Saturday, November 14, 2015

फ्रान्स आतंककारी हमलामा १५३ जनाको मृतु र २०० भन्दा माथी घाइते

0 comments
२८ कार्तिक पेरिस । फ्रान्सको राजधानी पेरिसमा भएको सिलसिलेवार आतंकवादी हमालामा कम्तिमा १५३ जनाको मृत्यु भएको छ। फ्रान्सको स्थानीय समयअनुसार राती ९ बजे निर छ विष्फोट भएको थियो भने एउटा कन्सर्टलाई आतंकवादीले कव्जा गरेका थिए।

आतंकवादी हमलापछि फ्रान्सले आफ्ना सबै सीमा बन्द गरेको छ, सेना परिचालन गरेर फ्रान्सका राष्ट्रपति फ्रान्सिसि हलान्देले संकटकालको घोषणा गरेका छन्।

आतंकवादी हमालामा संलग्न पाँच जना आतंककारीलाई सुरक्षाकर्मीले मारेका छन् भने केही आतंकवादी भने पक्राउ परेको सञ्चारमाध्मयले जानकारी दिएका छन्।

आतंककारीले अन्धाधुन्धा गोली चलाउँदा बाटाकालान कन्सर्ट हलमा ११२ जनाको मृत्यु भएको छ। जहाँ आतंककारीले सय जनाभन्दा बढीलाई बन्धक बनाएका थिए। राती सेनाले कारवाही गरेपछि सबै बन्धक छुटेका छन्।

एक रेष्टुरेण्टमा भएको सुटआउटमा पनि ११ जनाको मृत्यु भएको छ। त्यसैगरी जर्मनी र फ्रान्सवीच चलिरहेको फुटवल खेल मैदानबाहिर पनि दुई वटा आत्मघाती विष्फोट भएका थिए।

स्पोर्ट डे फ्रान्स स्पोर्टस स्टेडियमभन्दा पाँच माइलको दुरीमा बम विष्फोट भएको थियो। यो स्टेडियममा फ्रान्सका राष्ट्रपति हलान्देले पनि फुटवल खेल हेरिरहेका थिए। विष्फोटपछि दर्शक स्टेडियममा आएका थिए भने राष्ट्रपतिलाई सुरक्षाघेरामा बाहिर निकालिएको थियो।

त्यसैगरी पेरिसको लाउरे आर्ट ग्यालरी र पोम्पिदेउ र लेस हल्लेस सपिङ सेन्टरमा पनि बम विष्फोट भएको थियो। आतंककारीले एके ४७ राइफलबाट अन्धाधुन्धा गोली चलाएका थिए। उनीहरु आइसिस आतंकवादी संगठनबाट परिचालन भएको अनुमान गरिएको छ।
VIDEO

बेलायत भ्रमणमा रहेका भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीले भारत बुद्धको भूमि भएको झुटो प्रचार भिडियो सहित हेर्नुहोस

0 comments
२८ कार्तिक। नेपालमा नाकाबन्दी गरिरहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनसँगको संयुक्त पत्रकार सम्मेलनमा भारत बुद्धको भूमि भएको बताएपछि नेपाल तथा बेलायतमा विरोध भएको   भने सामाजिक सञ्जालमा कडा निन्दा गरिएको छ। एक वर्षअघि नेपालमा भ्रमणमा आउँदा बुद्धको भूमिमा टेक्न पाउँदा आफू गौरबवान्वित भएको बताउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायत पुगेर भारत बुद्भको भूमि भएको झुटो प्रचार गरेका छन्।





Video 

कीर्तिमानी अल्ट्रा धाविका मीरा राईलाई बालाजु कराँते डोजाङले सम्मान

0 comments

२८ कार्तिक २०७२। कीर्तिमानी अल्ट्रा धाविका मीरा राईलाई बालाजु कराँते डोजाङले सम्मान गरेको छ । मीरा लगायत बालाजु डोजाङबाट उत्पादित अन्य दुई पूर्व खेलाडीहरुपनि सम्मानित भएका छन ।श्रोत: news24tv 
Video
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Bhadragol, 13 November 2015

0 comments
२७ कार्तिक २०७२ सुक्रबार - नेपाल टि.भी.बाट प्रशारीत हाँस्य टेली फिल्म भद्रगोल भाग ८९ हेर्नुहोस । भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला।

VIDEO
bhadragol-13-november-2015


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Wednesday, November 11, 2015

Harke Haldar 11 November 2015

0 comments

२५ कार्तिक २०७२ बुधबार राती ९ बजे कान्तिपुर टि. भी. बाट प्रशारित हाँस्य टेली फिल्म हर्के हल्दार २३८औ भागको भिडियो हेर्नुहोस। श्रोत : कान्तिपुर TV

VIDEO



DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Pashupati Murarka in TOUGH talk with Dil Bhusan Pathak

0 comments

बुधबार २५ कार्तिक २०७२ मा कान्तिपुर टि.भी.बाट प्रशाशित TOUGH TALK मा , तराईको समस्या देखाई भारतले गरेको नाकाबंधीले गर्दा परेको प्रत्यक्क्ष र अप्रत्यक्क्ष असरको बारेमा नेपाल उद्योग बाणिज्य महासंघका अदक्ष पशुपती मुरारकासंग दिल भुषण पाठकले गरिएको कुराकानी हेर्नुहोस। श्रोत : कान्तिपुर टिभी

