काठमाडौँ १२ असोज । सिंगै देश भारतीय नाकाबन्दीविरुद्ध लागेको बेला मधेसी नेताहरुले भने भारतले नभई आफुहरुले देशमा नाकाबन्दी गरिरहेको कुरा सगर्व बताउन थालेका छन् । काठमाडौंले आफुहरुलाई अन्याय गरेकोले त्यसविरुद्ध आन्दोलन गरिरहेको उनीहरुको दाबी छ । उनीहरु काठमाडौंविरुद्ध यसरी चर्काे रुपमा बोलिरहेका छन् कि मानौं उनीहरुको काठमाडौंसँग कुनै साइनो नै छैन । उनीहरुका लागि काठमाडौं नेपालको राजधानी नै होइन ।
तर वास्तविकता भने ठिक त्यसको उल्टो छ । उनीहरुको लागि तराई भन्दा काठमाडौं निकै उर्वर छ । अहिले काठमाडौंलाई नाकाबन्दी गराउने नेताहरुको तराईमा झुपडी र थोत्रा घर मात्र बाँकी छन् । मन्त्री पदमा बस्दा भ्रष्टाचार गरेर काठमाडौंमा उनीहरुले अर्बौ सम्पत्ति जोडेका छन् । अझ केहीका त काठमाडौं ३/४ वटा समेत महल छन् । उनै मधेसी नेताहरु काठमाडौंविरुद्ध आन्दोलन गरेर भारतलाई खुशी पार्दै आएका छन् ।
अहिले आन्दोलनमा लागेका राजेन्द्र महतो, महन्त ठाकुर, उपेन्द्र यादब, हृदयेश त्रिपाठी, शरदसिंह भण्डारी, अनिल झा, बिजय गच्छेदारलगायतका नेताहरुको काठमाडौंमा करोडौं करोडको महल छ । महतोले सिनामंगलको मुख्य सडकमै ठुलो घर बनाएका छन् । जसको मूल्य पचासौं करोड पर्छ भने उपेन्द्र यादबको हात्तिवनस्थित हाउजीङभित्र सुविधा सम्पन्न महल छ ।
अलिल झाको लाजिम्पाटमा करोडौं पर्ने महल छ । बिजय गच्छेदारको सानेपमा त्यस्तै ठुलो घर छ भने शरदसिंह भण्डारीको भैंसेपाटीमा करोडौं पर्ने महल छ । त्यस्तै महन्त ठाकुर सानोठिमीस्थित घरमा बस्छन्, काठमाडौंमा उनको चार वटा घर रहेको उनी निकट स्रोत बताउँछ । त्यस्तै हृययेश त्रिपाठीको पनि भैंसेपाटीमा करोडौं पर्ने घर छ भने सयौं तोला सुन, हिराका गहना भएको उनको सम्पत्ति विवरणमा उल्लेख छ । उनीहरु राजनीतिक अस्थिरताको फाइदा उठाउँदै पटक पटक मन्त्री भइसकेका मधेसी नेता हुन् । तर कसैले एक पटक पनि मधेसी जनताको लागि काम गरेनन् ।
सधैं पैसा कमाउन मात्र उनीहरु केन्द्रीत भए र काठमाडौंमा घर र गाडि जोड्न सफल भए । जसकारण तराईमा उनीहरुको जनाधर खस्कियो, गत संविधानसभा निर्वाचनमा कांग्रेस, एमाले र माओवादीले तराईमा धेरै क्षेत्रमा बिजय हासिल गरे । आफूलाई ठुलो मधेसी नेताहरुलाई मधेसी जनताले धुलो चटाइदिए । तर अहिले उनीहरु नै तीनै मधेसी जनताको नाममा आफ्नो राजनीति बचाउनका लागि देशलाई बन्धक बनाउन लागिपरेका छन् ।
आफुलाई मधेसको महाराजा ठान्ने उनीहरु मधेसी नेताहरुबाटै बहिष्कृत भएका थिए । दुई वर्ष अगाडिको संविधानसभामा राजेन्द्र महतो, उपेन्द्र यादब, महन्थ ठाकुर, हृदयेश त्रिपाठीले तराईका जिल्लामा ठुलो मत अन्तरले कांग्रेस, एमालेका उम्मेवदारसँग चुनाव हारेका थिए ।
यादबले मोरङ–५ बाट, ठाकुरले सर्लाही ६ बाट, महतोले सर्लाही–४ बाट तथा त्रिपाठीले नवलपरासी ६ बाट चुनाव हारेका थिए । त्यस्तै रेणुकुमारी यादब सप्तरी ४, करिमा बेगम पर्सा–१, बबन सिंह रौतहट–१, महेन्द्र राय यादब सर्लाही ४ बाट हारेका थिए ।
मधेसबाट कांग्रेसले ५२, एमालले ३६, एमाओवादीले १२ सिटमा बिजय हासिल गरेका थिए । जबकी मधेसी पार्टीहरुको अवस्था लज्जास्पद छ । तमलोप र लोकतान्त्रिक फोरमले ४/४, फोरम नेपाल र राप्रपाको २/२ र सद्भावना पार्टीले १ सिट मात्र जितेको थियो । यसले तराईका करिब ९० प्रतिशत जनता कांग्रे,एमाले र माओवादीसँग रहेको देखाउछ । तर यतीबेला मधेसी नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थपूर्तीका लागि सर्वसाधरणहरुलाई भाडामा प्रयोग गरेर तराई डेढ महिनादेखि अस्तव्यस्त बनाउदै आएका छन् ।
५० लाख दिने आश्वासन दिएर ४० भन्दा धेरैको ज्यान समेत लिइसकेको छन् । नयाँ संविधानको बारेमा भ्रमात्मक कुराहरु फैलाएर र पैसा बाँढेर अघि बढाएको उनीहरुको आन्दोलन पछिल्लो समय मत्थर हुँदै गएको छ । मधेसी जनताले नयाँ संविधानको वास्तविकता बुझेपछि आन्दोलन असफल भएको हो ।
भारतका लागि नेपालमा राजनीति गरेको आरोप उनीहरुमाथि मधेसकै जनताले लगाउँदै आएको भए पनि तयसको पुष्टि अहिले आएर उनीहरु स्वयंले गरेका छन् ।
यो भन्दा निर्लज्जता राजनीतिमा अरु के हुनसक्छ ? बिहारका लालुप्रसाद यादवभन्दा तल झरेर उनीहरुले राजनीति गरिरहेका छन् । अब बिहारीले पनि लालुको बिहार कस्तो थियो भन्ने दृश्य हेर्न नेपाल आउनुपर्ने भएको छ । यो लालुको बेइज्जती होइन, सिंगो नेपालीको बेइज्जती हो । राष्ट्रिय अस्मितामाथि धावा बोल्ने यी नेताहरुको असली रुप आगामी दिनमा झन् प्रष्टसँग देखिने नै छ ।आजको दृष्टि साप्ताहिकमा खबर छ ।