Saturday, February 6, 2016

ताइवानमा भूकम्पमा परी १४ जनाको ज्यान गएको छ

0 comments
ताइपेई, २३ माघ, शनिबार बिहानीपख गएको शक्तिशाली भूकम्पमा परी १४ जनाको ज्यान गएको छ । ताइवानमा नयाँ वर्षको समारोहको आयोजना गर्ने समयमा भूकम्पले दिएको धक्कामा परी कम्तीमा पनि चौधको ज्यान गएको प्रहरीले जानकारी दिएको हो । प्रहरी, सेना र ठूलो सङ्ख्याका उद्वारकर्ताले उद्वारकार्य जारी राखेको पनि सो समाचारमा बताइएको छ । शनिबार बिहान गएको ६.४ रिक्टर स्केलको सो भूकम्पका कारण मध्य ताइपेइको एक ठूलो भवन भत्किएको थियो । सोही भवनमा परी ती व्यक्तिको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । मध्ये ताइपेइमा चारवटा आवासीय घर भत्किएका छन् । ती घरमा परी अरु पनि करिब ३० जना व्यक्ति अझैपनि च्यापिएर रहेको बताइएको छ । उनीहरुको उद्वारको कार्य जारी रहेको छ । तर पनि भग्नावशेषबाट ती व्यक्तिलाई झिक्न सकिएको छैन । सो भूकम्पका कारण भएको भागाभागमा परी दर्जनौँ व्यक्ति घाइते पनि भएका छन् । ती भागाभागमा परी केही व्यक्तिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । शनिबार बिहानीपखको सो भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण भने आउन सकिरहेको छैन ।



नुवाकोटमा माइक्रोबस दुर्घटना हुँदा ११ जनाको मृतु भएको छ

0 comments
त्रिशूली (नुवाकोट), २३ माघ । काठमाडौँबाट त्रिशूलीतर्फ आउँदै गरेको बा१ज ७५८३ नंको माइक्रोवस पासाङल्हामु राजमार्गको मदानपुर–८ केउरिनीमा आज दिउँसो १२ बजेनीर दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । दुर्घटनामा परी १२ जना घाइते भएका छन् । क्षमताभन्दा बढी यात्रु सवार माइक्रोबस सडकदेखि २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी चालक बेलकोट–२ घर भएका २२ वर्षीय दामोदर कँडेलको सनाखत भएको छ । दुर्घटनास्थलमा त्रिशूली सैन्य तालिम केन्द्रमा तालिम लिइरहेका सैनिक रिक्रुट सन्तोष बोगटी, ईश्वर कार्की, यशोदा कार्की र रामेछापकी लक्ष्मी श्रेष्ठको परिचयपत्र फेला परेपछि उनीहरु मृतक हुन् या घाइते खुलिनसकेको नुवाकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सिद्धिविक्रम शाहले बताउनुभयो । तेइसजना यात्रु बोकेर नुवाकोटको त्रिशूली आउँदै गरेको माइक्रोबसमा अधिकांश नेपाली सेनामा तालिमरत सिपाहीहरु रहेको बताइएको छ । शुक्रबार बिदामा आएर शनिबार फर्कने क्रममा उनीहरु दुर्घटनामा परेका हुन् । दुर्घटनामा छजना शैन्य तालिम केन्द्र त्रिशूलीमा तालिम लिँदै गरेका र बाँकी सर्वसाधारण रहेको प्रहरीले जनाएको छ । नेपाली सेनाको सैन्य तालिम केन्द्र मैथलीले पनि तालिमरत जवानहरु दुर्घटनामा परे पनि मृतकहरु को को हुन् भन्ने बारेमा भन्न नसकिने प्रतिक्रिया दिएको छ । तालिम केन्द्रका मेजर अर्जुन थापाले मृतक र घाइतेहरुको पहिचानका लागि प्रयास भइरहेको बताउँदै पूर्ण विवरण दिन नसकिने प्रतिक्रिया दिनुभयो । दुर्घटनास्थलमा आठजना र तीनजनाको काठमाडौँको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको हो । घाइतेहरु पाँचजनालाई हेलिकप्टरबाट राजधानीमा उपचार गर्न लगिएको छ । दशजना घाइतेलाई बसबाट राजधानी लगिएको छ । घाइतेहरुको ट्रमा सेन्टर र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस


मिस तामाङ पोखरा– २०१६ निमा तामाङले जितीन

0 comments

२०७२ माघ २२। सोनाम ल्होछार  २८५२ माकर (टे) ल्हो (बाँदर वर्ग) को अवसरमा बैदाम तामाङ समाज द्वारा आयोजित मिस तामाङ पोखरा– २०१६ को उपाधि लेक साइडकी निमा तामाङले जितेकी छिन । उपाधि सहित उनले मिस पर्सनालिटीको उपाधि पनि हात पारेकी छिन् । फस्र्ट रनर्सअपको साथमा मुना स्याङ्बो तामाङले भ्युअर्स च्वाइस तथा बेस्ट कस्ट्युमको उपाधि जितेकी  छन्  । यस्तै सेकेन्ड रनर्सअप गीता लामा  तामाङले  मिस ट्यालेन्टको उपाधि जितेकी छन्।

प्रतियोगितामा अन्य उपाधिहरु  मिस कन्फिडेन्ट डोल्मा लामा तामाङ, मिस फोटोजेनिक बिपना लामा तामाङ , मिस डिसिप्लिन सोनी योञ्जन तामाङ,ब्युटिफुल स्किन तथा स्माइल जानुका घिसिङ तामाङ, मिस ब्युटिफुल आई आस्मा लामा तामाङ ,  मिस ब्युटिफुल हेयर जिना तामाङ, मिस बेस्ट तामाङ ल्याङ्वेज उत्साह लोप्चन तामाङ, मिस क्याटवाक मनीषा तामाङ, मिस पर्फमर सोनी दोङ तामाङले  हात पारिन् ।

