Monday, July 6, 2015

महिला बिस्वकप फूटबल २०१५ अमेरिकाले जित्यो

0 comments
      सोमबार २१ असार,महिला बिस्वकप फूटबल २०१५ अन्तर्गत क्यानाडाको बिसी प्यालेस रंगशालामा  बिहान ४:४५मा भएको फाइनलमा डिफेन्डिङ च्याम्पियन जापानलाई ५-२ ले हराउँदै अमेरिकाले उपाधि जितेको छ। योसँगै अमेरिकाले महिला विश्वकपको उपाधि तीन पटक जितेको छ । अमेरिकाले यसअघि सन् १९९१ र १९९९ मा उपाधि जितेको थियो।अमेरिकाको जितमा कार्ली लाइडको योगदान प्रमुख रहयो । ह्याट्रिक गरेकी कार्लीले खेल सुरु भएको तेस्रो मिनेटमा नै गोल गर्दै अमेरिकालाई सुरुवाती अग्रता दिलाइन् । अमेरिकाले खेलको पहिलो हाफमै ४९१ को अग्रता लिएको थियो। दोस्रो हाफमा थप एक गोल गर्दै उपाधिमा कब्जा जमाएको हो।
      त्यसैगरी आइतबार बिहान खेलेको खेलमा तेस्रो स्थानका लागि इंग्ल्यान्डले जर्मनलाई १-० गोलले हराई तेस्रो स्थान हाँसिल गरेको छ। ९० मिनेट सम्मा दुवै टिमले कुनै गोल गर्न नसकेपछि थप समय १०८औ मिनेटमा इंग्ल्यान्डको तर्फबाट गोल गरेको थियो।



     

आजबाट निसुल्क बिदेस पठाउन शुरु

0 comments
       २१असार,श्रम मन्त्रालयले सोमबारदेखि वैदेशिक रोजगारीमा जानेहरुलाई कम्तिमा १५ दिनका लागि परीक्षणका रुपमा निशुल्क कामदार पठाउन वैदेशिक रोजगार व्यवसायीहरुलाई आग्रह गरेका छन् ।व्यसायीहरुले भने निशुल्क कामदार पठाउने विषयको विरोध गर्दै आएका छन् । विरोधका बाबजुद पनि सरकारले सोमबारदेखि मलेसिया सहित ६ वटा खाडी मुलुकहरुमा निशुल्क कामदार पठाउने निर्णय लागु गर्ने भएको हो ।निशुल्क कामदार पठाउने निर्णय कार्यन्वयन गर्ने सरकारको तयारीको विरोध गर्नका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालसहितको टोली गएर श्रममन्त्री टेकबहादुर गुरुङलाई भेट गरेको थियो ।निशुल्क कामदारको व्यवस्था लागु गरेमा ति मुलुकहरुले नेपाली कामदार लिन अस्वीकार गर्ने व्यवसायीहरुको दावीलाई सरकारले अस्वीकार गरेको छ ।व्यवसायीहरुले भने यस्तो निर्णय लागु भएमा विदेशका काम गरिरहेका करिब ३० लाख मजदुरहरु स्वदेश फर्किने दावी गरेका छन् । न्युन लागतमा कामदार पठाउनका लागि आफूहरु सहमत भएपनि सुनिश्चित गरेर मात्रै पठाउन उनीहरुले सरकारलाई आग्रह गरेका छन् । मन्त्रालयले कतार, बहराइन, साउदी अरब, यूएई, ओमन, कुबेत र मलेसियामा निशुल्क कामदार पठाउने निर्णय यसअघि नै गरिसकेको छ । 

Sunday, July 5, 2015

डि.आई.डी.सिजन५अन्तर्गत अर्का एक नेपाली सुरज प्रधानको प्रस्तुति

0 comments
     जी टिभी ले संचालन गर्दै आएको डि.आई.डी.सिजन५ अन्तर्गत असार १९का दिन प्रसारित अर्का एक नेपाली सुरज प्रधानको प्रस्तुति.

चिलीले अर्जेन्टिनालाई हराउँदै कोपा अमेरिका कप उपाधि २०१५ जित्यो

0 comments
     असार २०,गएराती आइतबार आयोजक राष्ट्र चिलीले अर्जेन्टिनालाई हराउँदै  कोपा अमेरिका कप उपाधि २०१५ उचालेको छ। पेनाल्टी सुटआउटमा चिली ४-१ ले विजयी भएको हो। अर्जेन्टिनाका लागि एक मात्र पेनाल्टी गोल मेसीले गरे।
     २२ वर्षपछि ठूलो उपाधि नजिक पुगेको अर्जेन्टिना फेरि मैदानमा चुक्यो। सन् २०१४ को विश्वकपको फाइनलमा पनि अर्जेन्टिना पराजित भएको थियो। करिब १२ महिनापछि अर्को ठूलो उपाधि जित्ने अवसर नजिक पुगेको अर्जेन्टिनाले फेरि दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो।




