Wednesday, October 21, 2015

युएईको उच्च अदालतले नै अमरबहादुर बमलाई मृत्‍युदण्डको सजाय सुनाई सकेकोले बमको रिहाई तत्काल नहुने

0 comments

उमाकान्त पाण्डे/उज्यालो । युएई, कात्तिक ३ - संयुक्त अरब इमिरेट्स युएईको दुबइमा मृत्युदण्डको सजाय सुनाइएका एक नेपालीको रिहाइ गर्ने प्रक्रिया अझै अन्यौलमा परेको छ । मृत्युदण्डको सजाय सुनाइएका धारी-२ दार्चुलाका अमरबहादुर बमकररव सजाय कम गर्न नेपाल सरकारले उच्च स्तरीय पहल गरेको भएपनि पीडित परिवारले ब्लडमनी स्विकार नगरेकोले उहाँको रिहाइ तत्काल सम्भव नरहेको दूतावासले जनाएको छ ।


युएईका विदेश मन्त्री अब्दुल्लाह बिन जाइद अल-नहृ्यनले राष्ट्रसंघीय महासभाको साइडलाइन भेठवार्तामा ’नेपाली नागरिक बमले ब्लड-मनी बुझाएपछि मात्रै आममाफी पाउन सक्ने’ बताए पनि युएईमा रहेको नेपाली दूतावासलाई यस बारे कुनै अधिकारिक जानकारी नभएके दूतावासले जनाएको छ ।


युएईको उच्च अदालतले नै बमलाई मृत्‍युदण्डको सजाय सुनाई सकेकोले यस विषयमा दूतावासले बम निर्दोष हुन भनेर भन्न नमिल्ने युएईका लागि कार्यबाहक नेपाली राजदूत नेत्रबहादुर टण्डनको भनाई छ । कार्यबाहक राजदूत टण्डनले भन्नुभयो ’कसले कहाँ के बोल्छ भन्ने अनौपचारिक कुरा हो, अनौपचारिक विषयले महत्व नराख्ने भएकाले बमको रिहाइ हुने अवस्था तत्काल  छैन ।’


यस अघिको नेपाल सरकारले बमको आममाफीका लागि युएई सरकारका उच्च स्तरीय अधिकारिलाई सम्बोधन गरी पत्र बुझाएको थियो । सन् २००२ को डिसेम्बर २३ मा भारत हुँदै युएई आएका ३४ वर्षका अमर २००३ को जनवरी २६ बाट दुबईको अल अविरस्थित सेन्टर जेलमा थुनामा हुनुहुन्छ । भारतीय नागरिक शरद सेट्ठीको हत्या अभियोगमा जेल परेका उहाँलाई अदालतले १२ वर्ष पहिले मृत्युदण्डको सजाय सुनाएको हो ।


 सेट्ठीको हत्या गर्न योजनाबद्ध रुपमा संलग्न रहेका भारतीय नागरिक मनोज मुदाना र करनसिंह राजपुतको गाडी अमरले चलाएकाले उहाँमाथि हत्याको अभियोग लागेको नेपाली समाज युएईका पूर्व अध्यक्ष कृष्णबहादुर ढकालले बताउनुभयो । श्रोत साभार : DC नेपाल

नगद रुपैयाँ बिना नै सबै काम संसारको पहिलो चल्ने देश

0 comments

एजेन्सीः नगद रुपैयाँ नभई नै सबै कारोबार हुने दिशामा संसारका कतिपय देशहरु रहेका छन् । तर स्वीडेनले भने केही समयभित्रै नगद नोट बिना नै सबै काम गर्ने पहिलो देशको रुपमा आफूलाई विकास गर्दैछ । एउटा नयाँ शोध अनुसार, स्वीडेनले सूचना प्रविधिको उपयोग गरेर नगद नोट नचलाईकन नै सबै काम गर्न सकिने डिजिटल संसारमा प्रवेश गर्न सफल भएको हो । यति मात्रै होइन, स्वीडेन संगठित अपराध र आतंकमाथि समेत नियन्त्रण पाउन सफल रहेको छ । त्यसैले स्वीडिस जनताहरु कुनै डर बिना नै डिजिटल प्रणालीलाई अपनाइरहेका छन् ।