VIDEO


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

फेसबुक म्यासेन्जरले ल्यायो नयाँ सुविधा

0 comments
 
सामाजिक संजाल फेसबुकले आफ्नो म्यासेन्जर एपमा नयाँ सुविधा फोटो म्याजिक थपेको छ। यस सुविधाका मद्दतले प्रयोगकर्ताहरुले पहिलेको तुलनामा अझैँ सजिलो गरि फोटो सेयर गर्न सक्ने छन्। हाल यो सुविधा अस्ट्रेलीयामा मात्र उपलब्ध रहेको छ र छिट्टै नै अन्य देशहरुमा पनि यो सुविधा उपलब्ध गराइने जानकारी फेसबुक म्यासेन्जरका प्रमुख डेविड मार्कसले दिए।
 
हाल यो सेवा फेसबुक म्यासेन्जरको एन्ड्रोइड एपमा मात्र उपलब्ध रहेको छ र छिट्टै नै आईओएसमा पनि उपलब्ध गराइने छ। फोटो म्याजिक अुनहारलाई चिन्ने (फेस रिकग्निशन) भएको सुविधा हो। यसले फेसबुक प्रयोकर्ताहरुको फोनमा रहेको क्यामरा रोललाई एक्सेस गरेर साथीहरुको फोटोलाई चिन्ने गर्छ। यस पस्चात उक्त फोटोहरुलाई साथीहरुसँग सेयर गर्ने कि नगर्ने भनेर विकल्प आउँछ।
 
सम्पूर्ण फोटोहरुलाई स्क्यान गरिसकेपछि प्रयोगकर्तालाई ‘सेन्ड’ भनेर विकल्प आउने छ। भर्ज पत्रिकाका अनुसार फोटो म्याजिकलाई फेसबुक म्यासेन्जर र मोमेन्ट्स टीमले मिलेर बनाएको हो। यो सुविधा प्रयोग गर्न असहज भएमा फेसबुक म्यासेन्जर सेटिङमा गएर बन्द पनि गर्न सकिन्छ।

Tuesday, November 10, 2015

Meri Bassai, 10 November 2015

0 comments

२४ कार्तिक २०७२ - नेपाल टेलिभिजन बाट प्रत्येक मंगलबार प्रशारित हाँस्य टेली फिल्म मेरी बास्सै भाग ४६७ हेर्नुहोस । क्लिक गर्नुहोस भिडियो PLAY हुनेछ।

VIDEO
meri-bassai-10-november-2015


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

dhamalako hamala with umesh kumar yadab

0 comments


२२ कार्तिक २०७२ अईतबार बेलुकी ८:०५ मा हिमालयन टिभीबाट प्रशारित धमलाको हमलामा एकिकृत नेकपा एमावोबादीका नेता तथा सिचाईमन्त्रि उमेश कुमार यादब संग बरिस्ट पत्रकार ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ सिचाईमन्त्रि उमेश कुमार यादबका साथ हेर्नुहोस". श्रोत : हिमालयन TV. 
VIDEO


 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Two jet men fly at high speed beside the world’s largest passenger plane

0 comments

Two daredevils have taken air travel to a whole new level. Jet men duo Yves Rossy, and Jetman Junior, Vince Reffet flew beside an Emirates A380 passenger plane over the Dubai skyline taking to the skies to record the hair-raising stunt. In the incredible footage the duo can be seen soaring above the clouds at speeds of up to 120 mph 4000 feet above the ground. They have nothing but jet packs on their back.
In the starting the video looks as if it is an advertisement for the world’s largest passenger plane. But after 20 seconds Rossy and Reffet appear above the jets wings.The pair were deployed from a helicopter. The helicopter above the aircraft at 5,500 feet. And before joining on one side and then breaking away, they conducted formations on both sides of the aircraft. Their flight suits were made by Jet man custom and it weighted almost 55 kg and have a wing span of two meters. They flew over the likes of the Palm Jumeirah, the Dubai skyline and the Burj Khalifa.
Rossy said, ‘I come from a background of piloting commercial aircraft and it was always a dream to fly without the constraints of being inside a cockpit. Vince and I are thrilled to partner with Emirates and would like to thank them for helping us turn yet another dream into reality. It was absolutely surreal flying alongside the biggest aircraft there is and we felt like mosquitoes beside a gigantic eagle.’
On the other hand Vince Reffet said, ‘This is yet another historic flight for the Jetman Dubai team and we are so happy and thankful to be part of something this incredible. We spent a long time preparing, going over every tiny detail in the quest for perfecting our first formation flight with the Emirates A380 aircraft. It is incredibly humbling to be a part of what is such a significant achievement for Dubai and the Jetman team. Adel Al Redha, Executive Vice President and Chief Operations Officer for Emirates said: ‘This display between man and machine celebrates the magic and beauty of flight, a feat which just over a hundred years ago would have seemed an impossible dream. It also showcases how far human vision and ambition has, and can continue to push aviation’s boundaries. A spectacular formation flight like this is unprecedented, but as with all of Emirates’ operations, every aspect was painstakingly evaluated and practiced in our simulators to address all possible contingencies.’
VIDEO

Samachar 2072-07-24

0 comments

२४ कार्तिक २०७२ - मंगलबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस। 
VIDEO




 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

घर बनाउने नयाँ मापदण्ड पारीत

0 comments
२४ कार्तिक काठमाडौं – सरकारले नयाँ घर निर्माणका लागि मापदण्ड पारित गरेको छ । मापदण्ड नआउँदासम्म सरकारले वैशाखको भूकम्पयता घर बनाउन रोक लगाएको थियो ।