प्रतियोगिताको मुख्य निर्णायकमा पूर्व मिस नेपाल नीलिमा गुरुङ थिइन् । कार्यक्रममा इन्दिरा गोले गुरुङ, शुक्र लामा तामाङ  र  सञ्जीव लामा तामाङले  सांगीतिक प्रस्तुतिको  साथै एसके डान्स एन्ड एरोविक एवं सिम्पानी तामाङ समाजले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । श्रोत तामाङ् अनलाईन

Hot Sexy Jyoti Magar New Video || Dohori Ma Rap

0 comments

Suhaula Ra Dohori Ma Rap
Singer – Khuman Adhikari & Samjhana Magar
Lyrics – Baburam Bohora
Music – Khuman Adhikari
Artist – Baburam Bohora & Jyoti Magar
Post Prod. – Krishna Films & Advertising
Director – Shankar B.C
VIDEO

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Harke Haldar 03 Feb 2016

0 comments

२० माघ २०७२ बुधबार राती कान्तिपुर टि. भी. बाट प्रशारित हाँस्य टेली फिल्म हर्के हल्दार २५०औ भागको भिडियो हेर्नुहोस। श्रोत : कान्तिपुर TV
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Ditha Sab 30 Jan 2016

0 comments

२०७२ माघ १६ शनिबार बेलुकी कान्तिपुर TV बाट प्रशारित मनोरंजनात्मक कमेड़ी टेली फिल्म डिटठा साब भाग १३७ हेर्नुहोस।

Video
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Wednesday, February 3, 2016

TOUGH talk with Jhalanath Khanal

0 comments

बुधबार २० माघ २०७२ मा कान्तिपुर टि.भी.बाट प्रशाशित TOUGH TALK मा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका शिर्ष नेता झलनाथ खनालसँग दिल भुषण पाठकले गरिएको कुराकानी हेर्नुहोस। श्रोत साभार : TOUGH talk with Dil Bhusan Pathak/कान्तिपुर टिभी।

VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Tuesday, February 2, 2016

Dhamala Ko Hamala with Rameshwor Khanal

0 comments

१७ माघ २०७२ अईतबार बेलुकी हिमालयन टिभीबाट प्रशारित धमलाको हमलामा अर्थबिद तथा राजनीतिक क्षेत्रमा नेपाली कांग्रेस हुदै बाबुराम भट्टराईको नयाँ शक्तिमा निकट व्यक्ति रामेस्वर खनालसँग ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ रामेस्वर खनालका साथ हेर्नुहोस". श्रोत : हिमालयन TV.
VIDEO
  DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

डिएसपीसहित तीन प्रहरीलाई घुस लिँदा लिँदै सोमबार राति रंगेहात पक्राउ

0 comments

 काठमाडौं, १९ माघ । नेपाल प्रहरीका एक डिएसपीसहित तीन प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदा लिँदै सोमबार राति रंगेहात पक्राउ गरेको छ ।
 ललितपुरको जावलाखेलस्थित सेन्ट मेरिजको गेट अगाडिको थाई घर रेस्टुरेन्टमा एक पेट्रोल पम्प सञ्चालकबाट घुस लिँदा लिँदै डिएसपी दयानन्द (डिएन) ज्ञवालीसहित दुर्इ प्रहरीलाई अख्तियारले सोमबार राति पक्राउ गरेको हो ।
 ललितपुरको एकान्तकुनास्थित जावलाखेल पेट्रोल पम्पका सञ्चालकबाट मुद्दा मिलाइदिने भन्दै ३ लाख घुस लिँदै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
 अख्तियारको टोलीले डिएसपी ज्ञवाली र इन्स्पेक्टर रमेशकुमार सिंहको साथबाट ३ लाख रुपैयाँ बरामद गरेको छ ।
 त्यसैगरी सई लालमणि पाण्डेलार्इ अख्तियारको टोलीले डेढ लाख रुपैयाँ घुससहित कलंकीबाट सोमबार राति नै पक्राउ गरेको छ ।
 घुससहित पक्राउ परेका तीनैजनालाई टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालयको हिरासतमा राखेको छ ।