Saturday, July 4, 2015

१७ वर्षीया युवतीले घरमा शौचालय नभएकै करण आत्महत्या

0 comments
      घरमा शौचालय नहुँदा महिलाले घरबार छाडेर हिँडेको हामीले सुनेका छौं  । तर घरमा शौचालय नभएकै कारण एक युवतीले आफ्नो जीवन नै अन्त्य गरेको घटना बाहिर आएको छ ।
     भारतको झारखन्ड राज्यमा एक १७ वर्षीया युवतीले घरमा शौचालय नभएकै करण झुन्डिएर आत्महत्या गरेकी छन् ।
      प्रहरीका अनुसार झारखन्डको दुम्का जिल्लामा बस्दै आएकी ती युवतीले घरमा शौचालय बनाउन आमाबाबुलार्इ पटक पटक भन्दै आएकी थिइन् ।
     शौचालय बनाउने नबनाउने विषयमा बाबुआमासँग चर्काचर्की परेपछि  बीए प्रथम वर्षमा अध्ययनरत खुस्बु कुमारीले आमाबाबुसँग विवाद भएपछि घरैमा झुन्डेर आत्महत्या गरेकी हुन् ।
      प्रहरीको प्रारम्भिक अनुसन्धानले बाबुआमाले शौचालय बनाउन नमानेकै कारण खुस्बुले आत्महत्या गरेको खुलेको छ ।
      घटनाको जानकारी पाएपछि त्यहाँस्थित प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीले घटनाबारे आत्महत्या तथा फरक कोणबाट पनि अनुसन्धान गरिरहेको जनाएको छ ।
      घटनापछि सत्तारुढ दल भारतीय राष्ट्रिय कांग्रेसका बरिष्ठ नेता दिग्बिजय सिंहले बाबुआमाले शौचालय बनाउन नमानेकै कारण झारखन्डमा युवतीले आत्महत्या गरेको जनाएका छन् 
      'बाबुआमाले शौचालय बनाउन नमानेकै कारण युवतीले झारखन्डमा आत्महत्या गरिन्', उनले ट्विट गर्दै भनेका छन्, 'एउटा राष्ट्रका हैसियतले भारतले शौचालय निर्माणलार्इ प्राथमिकता दिन जागरुक हुनु जरुरी छ।' एजेन्सी

नुवाकोटका २५०० घरधुरीलाई स्थानान्तरण गर्नुपर्ने

0 comments
    नुवाकोट,असार 20 – भूकम्पको कारण जोखिममा परेको झण्डै २५ सय घरधुरी लाई स्थानान्तरणका लागि जिल्ला दैवीप्रकोप उद्धार समितिले गृह मन्त्रालयमा विवरण पठाएको छ ।
   समितिको शुक्रबारको बैठकले गत वैशाख १२ को भूकम्प र भूकम्पका कारण बर्खामा जोखिम बढेको देखिएको बस्तीका दुई हजार पाँच सय घरलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न मन्त्रालयमा सिफारिस गरेको हो । समितिको बैठकले भूकम्प र वर्षात्का कारण पहिरो जाने खतरा बढेकाले दुई हजार चार सय ८९ घरधुरी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय गरिएको प्रजिअ उमेशकुमार ढकालले बताए ।
      समितिले तीन वटै निर्वाचन क्षेत्रका ५० भन्दा बढी घर एकै स्थानमा रहेका १४ गाउँसहित क्षेत्र नं १ मा सात सय ७७, क्षेत्र नं २ मा एक हजार एक सय ६७ र क्षेत्र नं ३ मा पाँच सय ४५ घरधुरी तत्काल स्थानान्तरण गर्नुपर्ने निष्कर्ष निकाल्दै मन्त्रालयमा विवरण पठाएको हो । 
     अहिलेको बर्खालाई ध्यानमा राखेर स्थानान्तरणका लागि आग्रह गर्दै मन्त्रालयमा विवरण पठाइएको प्रजिअ ढकालले बताए । “अहिले स्थानान्तरण गरिने सबै परिवारलाई तीन महिनापछि वर्षात् सकिएपछि पहिलेकै स्थानमा फर्काइनेछ” प्रजिअ ढकालले भने, “पहिलेकै स्थानमा फर्काउन नमिल्ने भएमा सरकारको निर्देशनअनुसार अन्य विकल्प खोजिनेछ ।”
      मन्त्रालयबाट स्वीकृति आएपछि स्थानान्तरण गर्नुपर्ने बस्तीलाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस तथा सरोकार भएका निकायको समन्वयमा स्थानान्तरण गरिने जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ ।
     समितिले स्थानान्तरण गर्नुपर्ने ठहर गर्दै मन्त्रालयमा पठाएकामा क्षेत्र नं १ का दुई पीपल, चाउथे, तलाखु, लिखु, कुमरी, थानापति, जिलिङ, ककनी, बेलकोट, सूर्यमती, छाप, मदानपुर, समुद्रादेवी, थानसिं, महाकाली, चतुराले र ओखरपौवा गाविसका सात सय ७७ घर छन् ।
     यस्तै क्षेत्र नं २ का घ्याङफेदी, शिखरबेंसी, उर्लेनी, गाउँखर्क, बालकुमारी, थप्रेक, नर्जा, गेर्खु, बागेश्वरी, बेतिनी, राउतबेंसी, सुन्दरादेवी, रालुकादेवी, समुद्रटार, कविलास, हल्देकालिका, भदु्रटार र गणेशस्थान गाविसका विभिन्न गाउँका एक हजार एक सय ६७ घरका मानिसलाई सुरक्षित स्थानमा सार्नुपर्ने रहेको छ । यस्तै क्षेत्र नं ३ का फिकुरी, दाङसिं, बुधसिं, देउराली, कल्याणपुर, किम्ताङ, मनकामना, भाल्चे, बुङ्ताङ, साल्मे, चारघरे, तुप्चे र काहुले गाविसका पाँच सय ४५ घर स्थानान्तरण गर्नुपर्ने समितिको भनाइ छ ।
    स्थानीयवासीको निवेदन, भूगर्भविद्सहितको टोलीले स्थलगत अनुगमनबाट आएको प्रतिवेदनका आधारमा स्थानान्तरण गर्नुपर्ने घरको विवरण पठाइएको स्थानीय विकास अधिकारी राजेन्द्रकुमार केसीले बताए । केसीका अनुसार स्थानान्तरणका लागि सम्बन्धित गाविसमा विकल्प खोज्ने र सम्बन्धित गाविसमा स्थान नभए मात्र अन्यत्र स्थान चयन गरी सारिने समितिले योजना बनाएको छ ।
    समितिले स्थानान्तरण गर्नुपर्ने दुई पीपल–८ केउरेनीमा एक प्राविसहित एक सय २० घरधुरी, चाउथे – ३ पात्ले खोलाका ५१ घर, तलाखु – ६ देवीस्थानका एक सय घर, छाप – ९ सिन्छुच्चे र पारागाउँका ५५ घर, सूर्यमती–१, २, ३, ५, ८ र ९ का दलित बस्ती र चतुराले – नं. १, ४, ५, ७ र ९ का लामिछाने, सिरुबारी र बलामी गाउँका ५१ घर छन् ।
    यस्तै उर्लेनी – १ र २ का एक सय परिवार, घ्याङ्फेदी –३ नेगीखोलाका ५५ घर, वडा नं ४ का ५० घर, वडा नं ८का ५३ घर, गाउँखर्क – ७ का ८० घर, गेर्खु – ६ का ५० घर, राउतबेंसी – ३ कामीडाँडाका ८० घर, वडा नं ७ घ्याङडाँडाका ६० घर र भद्रुटार – १, ३, ५ र ८ नेवारपानीका ८४ घर पनि स्थानान्तरणको सूचीमा छन् ।
     यस्तै फिकुरी – १, ८ र ९ मा रहेको च्यानेस्वारा र गोगनेका ९७ घर तथा साल्मे पूरै गाविसका सबै घर पहिरो र ढुङ्गा खस्ने समस्याले स्थानान्तरण गर्नुपर्ने अवस्था आएको स्थानीय विकास अधिकारी केसीले बताए । भूकम्पका कारण जमीन चिरा परेको, बस्ती वरपर पहिरो जान थालेको, बस्तीकोे माथि रहेको पाखाका ढुङ्गा चर्किएको लगायत कारणले बर्खामा जोखिम हुन सक्ने भएको बस्ती सारिनुपर्ने निर्णय भएको समितिले जनाएको छ । रासस