मापदण्ड तय नहुँदासम्म नागरिकले ६ महिनासम्म घर बनाउन पाएका थिएनन् । निजीस्तरबाट पुननिर्माणका कामसमेत हुन सकेका थिएनन् । सरकार आफैंले पनि पुननिर्माण प्राधिकरण गठन नगर्दा यससम्बन्धी काम अलपत्र छन् । ‘वस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड ०७२’ मन्त्रिपरिषद्बाट पारित भएपछि निर्माणका लागि बाटो खुलेको हो । नमुनाका आधारमा निर्माण अनुमति दिने मापदण्ड छ ।

‘आंशिक रुपमा नक्सा पास भएको, १.७ मिटरभन्दा कम उचाइको भवनले स्थानीय निकायद्वारा लागू गरिएको भवन निर्माण मापदण्ड तथा संहिताअनुसार प्राविधिक प्रतिवेदनसहित निवेदन दिए नक्सा पास गरिनेछ,’ मापदण्डमा भनिएको छ ।

भवन निर्माणस्थलमै अनुमतिपत्र राख्नुपर्ने, भूउपयोगसम्बन्धी नीति कार्यान्वयनजस्ता व्यवस्था पनि राखिएका छन् । आवासीय प्रयोजनका लागि निर्माण हुने भवनमा सटर तथा पसल राख्न पाइनेछैन । ३ तलाभन्दा अग्ला सबै आवासीय र धेरै भीड हुने सपिङ मल, सुपरमार्केट, स्कुल, कलेज, अस्पताल, नर्सिङहोमलगायत भवन निर्माण गर्दा अनिवार्य रुपमा माटो परीक्षण गर्नुपर्ने समेत उल्लेख छ ।

त्यस्तै १७ मिटरभन्दा अग्ला भवनको नक्स पासका लागि थप भौगर्भिक परीक्षण, भूकम्पीय जोखिम विश्लेषण र सोको प्रतिवेदन पनि बुझाउनुपर्नेछ । आइतबारको कारोबार दैनिकमा खबर छ ।

Monday, November 9, 2015

Jire Khursani, 9 November 2015

0 comments
 २३ कार्तिक २०७२ - प्रत्येक सोमबार बेलुकी नेपाल टेलिभिजन बाट प्रशारीत चर्चित हाँस्य टेली फिल्म जिरे खुर्शानी हेर्नुहोस।

क्लिक गर्नुस भिडियो खोल्नेछ।
Video
httpjire-khursani-9-november-2015


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Hakka Hakki, 7 November 2015, Full Episode 25

0 comments
२१ कार्तिक २०७२ ,चर्चित कलाकार दमन रुपाखेतीको लेखन तथा निर्देसन रहेको हाँस्य टेली फिल्म नेपाल टेलिभिजनबाट प्रत्येक सनिबार बिलुकी ८:३० बजे प्रशारित हाँस्य टेलि फिल्म हाक्का हाक्की भाग २५
HAKKA HAKKI
VIDEO
hakka hakki

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

शोभा तामाङको कुवेत पीडा: ‘मान्छे हैन पशुको व्यवहार गरिन्छ, कसरी नेपाल फर्कुँ ?

0 comments

मकवानपुरको काँकडा–१ सिलिङ्गेकी शोभा तामाङ कुवेत पुगेको झण्डै दुई बर्ष बितिसकेको छ । मिठो खाने र राम्रो लाउने रहरै रहरले साथीहरुको देखासिकीमै कुवेत हान्निएकी शोभा जब कुवेत पुगिन् अनिमात्रै थाहा भयो कुवेतको गाह्रसारो । एक त महिला, त्यसमाथी नयाँ ठाउँ, नयाँ भाषा र नयाँ काम । सजिलो हुने त कुरै थिएन । कुवेत जानुभन्दा अघि शोभाले सोचेकी थिइन् दुई बर्ष विदेशमा काम गर्ने र फर्किएपछि गाउँमै बसेर केहि गर्ने । त्यतिबेला हिम्मत पनि त्यस्तै थियो । जे त पर्ला, अरु पनि दिदीबहिनी गएका छन् भन्ने सोचेर दलालमार्फत् कुवेतको एउटा घरसम्म पुगिन् उनी । काम गाह्रो भएपनि १४ महिनासम्म त्यहाँ रहेर काम गरिन् । कामको चाप, बेलामा सुत्न र खान नपाउँदा उनी एक्कासी बिरामी परिन् । त्यसपछि भने कुवेतको रहर पुग्यो शोभालाई । उनी नेपाल फर्किन चाहिन्थन् । तर उनले चाहेर के गर्नु, मालिक मालिक्नीले फर्किन दिएनन् । त्यसपछि उनी untitledआफूलाई त्यहाँ काममा लगाउने दलाली कम्पनीको सम्पर्कमा पुगिन् । उनलाई कुवेत बस्ने इच्छा मरिसकेको थियो । त्यो कम्पनीले दुईबर्ष नपुगी फर्किन मिल्दैन भन्यो र अर्को घरमा काम गर्न पठायो । शोभाले पहिले काम गरेको घरबाट २ महिनाको तलब पनि लिएकी थिइनन् । पहिला काम गरेको घरका साहुनीले अर्को घरमा काम सुरु गरेपछि पैसा ल्याएर त्यही कम्पनीमा छाडिदिएका रहेछन् । तर उनले त्यो पैसा पाइनन् । उनी भन्छिन् हामीलाई त यहाँ मान्छेलाई गर्ने जस्तो व्यवहारपनि गरिँदैन । हामी अर्कै जातको मान्छे जस्तो गरिन्छ । उनीहरुले हामीलाई पशुजस्तो मान्छन् । हामीले यहाँ मानवीय सम्मान त के आफ्नो अधिकारको प्रयोग गर्न पाउँदैनौं र सक्दैनौं पनि । यही कारण र जति काम गरेपनि पैसा नदिने भएपछि उनले काम छाडेर साथीहरुसँग बस्न थालिन् । तर सबै उस्तै उस्तै । नेपालमा एक आपसमा सहयोग गर्ने संस्कारमा हुर्किएकी उनले अरुबाट पनि त्यस्ते आशा गर्थिन् । तर कसैले कसैले केही गर्नेवाला थिएन । शोभा अहिले छटपटिमा छिन्, न उनले पैसा कमाउन सकिन् न उनले भनेजस्तो नै भयो । उनीसँग अहिले पासपोर्ट पनि छैन । जसरी होस् नेपाल फिर्न चाहन्छिन् । तर उपाय छैन ।