मलेसियालीमा कामदारहरुबाट लिँदै आएको लेभी शुल्क वृद्धि भयो

0 comments

माघ १८, २०७२- मलेसियाली सरकारले यहाँ कार्यरत विदेशी कामदारहरुबाट लिँदै आएको लेभी शुल्क वृद्धि गरेको छ ।
सार्वजनिक गरिएको शुल्क अनुसार निर्माण, उत्पादन र सेवा क्षेत्रमा यसअघि प्रति कामदार वार्षिक १८५०, १२५० र १८५० रिंगिट लिँदै आएकोमा अब उक्त शुल्क बढाएर २५ सय रिंगिट पुर्‍याइएको छ ।
यस्तै प्लान्टटेशन र कृषि क्षेत्रमा कार्यरत कामदारका लागि वार्षिक क्रमश: ५९० र ४१० रिंगिट लिँदै आएकोमा त्यसलाई बढाएर १५ सय रिंगिट पुर्‍याइएको सरकारी स्रोतलाई उल्लेख गर्दै स्थानिय संचारमाध्यमले बताएका छन् ।
मलेसियाले लेभी वापत यसअघि फरकफरक शुल्क लिँदै आएको भएपनि यसपटकदेखि दुई वटा शुल्क निर्धारण गरेको हो । उक्त नीति सोमबारदेखि (फेब्रुवरी १) देखि लागु हुने उपप्रधानमन्त्री डा. अहमदजहिद हमिदीलाई उल्लेख गर्दै स्थानीय संचारमाध्यमले बताएका छन् । यससँगै अब वैध रुपमा कार्यरत लाखौं नेपालीको गरि थप करोडौं रुपैयाँ रकम लेभीबापत मलेसियालाई जानेछ ।
मलेसियाले नेपालसहित थाइल्याण्ड, इण्डोनेसिया, कम्बोडिया, म्यानमार, लावस, भियतनाम, पाकिस्तान, श्रीलंका, बंगलादेश लगायत मुलुकहरुबाट कामदार लिँदै आएको छ ।
यहाँ कार्यरत करिब २१ लाख वैध विदेशी कामदारबाट करिब अढाई विलियन रिंगिट थप आम्दानी हुने उपप्रधानमन्त्री हमिदीले बताए ।
मलेसियाले यसअघि दुईपटक लेभीसम्बन्धी नीतिमा परिवर्तन गरेको थियो । उसले यसअघि कामदारसित लिँदै आएको लेभी सन् २००९ अप्रिल १ देखि लागु हुने गरी रोजगारदाताले तिर्नुपर्ने प्रावधान ल्याएको थियो । त्यसपछि पुन २०१३ जनवरी १देखि न्युनतम पारिश्रमिक मासिक ९ सय रिंगिट लागु गरेसँगै पुन: कामदारले नै तिर्नुपर्ने गरि उक्त प्रावधान उल्ट्याइएको थियो । हाल कामदारले नै लेभी तिर्दै आएका छन् ।
स्रोतका अनुसार मलेसियाले आगामी जुलाईदेखि मासिक हजार रिंगिट न्युनतम पारिश्रमिक पनि लागु गर्दैछ । पारिश्रमिक मासिक एकसय रिंगिट बढाउने भएपनि लेभी रकम वृद्धि हुँदा कामदारलाई थप लेभीभार पर्ने देखिएको छ ।

Monday, February 1, 2016

नेपाल प्रहरीमा ५,४४४ जना जवान पदका लागि नयाँ भर्ना खुल्यो

0 comments

१८ माघ काठमाडौं । नेपाल प्रहरीले नयाँ भर्ना खुलाएको छ । प्रहरीले ५ हजार ४ सय ४४ जना जवान पदका लागि नयाँ भर्ना खुलाएको मानव स्रोत विकास तथा भर्ना छनौट शालाले जानकारी दिएको छ ।

दरखास्त आब्हान दिनेले उपत्यकाका ३ वटै प्रहरी परिसर र क्षेत्रिय कार्यालयबाट दिन सक्नेछन् ।जसमध्ये खुल्लातर्फ २ हजार ९ सय ३४ जना, मधेसीबाट ६ सय ७२, महिला ४ सय ८० छन् । त्यसैगरी दलित ३ सय ६०, पिछडिएको क्षेत्रबाट १ सय २१, अमर र अशक्त प्रहरी परिवारबाट १सय ९, आदिवासी जनजातिबाट ६सय ६८ जनाका लागि भर्ना खुलाईएको प्रहरीले बताएको छ ।


अन्य जानकारिको लागी यो लिंकमा क्लिक गर्नुहोला ।

महिलालाई यौन शोषण बैँकका हाकिम रिहा, चालक जेल चलान

0 comments
एक महिलालाई यौनशोषण गरेको आरोपमा पक्राउ परेका कृषि विकास बैँकका तीन कर्मचारी धरौटीमा छुटेका छन्। चालक भने जेल चलाउन भएका छन्।

 कृषि विकास बैँक पुतलीसडक शाखाका कर्मचारीहरु गेहनाथ पौडेल, स्थानेश्वर पन्थी र रमेशकुमार भट्टराई ४५–४५ हजार धरौटी राखेर छुटेका छन्। चालक भाइचा महर्जनलाई भने काठमाडौ जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको छ।
 एक ऋणी महिलालाई विभिन्न प्रलोभनमा पारी यौनशोषण गरेको जाहेरी परेपछि महानगरीय प्रहरी परिसर काठमाडौंले चारैजनालाई पक्राउ गरी मानव बेचविखनविरुद्ध मुद्दा चलाएको थियो । महिलाले जबर्जस्ती करणी मुद्दा चलाउन खाजेपनि हदम्याद नाघेकाले प्रहरीले मानब बेचविखन मुद्दा चलाएको हो।
 सोही मुद्दामा अदालतले गत शुक्रवार बैँकका ठूला कर्मचारीलाई धरौटीमा रिहा गरेको हो भने चालक महर्जनलाई थुनामा पठाएको हो।- नयाँ पत्रिका दैनिकबाट

