३० श्राबन , रसुवा– वैशाख १२ गते भिरमा घाँस काट्दै थिए, हाकु–८, तिरुका लाक्पा सेदार तामाङ। छोराहरू पाँचवर्षे मिङमार र तीनवर्षे विमल पनि त्यहीँ थिए।
एक्कासि भुइँ हल्लिन थाल्यो। माथिबाट चट्टाने पहिरो ओइरियो।
सेदारलाई आफ्नो भन्दा पनि छोराहरूको चिन्ता भयो। पहिरोेले छोप्नुअगावै उनले छोराहरूलाई सुरक्षित स्थानतिर हुत्याइदिए। तर, आफू उम्कन सकेनन्।
'अहिले पनि कहाली लाग्छ,' उनले त्यो क्षण सम्भि्कए, 'फेरि पनि संसार देखांैला भन्ने आसै थिएन।'
खुला चौरमा धकेलिँदा छोराहरू सामान्य घाइते मात्र भए। सेदार भने कम्मरमुनि पूरै चट्टाने पहिरोले थिचिए। उनी गुहार माग्दै चिच्याए, छोराहरू बुबाको हालत देखेर रुवाबासी गर्न थाले। तर, तत्काल उद्धार गर्न कोही आएन। १५ मिनेटपछि के भयो, उनलाई कुनै होस रहेन।
होस आउँदा उनले आफूलाई अस्पतालको शऒ्ढयामा पाए। एकछिन त उनलाई विश्वासै लागेन। बिस्तारै चारैतिर आँखा घुमाए, उज्यालो देखे। जहान–परिवार देखे। आफूभित्रको श्वासप्रश्वास महसुस गरे। त्यत्रो विपत्तिबाट पनि जोगिएकोमा अहोभाग्य ठाने।
अब उनी विजयी मनोभावमा बिस्तारै शऒ्ढयाबाट उठ्न चाहे। हात टेकेर बल गरे, कम्मरमाथिको भाग उठ्यो। तर, खुट्टाले भर दिएन। ओढ्ने पल्टाएर हेरे, एउटा खुट्टै थिएन।
अब सेदारलाई शऒ्ढयाबाट उठ्नै मन लागेन। फेरि उसै गरी पल्टिए। आँखा चिम्म गरेर निकै बेर सोचिरहे। मुहार घरी आत्तिएझैं हुन्थ्यो, घरी सम्हालिएझैं। केही बेरमा डाक्टर आइपुगे।
उनले सोधे, 'डाक्टर सा'ब मेरो खुट्टा खोइ?'
'ढुंगाले नराम्ररी थिचेकाले तपाईंको खुट्टा काट्नैपर्ने बाध्यता भो, अन्तिमचोटि हेर्नुहुन्छ त आफ्नो खुट्टा?'
उनले हेर्न मानेनन्। बरु जीवन बचाइदिएकोमा डाक्टरलाई धन्यवाद दिए। डाक्टर उनलाई नआत्तिन ढाडस दिँदै बाहिर निस्के।
'तत्काल त छाँगाबाट खसेझैं भयो तर बिस्तारै आफूलाई सम्हालेँ,' सेदार भन्छन्, 'परिवार पाल्नुपर्ने मान्छे, बाँकी जीवन बैसाखीको भरमा घिस्याउनु सजिलो छैन।'
...
पहिरोले थिचिएर बेहोस भएको एक घन्टापछि उनलाई भाइ पेम्बाले घर ल्याए। लेकमा गाडी जाँदैनथ्यो। पहिरोले बाटो थुनिएको थियो। तत्काल अस्पताल पुर्याछउने उपाय भएन। 'गाउँभरि धाँजा फाटेर पहिरो गएको थियो, पैदल बाटो नै थुनिएको थियो,' पेम्बाले सम्भि्कए, 'अस्पताल लैजान सम्भव नभएपछि गाउँमै ब्यान्डेज बाँधेर राख्यौं, दाइ चिच्याउनुहुन्थ्यो, फेरि बेहोस भइहाल्नुहुन्थ्यो।' चार दिनसम्म बिनाउपचार गाउँमै राख्दा सेदारको घाउमा किरा पर्न थालेको थियो।
पत्नी सिर्जनाले आस मारिसकेकी थिइन्। 'मलाई अब बाँँच्लान् भन्ने नै थिएन,' उनले भनिन्। चार दिनपछि सेनाको हेलिकप्टर गाउँ पुगेपछि भने उनलाई आस जाग्यो। सेनाले सेदारलाई त्रिशूली अस्पताल पुर्यााइदियो।
'हामीले त सामान्य औषधिमूलोले नै दाइ ठिक हुने ठानेका थियौं तर चिकित्सकले देव्रेखुट्टा पूरै काम नलाग्ने भइसकेकाले काट्नैपर्ने बताए,' पेम्बा सम्झन्छन्, 'हाम्रा लागि उहाँको ज्यान जोगिनु नै ठूलो कुरा थियो।'
खुट्टा काटिएपछि सेदारलाई संसारै बिरानो लाग्न थालेको थियो। शरीरको घाउ त छँदैछ, मनको घाउ पनि बल्भि्कएर आउँथ्यो। भूकम्पले घर लगेको थियो। परिवार थातथलो छाडेर अस्थायी शिविर आइपुगेको थियो। यिनै कुराले धेरै दिन बिथोलिए उनी। तर, ज्यान जोखिममा पारेर जोगाएका दुई छोरालाई देख्न पाउँदा दुःख मलिन हुन्थ्यो। 'धन्न, छोराहरू बाँचेका रहेछन्, त्यत्रो विपत्तिपछि पनि परिवार देख्न पाएँ,' उनले भने, 'अब मन बुझाउँदैछु, हाँस्न सिक्दैछु।'
बैसाखीको भरमा जीवन गुजार्नु सजिलो छैन। त्यसमाथि पूरै परिवार उनैले धान्नु छ। अपांगता भएकालाई सरकारले सीपमूलक तालिम दिए परिवार पाल्न सजिलो हुने उनी बताउँछन्। 'अब ५ महिनामा खुट्टाको घाउ निको भएपछि नक्कली खुट्टा हाल्नुपर्ला,' उनले भने, 'सरकारले केही सहयोग गरिदेओस्, काम गर्ने जोसजाँगर घटेको छैन, आफ्नै मेहनतले छोराहरूको भविष्य सपार्छु।'
जिल्ला प्रहरी कार्यालयका अनुसार भूकम्पले अपांग बनेका व्यक्तिको संख्या जिल्लामा २५ पुगेको छ। यो संख्या विस्थापित भएर राजधानीको यल्लो गुम्बा पुगेका घाइतेको पनि रहेको प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले बताए।
भूकम्पमा अपांगता हुनेहरूलाई परिचयपत्र र सामान्य राहतबाहेक सरकारले जीवनस्तर उकास्ने कार्यक्रम अघि सारेको छैन। प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल अपांगता भएकालाई पुनःस्थापना केन्द्रमा राख्ने र उपचार गर्ने कार्य मात्र भएको बताउँछन्। 'अपांगता भएकालाई तत्काल कुनै कार्यक्रम आएको छैन, सबैको अवस्था बुझेर बिस्तारै पहल थाल्छौं,' उनले भने। श्रोत : नागरिक