तीब्र गतिमा डिजिटल पेमेण्ट सिष्टमको विकास भइरहेको कारण स्वीडेन केही समयमा नै क्यासलेस राष्ट्र बन्ने छ । स्वीडेनमा पछिल्लो दिनहरुमा क्यासबाट चुक्ता गर्ने बानीमा निकै ठूलो दरमा कमी आइरहेको अनुसन्धानले जनाएको छ । स्वीडेनमा ससानो खरिदबिक्रीका लागि पनि जनताले बैंक कार्डको प्रयोग गरिरहेका छन् । अहिले बजारमा ८० अरब स्वीडिस क्राउन मात्रै वितरणमा छन् । जबकि ६ महिना अगाडि बजारमा १०६ अरब क्राउन रहेका थिए । यसमा पनि ५० देखि ६० प्रतिशतसम्मको क्राउन मात्रै नियमित सर्कुलेसनमा रहेको छ । बाँकी रकम मानिसहरुसँग जमा या बैंकमा जमा रहेको बताइन्छ ।

स्वीडेनका ठूला बैंक र डेनिस बैंकबीचको आपसी सहयोगको परिणामस्वरुप स्विटजरल्याण्डमा एउटा डाइरेक्ट पेमेण्ट एप्स बैंकले जारी गरेको छ । यसकै माध्यमले जनताले कारोबार गर्ने गर्दछन् । स्वीडेनका बैंकहरुले भने एडभान्स आइटी सिष्टम अपनाएका छन् । यसअतिरिक्त डिजिटल पेमेण्ट पनि सरल छ र यसमा कुनै खर्च पनि कम लाग्छ । एभरेष्ट दैनिक बाट ।

साउदीको एक कम्पनीमा कार्यरत ५ सय नेपाली श्रमीकहरु हड्तालमा

0 comments

शाउदी ४ कार्तिक / विनाकारण कम्पनीले पारिश्रमिक काटेको भन्दै साउदीको एक कम्पनीमा कार्यरत ५ सय नेपाली श्रमीकहरु हड्तालमा उत्रिएका छन् ।
साउदी अरेबियाको दोवाध्मिमा रहेको सुल्तान सलमानअल स्याद कम्पनीमा कार्यरत नेपाली श्रमीकले विनाकारण प्रत्येक श्रमीकबाट १ हजार रियल कटौती गरेको भन्दै नेपाली श्रमीक आन्दोलनमा उत्रिएका हुन । काठमाडौं स्थित ‘वल्ड फेवर म्यानपावर’बाट २० महिना अघी साउदी अरेबिया पुगेका नेपालीलाई समेत कम्पनीले पैसा काटेपछि नेपाली श्रमीक आन्दोलित भएका खोटाङ्गका विनोद बस्नेतले जानकारी गराए ।
म्यानपावरको वदमासीका कारण नेपाली श्रमीकको पैसा काटिन थालेपछि बाध्य भएर काम छोडेको बस्नेतले टेलिफोनमा जानकारी दिए । नेपालबाट साउदीजाँदा १ लाख २० हजारदेखि १ लाख ५० हजारसम्म म्यानपावरमा बुझाएर त्यहा गएका नेपालीलाई २० महिनापछि कम्पनीले आउँदा लागेको टिकटको खर्च भन्दै रकम काट्न थाले पछि नेपाली श्रमीक आन्दोलनमा उत्रिएका हुन् ।
बस्नेतका अनुसार साउदी अरेबिया जाँदा म्यानपावरले १ लाख ४० हजार लिएर ७० हजारको बिल दिएको बस्नेतले वताए । कम्पनीले पछिल्लो समय रकम काट्न थालेपछि रकम काटिएको बारे  श्रमीकले म्यानपावरसँग कुरा राखेपनि समस्याको समाधान नहुदा श्रमीक आन्दोलनमा उत्रिएका हुन् ।

मगलबार आन्दोलित नेपाली श्रमीकले साउदी अरेबियाको श्रम अदालतमा बिना कारण कम्पनीले श्रमीकको रकम काटेको भन्दै मुद्धा दर्ता गराएको वस्नेतले जानकारी दिए ।