इजरायलको कमाईले ठडियो घर, तर पुरा भएन परिवारसँगै बस्ने रहर

0 comments

पोखरा, माघ १८ – रोजगारीका लागि इजरायल पुगेका कास्कीका मनबहादुर थापा मगर प्राय सधैं घरमा फोन गर्नुहुन्थ्यो । बेलुकी ड्युटीबाट फर्किएपछि र बिहान ड्युडीमा जाने बेला परिवारसँग कुरा नगरि चित्तै बुझ्दैनथ्यो ।
घरबाट मिसकल मात्रै आउँथ्यो । फोन उतैबाट गर्नुहुन्थ्यो । तर गएको पुस १५ गते बिहान ४ बजे घरबाट आएको फोनको लामै रिङटोन बज्यो । मनबहादुरलाई निन्द्राले राम्रोसँग छाडेकै थिएन । अल्छी मान्दै फोनतिर हेर्नुभयो । भान्जाले गर्नु भएको रहेछ । फोन उठाएर हेलो भन्न नपाउँदै भान्जाले भन्नुभयो, ‘विद्युत सर्ट भएर घटना घट्यो मामा तत्काल घर फर्किनु पर्‍यो ।’ सानोतिनो घटना भएछ क्यार भन्ने सोच्दै फोन काट्नुभयो र अर्कापट्टि फर्किएर निदाउने प्रयास गर्नुभयो । तर निन्द्रा लागेन । फोन बारम्बार आइरहेको थियो । घरबाट सधैं मिसकल आएपनि यस्तो राति कहिले पनि आउँदैनथ्यो ।
निन्द्रा नलागेपछि उहाँले फोनमा कुरा गर्नुभयो । घरमा श्रीमती र छोरोसहित चार जनाको ज्यान गएको खबर सुनाए । फोन छाडेर मनबहादुर मुर्छा परेर ढल्नुभयो । साथीहरुले थाहा पाएर उहाँलाई सम्हाले । मगर संघ इजरायलले घर फर्काउन पहल गर्‍यो । रोजगारीका लागि इजरायल पुगेका मनबहादुर एक्कासी घर फर्कने बाटो लाग्नुभयो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंमा भान्जाहरु लिन आएका थिए ।


घरमा आगो लागेको तीन दिनपछि दिउँसो २ बजे पोखरा उपमहानगरपालीका १४ चाउथेमा रहेको घरमा पुग्दा मान्छेहरु बाक्लै भेला भएका थिए । घरमा मुडो झैं ढलिरहेका श्रीमती, छोरो, सासु र दिदीकी छोरीलाई देख्नुभयो । मृतक शरिरलाई झाँक हाल्दै फेरि मुर्छित हुनुभयो । मनबहादुर फर्किएपछि मात्रै संस्कार ग र्ने भन्दै तीनदिन सम्म शव राखिएको थियो । मनबहादुर पुगेपछि आफन्त र गाउँलेहरुले संस्कार्न तयारी थाले । मनबहादुर डाको छाडेर रोहिरहनुभयो …. ।
पुरानो थलो स्याङजा भएपनि मनबहादुर पोखरामै बस्दै आउनुभएको थियो । आफन्तहरु पोखरामा खासै थिएनन् । आफूले परदेशको कमाइले जोडेको अढाई तले घर थियो । श्रीमती र दश वर्षिय एक छोरा थिए । पुस १५ गते राती घरमा पाउना आएका थिए । सिताकी आमा गंगाकुमारी र दिदीकी छोरी बसन्ती । छिमेकमा मरो परेको थियो । उनीहरु बेलैमा खाना खाएर सुत्ने सुरसारमा लागेका थिए ।
दोश्रो तलामा रहेको बैठक कोठामा मोवाइल चार्जमा छाडेर सबै झ्याल ढोका बन्द गरेर पल्लो कोठामा सुते । चारै जना एउटै कोठमा सुतेका थिए । भाडा लिएर बस्ने अरु तल्लो तलामा थिए । हरेक दिन बिहान सबेरै उठ्ने सिताको त्यो दिन चहलपहल देखिएन । १० वर्षे छोरो सिमान्त प्राय बाहिर खेलिरहेको देखिन्थ्यो । त्यो दिन उसको पनि चालचुल थिएन । घरबेटी बिहान ७ बजेसम्म पनि नदेखेपछि घरमा डेरामा बस्नेले यता उता हेरे । सबै झ्याल ढोका भित्रबाट बन्द थिए । छिमेकीलाई सुनाए । नयाँ बन्दै गरेको विमानस्थलको पुर्वपट्टि रहेको घरमा हल्लाखल्ला मच्चियो । प्रहरीलाई खबर गरे । प्रहरी आएपछि छिमेकी र प्रहरीले छिमेकको घरबाट झ्याल फुटाएर हेरे । भित्र धुँवाको कुइरिमण्डल थियो । चारै जना लम्पसार थिए । राति चार्जमा रहेको मोवाइलबाट बैठक कोठामा आगोलागी भएछ । झ्याल ढोका बन्द भएकाले धुँवा भित्र फैलिएपछि निस्सासिएर उनीहरुको ज्यान गएको रहेछ ।
इजरायलमा कमाएको पैसाले बनेको थियो घर मनबहादुर यसअघि साढे छ वर्ष कतार बसेर खाली हात घर फर्किनु भएको थियो । पछि केअर गिभरमा छ लाख रुपैयाँ तिरेर इजरायल जानुभयो । कमाई राम्रो भयो । छुट्टीमा बेला बेला घर फर्कनु हुन्थ्यो । श्रीमती सिताले नै घर व्यवहार हेर्ने र कमाएर पठाएको रकमको सदुपयोग देख्दा मनबहादुरलाई खुव सन्तुष्टि मिल्थ्यो । आजै गएर कमाएर पठाउ जस्तो लाग्थ्यो । इजरायलमा कामएको पैसाले नै पोखारमा जग्गा किनेका मनबहादुरले तीन वर्षअघि छुट्टीमा आएको बेला एक तले भएपनि घर बनाउने सल्लाह गर्नु भएको थियो ।
घर कस्तो बनाउने भन्ने कुरा हुँदा सिताले भनेका कुरा मनबाहादुरले सम्झनुभयो ‘हजुर कमाउनु मात्रै न कस्तो बनाउने भन्ने चिन्ता नगर्दा हुन्छ म छँदै छु नी ।’ नभन्दै दुई वर्षअघि सिताकै डिजाइनमा घर निर्माण सुरु भएको थियो । ६० लाख रुपैयाँको लागतमा सीताले साढे दुई तले घर बनाउनु भएको थियो । तर बिडम्बना श्रीमानले कमाएको पैसालाई सदुपयोग गरेर सीताले बनाएको घरमा यो दम्पतीले सँगै बस्ननै पाएन । घर बनाउँदाको केहि ऋण अझै तिर्न बाँकी छ । त्यहि भएर केहि महिना अझै बसेर ऋण सकेपछि मात्रै फर्किने सोच थियो मनबहादुरको । तर त्यसो हुन सकेन ।
परिवारको अन्तिम बिदाईका लागि आकस्मिक घर फर्किनु पर्‍यो । मनबहादुर अहिले न निदाउन सक्नु भएको छ न त आँखा खोल्न नै । टोलाएरै वितिरहेका छन् दिन रात । जता गएपनि श्रीमती र छोरालाई मात्रै देख्नुहुन्छ । भावुक हुँदै उहाँले भन्नुभयो ‘झलझली आँखामा उनीहरुकै मात्र तस्बिर आउँछ । सपना जस्तो लाग्छ । आफ्नो घरमा छुईंन जस्तो लाग्छ । तर जे नहुनु भै सक्यो ।’
श्रीमती र प्यारो छोरा गुमाएको एक महिना बितिसकेको छ । अव सधैं पीरले मात्र चल्दैन । फेरि घर बनाउँदाको ऋण पनि तिर्न बाँकी नै छ । इजरायलमा काम गरेको ठाउँबाट पनि उहाँलाई बोलाइरहेका छन् । मगर संघ इजरायलले आउँदो फागुन ६ गते फर्किने टिकट पनि मिलाई दिएको छ । उहाँ आफन्तको वियोगको पीडा भुल्दै इजरायल फर्कने तयारीमा हुनुहुन्छ । तर उहाँले घर रुघ्ने मान्छे पाउनु भएको छैन । ‘इजरायल त जानै पर्छ’ मनबाहादुरले भन्नुभयो ‘तर यो घर कसलाई जिम्मा लगाएर जाउँ ?’ साभार – उज्यालोअनलाइन् ।