Sunday, November 8, 2015

Sajha Sawal Episode 417 - Six months after the earthquake

0 comments
 २२ कार्तिक २०७२ आइतबार कान्तिपुर टि.भी.बाट प्रशारित "साझा सवाल" भाग ४१७ हेर्नुहोस । श्रोत : कान्तिपुर टि.भी.
VIDEO



DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Dittha Saab 07 Nov 2015

0 comments
  २०७२ कार्तिक २१ शनिबार बेलुकी कान्तिपुर TV बाट प्रशारित मनोरंजनात्मक कमेड़ी टेली फिल्म डिटठा साब  हेर्नुहोस।
Video


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Friday, November 6, 2015

Bhadragol, 6 November 2015

0 comments

२० कार्तिक २०७२ सुक्रबार - नेपाल टि.भी.बाट प्रशारीत हाँस्य टेली फिल्म भद्रगोल भाग ८८ हेर्नुहोस । भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला।

VIDEO
bhadragol-6-november-2015


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Tito Satya, 5 November 2015

0 comments

नेपाल टि.भी.बाट २०७२ कार्तिक १९ गते बिहिबार बेलुकी प्रशारीत हाँस्य टेली फिल्म तितो सत्य हेर्नुहोला । क्लिक गर्नुहोला भिडियो प्ले हुनेछ।
VIDEO
tito-satya-5-november-2015


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Thursday, November 5, 2015

राष्ट्रसंघमा कमलले बोल्दा भारतभर हंगामा, यसरी डरायो भारत

0 comments
बिहीबार, १९ कार्तिक काठमाडौं । संयुक्त राष्ट्रसंघको मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा पुगेका उपप्रधान एवं परराष्ट्र मन्त्री कमल थापाले भारतले सीमा नाकामा आवागमन रोकेर आम नेपालीमाथि संकट श्रजिना गराउन खोजेको बताएपछि भारतभर हंगामा मच्चीएको छ ।

थापाले आफु भावनामा आएर बोलेको नभई सीमा नाकामा भएको वास्तविकता बोलेको उल्लेख गरेका थिए । सम्मेलन स्थलमै भारतका अधिकारी र नेपालका प्रतिनिधिविच यही विषयलाई लिएर वाद विवाद भएको थियो ।

लगत्तै भारतीय प्रतिनिधिहरुले नेपालमा द्धन्द्धकालिन घटना देखिनै मानव अधिकार हनन भैरहेको र अहिले जितियताको नाममा मधेसमा विभेद श्रीजना गरिन लागेको उल्लेख गरेको थियो ।
 
यस पश्चात् कमल थापाले कडा प्तिक्रिया दिँदै नेपालको संविधान नेपालीले बनाउन पाउने की नपाउने भनेर प्रश्न राखेका थिए । यस पछि विश्वले भारतको हेपाहा चरित्र थापा पाए अनि भारत विश्वसामु नांगो भयो ।
भारतले अन्तर्राष्ट्रिय मञ्चमा बेइज्जत महसुर गरेपछि भारतभर हंगामा मच्चीएको छ । अधिकांश भारतीयहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको सिमित स्वार्थका कारण भारतको बेइज्यत भउको बताउन थालेका छन् भने भारतीय सञ्चार माध्यमहरुले पनि भारत सरकारको विदेश नीति गलत भएका कारण यस्तो अवस्था आएको बताएका छन्।

भारतमा जनता र मिडियाले समेत सत्तो सरप गरेपछि प्रधानमन्त्री मोदी पनि तनावमा परेका छन् । उनले नाकाबन्दी खोल्नकालागि विभिन्न उपाय खोजी गरिरहेका छन् ।

भारतका व्यापारीहरुले समेत प्रधानमन्त्रीको कदमले ठुलो घाटा परेको भन्दै विरोध गरिरहेका छन् । उनीहरुले प्धानमन्त्री मोदकिो दादागिरीका कारण नेपाल सँगको सम्बन्ध र व्यापार खोसीन लागेको बताएका छन् ।

कमल थापाले विश्वलाई नाकाबन्दीका बारेमा जानकारी गराएपछि त झन् भारतीय जनताले आफ्नै प्रधानमन्त्रीको चर्को आलोचना गरेका छन् । उनीहरुले सरकार विरोधी आन्दोलन समेत थालेका छन् ।