६ दिनदेखि काम ठप्प पारेर वसेका नेपाली श्रमीकलाई कम्पनीले काममा फर्किन आग्रह गरेपनी समस्याको सामधान नभए नेपाली फर्किने माग श्रमीकले राखेका छन् । सो वारे सो म्यानपावरका निर्देशक सुर्य विकसँग सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् भनेर आजको अन्नपुर्ण पोष्टको अनलाइनले खबर प्रकासित गरेको छ ।

नेपाल विश्वका खराब विमानस्थलहरुमा तेस्रो नम्बर

0 comments

काठमाडौँ : विश्वभरका यात्रुहरुको भोटका आधारमा खराब विमानस्थलको सूची निकाल्ने ट्राभल वेबसाइटको यस वर्षको सूचीमा पनि नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल तेस्रो नम्बरमा परेको छ।

गत वर्ष पनि टिआईए तेस्रो नम्बरमा नै परेको थियो।

द गाइड टु स्लिपिङ इन एयरपोर्टस नामको वेबसाइटले २६ हजारभन्दा बढी मतका आधारमा यो सूची तयार पारेको हो। अमेरिकी टेलिभिजन सिएनएन र उसको वेब संस्करणमा पनि यो समाचार आएकोले यसको चर्चा बढेको हो।

वेबसाइटले आरामदायी, सुविधा, सरसफाई र ग्राहक सेवा लगायत चार श्रेणीका आधारमा विश्वभरका विमानस्थलबारे मत दिन पाठकहरुलाई आग्रह गरेको थियो।

सूचीमा एक नम्बरमा नाइजेरियाको पोर्ट हारकोर्ट विमानस्थल परेको छ। गत वर्ष यो विमानस्थल सूचीमा परेको थिएन। फिलिपिन्सको निनोय एक्विनो अन्तर्राष्ट्रिय विमानस्थल तीन पटक लगातार खराब विमानस्थलको सूचीमा परे पनि यस वर्ष हटेको छ।

साउदी अरबको जेद्दाह किङ अब्दुल्लाजिज अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई समेत उछिनेर दोस्रो नम्बरमा परेको छ।

गत वर्ष सबैभन्दा खराब विमानस्थल बनेको इस्लामावादको बेनजिर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थल यो वर्ष नवौँ नम्बरमा पुगेको छ।

सूचीमा अमेरिकाका एउटै पनि विमानस्थल छैनन्।
यस्तो छ सूची
१०) बिउभाइस टिले अन्तर्राष्ट्रिय विमानस्थल (पेरिस, फ्रान्स)
९) बेनजिर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थल (इस्लामावाद, पाकिस्तान)
८) तान सोन न्हात अन्तर्राष्ट्रिय विमानस्थल (हो चि मिन्ह सिटी, भियतनाम)
७) हमिद करजाई अन्तर्राष्ट्रिय विमानस्‍थल (काबुल, अफगानिस्तान)
६) टाउस्सेन्ट लुभ्रचर अन्तर्राष्ट्रिय विमानस्थल (पोर्ट अउ प्रिन्स, हाइटी)
५) साइमन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थल (काराकास, भेनेजुएल)
४) तास्कन्द अन्तर्राष्ट्रिय विमानस्थल (उज्बेकिस्तान)
३) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (काठमाडौँ, नेपाल)
२) किङ अब्दुलाजिज अन्तर्राष्ट्रिय विमानस्थल (जेद्दा, साउदी अरब)
१)पोर्ट हार्कोट अन्तर्राष्ट्रिय विमानस्थल (नाइजेरिया)

Ho Ki Kya Ho_Episode 7

0 comments

प्रत्येक विहीबार बेलुकी ८:३० र ११:३० मा हिमालयन टि.भी.बाट प्रशारित सामाजिक सन्देसमुलक चर्चित नेपाली हाँस्य टेली फिल्म हो कि क्या हो हेर्नुहोला।
लेखक / निर्देशक: आर्यन नकर्मी 
क्यामेरा / फिलिम सम्पादन: दिपेन बस्न्यत
मुख्य कलाकारहरु : साबिन शाक्य, राजाराम पौडेल , मुकुन्द किशोर भट्टराई , आर्यन नकर्मी , कमला रेग्मी, रोहिणी भट्टराई, गहेन्द्र मान शाक्य , डोमा , लक्ष्मी पाण्डे, निशा थापा र अन्य  ...