अंशबण्डा नमिलेपछि भाईले दाईलाई गोली हानि हत्या

0 comments
अंशबण्डा नमिलेपछि भाईले दाईलाई गोली हानि हत्या भिडियो हेर्नुहोस। 


 

कोपा अमेरिका २०१५ पेरुले पाराग्वेलाई हराइयो

0 comments

     पेरुले पाराग्वेलाई हराँउदै कोपा अमेरिका फुटबलको तेस्रो स्थान सुरक्षित गरेको छ । चिलीमा जारी प्रतियोगिताको शनिबार बिहान तेस्रो स्थानका लागि भएको खेलमा पेरुले पाराग्वेलाई २–० ले पराजित गर्दै तेस्रो स्थान हात पारेको हो । 
    पहिलो हाफ गोलरहित बराबरीमा सकिंदा पेरुले दोस्रो हाफपछि दुई गोल गरेको हो । खेलको ४८औं मिनेटमा आन्द्रो क्यारीलोले गोल गर्दै पेरुलाई १–० को अग्रता दिलाए ।
    अन्तिम समय अर्थात ८९औंं मिनेटमा होजे पावलो गुरेरोले एक गोल थप्दै पेरुलाई जिताए ।  प्रतियोगिताको पहिलो उपाधिका लागि नेपाली समय आइतबार बिहान१:४५मा आयोजक फाइनल खेल चिली र अर्जेन्टिना भिड्दै छन् ।
    हालसम्म उपाधि विहिन चीली घरेलु मैदानमा पहिलो उपाधि जित्ने सुरमा छ । १४ पटकको चयाम्पियन अर्जेन्टिना २२ वर्ष पछि १५ औं उपाधिको खोजीमा छ ।  यी दुइबीचको खेल निकै रोचक हुने अनुमान छ । कोपा अमेरिका फुटबल अमेरिकी महादेशकै ठूलो र सर्वाधिब रुचाइएको फुटबल प्रतियोगिता हो ।