भारतका विभिन्न स्थानमा नेपाल भारत मैत्री सम्बन्ध कायम राख्न माग गर्दै प्रदर्शनहरु सुरु भएको भारतीय सञ्चारमाध्यउमहरुले नै जनाएका छन् ।
Video

नेपाल र चनबीच ११ बुँदे सहमति पत्रमा हस्ताक्षर हुने

0 comments
काठमाण्डु, १९ कात्तिक– बिहीबार नेपाल र चनबीच ११ बुँदे सहमति पत्रमा हस्ताक्षर हुने भएको छ । विभिन्न नाकाको व्यापारिक मार्गमा सहजता, नेपाली बस्तुमा भन्सार छुट दिने चिनियाँ निर्णयको कार्यान्वय लगायत ११ वुँदे सहमतिमा औपचारिक हस्ताक्षर हुने भएको हो ।

मंगलबारदेखि दुई मुलुकका भन्सार अधिकारीबीच २८ औं उच्च स्तरीय वार्ता सुरु र्भएको थियो । सो वार्तामा भएको सहमतिको आधारमा तातोपानी र केरुङ नाका बाहेक मुस्ताङ, हुम्लाको यारिङ, संखुवासभाको किमाथाङका, ताप्लेजुङको ओलाङचुङगोला, गोरखाको लार्के, दोलखाको लामाबगर, र मुगु नाकामा ब्यापारिक मार्ग सहज बनाउने सहमति भएको थियो ।

त्यसका साथै चीनले विभिन्न नेपाली बस्तुलाई भन्सारमा दिदै आएको छुट कार्यान्यन गर्ने विषयमा पनि लिखित सहमति हुने बार्ता टोलीका सदस्य एवं भन्सार बिभागका प्रवक्ता सूर्य सेढाँईले जानकारी दिनुभयो । अहिले संचालननमा रहेको रसुवाको केरुङ नाकाको स्तरोन्नती, सडक मर्मत पछि तातोपानी नाकापनि छिट्टै सञ्चालनमा ल्याउने विषयमा पनि सहमति भएको छ ।

अपरान्ह ५ वजे हुने सहमतिपत्रमा भन्सार विभागका उपमहानिर्देशक तथा नेपाली वार्ताटोली संयोजक दामोदर रेग्मी र ल्हासा भन्सारका उपमहानिर्देशक लोङ चुङ वोईले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।

विन्डोज ७ र ८.१ छिट्टै बन्द हुँदै

0 comments

 कार्तिक १९ - माइक्रोसफ्टले आफ्ना अपरेटिङ सिस्टम विन्डोज ७ र विन्डोज ८.१ पहिलेदेखि इन्स्टल भएका कम्प्यूटर वा ल्यापटप बन्द गर्ने भएको छ।

माइक्रोसफ्टले सन् २०१६ अक्टोबर ३१ तारिखदेखि यी दुई ओएस भएका भएका कम्प्यूटर वा ल्यापटप निरन्तरता नदिने अन्तर्राष्ट्रिय समाचारमाध्यमहरुले जनाएका छन्।

रिपोर्टका अनुसार माइक्रोसफ्टको ‘विन्डोज लाइफसाइकल फ्याक्ट शीट’ को पछिल्लो अपडेटमा २०१६ अक्टोबर ३१ तारिखदेखि विन्डोज ७ र विन्डोज ८.१ पहिलेदेखि इन्स्टल भएका कम्प्यूटर वा ल्यापटप बन्द गर्ने बताएको छ। यसका साथै कम्पनीले २०१६ जून ३० देखि विन्डोज ८ ओएस भएका डिभाइसहरु पनि बन्द गर्ने बताइएको छ।

माइक्रोसफ्टले १ अर्व डिभाइसहरुमा विन्डोज १० राख्ने लक्ष्य लिएको र यो लक्ष्य पुरा गर्नका लागि यो कदम चालिएको पनि बताइएको छ। विन्डोज ७ र विन्डोज ८.१ ओएस बन्द गरेपछि प्रयोगकर्तासँग विन्डोज १० नै पहिलेदेखि इन्स्टल भएको डिभाइस किन्नुको विकल्प हुँदैन।

माइक्रोसफ्टको कुनै नयाँ ओएस ल्याएको २ वर्षपछि पुरानो ओएस बन्द गर्दै आउने नीति छ। तर विन्डोज ७ को लोकप्रियता र विन्डोज ८ को असफलताले गर्दा सन् २०१४ मा बन्द हुनपर्ने विन्डोज ७ लाई थप २ वर्ष थपेर सन् २०१६ मा बन्द गर्ने निर्णय गरेको पनि बताइएको छ। माइक्रोसफ्टले विन्डोज होम बेसिक, होम प्रिमियम र अल्टिमेट भने बन्द गरिसकेको छ ।

त्यसै गरि माइक्रोसफ्टले विन्डोड अपरेटिङ सिस्टम (ओएस) को सबैभन्दा लोकप्रिय भर्सन एक्सपीको बन्द गर्ने घोषण गरिएको थियो । २०१४ अप्रिल ८ बाट विन्डोज एक्सपीको सपोर्ट पूर्णतया बन्द गराएको छ । ८ अप्रिलपछि एक्सपीको भर्सन चलाइरहेका पर्सनल कम्प्युटर (पीसी) प्रयोगकर्ताहरुले माइक्रोसफ्टको कुनै सपोर्ट पाइरहेको छैन । एजेन्सी