ho ki kya ho part 7


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Tuesday, October 20, 2015

कम्प्युटर , टेलिभिजन सबैलाई खरानी बनाइदिने पेन ड्राईभ

0 comments

३ कार्तिक २०७२ - यसको नामै हो ग्याजेट किलर । किनकी यसले तपाइँको कम्प्युटर देखि लिएर टेलिभिजन सबैलाई खरानी बनाइदिन सक्छ । एकजना रुसी ह्याकरले यस्तो पेनड्राइभको निर्माण गरेका छन् जसले जुनसुकै ग्याजेटलाई तत्कालै फ्राइ गरिदिन सक्छ ।

युएबी किलर भी टू नामको यो पेनड्राइभ घुसार्ने बित्तिकै यसले उक्त ग्याजेटमा २२० भोल्टको करेन्ट प्रवाह गरिदिन्छ । जसका कारण ल्यापटप देखि लिएर टेलिभिजन सम्म, जसमा यो पेनड्राइभ घुसार्न मिल्न सबै विस्फोट भैहाल्छन् ।

रुसीसेक्योरिटी अनुसन्धानकर्ता समेत रहेका र डार्क पर्पलको नामले चिनिने ती ह्याकरले आफुले निर्माण गरेको पेनड्राइभको शक्ति प्रमाणित गर्नका लागि एक भिडियो बनाएर सार्वजनिक गरेका छन् । जसमा उक्त पेनड्राइभ घुसार्दा एउटा ल्यापटप विस्फोट भएको देख्न सकिन्छ ।

उनले यो पेनड्राइभका कारण युएसबी पोर्ट भएका हरेक डिभाइस खतरामा परेको चेतावनी दिएका छन् । लगभग सबैजसो स्मार्टफोनले युएसबी मोड सपोर्ट गर्नुका साथै टेलिभिजन, कम्प्युटर, राउटर तथा मोडेमहरु सबैलाई उक्त पेनड्राइभले निस्तेज बनाइदिन सक्ने उनको भनाइ छ ।

यस्तो भयानक पेनड्राइभ निर्माण भएको खबर सार्वजनिक भएसँगै प्रविधि सुरक्षा विज्ञहरुले आफ्नो डिभाइसमा जस्तो पायो त्यस्तो पेनड्राइभ नघुसार्न सल्लाह दिएका छन् ।

यसअघि ११० भोल्ट करेन्ट प्रवाह गर्ने हत्यारा पेनड्राइभ बनाएका ती ह्याकरले पछिल्लो पेनड्राइभ बेच्ने तथा प्रयोग गर्ने आफ्नो कुनै योजना नभएको जनाउँदै भनेका छन् : यो एटम बम जस्तै हो, राख्दा मज्जा हुने तर प्रयोग गर्न नसकिने । अनलाइन खबर बाट ।

Meri Bassai, October 20 2015

0 comments

३ कार्तिक २०७२ - नेपाल टेलिभिजन बाट प्रत्येक मंगलबार प्रशारित हाँस्य टेली फिल्म मेरी बास्सै हेर्नुहोस।
क्लिक गर्नुहोस भिडियो play हुनेछ।

VIDEO
meri-bassai-october-20-2015



DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Jire Khursani, 19 October 2015

0 comments

२ कार्तिक २०७२ - प्रत्येक सोमबार बेलुकी नेपाल टेलिभिजन बाट प्रशारीत चर्चित हाँस्य टेली फिल्म जिरे खुर्शानी हेर्नुहोस।

क्लिक गर्नुस भिडियो खोल्नेछ।
Video
jire-khursani-19-october-2015


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sagarmatha Samachar 2072-07-03

0 comments

३ कार्तिक २०७२ - मंगलबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस। 
VIDEO