लामखुट्टेबाट सर्ने जिका भाइरस र यसको बारेमा सबैले जान्ने पर्नेकुराहरु

0 comments

लामखुट्टेबाट सर्ने ‘जिका भाइरस’ सबैभन्दा पहिला सन् २००७ मा प्यासिफिकमा देखा परेको थियो। त्यसपछि सन् २०१३ मा फ्रान्सेली राज्यहरूमा देखिएको रिपोर्ट आएको थियो भने सन् २०१५ मा अमेरिकी मुलुक (ब्राजिल र कोलम्बिया) र अफ्रिकी मुलुकमा यो भाइरसको बिगबिगी छाएको र हाल, २२ भन्दा बढि अमेरिकी देशहरूमा जिका भाइरसले सङ्क्रमण गराइसकेको छ भने यो अझै फैलिने क्रममा रहेको विज्ञहरू बताउँछन्।

जिका भाइरसको बारेमा सबैले जान्नै पर्ने कुराहरू यस प्रकार रहेका छन्ः
•‘जिका भाइरस’ (Zika Virus) ‘एडिज लामखुट्टे’बाट सर्ने भाइरसको नाम हो।
•यस भाइरसबाट सङ्क्रमीत व्यक्तिहरूमा साधारण ज्वरो आउने, छाला रातो भएर पासेको जस्तो हुने अनि आँखाको सेतो भागमा सङ्क्रमण हुने जस्ता लक्षणहरू देखा पर्दछ। यी लक्षणहरू साधारणतयाः २ देखि ७ दिनसम्म देखा पर्ने चिकित्सकहरू बताउँछन्।
•यस भाइरसको लागी हाल कुनै पनि उपचार अथवा खोप बनिसकेको छैन।
•हाल, यसको रोकथाम गर्ने एउटै विधि भनेको लामखुट्टेको टोकाइबाट बच्ने नै हो।
•यो भाइरस अफ्रिका, अमेरिका, एसिया र प्यासिफिकमा फैलिसकेको पत्ता लागेको छ।

सङ्केत तथा लक्षणहरूः
•यसबाट सङ्क्रमण भैसकेपछि डुङ्ग्यूको जस्तै हलुका ज्वरो आउने, छाला चिलाउने, आँखाको सेतो भागमा सङ्क्रमण हुने, मांशपेसी तथा जोर्नीहरू दुख्ने, टाउको दुख्ने लक्षणहरू देखा पर्दछन्। साधारणतयाः यी लक्षणहरू २ देखि ७ दिनसम्म देखा पर्दछन्।
•जिका भाइरसको बारेमा अध्ययन गरिरहेका स्वास्थ्य एजेन्सीहरूले जिका भाइरस र ‘माइक्रोसेफली’को बीचमा बलियो सम्बन्ध फेला पारेका छन्। ‘माइक्रोसेफली’ (Microcephaly) यस्तो शारीरिक अवस्था हो, जसले गर्दा नवजात शिशुहरूको टाउको जन्मिँदै देखि सानो हुने र पछि मस्तिष्कको विकासमा बाधा पुग्ने गर्दछ।


सर्ने माध्यम
•जिका भाइरसबाट सङ्क्रमीत लामखुट्टे (एडिज जिन भएका) को टोकाइबाट यो भाइरस मानिसहरूमा सर्ने गर्दछ। यो त्यहि लामखुट्टे हो जसले डेङ्ग्यू तथा पहेँले ज्वरो ल्याउँछ।
पत्ता लगाउने विधि
•पिसीआर (PCR- Polymerase chain reaction) र रगत जाँच गरेर शरीरमा जिका भाइरस छ कि छैन भनेर पत्ता लगाउन सकिन्छ।