सरकारले इच्छा गरे नेपालमै पेट्रोल खानी सजिलै निकाल्न सकिने

0 comments
१९ कार्तिक : नेपालमा पेट्रोलियम पदार्थको सम्भावना भएर पनि अध्ययनका लागि सरकारले ध्यान नदिंदा भारतमाथि निर्भर रहनु परेको छ ।  नेपालमा पेट्रोलियम पदार्थ छ भन्ने पहिचान भएको लामो समयसम्म त्यसको खोज अनुसन्धान लगायत उत्खनन्मा ध्यान नदिंदा नेपाल पेट्रोल र ग्यासमा निर्भर हुनु परेको हो । पूर्वदेखि पश्चिमका चुरे र महाभारतका १० वटा क्षेत्रमा पेट्रोलियम पदार्थ भएको ३२ वर्षअघि प्रमाणित भएको थियो । खानी तथा भूगर्व विभागका भूगर्वविद प्रमोद सिंखडाका अनुसार नेपालको पूर्वदेखि पश्चिमसम्मको चुरे तथा महाभारत क्षेत्रमा पेट्रोलियम पदार्थको सम्भाव्यता भएका ठाउँहरुको पहिचान गरी १० वटा व्लकमा बाँडिएको छ । ‘व्लकमा बाँडिएका ठाउँहरुमा पेट्रोलियम पदार्थ छ भन्ने पहिचान भएको छ ।


 तर, काम अगाडी बढ्न सकेको छैन’– सिंखडाले भने ।  उनका अनुसार धनगढी, नेपालगञ्ज, लुम्विनी, चितवन, बीरगञ्ज, मलंगवा, जनकपुर, राजविराज र विराटनगरलाई छुट्टाछुट्टै व्लकमा विभाजन गरिएको छ । ‘विभाजन गरिएका व्लकहरुको ५ हजार स्क्वाएर किमि भीत्रमा पेट्रोलियम पदार्थ छ ।’खानी तथा भूगर्व विभागले सम्भाव्यता भएका क्षेत्रहरुमा अध्ययन गरी पेट्रोलियम पदार्थ भएको प्रमाणित भएपछि ३२ वर्षअघि ती क्षेत्रहरुलाई विभिन्न व्लकहरुमा बाँडेको थियो । तर, ३२ वर्षसम्म व्लकमा बाँड्ने बाहेक केही काम हुन सकेको छैन । क्षेत्रगत रुपमा विभाजन गरिएका ठाउँहरुमा पेट्रोलियम पदार्थको परिमाण र  निकाल्न सक्ने सम्भावना लगायतको अध्ययन गर्नका लागि चार वटा विदेशी कम्पनीलाई इजाजत दिइएको थियो । तर,  अनुमति पाएका  कम्पनीहरुले काम नगरेपछि उनीहरुको अनुमतिपत्र खारेज गरिएको छ ।  पृथ्वीको गर्भमा रहेको पेट्रोलियम पदार्थको परिमाण, उत्खननको सम्भावना लगायतका विषयमा अध्ययन अनुसन्धान गर्न धेरै खर्च लाग्ने भएकाले पनि अहिलेसम्म काम अगाडी बढ्न नसकेको सिंखडाले बताए । ‘खर्च बढी लाग्ने भएकाले यसमा ध्यान जान नसकेको हो ।


 नेपालमै उत्खनन् भयो भने देशकै कायापलट हुन्छ ’– सिंखडाले बताए ।  ​दैलेखमा भेटिएको पेट्रोलियम पदार्थको लेदो  चारवटा विदेशी कम्पनीले इजाजत लिए पनि उनीहरुले नेपालमा द्वन्द्वको कारण देखाउँदै काम गरेका थिएनन् । लामो समयसम्म लाइसेन्स लिएर काम नगर्ने कम्पनीहरुको लाइसेन्स सरकारले हालैमात्र रद्द गरेको हो । सरकारीस्तरबाटै तदारुकताका साथ काम भएको भए अहिलेसम्म परिणाम आइसक्ने सिंखडाको भनाई छ ।  भारतले २०४५ सालमा नाकाबन्दी गर्दा भोगेको कठिनाईलाई सम्झेर आत्मनिर्भर हुन प्रयास गरेर तदारुकताका साथ सरकारले काम गरेको भए अहिले नेपालमै पेट्रोलियम पदार्थको खानी चलेको हने सिंखडाले बताए ।  ‘पहिचान  गरिएका क्षेत्रमा अहिलेसम्म राम्रो नतिजा देखिएको छ । त्यसकारणले सम्भावना राम्रो छ भन्ने विश्वास छ ’–सिंखडाले भने । प्राविधिक र बजेट अभावमा नेपाल आफैले पहिचान गरिएका ठाउँहरुमा थप अध्ययन गर्न सक्दैन । प्रतिशप्रर्धाका माध्यमबाट विदेशी कम्पनीहरुको छनोट गर्न टेण्डरको तयारी भैरहेको छ ।  सिंखडका भनाईमा छनोटमा परेका कम्पनीहरुलाई सरकारले सुरक्षा लगायत आवश्यक पर्ने सम्पूर्ण वातावरण मिलाइदिने हो भने दुई–तीन वर्ष भित्रनै पेट्रोलियम पदार्थको निक्र्यौल गरी खानी सञ्चालनको लागि पूर्व तयारी हुनसक्छ र त्यसको थप ३ वर्षभिीत्र खानी सञ्चालन गर्न सक्ने संभावना छ । ‘त्यसकालागि सरकार गम्भीर हुनुपर्छ ’–उनले भने ।