 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Monday, October 19, 2015

Dhamala Ko Hamala with Keki Adhikari

0 comments
 १ कार्तिक २०७२ अईतबार बेलुकी ८:०५ मा हिमालयन टिभीबाट प्रशारित धमलाको हमलामा नेपाली नायिका केकी अधिकारीसंग बरिस्ट पत्रकार ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ केकी अधिकारीका साथ हेर्नुहोस". श्रोत : हिमालयन TV. 
VIDEO


 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sagarmatha Samachar 2072-07-02

0 comments

२ कार्तिक २०७२ - सोमबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस। 
VIDEO




 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sunday, October 18, 2015

Sajha Sawal Episode - 414 Reconstruction Process

0 comments

१ कार्तिक २०७२ आइतबार कान्तिपुर टि.भी.बाट प्रशारित "साझा सवाल" भाग ४१४ हेर्नुहोस । भूकम्पपछि घरबास गुमाएकाहरु सरकारले घर बनाउन दिने अनुदान कहिले र कसरी पाइएला अन्यौलमै छन् । पुनर्निर्माणको जिम्मा पाएको प्राधिकरणले भने अझै पूर्णता पाएको छैन । भूकम्प प्रभावित क्षेत्रमा कहिले र कसरी अगाडी बढ्ला त पुनर्निर्माणको काम? आजको साझा सवाल राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेल, सभासद् राधिका तामाङ र कलाकार कुन्जना घिमिरे सँग गरिएको बहस साझा सवाल. . .
VIDEO



DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Hakka Hakki, 17 October 2015

0 comments
३० असोज २०७२ ,चर्चित कलाकार दमन रुपाखेतीको लेखन तथा निर्देसन रहेको हाँस्य टेली फिल्म नेपाल टेलिभिजनबाट प्रत्येक सनिबार बिलुकी ८:३० बजे प्रशारित हाँस्य टेलि फिल्म हाक्का हाक्की भाग २२  
HAKKA HAKKI
VIDEO
hakka-hakki-17-october-2015

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Ditha Saab Oct 17th, 2015

0 comments
 २०७२ ३० असोज शनिबार बेलुकी कान्तिपुर TV बाट प्रशारित मनोरंजनात्मक कमेड़ी टेली फिल्म डिटठा साब भाग १२२ भिडियो सहित हेर्नुहोस।
Video


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Saturday, October 17, 2015

Sagarmatha Samachar 2072-06-30

0 comments

३० आश्विन २०७२ - शनिबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस। 
VIDEO




 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Friday, October 16, 2015

Bhadragol, 16 October 2015

0 comments
२९ अशोज २०७२ सुक्रबार - नेपाल टि.भी.बाट प्रशारीत हाँस्य टेली फिल्म भद्रगोल भाग ८५ हेर्नुहोस । भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला।
VIDEO
bhadragol-16-october-2015


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Tito Satya, 15 October 2015

0 comments
नेपाल टि.भी.बाट २०७२ असोज २८ गते बिहिबार बेलुकी प्रशारीत हाँस्य टेली फिल्म तितो सत्य हेर्नुहोला । क्लिक गर्नुहोला भिडियो प्ले हुनेछ।
VIDEO
tito-satya-15-october-2015


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Thursday, October 15, 2015

Kantipur Nepali News, 14 October 2015

0 comments

२८ असोज २०७२ बिहिबार बिहान ७ बजे कान्तिपुर टि.भी बाट प्रशारित समाचार हेर्नुहोस।
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Former Prime Minister Madhav Kumar Nepal in TOUGH talk with Dil Bhusan Pathak

0 comments

बुधबार २७ असोज २०७२ मा कान्तिपुर टि.भी.बाट प्रशाशित TOUGH TALK मा ,नेपाली राजनैतिक क्षेत्रका चर्चित व्यक्ति ने.क.पा.एमालेका नेता तथा पूर्व प्रधानमंत्री माधब कुमार नेपालसंग दिल भुषण पाठकले गरिएको कुराकानी हेर्नुहोस।

VIDEO



DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

डीआईडी ५ फस्ट रनर अप निर्मल तामाङ नेपाल आए एअरपोर्टमा भब्य स्वागत

0 comments

 काठमाण्डौ। डान्स इन्डिया डान्स (डीआईडी) को सिजन ५ को फस्ट रनर अप बन्न सफल नेपालका निर्मल तामाङ २६ असोज २०७२ मंगलबार नेपाल आएका छन् ।