रोकथाम
•लामखुट्टे फैलिने स्थल (जस्तै; फोहोर पानी जमेको ठाउँ) बाट जिका भाइरस आउन सक्दछ। त्यसैले घर वरिपरी फोहोर पानी जमेको ठाउँहरू छन् भने त्यसलाई हटाउने, राती सुत्दा झुल लगाएर अथवा लामखुट्टे धपाउने धुप बालेर अनि शरीरको अधिकांश भागलाई पातलो लुगाले ढाकेर सुत्नुपर्दछ। जसरी हुन्छ, लामुखुट्टेको टोकाइबाट बच्नु नै यो सङ्क्रमणको रोकथाम विधि हुन जान्छ।

उजेलीले उच्च शिक्षा सम्मको अध्ययन र होस्टेलमा बस्ने अबसर पाउने भईन

0 comments
१८ माघ २०७२ - बीबीसीको साझा  सवाल  कार्यक्रममा मोटर  सम्म चढ्न  नपाएको , शहरमा  ठुला ठुला घर,महल  हुन्छन् भन्ने  सुनेको , अग्लो  धरहरा छ भने  सुनेको तर  गत  बैशाख महिनामा  गएको शक्तिशाली भूकम्पले ढलेको भन्ने जानकारी समेत पक्का नभएकी एक अन्जान गाउँले बालिका सिन्धुपाल्चोक जिल्लाको  सदरमुकाम चौतारा नजिकै भूकम्पबाट  पिडित भई शेलाङ भन्ने बस्तीमा अस्थाई   बसोवास  छाप्रोमा गुहार चलाई रहेको उजेली (फुर्व सङ्मो तामाङ) ले उच्च शिक्षा सम्मको अध्ययन र होस्टेलमा बस्ने अबसर  पाएकी  छिन्। उनीलाई United‬ OneWorld Group (Genesis Academy Bouddha and T & L Family: Thelma & Lousie Nepal तथा Thelma & Lousie Expedition, Australia, France) ले  सम्पूर्ण  व्यवस्थापन मिलाएको बारेमा ‘अति हर्षका साथ सम्पूर्ण उजेलीको शुभचिन्तकहरुलाई यो सुचित गर्दछौं” भन्दै समाजसेवी  बुद्ध छिरीङ मोक्तान तामाङले फेसबुक मार्फत  जानकारी दिनु भएको छ। 

निज  उलेजी स्वास्थ्य रुपमा पनि रोगी रहेको जानकारी यस अघि नै जानकारी आईसकेको छ | उनको  रोग  सम्बन्धि  पत्ता  लागेर छिटै उपचार नहोला  भन्न सकिन्न | बीबीसी सवालमा उनीले व्यक्त गरेको भावाना “यो  गाउँको मान्छेले जिन्दगीभर कहिले पनि सुख पाउदैन ? के  हामीले सधै दु:ख  दु:ख  भोग्नुपर्छ ” प्रश्नले सारा  नेपालीहरुको ध्यानाकर्षण भएको थियो।
बीबीसी  साझा सवालमा  देखा परेका ‘गुरुङ्ग बा’ मार्फत सो निर्णयको जानकारी उजेलीको परिवारलाई जानकारी  गराई सकेको र  आज बिहान  बुद्ध छिरीङ मोक्तान तामाङ र  भिम रुम्बा तामाङ ‘उजेली’को काठमाडौं आगमनको व्यवस्था मिलाउन शेलाङ जाने भएको छ  ।
बीबीसी  साझा सबाल टिमलाई अभियान्ता समुहले  धन्यवाद व्यक्त गरेको छ।

लोडसेडिङ फेरि बढ्यो हप्तामा ९३ घन्टा भयो

0 comments

नेपाल विद्युत प्राधिकरण ले लोडसेडिङको समय फेरि बढाएको छ।

सोमबारदेखि लागू हुने गरी हप्तामा ९३ घन्टा लोडसेडिङको समय बढाइएको विद्युत प्राधिकरणले जनाएको छ।

यसअघि दैनिक १२ घण्टा लोडसेडिङ हुँदै आएकोमा अब सोमबारदेखि हप्तामा पाँच दिन १३ घन्टा र दुई दिन १४ घन्टा लोडसेडिङ हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

सुख्यायाम नदीमा पानीको बहाव कम भएकाले लोडसेडिङको समय बढाउनु परेको प्राधिकरणले जनाएको छ।

Sunday, January 31, 2016

Singha Durbar - Episode 12

0 comments

महिला नेतृत्व र काम कुनै पनि अन्य पुरुष भन्दा कम छैन भन्ने सन्देस स्वरुप पहिलो महिला प्रधानमन्त्रीको रुपमा कलाकार गौरी मल्ल अभिनीत नेपाल टेलिभिजनबाट २०७२ मंसीर १७ आइतवार बिलुकी प्रसारीत सिंहदरबार टेली फिल्म भाग १२ हेर्नुहोला।
VIDEO
Singha Durbar - Episode 12
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sajha Sawal Episode-429