  दैलेख जिल्लाका नामीस्थान र श्रीस्थानमा अहिलेपनि ग्यासबाट ज्वाला बलिरहेको छ । यो पेट्रोलियम पदार्थ भएको प्रमाण हो । अहिले वलिरहेको स्थानमा भन्दा अन्यत्रबाट ग्यास बगेर उक्त ठाउँमा आएर बल्ने भएकाले कुन ठाउँमा खानी छ , त्यसको पहिचान हुन सकेको छैन । ‘अहिले बलेकै ठाउँमा खानि भएको भए त सजिलो हुन्थ्यो । माथिबाट बगेर आएको ग्यास बलेको हाम्रो अनुमान हो । अध्ययनपछि पेट्रोलियम पदार्थ उत्खनन् गर्न सकिने धेरै सम्भावना छ ’–सिंखडाले भने ।  



 ‘नेपालमै पेट्रोलियम भइदिए कस्तो हुन्थ्यो होला !’ अहिलेजस्तो नाकाबन्दी हुँदा होस् या पेट्रोलियम पदार्थको चर्को भाउको मारमा पर्दा प्राय: नेपाली यस्तै परिकल्पना गर्छन् । उसो त नेपालले पेट्रोलियमको सपना देख्न थालेको तीन दशक नाघिसक्यो । त्यसका लागि प्रारम्भिक भूगर्भीय अध्ययनपश्चात् पूर्व–पश्चिम तराईलाई सम्भावित क्षेत्र मानेर १० अन्वेषण खण्ड तयार पारिएको थियो ।
दैलेख जिल्लाको पादुकास्थान, नाभिस्थान र शीर्षस्थानमा सतहमै तेल देखिएका छन् भने मुक्तिनाथमा जमिनमुनिबाट ग्यास बलिरहेको उदाहरण छ । त्यसको तल सुर्खेततर्फ तेल हुने बलियो संकेत हो, त्यहाँको भूगर्भमा आवश्यक पर्ने चट्टानी दरार देखिन्छन् ।
पेट्रोलियम अन्वेषणमा चर्चित भनाइ छ, ‘जमिनमा प्वाल (ड्रिल) नपारेसम्म केही भन्न सकिँदैन ।’ कम्तीमा आधा दर्जन ड्रिल गर्दा एउटा तेलकुवा भेटिन सक्छ । सन् १९८५ मा नेदरल्यान्डको सेल र अमेरिकाको ट्राइटन कम्पनीले खण्ड १० अन्तर्गतको विराटनगरमा ३ हजार ५ सय २० मिटरसम्म ड्रिल गरे पनि तेलकुवा भेटाएन ।
त्यसपछि पटकपटकको अन्तर्राष्ट्रिय टेन्डर आह्वानमा कुनै कम्पनीले दर्खास्त हालेनन् । पछि अमेरिकाको टेक्साना रिसोर्सेस र बेलायती केर्न इनर्जीले क्रमश: १९९८ र २००४ मा सरकारसँग सम्झौता गरेका थिए । तर, द्वन्द्वलाई कारण देखाएर पेट्रोलियम नियमावलीको व्यवस्था अनि ‘काबुबाहिरको अवस्था’ भन्दै बिनाठोस काम सम्झौता बढाएर बसे । केही भूगर्भिक अध्ययनबाहेक खासै काम गरेनन् ।
धनगढी, कर्णाली, लुम्बिनी, वीरगन्ज र मलंगवा खण्ड केर्नले ठेक्कामा लिएको थियो भने नेपालगन्ज र चितवन टेक्सानाले । माओवादी द्वन्द्व सकिँदा पनि काम सुरु नगरेको भन्दै सरकार यी दुवै कम्पनीसँग असन्तुष्ट थियो । बाँकी रहेका तीन खण्डमध्ये जनकपुर र राजविराजमा यूएईको कम्पनी इमिरेट्स एसोसिएटेड बिजनेस ग्रुप ( ईएबीजी)ले र खण्ड विराटनगरमा अमेरिकाको बीबीबी च्याम्पियन्सले सन् २०१२ मा सम्झौता गरेका थिए । तर, पछिल्ला दुवै कम्पनीले कामै थालेनन् ।
यिनै कारणले अहिले सरकारले चारवटै कम्पनीसँग सम्झौता रद्द गरेको छ । अहिले दसवटै अन्वेषण खण्डका लागि पुन: नयाँ बोलपत्र आह्वानको तयारी भइरहेको खानी तथा भूगर्भ विभागका महानिर्देशक सर्वजित महतो बताउँछन् । भन्छन्, “काम हुन नसक्नुमा दुवै पक्षका कमजोरीलाई केलाएर हामी कानुनी प्रावधान संशोधन गर्दैछौँ ।”
त्यसो त अब पेट्रोलियम भेटिहालेमा प्रान्तीय सरकार वा केन्द्रीय सरकार कोसँग जवाफदेही हुने भन्ने कानुनी रूपमा स्पष्ट नभएसम्म नयाँ बोलपत्र नै गरेता पनि कम्पनीहरू आउने स्थिति छैन । त्यसै पनि जटिल कानुन र भ्रष्ट कर्मचारी संयन्त्रका बीच ‘जुवा’ मानिने अन्वेषणको जोखिम कम्पनीहरू लिन चाहँदैनन् । अर्बौं खर्चेर पनि पेट्रोल नभेटिएर रित्तो फर्कनुपर्ने हुनाले पनि उनीहरू बढीभन्दा बढी सुनिश्चितता खोज्छन् । पेट्रोलियम अन्वेषण परियोजनाका निर्देशक रहिसकेका खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक राजेन्द्रप्रसाद खनाल भन्छन्, “अब कानुनमा एकद्वार नीतिलाई प्राथमिकता दिन्छौँ ।”
सेल र ट्राइटनले ड्रिल गर्दाताका भारतले नाकाबन्दी गरेको थियो र उक्त कामका लागि बंगलादेश, सिंगापुरबाट हवाईजहाजमा इन्धन ल्याइएको थियो । तर, तेलकुवा भेटिएन । सरकारसँग सम्झौता भएको चारवर्षे अवधि सकियो तर राजनीतिक अस्थिरताका बीच कम्पनीले समय थप्न चाहेनन् । महानिर्देशक महतो भन्छन्, “उसले थप पाँच सय मिटर ड्रिल गरेको भए अवस्था स्पष्ट हुन्थ्यो ।”
त्यसपछि आएका चार कम्पनीमध्ये केर्न इनर्जी अन्वेषणमा प्रतिष्ठित कम्पनी हो । नेपालसँगै उसले भारत, बंगलादेश र श्रीलंकामा पनि काम सुरु गरेको थियो । छिमेकी मुलुकमा सफलता पाएर अन्य कम्पनीलाई तेलकुवा बेचेर फर्किसकेको अवस्थामा उसले नेपालका लागि मात्रै भनेर तत्काल काम अगाडि बढाउन चाहेन । टेक्साना रिसोर्सेजले अन्वेषण खण्ड परिवर्तन गर्न खोजे पनि सरकारले अनुमति नदिएकाले आफ्नो एक अर्ब खेर गएको भन्दै क्षतिपूर्ति दाबी गरेको छ ।
विश्वभर पेट्रोलियम कम्पनीले एकैपटक धेरैतिर सम्झौता गर्छन् र सम्भावना उच्च भएका क्षेत्रलाई प्राथमिकता दिन्छन् । मध्यपूर्वमा एक हजार मिटर ड्रिल गर्दामै भेटिने तेलकुवा नेपालमा चार हजार मिटरसम्म खन्नुपर्ने हुन्छ । तर, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य भने समान हुन्छ । सरकारले आफैँ चासो दिएर जोखिम मोल्नसमेत तयार राम्रा कम्पनीलाई आउने वातावरण तयार पार्नुपर्ने अधिकारीहरू बताउँछन् । विभागका एक अधिकारी भन्छन्, “अब १० वटै खण्डमा असली नियत, क्षमता र भूगर्भीय ज्ञानका आधारमा नयाँ कम्पनी छनोट गर्नु राम्रो हुन्छ ।”श्रोत :अनलाईन खबरहरु