भारतीय तीन लाखसहित डीआईडीको टोपी पाएका निर्मल मंगलबार दिउँसो काठमाडौं उत्रिएका हुन् । डीआईडीको टोपीको साथ एअरपोर्टमा देखिएका उनलाई स्वागत गर्नै सयौको संख्यामा आफ्ना आफन्त देखी दर्शकहरु उपस्थित भएका थिए ।

डिआइडीको इतिहासमा पहिलो पटक गैर–भारतीय निर्मलले डीआईडीमा उक्त स्थान हासिल गर्न सफल भएका थिए । नुवाकोट विदुर नगरपालिका, त्रिशुलीवजार ११ का २३ वर्षिय निर्मल तामाङ बैशाख देखी डीआईडी प्रतियोगितामा आफ्नो धमकेदार प्रस्तुती दिदै आएका थिए, जसलाई नेपालमा मात्र होइन भारतमा पनि अत्याधिक रुचाइएको थियो ।

पूर्व भारतीय सेनामा कार्यरत शेरवहादुर तामाङका कान्छा छोरा निर्मललाई नेपालबाट नेपालीहरुले अत्याधिक भोट दिएका थिए । बलिउड अभिनेता तथा डान्सर मिथुन चक्रवती लगायत चर्चित डान्सर निर्णायक मण्डलमा रहेको उक्त प्रतियोगिता भारतीय च्यानल जी टिभीबाट प्रत्येक शनिवार र आईतवार राती सवा नौवजे प्रशारण हुदै आएको थियो । यसअघि पनि नेपाली मूलका प्रसान्त तामाङ र तेरिया मगरले यस्तै ठूलो रियालिटी शोमा विजयी भएका थिए ।

म्याच फिक्सीङको आरोपमा सागर थापा सहित पाँच खेलाडी पक्राउ

0 comments

काठमाडौं,असोज २७ । देशकै बेईज्जत हुनेगरि खेल खेल्दै नेपाललाई हार खुवाएर अन्यदेशसँग पैसा लिने गरेका राष्ट्रिय फुटवल टोलिका कप्तान सागर थापा सहित पाँच खेलाडी पक्राउ परेका छन् । राष्ट्रिय झण्डा बोकेर खेल खेल्न गएर हरेक खेल हार्दै पैसा खाँदै राष्ट्रिय झण्डा नै बेचेको आरोप लगाउँदै क्राईम डिभिजनका प्रमूख सर्वेन्द्र खनालले एक खेलमा कम्तिमा पाँच हजार डलर प्रति व्यक्ति लिने गरेको सुचना र प्रमाण पाइएको बताउनुभयो ।
एसएसपी सर्वेन्द्र खनालका अनुसार अन्र्तराष्टिय खेल सट्टेबाजीहरुसँग मिलेर नेपाललाई हराएर लाखौं रुपैयाँ लिनेदेखी राष्टिय खेलमा समेत जित हारको मिलेमतो गरेर रकम लिने गरेको पाइएको छ । बंगलादेश, मलेसिया, अफगानिस्तान, जोर्डन, फिलिपिन्स जस्ता देशहरुसँग भएको खेलमा मिलेमतो गरेर हार्दै उनिहरुले लाखौं रुपैयाँ लिने गरेको प्रमाण पाइएको खनालले बताए ।
यि खेल हारपछि समातिएका खेलाडीहरुको खाता तथा साथिभाईको खातामा लाखौं रुपैयाँ आएको पाइएको छ । राष्टकै स्वाभिमान र विश्वास लिएर गएका खेलाडीहरुले राष्टघात गरेर देशलाई हराउने काम गरेको खनालले प्रतिक्रिया दिए । एसएसपी खनालले थप अनुसन्धान भइरहेकाले विस्तृत जानकारी थप अनुसन्धान पछि मात्र भन्न सकिने बताए । नेपालको स्वाभिमानलाई पैसामा बेचेर देश र जनतालाई कुठाराघात गर्ने गरेको पाइएको खनालले बताए । देशकै बेइज्जत हुनेगरि खेलमा जित्ने आधार हुँदा हुँदै खेलेको जस्तो मात्र गरेर ९ गोल खाँदै समेत हार्ने गरेको पाइएको बताए । खनालका अनुसार प्रहरीले यो अनुसन्धान विगत तिन महिनादेखी अनुसन्धान गरिरहेको र चार हप्तादेखी विस्तृतमा अध्ययन गरिरहेको बताए ।
खेलाडीहरुले यसरी खेलेर हार्दै पैसा कमाउँदै क्यासीनोमा समेत लगानी गरेको र अकुत सम्पत्ती कमाएको समेत पाइएको भन्दै उनिहरुको बैंक खाता लगायतको समेत अनुसन्धान भइरहेको खनालको भनाई छ । पक्राउ परेका केही खेलाडीको भने गुण्डागर्दी गर्ने अपराधीसँग समेत सम्वन्ध रहेको पाइएको प्रहरीको भनाई छ ।
प्रहरीले पक्राउ परेका पाँचै जनालाई भोलि जिल्ला अदालत काठमाडौंमा थप म्यादको लागि पेश गर्ने र भोली नै पत्रकार सम्मेलन गरेर अभियुक्त खेलाडीहरु सार्वजनिक गर्ने भएको छ । स्मरणीय छ नेपाल पछिल्लो ९ अन्र्तराष्टिय खेलमा गोल विहिन पराजय व्यहोर्दै आइरहेको छ । यि सबै खेलको कप्तानी उनै पक्राउ परेका सागर थापाले गर्दै आएका छन् ।
VIDEO