0 comments

१७ माघ २०७२ आइतबार कान्तिपुर टि.भी.बाट प्रशारित "साझा सवाल" भाग ४२९ मा रोजगारी पाउन के कस्तो ज्ञान , शिक्षा , तालिम लिने भन्ने सम्बन्धमा प्रभिधीक शिक्षा तथा ब्यबसायीक तालिम  परिषदका उपाध्यक्ष कुल बहादुर बस्न्यात , प्रभिधीक शिक्षा तथा तालिम बिज्ञ उषा भण्डारी र अन्य सहभागीहरुको बिच गरिएको साझा बहस रोजगारीकालागि सीपमुलक तालिम हेर्नुहोस । श्रोत : कान्तिपुर टि.भी.साझा सवाल

VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Wednesday, January 27, 2016

Singha Durbar - Episode 11

0 comments

महिला नेतृत्व र काम कुनै पनि अन्य पुरुष भन्दा कम छैन भन्ने सन्देस स्वरुप पहिलो महिला प्रधानमन्त्रीको रुपमा कलाकार गौरी मल्ल अभिनीत नेपाल टेलिभिजनबाट २०७२ मंसीर १० आइतवार बिलुकी प्रसारीत सिंहदरबार टेली फिल्म भाग ११ हेर्नुहोला।
VIDEO
Singha Durbar - Episode 11
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

TOUGH talk with Karishma Manandhar

0 comments

बुधबार १३ माघ २०७२ मा कान्तिपुर टि.भी.बाट प्रशाशित TOUGH TALK मा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको नयाँ शक्तिमा आबद्द तथा नेपाली नेपाली चलचित्रका नायिका करिस्मा मानन्धर सँग दिल भुषण पाठकले गरिएको कुराकानी हेर्नुहोस। श्रोत साभार : TOUGH talk with Dil Bhusan Pathak/कान्तिपुर टिभी।

VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Harke Haldar 27 Jan 2016

0 comments

१३ माघ २०७२ बुधबार राती कान्तिपुर टि. भी. बाट प्रशारित हाँस्य टेली फिल्म हर्के हल्दार २४९औ भागको भिडियो हेर्नुहोस। श्रोत : कान्तिपुर TV
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

नेपालमा सबैभन्दा भ्रष्ट नेता, सरकारी कर्मचारी, प्रहरी, वकिल र न्यायाधीश

0 comments

काठमाडौँ, १३ माघ । शासनसत्ताको केन्द्रविन्दुमा रहेका राजनीतिकर्मी र निजामती कर्मचारीबाटै मुलुकको सबैभन्दा धेरै भ्रष्टाचार भइरहेको एक अध्ययनले देखाएको छ ।

 एनआरबीले मुलुकका ३३ जिल्लाका १ हजार ७० जना विभिन्न क्षेत्रका नागरिकबीच गरेको सर्वेक्षणले राजनीतिकर्मी र सरकारी कर्मचारी सबैभन्दा बढी भ्रष्टाचारमा लिप्त रहेको देखाएको हो ।

नेता र कर्मचारीपछि शान्ति सुरक्षाको जिम्मेवारी लिएका प्रहरी दोस्रो नम्बरका भ्रष्टाचारी औँल्याइएको छ । अध्ययन नतिजाले न्यायसम्पादन क्षेत्रका न्यायाधीश र उनीहरुलाई न्यायकर्ममा सघाउने वकिललाई तेस्रो नम्बरमा भ्रष्ट देखाएको छ ।

सर्वेक्षणमा समाबेश भएकाहरुले चौथो नम्बरमा समाजसेवामा पगरी गुथेका गैरसरकारी संथामा कार्यरत एनजीओकर्मीलाई औँल्याए । सर्बेक्षणबाट प्राप्त तथ्यांकमा राजनीतिकर्मीलाई ८४ प्रतिशत, सरकारी कर्मचारीलाई ८२ र प्रहरीलाई ६१ प्रतिशतले भ्रष्टाचारी देखिएको नागरिक दैनिकमा समाचार छ ।

Monday, January 25, 2016

Dhamala Ko Hamala with CP Mainali

0 comments

१० माघ २०७२ अईतबार बेलुकी हिमालयन टिभीबाट प्रशारित धमलाको हमलामा उपप्रधान, महिला, बालबालिका तथा समाजकल्याण मन्त्री तथा नेकपा मालेका महासचिब  सिपी मैनालीसँग बरिस्ट पत्रकार ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ मन्त्री सिपी मैनालीका साथ हेर्नुहोस". श्रोत : हिमालयन TV.
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

चिनीया कम्पनीले भेरी नदी किनारमा सुनखानीको सम्भाव्यता अध्ययन थालेको छ

0 comments
   

     जाजरकोट, ११ माघ । भेरी नदीको किनारमा एक चिनियाँ कम्पनीले सुनखानीको सम्भाव्यता अध्ययन थालेको छ । जाजरकोटको खलङ्गा धल्ला र जगतिपुर मटेलास्थित भेरी नदीको बगरमा चिनियाँ कम्पनी धर्मश्री माइनले सुनखानीको सम्भाव्यता अध्ययन थालेको हो ।धल्लामा चिनियाँ नागरिक सङ्पिङको नेतृत्वमा रहेको टोलीले दुई ठाउँमा जमिनमुनि ड्रिल गरेर अध्ययन गरिरहेको छ । एक सय ५० फिट गहिरो ड्रिल गरेर अनुसन्धान गरिरहेको भए पनि खासै प्रगति नदेखिएको दोभासेको काम गरिरहेका काभ्रेका भोजकुमार तामाङमार्फत टोली प्रमुख सङ्पिङले बताउनुभयो । चिनियाँ कम्पनी खानी तथा भुगर्भ विभागबाट सुनखानीको अध्ययन तथा अनुसन्धानको अनुमति लिएर जाजरकोट आएको हो ।अनुसन्धानका लागि आवश्यक प्रविधिसहित आएको टोलीले अझै तीन महिना काम गर्ने बताएको छ । आवश्यक सामग्री लिनका लागि अध्ययनस्थलसम्म कम्पनीले दुई किमी मोटर बाटोसमेत निर्माण गरेको छ । भेरी नदीका विभिन्न ठाउँमा सुन पाइएको खानी तथा भुगर्भ विभागसँग तथ्याङ्क रहेकाले कम्पनीले चासो देखाएर पाइलट प्रोजेक्टका रुपमा अनुसन्धान गरिरहेको कम्पनीले जनाएको छ ।जमिनमुनिबाट निकालिएका विभिन्न प्रकारका ढुङ्गा र अन्य खनिज पदार्थ थप अनुसन्धानका लागि कम्पनीको केन्द्रीय कार्यालयमा समेत पठाउने गरिएको कम्पनीका नेपाली सहयोगी भोजकुमार तामाङले बताउनुभयो । रासस