बेबिलोन डिस्कोमा गोलि चल्यो

0 comments
        असार 20-गएराती बिहानको १ बजेनिरा महानगरीय प्रहरी अपराध महाशाखाबाट गएको प्रहरी टोलीले सुन्धारास्थित बेबिलोन डिस्कोमा एक फरार कैदी सन्की भनिने रावणजीत तामाङलाई गोली हानेको हो ।
      लागु औषधी ओसारपसार तथा अपहरण कान्डमा सिन्धुपाल्चोक जिल्ला अदालतले १० वर्ष कैद तोकेको फरार अपराधि तामाङ भूकम्प प्रभाबित जिल्ला सिन्धुपाल्चोकको हो ।  कारागार ध्वस्त भएपछि तामाङसहित त्यहाँबाट २ सय १६ कैदी भागेका थिए। २०६८ साल असारमा आफूलाई पक्राउ आउने एक सइलाई मराणासन्न हुनेगरि पिटेका थिए । उनी उपत्यका हप्ते उठाउने कार्यमा समेत संलग्न रहेको प्रहरीको भनाइ छ । तामाङसँगै भक्तपुरका उमेश श्रेष्ठ पनि पक्राउ परेका छन् ।
      महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालका अनुसार प्रहरीले  राति डिस्कोमा छ तामाङ भन्ने जानकारी पाएपछि पक्राउ गर्न सुन्धारा पुगेको थियो । प्रहरी आएको थाहा पाउने वित्तिकै अन्य समूह सहित  भाग्ने क्रममा प्रहरीमाथि  हातपात गरेपछि प्रहरीले गोली हानेको ठोकेको थियो ।
उनलाई घुडा र घुडामुनि ३ वटा गोली हानिएको छ ।तामाङको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।
     गुन्डाहरुलाई पक्राउ गर्ने अभियान अन्‍तर्गत अपराध महाशाखाको टोलीले उनीहरुलाई विशेष निगरानी गर्दै नियन्त्रणमा लिँदै आइरहेको छ ।महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक खनालक अनुसार पक्राउ गर्न खोज्दा उल्टो प्रहरीमाथि हातपात गरि भाग्न खोजेकोले बाध्य भएर गोली चलाउन परेकोकुरा भन्नु भएको छ।

Friday, July 3, 2015

मेहनती चिनियाहरू डरलाग्दो भिरमा पर्यटकीय रोड बनाउदै

0 comments
      चीन बिस्वमा सबैभन्दा ठुलो देस र बिस्व अर्थतन्त्रमा समेत धेरै आगाडी फड्को मरिसकेको देश हो। यसको साथसाथै यहाँको प्राकृतिक सौन्दर्य अतिनै लोभलाग्दो छन् त्यस्लाई त्यहाँको मानिसहरुले ज्यानलाई बाजी राखी सोच्नै नसकिने भिरमा समेत बाटो बनाई बिस्वलाई चकित बनाइ दियका छन्। यहाँ तल केहि तस्बिरहरु छन् चाईनिजहरुको मेहनत र त्यसपछि बनेका आकर्सक भिर रोड र शिशाको रोड।
   चिनको हुनान प्रान्तमा ६०० फिट जमिन भन्दा माथि भिरमा बनेको ४ किलो मिटरको पर्यटकीय रोडमा १८० मिटर लामो शिशाको रोड पनि पर्दछ।त्यहाँ अहिले पर्यटकको घुईचो लागिरहेका छन्।














फिलिपिन्समा २०० भन्दा बढी सवार डुंगा दुर्घटना

0 comments
      मनिला,१८असार,फिलिपिन्स चारैतिर समुन्दले घेरिएको देस हो , बिहीबार एक यात्रुबाहक डुङ्गा दुर्घटना हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको जनाएका छन् । सो डुंगामा चालक दलका सदस्य सहित करिब २००भन्दा बढी व्यक्ति सवार रहेका जनाइएको छ । ओर्मोक सहरबाट किम निर्भानातर्फ गईरहेको सो डुङ्गा कमोटेस् द्वीपमा डुबेको बताइएको छ ।
      सो दुर्घटनाबाट कम्तीमा १३४ व्यक्तिलाई जीवितै उद्धार गरिएको सहरको प्रकोप न्यूनीकरण तथा व्यवस्थानका अधिकारी सिरिआको तोलिबाओले बताउनुभएको छ । अझै १२ भन्दा माथि हराइरहेका छन्।  
      सो डुङ्गामा १६ जना चालकदलका सदस्य र १८७ यात्रु सवार रहेका बताइएको छ । बन्दरगाह छोडेको ३० मिनेट पछाडि भीषण रुपमा चलेको हावाका कारण सो दुर्घटना भएको तोलिबाओले बताउनुभएको छ । रासस/एएफपी