Wednesday, October 14, 2015

Harke Haldar, 14 Oct 2015

0 comments

२७ असोज २०७२ बुधबार राती ९ बजे कान्तिपुर टि. भी. बाट प्रशारित हाँस्य टेली फिल्म हर्के हल्दार भिडियो हेर्नुहोस।

VIDEO


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Meri Bassai, 13 October 2015

0 comments
२६ असोज २०७२ - नेपाल टेलिभिजन बाट प्रत्येक मंगलबार प्रशारित हाँस्य टेली फिल्म मेरी बास्सै हेर्नुहोस।
क्लिक गर्नुहोस भिडियो play हुनेछ।
VIDEO
meri-bassai-13-october-2015



DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

संसारकै सबै भन्दा पहिलो वाई-फाई फ्री देश

0 comments
एजेन्सी , आजकल हरेक मोबाइलमा वाई-फाईको सुबिधा हुने गर्दछ । हाम्रो देशको मुख्य शहरका होटल,रेस्टुरेन्ट,हस्पिटल लगायतको स्थानमा  फ्री वाई-फाई लेखेको देख्न पाइन्छ । यस्तै हाम्रो छिमेकी श्रीलंका अबको केही समय पश्चात वाई-फाई फ्री देश हुने भएको छ  ।


सबै भन्दा
श्रीलंका सरकार र बहुराष्ट्रीय कम्पनी गूगलको बीच भएको सम्झौता अनुसार मार्च २०१६ सम्म पुरा श्रीलंकाली जनताले फ्री वाई-फाईको सुविधा उपभोग गर्न पाउने छन । डेली मिररको अनुसार  फ्री वाई-फाई गूगल लूनको मध्यम बाट उपलब्ध गराइने छ  ।

श्रीलंका संसारकै पहिलो देश बन्नेछ जहाँ इन्टरनेटको  यूनिवर्सल ऐसेस हुनेछ गूगल लूम टेक्नोलोजीलाई पूर्ण रुपमा अपनाउने पहिलो देश पनि हुनेछ  ।

Tuesday, October 13, 2015

Jire Khursani, 12 October 2015

0 comments

२५ असोज २०७२ - प्रत्येक सोमबार बेलुकी नेपाल टेलिभिजन बाट प्रशारीत चर्चित हाँस्य टेली फिल्म जिरे खुर्शानी हेर्नुहोस।

क्लिक गर्नुस भिडियो खोल्नेछ।
jire-khursani-12-october-2015


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Like us

 

Search

 
Enjoy the site