खाली पेटमा खान नहुने चिजहरु हेर्नुहोस

0 comments

 खानेकु्राहरुले मानिसको शरिर अनुसार पनि असर गरिरहेको हुन्छ । कसैको शरिर गरम कुराहरु नसहने खालको हुन्छ भने कसैको शरिर सर्दि कुराहरु नसहने खालको हुन्छ । कसैलाइ राती सुत्ने बेलामा दही खाएर सुत्दा पनि केही असर गर्दैन भने कसैलाइ बिसन्चो गर्दछ । केही यस्ता चिजहरु छन जसलाई खाली पेटमा खायो भने पेटमा खराबीमात्रै होइन, स्वास्थ्यसम्बन्धी अन्य समस्याहरु पनि देखापर्दछन । जान्नको लागि हेर्नुहोस खाली
पेटमा खान नहुने ७ चिजहरु :

१.केरा : नियमीत रुपमा केरा दूधसँग खायो भने वजन बढ्छ । तर यो खाली पेटमा खानु फाईदाजनक हुँदैन । किनकी यसबाट शरीरमा म्याग्निसियमको मात्रा दुईगुणा बढ्छ । शरीरमा रहेको क्याल्सियमसँग यसको रासायनिक प्रतिक्रिया हुन्छ । यसबाट अपच हुने, पेट फुल्ने तथा एसिडको समस्या बढ्ने आदि हुन्छ । तसर्थ केरा खाली पेटमा नखानु नै बेस ।

२.सखरखण्ड : सखरखण्ड खानमा निकै मिठो किन नहोस, तर यो खाली पेटमा खाँदा यसले शरिरलाई कति पनि फाईदा गर्दैन । सखरखण्डमा टेनिन र पेक्टिन पाइन्छ, जसलाई खाली पेटमा खाँदा ग्यास्ट्रिकको समस्या बढ्छ । खाली पेटमा यसको सेवनले जलन र पेट फुल्ने समस्या पनि निम्त्याउँछ ।
३.काँचो गोलभेंडा : काँचो गोलभेंडा स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ । तर, यसलाई एकबिहानै खाली पेटमा भने खानु हुँदैन ।। किनकी यसमा रहेको अम्लले पेटमा रहेको ग्यास्ट्रोइंटस्टाइनल एसिडसँग रासायनिक प्रतिक्रिया गर्छ । जसका कारण पेट दुख्ने, फुल्ने तथा छाती पोल्ने जस्ता समस्या उत्पन्न देखापर्दछ । खाली पेटमा गोलभेंडा खाँदा पत्थरीको खतरा पनि दुईगुणा बढ्दछ ।

४.सोडा : सामान्यतया एसिडिीटी बढेको बेला हामी सोडा खाने गर्दछौ । हाम्रो शरिरमा ज्यादा कार्बोनेटका कारण एसिडको समस्या हुन्छ । तर हामीले खाली पेटमा सोडा खाँदा अम्लसँग मिलेर पेट दुख्ने समस्या बढ्न सक्छ । यसका अलावा छाती र आँतमा पनि जलन हुनसक्छ ।

५.प्राय औषधीहरु : केहीलाई छोडेर प्राय ओषधी खानापछि नै खाइन्छ । यसको कारण हो, औषधिमा रहेको तत्व शरीरभित्र रहेका तत्तहरुसँग सिधै मिलेर रासायनिक प्रतिक्रिया नहोस् । यदि यस्तो भयो भने यसले ठूलै समस्या पनि निम्ताउन सक्छ । त्यसैले तपाईंले कुनै औषधि सेवन गर्दै हुनुहुन्छ भने डाक्टरसँगको सल्लाहबाट मात्र सेवन गर्नुहोस । यसका लागि आफुखुशी औषधी सेवन गर्ने बानी त्याग्नुहोस ।

६.अल्कोहल : पहिलो कुरा त खाली पेटमा अल्कोहल खाँदा छिट्टैनै नशा लाग्छ । अर्कोतर्फ यसले आँतमा पनि नराम्रो असर पुर्याउँछ । त्यसैले बिहान केही नखाईकन रक्सीसहित अल्कोहलजन्य पदार्थ नखाएकै बेस ।

७.दूध हालेको चिया : बिहान उठेर चिया पिउनु त नेपालीको संस्कार नै भइसक्यो । तर, तपाईं एकाबिहानै खाली पेटमा दूध हालेको चिया खानुहुन्छ भने होसियार रहनुस् । यसले तपाईंको पेटमा ग्याँस्ट्रिकको समस्या बढाउँछ । एकबिहानै चिया पिउनै मन लागेमा दूध नहालेको कालो चिया पिउनु बेस हुन्छ ।

Like us

 

Search

 
Enjoy the site