भिडियो


रामतोरिया खाँदा हुने फाइदाहरु

0 comments
       भिण्डी अर्थात् रामतोरिया  खानुमा जति स्वादिष्ट छ, यो निकै गुणकारी पनि छ ।आम मानिसले भिण्डीलाई स्वादका आधारमा तथा यसको चिप्लोपनाका आधारमा स्वादिष्ट तरकारीको रुपमा मात्र उपयोग गर्दै आएका छौँ । तर भारतीय उपमहाद्विपका केही आदिवासीले भिण्डीलाई विभिन्न रोगको उपचारमा समेत उपयोग गर्ने गरेको पाइन्छ ।
      भिण्डीमा विभिन्न खाले भिटामिन तथा लवण र अन्य पौष्टिक तत्व पाइन्छ । यसमा भिटामिन ए, बी, सी, इ तथा क्याल्सियम, फलाम जस्ता तत्व पाइन्छ । साथै यसमा उच्चस्तरीय फाइबर समेत पाइने भएकाले स्वास्थ्यका लागि लाभदायी हुन्छ ।
       पोषण विज्ञहरुका अनुसार भिण्डीको सेवन मधुमेहका रोगीका लागि निकै लाभदायक हुन्छ ।भिण्डीको बिजलाई धूलो बनाउने, त्यसमा सुकमेल, दालचिनी तथा मरिचको समेत धूलो मिलाउने र यसलाई दिनहुँ मनतातो पानीमा मिलाएर पिउँदा डाइबेटिजका रोगीलाई निकै लाभ पुग्छ ।
         भिण्डीको काटेको टुक्रालाई पिउने पानीमा डुबाएर रातभर राख्ने । विहान टुक्रा निकालेर बाँकी रहेको पानी खाली पेटमा पिउने गर्दा मधुमेह नियन्त्रणमा सघाउ पुग्ने बताइन्छ ।विज्ञहरुका अनुसार काँचो भिण्डी चपाएर खानाले पुरुषहरुमा यौन क्षमतामा वृद्धि हुन्छ ।पानीमा भिण्डी पकाएर पिउनाले भिरिंगीका रोगीलाई समेत फाइदा गर्छ ।

बिदेसमा बस्नेले आजको पैसाको रेट हेरौ

0 comments
 Nepalese Rupee Exchange Rate in NPR
                                                                       
Un. Arab Emirates Dirham  AED ...  27.7
QatariRial   QAR   ............................27.9
Saudi Riyal   SAR  ...........................27.1
Malaysian Ringgit   MYR ................27
American Dollar]   USD ...................102
Australian Dollar   AUD   .................77.1
Singapore Dollar  SGD    ..................75.3
Chinese Yuan Renminbi   CNY    .....16.4
Euro   EUR   ......................................113
Hong Kong Dollar   HKD .................13.1
Israeli New Shekel   ILS ...................26.9
Indian Rupee   INR   .........................1.6
Japanese Yen   JPY   ........................ 0.826
Korean Won   KRW   ....................... 0.0908
Philippine Peso   PHP  ......................2.25
Thai Baht   THB ...............................3.01
Taiwan Dollar   TWD .......................3.29
3 Jul 1
   अपडेट भैरहने हुँदा अलि अलि तल माथि हुन् सक्छ।

मोबाइल पानीमा खस्दा विचार गर्नुपर्ने कुराहरु

0 comments
   मोबाइल हामी सबैको लागि अति आबस्यक संचारको माध्यमहरुमा पर्दछ।हामी कहिले काँही खेल्दा खेल्दै पानीमा झर्दा वा आचंक बर्साको पानी पर्दा मोबाइलमा पानी पसेको थहाँ हुनासाथ सबैभन्दा पहिलो स्विच अफ गर्ने, त्यसपछि फोनमा रहेको ब्याट्री,सिम कार्ड, मेमोरी कार्ड, फोनको कभर र अन्य निकाल्नुपर्ने कुराहरु निकाल्नुपर्छ।
   पानीमा परेपछि  माेबाइलकाे सट सरकिट हुनसक्छ। मािथका प्रक्रियाहरुले फोनलाई  सट सरकिट हुनबाट जोगाउँछ। की प्याड भएको मोबाइल भए त्यसका बटनहरुको अवस्था पनि जाँच गर्नुपर्छ। सबै सामान निकालेपछि त्यसलाई टिस्यू पेपर, कटन वा नरम सफा कपडाले पुछ्नुपर्छ। फोनमा रहेको सबै सरसामान सुकाउन निकै आवश्यक छ। फोनलाई चामल या सिलिका जेलमा २४ घन्टा राख्नुपर्छ जसले गर्दा फोन पूरा रुपमा सुक्न पाउँछ।फोनलाई सुकाई सके पछि हेयर ड्रायर, ए.सि.,फ्यान, रुम हिटरको प्रयोगले  पूर्ण रुपमा सुकाउन सकिन्छ।


नेपालपछि चीनमा ६.४ म्याग्निच्यूडको भुकम्प

0 comments
        असार१८,चीनको पश्चिमी प्रान्त सिन्जियाङमा ६.४ म्याग्निच्यूडको भुकम्प सुक्रबार बिहान गएको गएको छ।हालसम्म ४ जनाको मृतु र २० जना जति घाइते भएको छ।त्यहाँको प्रमुख उङ्घुर जाती बसोबास गर्ने कयौ पुराना घरहरु चर्किएको तथा भत्किएको छ। त्यहाँ साना ठूला गरि कयौ धक्का महसुस गरिएको बुचिएको छ।      
        भारत,पाकिस्तान,अफगानिस्तान र मध्ये एशियासंग शिमाना जोडिएको सिन्जियाङ बेला बेलामा धार्मिक दंगा तथा राजनीतिक हिसाबले संबेदनशील क्षेत्र मानिन्छ। २००८ मा पनि पश्चिम चीन सिचुआन प्रान्तमा भुइचलोले ७०हजार मानिसलाई मारिएको थियो।