भारतीय मेडियाले लेख्यो भारतीय प्रधानमन्त्री थर्काउने पहिलो नेपाली प्रधानमन्त्री ओली बन्यो

0 comments
काठमाडौं – भारतीय संस्थापननिकट मानिने पत्रिका नवभारत टाइम्सले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्रीलाई थर्काउने पहिो प्रधानमन्त्रीका रुपमा चित्रित गरेको छ । नेपाल–भारतबीचको अमूल्य सम्बन्ध जोगाउनै पर्ने वकालत गर्दै नवभारत टाइम्सले सम्पादकीयमार्फत ओलीलाई भारतीय संस्थापनसमक्ष कडा रुपमा प्रस्तुत हुने नेपालको पहिलो प्रधानमन्त्रीका रुपमा चित्रित गरेको हो ।

सो पत्रिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गलत नीतिका कारण नेपालले पहिलोपटक भारतभन्दा अर्को मुलुकबाट इन्धन आपूर्ति गरेको किटानीसमेत गरेको छ । आजको राजधानी दैनिककमा खबर छ ।


Wednesday, November 4, 2015

संसारकै सानो देश जसको जनसंख्‍या २७ जना मात्र

0 comments
बेलायतको सफोल्क समुद्री तटबाट झन्डै १० किलोमीटरको दुरीमा रहेको सील्याण्ड खण्डहर भएको पुरानो किल्लामा रहेको छ । यस किल्लालाई दोस्रो बिश्व युद्धको समय ब्रिटिस सरकारले निर्माण गरेको थियो । सन २०१२ अक्टूबर ९ मा रोय बेट्स नाम गरेका व्यक्तिले आफुलाई सो सील्याण्डको राजकुमार घोषित गरेका थिए । रोय बेट्सको पछि सील्याण्डमा उनका छोरा माइकलले शासन गरिरहेका छन् ।
सील्याण्डको क्षेत्रफल निकै कम रहेको छ । हुनत आजसम्म सील्याण्डलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्टको दर्जा दिएको छैन संयुक राष्ट संगले तर पनि अहिले आफुलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्टको दर्जा दिलाउन प्रयासरत रहेको छ । अहिले सम्म संसारकै सानो देशको रुपमा भ्याटिकन सिटी रहेको छ ,जसको क्षेत्रफल ०.४४ वर्ग किलोमीटर र जनसंख्या ८०० रहेको छ ।

Video

Like us

 

Search

 
Enjoy the site