तेस्रो दिन पनि सिमा क्षेत्रमा नाकाबन्दी जारी राखेको छ । नेपाल भारत सिमा नाकाबाट कुनै पनि सवारी साधन नेपालतर्फ आउन सकेका छैनन् । भारतको नाकाबन्दी संगै सिमापारि भन्सार क्षेत्रमा इन्द्यन, खाद्य सामाग्री र लत्ताकपडाका हजारौ सवारी साधन थन्किएका छन् । भारतीय सिमा नाकाबाट दैनिक २ हजार ५ सय सवारी साधन आउने गरेकामा अहिले पुरै ठप्प छ । भारतले नेपालको राजीतिक अस्थिरतालाई कारण देखाउदै सिमामा कडाई गरेको बताएपनि उसले अधोषित रुपमा नाकाबन्दी गरेको सरकारले निश्कर्ष निकोलेको छ । नेपालको तराइ क्षेत्रमा भएको आन्दोलनकारीका माग सम्बोधन गर्न दवाव दिदै भारतले नाकावन्दी गरेको हो । उसले हिजो बिज्ञप्ति निकाली तराइको समस्या समाधान गर्न पुन दवाव दिएको छ । नाकावन्दीबारे नेपाल सरकारले हिजो भारतिय राजदुतसंग स्पष्टीकरण लिएको थियो । यता आयल निगमले २ हप्ता सम्मलाई पुग्ने पेट्रोलियम पदार्थको भण्डारण रहेको बताएपनि उपत्यकामा इन्धनको हाहाकार मच्चिएको छ । राजधानीका पेट्रोलपम्पमा सवारी साधनको लामो लाइन लागेको छ । धेरै पम्प इन्धन नभएपछि बन्द गरिएको छ । सीमामा कडाईका बाबजुद २  हप्तालाई पुग्ने पेट्रोलियम पदार्थको भण्डारण रहेको भन्दै निगमले आवश्यक भन्दा वढी इन्धन संञ्चय नगर्न उपभोक्तालाई आग्रह गरेको छ । निगमसंग २३ हजार किलोलिटर पेट्रोल र डिजेल संचित रहेको  निगमका प्रवक्ता दिपक बरालले जानकारी दिए । पेट्रोल दैनिक ३ सय ३५ किलोलिटर माग हुदै आएकोमा अवाभ भएसंगै उपभोक्ताले संचित गर्न थालेपछि वजारमा अहिले ४ सय किलोलिटर भन्दा वढी माग भईरहेको निगमले जनाएको छ । यस्तै डिजेलपनि साविक भन्दा १ सय किलोलिटर वढी दैनिक ५ सय किलोलिटर हाराहारीमा माग भईरहेको छ । तराईमा झण्डै २ महिनादेखिको आन्दोलनलाई कारण देखाएर भारतीय पक्षले कडाई गरेपछि १ सय भन्दा वढी टयाङकर र २ सय वुलेट ग्यास भन्सारमै थन्किएका छन् ।

फेसबुकमा अश्लिल फोटाहरु ट्याग गर्न नमिल्ने बनाउन अपनाउनुहोस् यी उपायहरु

0 comments
९ असोज २०७२ - नकारात्मक सन्देश दिने वा अश्लिल फोटाहरुमा पनि कहिलेकाँही अरुले ट्याग गरिदिने गर्छन्।

यसले प्रयोगकर्तालाई समस्या बनाइरहेको भए यसको समाधान सजिलै गर्न सकिन्छ जसका बारेमा धेरै जसो फेसबुक प्रयोगकर्ताहरुलाई थाहा नहुन सक्छ।

फेसबुकमा ट्याग गर्न नमिल्ने बनाउनका लागि सबैभन्दा पहिले सेटिङमा जाने।

त्यसपछि जेनरल एकाउण्ट सेटिङ (General Account Settings) को पेज खुल्छर यसको बाँया पट्टि धेरै अप्सनहरु रहेका हुन्छन्।

यी अप्सनहरुबाट टाइमलाइन एण्ड टगिङ सेटिङ (Timeline and Tagging Settings) को अप्सनमा क्लिक गर्ने जसमा तीन वटा अरु अप्सनहरु आउँछन्।

यसमध्ये तेस्रो अप्सन म्यानेज ट्याग पिपल वा ट्यागिङ सजेसन हुन्छ। यसको भित्र हुने तेस्रो अप्सन "Who sees tag suggestions when photos that look like you are uploaded"  लाई  'No One' बनाउने।