Thursday, July 2, 2015

ग्रान्डी अस्पतालमा टन्सिलको आधुनिक नयाँ प्रभिधीबाट उपचार

0 comments
        असार १७ , राजधानीको धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा नेपाल मै पहिलोपटक अत्याधुनिक कोवलेसन प्रबिधि प्रयोगगरी टन्सिलको शल्यकृया गरीएको छ । नाक,कानर घाँटी बिभागका चिकित्सकहरु डाक्टर प्रकाश काफ्ले र डाक्टर आनन्द घिमिरेको टोलीले आज ११ बर्षिय सुजन लामाको टन्सिलको शल्यकृया कोवलेसन प्रबिधिबाट सम्पन्न भएकाे हो ।
      कोवलेसन प्रबिधिमा रेडियो फ्रिक्वेन्सी प्रयोग हुने भएकाले शल्यकृयाको समयमा दुखाइ कम हुनुका साथै समय पनि कम लाग्ने , रक्तश्राव शून्य वरावर हुने र घाउ समेत चाँडै निको हुने लामाको उपचारमा संलग्न ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका नाक कान घाँटी बिभागका प्रमुख डाक्टर प्रकाश काफ्लेले दिए ।
       अत्याधुनिक कोवलेसन प्रबिधि आज नेपालमा नै पहिलोपटक ग्रान्डी अस्पतालमा प्रयोग भएको हो । यस प्रबिधिवाट टन्सिल,एडेनोइड बढेको नाक र निन्द्रामा घुर्ने समस्याको शल्यकृयाबाट उपचार गर्न सकिने र यो प्रविधि स्वर यन्त्रको शल्यकृयामा समेत प्रयोग हुने नाक कान घाँटी बिभागका डाक्टर आनन्द घिमिरेले जानकारी दिए ।

नाईजेरियामा आतंकबादीले १०० जनाको हत्या

0 comments
              असार १७ मैदुगुरि,संकास्पद बोकोहरम विद्रोहीले नाईजेरियाको एक पुर्बोतर गाउँमा हमला गरि त्याँहाको घर तथा मस्जित मा आक्रमण गरि आगो लगाई जलाई १०० जनाको हाराहारीमा हत्या गरिएको छ। मृतु हुनेहरुमा प्राय लोग्नेमान्छे तथा जवान युबाहरु रहेको जनाएको छ। 
             त्यहाका एक स्थ्यनिया व्यक्ति कोलोका अनुसार ९७ व्यक्तिको सब आफूले गनेको देखेको  कुरा गरिएको छ। कम्तिमा पनि ५० जनाको संख्यामा आएको बिद्रोहीसमुहले रमादानको समय परि दिनभरको ब्रत पछि खाना खाई बेलुकको प्रार्थना गरिरहेको बेलामा आक्रमण गरिएको थियो।




हेमा मालिनी चढेको कार दुर्घटना

0 comments
       १७ असार,एक जमानाको प्रख्यात कलाकार तथा भारतीय जनता पार्टीका सांसद हेमा मालिनी इन्डीयाको  राजस्थानबाट ५० किमि टाँढा दौसा भन्ने ठाउँमा बिहिबार बेलुकी ९ बजेतिर उहाँको चार बिपरित दिशाबाट आएको अर्को कारसंग एक आपसमा ठोकिंदा दुर्घटना भै घाइते भएको छ।उहाँको निधारमा सानो चोट लागेको र त्यहाँको इस्थानिए आस्पतालमा उपचार भैरहेको छ ।
              बिपरित तर्फबाट आउने गाडीमा सवार ४ बर्से बच्चाको घटनास्थाल्मै मृतु तथा अन्य ४ जनाको उपचार हुदै छन्।

अन्तत कृषि मंत्रि हरि प्रसाद पराजुलीबाट राजिनामा

0 comments
       अस्सर १७, मिडियामा धान दिबसको अबसरमा महिलामाथि अस्लिन हर्कत गरेको खबर सार्बजनिक भएपछि आलोचित बनेका कृषिमन्त्री हरिप्रसाद पराजुलीले पदबाट राजीनामा दिएका छन् । पराजुलीले एमाले अध्यक्ष केपी शर्मा ओलीमार्फत प्रधानमन्त्री सुशील कोइरालालार्इ राजीनामा बुझाएका हुन् । पार्टीभित्र र बाहिरबाट मन्त्री पद छाड्न चौतर्फी दबाब परेपछि मन्त्री पराजुली बिहीबार बिहानै राजीनामा बुझाउन अध्यक्ष ओलीको बालकोटस्थित निबासमा पुगेका थिए । मन्त्री पराजुलीको हर्कतले एमालेमाथि नै चौतर्फी प्रश्न उठेपछि अध्यक्ष ओली र उपाध्यक्ष गौतम बुधबारै उनलार्इ हटाउने निचोडमा पुगेका थिए । आफूले नियतवश महिलालार्इ नसमातेको बताउने मन्त्री पराजुलीका हर्कतका तस्बिर र भिडियो सामाजिक सञ्जाल र सञ्चारमाध्यम भाइरल भएपछि उनको पद धरापमा परेको थियो । एमाले उपाध्यक्ष बामदेब गौतमको निकट भएकै कारण मन्त्री भएका पराजुलीले पदीय मर्यादा बिर्सेर महिलालार्इ अश्लील हर्कत देखाउँदै समातेपछि राजीनामा दिनुपरेको हो ।
     यो भन्दा अगाडी पनि सार्बजनिक स्थालमा खैनी मोलेको बिसयलेआलोचित बनेको थियो। बुधबार दिनभर सञ्चारमाध्यममा आफूले महिलामाथि नराम्रो हर्कत नगरेको स्पष्टिकरण दिएका थिए । अध्यक्ष ओली र उपाध्यक्ष गौतमले मन्त्री पराजुलीसँग हिजै स्पष्टिकरण लिएका थिए । स्पष्टिकरण दिने क्रममा मन्त्री पराजुलीले आफ्नो नियत गलत नभएको भन्दै बचाउको प्रयास गरेका एमाले स्रोतको भनाइ छ ।



























