गौशाला, २७ भदौ । स्थानीय प्रशासनबाट असुरक्षित भएको भन्दै महोत्तरीका मधेसी नेता भारत पलायन भएका छन् ।
जिल्लाको मधेशी नेताको घरघरमा स्थानीय प्रशासनले व्यापक रुपमा प्रहरी परिचालन गरी पक्राउ गर्ने, कुटपिट गर्ने र मुद्दा चलाउने कार्य गर्न थालेको आरोप लगाउँदै महोत्तरीका ३५ मधेसी नेता भारतको बिहार राज्यअन्तर्गतको मधुवनी जिल्लाको मधवापुरमा गएर बसेका छन् ।
भारत पलायन हुनेमा तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष अभिराम शर्मा, सद्भावना पार्टीका जिल्ला अध्यक्ष रामबाबु यादव, महामन्त्री देवेन्द्र यादव, लालबाबु यादव, तराई मधेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष नरेन्द्र यादव, केन्द्रीय सदस्य सुरेश पाण्डे, केन्द्रीय उपाध्यक्ष रानी शर्मा, सङ्घीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष रामनरेश राय, केन्द्रीय सदस्य कृष्णशङ्कर साह, पूर्व मन्त्री हरिनारायण यादव, पूर्व सभासद कौशल यादव लगायत ३५ नेता छन् ।
यता महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक काफ्ले र प्रहरी उपरीक्षक शौरभ राणाले नेताहरु भारत पलायन भएको थाहा नभएको र नेताहरुलाई पक्राउ गर्ने त्यस्तो कुनै निर्णय नभएको बताए ।रासस

सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस।

फ्लाई दुबईले सातामा ४५ राष्ट्रका ९० भन्दा बढी शहरमा उडान भर्दै आएको छ । सातामा ४९ वटा विमानमार्फत १ हजार ६ उडान भरिरहेको कम्पनीले जनाएको छ । इमिरेट्सले पहिले दुबई उडान भर्दै आएकोमा पछिल्लो समय फ्लाई दुबईले नेपालमा नियमित उडान भर्दै आएको छ । गल्फ कोअपरेशन काउन्सिलका ६ राष्ट्र, मध्यपूर्व, अफ्रिका, आर्र्मेिनया, अजरबैजान, जर्जिया, इरान, टर्की, रशिया, मध्य एशिया र युरोप लगायतका देशहरुमा फ्लाई दुबईले उडान भर्दै आएको छ ।