यति गरिसकेपछि फेसबुकमा नचाहिने फोटाहरु ट्याग हुने झमेलाबाट टाढा रहन सकिन्छ।

बिस्वको लामो तथा ५९० फिट आग्लो शिशाको पुल चीनमा निर्माण भयो

0 comments
९ असोज २०७२ । चीनमा निर्मित नयाँ ५९० फिट अग्लो झोलुंगे पुल चढ्न पुगेका एक हुल पर्यटकहरुले सायद जीवनमा कहिल्यै नगरेको अनुभव गरे । सिसाको सतह भएको पुलमा पार गर्ने क्रममा उनीहरु धेरैपटक रिंगटा लागेर थचारिएका थिए ।
यो अद्भूत संरचना चीनको हुनान प्रान्तमा अवस्थित छ । पिपुल्स डेली अनलाइनले पुलमा पहिलोपटक हिँडेका पर्यटकको तस्वीर प्रकाशित गरेको छ जसमा उनीहरु डरले कक्रक्क परेका देखिन्छन् । केहि युवतीहरु हिँड्नै नसकेर अरुले सहारा दिनु परेको छ ।
यसअघि शीनिउझाईस्थित स्टोन बुद्ध माउन्टेनका दुई चुचुराहरुलाई जोड्ने काठको पुल थियो । अहिले ९८४ फिट लामो सिसाको संरचना बनाइएको हो । ११ जना इन्जिनीयरहरुको समूहले थुप्रै महिना लगाएर काठलाई सिसाले प्रतिस्थापन गरेका थिए । यसलाई संसारकै पहिलो सिसाको सतहयुक्त झोलुंगे पुल भनिएको छ ।

समाचार अनुसार पहिलोचोटी यस्तो पुल टेक्ने क्रममा थुप्रैको सातो गएको थियो । कोहि एक अर्कालाई सहारा दिएर हिँडिरेहका देखिन्थे भने कोहि पुलको रेलिङको आड लिइरहेका थिए । पुलको मुन्तिर हेर्दै कहालिएको आवाज पनि पटक पटक सुनिएको थियो । मानिसहरुको चाप भएको बेलामा पुल हल्लिदा झनै आतंक मच्चिन्थ्यो ।
यद्यपि पुल वरिपरीको दृष्यले धेरै पर्यटकहरुलाई मोहित बनायो । यो पुलको चित्ताकर्षक सौन्दर्यले गर्दा यसलाई ‘हिरो पुल’ नाम दिन थालिएको छ । यस पुलमा प्रयोग गरिएको शीशा झ्यालमा हालिने सामान्य खालको सिसा भन्दा २५ गुणा बलियो रहेको जनाइएको छ ।पुलमा हिँड्दा हिँड्नेहरुलाई विशेषखालको जुत्ता लगाउन दिइन्छ, ताकि उनीहरु नचिप्लिउन् भनेर ।

सिसाका संरचनाहरु आजकाल चीनमा निकै लोकपि्रय भइरहेका छन् । हालै मात्र हुबेईस्थित एक पर्यटकीय स्थलमा सिसाको एलिभेटर सञ्चालनमा आएको छ, जसमा चढेर पहाडको टुप्पोमा पुग्न सकिन्छ ।








Sagarmatha Samachar 2072-06-09

0 comments

९ आश्विन २०७२ - शनिबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस।

VIDEO



 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Friday, September 25, 2015

चिनिया सेनाले सीमा क्षेत्रमा भारतीय गतिविधिको कडा बिरोध गर्दे त्यसो नगर्न चेतावनि दिएको छ

0 comments

८ असोज २०७२ - बिरलै मात्र आफ्ना भनाई सार्वजनिक गर्ने चिनिया जनमुक्ति सेनाले सीमा क्षेत्रमा भारतीय गतिविधिको कडा बिरोध गर्दे त्यसो नगर्न चेतावनि दिएको छ
सीमा क्षेत्र लद्दाखमा चीन द्वारा निर्माण गरिएको अस्थायी पोष्ट भारतीय जवानले हटाएको केहि दिन पछि चीनको यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो ।
विज्ञप्ति जारी गर्दे चिनिया सेनाले भनेको छ ‘भारतीय सेनाले सीमा क्षेत्रमा रहेको स्थिरता खलल पुग्ने कुनै पनि काम नगरोस् ।’
चीनको रक्षा मन्त्रालयका प्रवक्त वू कियानले भनेका छन् ‘भारतीय सेनाको पछिल्ला गतिविधि दुई पक्षबीच भएको सम्झौताको भावना अनुरुप छैन् ।’
चीनले भनेको छ भारत –चीन सीमामा संयुक्त रुपमा शान्ति कायम राख्ने  सहमति दुई देशका सरकारबीच भएको छ त्यसलाई भारतीय सेनाको क्रियाकलापले असर प¥याउन सक्ने हुदा गम्भिर बनोस् ।
चीनको सेनाले चुनौतीपूर्ण भाषामा भारतलाई सहमतिको इमान्दारीता पूर्वक पालना गर्न नभए त्यसको सामना गर्न तयार रहन भनेको छ । एजेन्सी