साउदीका राजकुमार अलवालीद तलालले ३२ अर्ब डलर दान दिने घोषणा

0 comments
      आषाढ १७ । बिल र मेलिन्डा गेट्सद्वारा स्थापित गेट्स फाउण्डेशनबाट प्रेरित संसारको ३४ औं धनी व्यक्तिमा पर्ने साउदी अरबका राजकुमार अलवालीद बिन तलालले आफ्नो सबै ३२ अर्ब डलर सम्पत्ति दान दिने घोषणा गरेका छन् ।६० वर्षिय राजकुमार तलालले यो पैसा सांस्कृतिक समझदारी बढाउन, महिला सशक्तीकरण र ठूला विपदहरुमा राहत प्रदान गर्न प्रयोग गरिने बताए ।संसारको ३४ औं धनी व्यक्ति हुन् ।राजकुमारले यसअघि पनि आफैंले स्थापना गरेको एक धार्मिक संस्थालाई साँढे तीन अर्ब डलर दान दिएका थिए ।एस्तो  निर्णयको सराहना गर्दै बिल गेट्सले विश्वलाई परोपकारी कर्ममा लाग्न प्रेरणा मिल्ने टिप्पणी गरेका छन् ।







आज बिहान भुकमपको २ परक्रमण

0 comments
१७ असार,भुकम्पको पराक्रमण आउने क्रम अझै रोकेएको छैन आज बिहान ५ बजेर २६ मिनेटमा काभ्रे केन्द्रबिन्दु बनाएर ४ दशमलव १ म्याग्निच्यूडको पराकम्पन गएको छ ।त्यस्तै बिहान ७ बजेर ४१ मिनेट जांदा पनि सिन्धुपाल्चोक केन्द्र बनाएर ५ म्याग्निच्यूडको पराकम्पन गएको छ ।बुधबार पनि ४ म्याग्निच्यूडको ३   पराकम्पन गएको थियो ।हालसम्म ४ म्याग्निच्यूडमाथिका ३ सय ४० ओटा पराकम्पन मापन भइसकेका छन्।






















जापानलेले इंग्ल्यान्डलाई हराई फाइनलको यात्रतय

0 comments
अस्सर १७ ,क्यानाडामा जारी महिला बिस्वकप २०१५ को दोस्रो  सेमीफाइनलमा  जापानले इंग्ल्यान्ड लाई २-१ गोलको अन्तरले पराजित गरि फाइनलको लागि आफ्नो स्थान सुरक्क्षित पारिएको छ,जापानको तर्फबाट मियामाले ३२औ र बस्सेटले ९२औ मिनेटमा गोल गरिएको थियो। अर्कातर्फ विलीयमले ४०औ मिनेटमा गरेको गोलमै सिमित हुनु पर्यो।जापानले अमिरिकासंग (त्यहाँको स्थानिय समय अनुसार 5th july 4:pm ) नेपाली समय अनुसार २१(6th july) असार बिहान ४:४५ मा फाइनल खेल खेल्दैछन भने तेस्रो ईस्थानको लागि इंग्ल्याण्ड र जर्मनी (4 july त्यहाको इस्थानिया समय 2:00 pm ) नेपाली समय अनुसार (+११:४५ २०असार बिहान १:४५/ july5  ) मा खेल हुदै छन्।

Wednesday, July 1, 2015

Women World Cup 2015 अमेरिकाले जर्मनीलाई २-०ले हराउदै फाइनलमा प्रवेश

0 comments
      क्यानाडामा जारी महिला  बिस्वकप फूटबल अन्तर्गत पहिलो समिफनलमा अमेरिकाले जर्मनीलाई २-०ले हराउदै फाइनलको लागि आफ्नो ठाउँ सुरकक्षित बनाएको छ।खेलमा अमेरिकालाई विजयी गराउन कार्ली लोएड र केली ओहाराले एक एक गोल गरेका थिए ।
     जितसँगै साविक उपविजेता अमेरिका महिला विश्वकप फुटबलको तेस्रो उपाधि नजिक पुगेको छ । अमेरिका र जर्मनी दुबै टोलीले यसअघि २-२ पटक महिला विश्वकपको उपाधि जितिसकेकाछन् ।
      दोस्रो सेमिफाइनल नेपाली समय अनुसार १७ असार, बिहान ४ :४५मा  जापान र इङ्ल्यान्डबीच खेल्नेछ ।


















खेल तालिका क्यानाडाको ईस्थानिए समयमा दिएको छ +९:४५ देखि ११:४५ घण्टा गर्नु होला नेपालीमा परिणत गर्न
Schudule Local time
Round of 16
Saturday 20 June
20 Jun 2015 - 16:00
Germany VS Sweden              4-1

20 Jun 2015 - 17:30
China PR VS  Cameroon        1-0

Sunday 21 June
21 Jun 2015 - 14:00
Brazil VS Australia               0-1

21 Jun 2015 - 16:00
France VS Korea Republic   3-0

21 Jun 2015 - 16:30
Canada VS Switzerland        1-0
Monday 22 June
22 Jun 2015 - 17:00
Norway VS England            1-2

22 Jun 2015 - 18:00
USA VS Colombia                     2-0

Tuesday 23 June
23 Jun 2015 - 19:00
Japan VS Netherlands          2-1
Qutar-Final
Friday 26 June
26 Jun 2015 - 16:00
Germany VS France           1-1
Germany win on penalties (5 - 4)

26 Jun 2015 - 19:30
China PR VS USA             0-1

Saturday 27 June
27 Jun 2015 - 14:00
Australia VS Japan            0-1

27 Jun 2015 - 16:30
England VS Canada          2-1
Semi-finals
30 Jun 2015 - 19:00
USA VS Germany            2-0 p

01 Jul 2015 - 17:00 (2nd july 4:45 am nepali Time)
Japan VS England            2-1

Match for third place
04 Jul 2015 - 14:00 (5th july 1 :45 pm nepali Time)(4th july 2pm canada time)
Germany VS England

 Final
Sunday 05 July
05 Jul 2015 - 16:00  (6th july 4 :45am  nepali Time)(5th july 4 pm canada time)
USA VS [W50





विस्वका अचम्मका पूलहरु

0 comments
        बिकासको क्रममा संसारमा  मानिसले सोच्दा सोच्नै नसकिनिने संरचनाहरुको निर्माण भएको छन् तेसै सिलसिलामा यहाँ मुक्य ५ पूलहरु दिएका छन् हेर्नुहोला ।
१. मलेशियाको  लागाकावी स्काई ब्रिज। यो पुल समुन्द्री सतहबाट  २३००  फीटको  ऊंचाईमा रहेको छ। यस पुल  १२५  मीटर लंबाईको छ ।


२. यो सिंगापुरको हेलिक्स ब्रिज हो । निकै घुमाउरो सैलीमा निर्माण गरिएको यो पुलबाट शहरको अद्धभुत देख्न सकिन्छ। यो पुल संसारकै उत्कृष्ट ट्रांसपोर्ट बिल्डिंगको रुपमा चिनिन्छ ।


३.यो संसारकै प्रसिद्ध रोलिंग ब्रिज हो ।  अद्धभुत पुलहरू मध्येमा पर्ने यो पुल पानी जहाज वा बोट आउदा अटोमेटिकरुपमा रोल हुने गर्दछ  । बोट गए पश्चात पुनः पहिलेकै अवस्थामा आउदछ ।

४. यो  जापानको  ओहिशा ब्रिज हो ।यो  पुलले  मतस्यू र  सकाईमिनाटो नामको दुई शहरलाई जोड्ने  काम गर्दछ ।


५.यो चीनको ड्रैगन किग कौग ब्रिज हो । पुल १८५  मीटर लम्बाई र २२  मीटर ऊचाईको  रहेको छ। यो पुल चीनको चागशा मेक्‍शी लेक जिल्लामा रहेको छ  ।

कृषिमन्त्री हरिप्रसाद पराजुलीको धान रोपाइँ कार्यक्रममा अस्लिन हर्कत पछि पद धरापमा

0 comments
       १६ असार, कृषिमन्त्री हरिप्रसाद पराजुलीलाई सरकारबाट फिर्ता बोलाउन नेकपा (एमाले) भित्रै दबाब बढेको छ ।कृषिमन्त्री मन्त्री पराजुलीले मङ्गलबार मूलपानीमा आयोजित धान रोपाइँका क्रममा सार्वजनिकरुपमा महिलामाथि दुव्र्यवहार गरेको समाचार सञ्चार माध्यममा आएपछि उहाँलाई सरकारबाट फिर्ता बोलाउन नेकपा (एमाले) भित्रै दबाब बढेको तथा पदबाट बर्खास्तको माग उठेको छ।
     पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मन्त्री पदमा रहेर पार्टीको शिर गिराउने काम गरेकाले तत्काल कारबाहीका लागि नेतृत्वलाई ध्यानाकर्षण गरिएको राससलाई बताउनुभयो । आजको व्यवस्थापिका–संसदमा अन्य पार्टीका सभासद्ले पनि मन्त्री पराजुलीको आलोचना गरेका थिए ।
    एमालेका पदाधिकारीले पनि नेतृत्वलाई तत्काल निर्णय लिन सुझाएका छन् भने अन्य  सभासद्हरुले अध्यक्ष केपी ओलीलाई प्रमुख सचेतक अग्निप्रसाद खरेलमार्फत् ध्यानाकर्षण गराउनुभएको थियो ।
     उपाध्यक्ष शाक्यले भन्नुभयो, “मन्त्रीले नै त्यस्तो गरेपछि पार्टीभित्रका र  आम महिला कसरी सुरक्षित हुने भन्ने प्रश्न उठेको छ, के पार्टीमा अन्य छवि भएका र योग्य व्यक्ति छैनन् र ?”



Like us

 

Search

 
Enjoy the site