५० हजार भारतीय भूपू सैनिक पेन्सन पाउनबाट बञ्चित

0 comments

८ असोज २०७२ - भारत सरकारबाट अनेकौँ नचाहिने किसिमका कागजपत्र खोज्दा ५० हजारभन्दा बढी भुपू सैनिक, प्रहरी र अन्य सेवाका भूपू र तिनका आश्रित परिवार पेन्सन पाउनबाट बञ्चित भएका छन्।

नेपाल राष्ट्रिय भूपू सैनिक तथा प्रहरी सङ्गठन पोखराले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सन् १९९० भन्दाअघि भारतीय सेनामा भर्ना भई पेन्सन प्राप्त गरेका भूूपूलाई भारतीय सरकारबाट दिइएको पेन्सनपट्टा, डिस्चार्ज सर्टिफिकेट र वरिष्ठ अधिकारीद्वारा प्रमाणित गरिएको संयुक्त फोटो र परिवारको औँठा छापलाई आधार मानी पेन्सन दिन माग गरिएको छ।

सो अवधिभन्दा अघि भर्ना भएका नेपाली नागरिकताको प्रमाणपत्र बिना भर्ना भएकोमा अहिले भूपूको पारिवारिक पेन्सन कागजपत्रमा नागरिकता अनिवार्य गरिएकाले उनीहरुको नामथर फरक पर्न जाने तथा बिधवा, उमेर, जातलगायतका कारण देखाउँदै अनेक झन्झट दिइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

सङ्गठनका केन्द्रीय उपाध्यक्ष मनबहादुर गुरुङले विशेष गरी काठमाडौँस्थित भारतीय दूतावासले भूपू सैनिकले राखेका विभिन्न आठसूत्रीय माग पूरा नगरे मङ्सिर १ गतेदेखि आमरण अनशन बस्ने चेतावनी दिए।

कागजपत्रमा कुनै किसिमको शङ्का देखिएमा सम्बन्धित गाउँ तथा नगरपालिका कार्यालय र प्रमुख जिल्ला अधिकारीको सिफारिसलाई मान्यता दिन सङ्गठनका सदस्य लालकाजी गुरुङले आग्रह गए।

भूतपूर्व कल्याणकारी समितिका संयोजक गजबहादुर गुरुङले पेन्सन प्राप्त भूपू सैनिकको तीन पुस्ते, उत्तराधिकारी, बहुविवाह र बिधवा महिलाका बारेमा भारतीय पेन्सन क्याम्पका पदाधिकारीले अनेक प्रश्न गरेर पेन्सनबाट वञ्चित गरेको आरोप लगाए।

टाढाटाढाबाट आउने भूपूको समस्यालाई ध्यानमा राखेर क्याम्प कमान्डिङ अधिकृत बाहिर गएको बेला उप कमान अधिकृतको निगरानीमा पेन्सन वितरण गर्न पनि सङ्गठनले माग गरेको छ।

नेपाल अधिराज्यभर भारत सरकारबाट करिब चार लाखले पेन्सन पाउने गरेको कार्यक्रममा जानकारी दिइयो। रासस 

Bhadragol, 25 September 2015

0 comments
८ अशोज २०७२ सुक्रबार - नेपाल टि.भी.बाट प्रशारीत हाँस्य टेली फिल्म भद्रगोल हेर्नुहोस । भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला।
VIDEO
bhadragol-25-september-2015


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

ditha sab 18 september 2105 ( डीठा साब )

0 comments

कमेड़ी टेली फिल्म डिटठा साब भाग ११८ सुक्रबार १ असोज २०७२ कान्तिपुर TV बाट बेलुकी ७:३० बजे प्रशारित मनोरंजनात्मक कार्यक्रम भिडियो हेर्नुहोस।
Video



DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Dittha Saab, Sep 11

0 comments

कमेड़ी टेली फिल्म डिटठा साब भाग ११७ सुक्रबार २५ भदौ २०७२का दिन कान्तिपुर TV मा बेलुकी ७:३० बजे प्रशारित मनोरंजनात्मक कार्यक्रम भिडियो हेर्नुहोस।
Video



DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Like us

 

Search

 
Enjoy the site