Friday, August 28, 2015

Bhadragol, 28 August 2015

0 comments
११ भाद्र २०७२ सुक्रबार - नेपाल टि.भी.बाट प्रशारीत हाँस्य टेली फिल्म भद्रगोल हेर्नुहोस । भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला।
bhadragol-28-august-2015
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

२२ बर्षको उमेरमा गुजरात हल्लाउने हार्दिक पटेल

0 comments
अहमदाबाद– २२ वर्षीय हार्दिक पटेलले पटेल समुदायलाई आरक्षणको माग गर्दै सुरु गरेको आन्दोलनका कारण गुजरात अस्थिर भएको छ । हार्दिकको आन्दोलनका कारण विगत दुई दिनदेखि लगातार कर्फ्यू लगाइएको छ भने नौ जनाले आफ्नो ज्यान गुमाइसकेका छन्। स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको छ । दुई महिना अगाडि अपरिचित हार्दिक अहिले पुरै भारतभर चर्चित भएका छन् । निकै महत्वकाक्षी २२ वर्षीय हार्किकको परिवार र उनका गुरुलाई भने उनी एक दिन चर्चित बन्ने थाहा थियो ।

भारतीय संचारमाध्यमका अनुसार उनी अन्य मानिस भन्दा अगल देखिन्थे । उनको जन्म २० जुलाई १९९३ मा अहमदाबादको वीरम गाउँमा बुवा भरतभाईर आमा उषाबेनको घरमा भएको हो । स्कुलको पढाइ गाउँको दिव्यज्योत स्कुल र केबी शाह हाइयर सेकेन्डरी स्कुलमा भएको हो । दार्हिकलाई पढाउने शिक्षकका अनुसार उनको पढाइ औषत थियो भने क्रिकेटमा भने विलक्षण प्रतिभा । स्कुल र कलेजमा हार्दिकको स्वभाव अन्र्तमुखी भएपनि नेतृत्व क्षमतामा भने गजवको थियो ।

स्कुल कलेजमा कुनै कार्यक्रम वा क्रिकेट खेलमा सधैं हार्दिक अगाडि देखिन्थे । हार्दिकमा आमा उषबेनका अनुसार उनी निडर स्वभावका छन् । उनले कसैको विषयमा कुनै गुनासो गरेका छैनन् । जस्तोसुकै समस्या आफैं सुल्झाउँछन् । क्रिकेटर मैदानदेखि आरक्षणको मञ्चसम्मको यात्रा तय गरेको हार्दिकको यात्रा भने घरबाटै सुरु भएको थियो । हार्दिककी बहिनी मोनिकाको १२ कक्षामा ८४ प्रतिशत आएपनि राज्यले दिने छात्रबृत्ति उनले पाइनन् । यसबाट हार्दिकलाई दुःख लाग्यो ।

अझ मोनिकाका ८१ प्रतिशत ल्याउने साथीले छात्रबृत्ति पाएको थाहा पाएपछि उनले आफूँलाई रोक्न सकेनन् । मोनिकाका अनुसार उनी जिल्ला टपर थिइन् र नियम अनुसार छात्रवृत्ति आफूले पाउनुपर्ने थियो । मलाई दिइएन तर मेरी साथीले भने पाए । यही कुराबाट हार्दिकले आरक्षणको मुद्दा उठाए र दुइ महिनामा आन्दोलनले गुजरात अस्थिर भएको छ ।


लिपुलेकमा बस्ने नेपालीहरु भन्छन ‘तिम्रो सरकारले के दियो, भारतले सबथोक दिएको छ ।’

0 comments
काठमाडौं, भदौ ११ – लिपुलेकको एक नम्बर पिल्लरसम्म पुगेर फर्केका वैद्य माओवादी संवद्ध अखिल (क्रान्तिकारी) का नेताहरुले त्यहाँ बस्ने अधिकांश नेपालीहरुसँग दोहोरो नागरिकता रहेको बताएका छन्
लिपुलेकबाट फर्केपछी बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै अखिल (क्रान्तिकारी) का अध्यक्ष रत्न ढकालले भने, ‘लिपुलेकमा बस्ने नेपालीहरुले खुलेआम भारतिय नागरिकता देखाउँदै हामीलाई सोधे, ‘तिम्रो सरकारले के दियो, भारतले सबथोक दिएको छ ।’

सिमानामा खुलेआमा दोहोरो नागरीकता वितरण गरिएको बारे आफ्नो संगठनले सरकारको ध्यानाकषर्ण गराउने ढकालले बताए । उनका अनुसार सीमाका बासिन्दालाइ सीमा मिचीएको बारे कुनै मतलव छैन ।

बरु काठमाडौंमा बस्नेहरुले सीमाको कुरा उठाउँदा उनिहरुले समस्या महसुस गर्ने गरेको विद्यार्थी नेता विरेन्द्र बस्नेतले बताए ।

दश दिनको भौगोलिक कठिनाइ चिरेर लिपुलेक पुग्दा ठुलो जोखिम मोल्नुपरेको उल्लेख गर्दै कैयौं ठाउँमा विद्याथी नेताहरुले ज्यान हत्केलामा राखेर अगाडी बढेको (अखिल क्रान्तिकारी) ले जनाएको छ ।

आफ्नो संगठन त्यहाँ जाने कुरा थाहा पाएपछी भारतिय सिमा सुरक्षा बलले ठाउँ–ठाउँमा तुईन काट्ने र बत्तिको लाईन काटिदिएर समस्या सिर्जना गरेको सो संगठनले दाबी गरेको छ ।

अध्यक्ष ढकालका अनुसार स्थानियमा आक्रोशको रफ्तार बढाउनका लागि भारतिय सिमा सुरक्षा बलले बिजुली र तुईन काटेको थियो । उनले भने, ‘त्यसो गर्न सकेमा नेपाली भुमिमा बस्दै आएकाहरुले नै हामीलाई असहयोग गर्नेमा भारतिय सिमा सुरक्षा बल विश्वस्थ रहेको पाईयो ।’

त्यस्तै लिपुलेकको घना जंगलबाट ठुलो संख्यामा बन्यजन्तु तस्करी हुँदा पनी नेपाली प्रहरीहरु मुकदर्शक बन्ने गरेको अखिल (क्रान्तिकारी) ले जनाएको छ । लिपुलेक पुगेर फर्कनेहरुका अनुसार लिपुलेक जाने बाटोमा पर्ने होटलहरुमा जंगली जनावरको सुकुटी र बावुराम नामक रक्सी छ्यापछ्याप्ती पाईन्छ ।

वैद्यका विद्यार्थिहरुसँगै लिपुलेक पुगेका एक पत्रकारका भन्छन्, ‘त्यहाँ जिन र भर्जिन भन्दा पनी बावुराम रक्सी र जंगली जनावरको सुकुटी लोकप्रिय रहेछ ।

लिपुलेकमा चामल नपाउने हुनाले त्यहाँ जौ को ढिँडो निकै लोकप्रिय बनेको छ ।

त्यस्तै भारत र चिनले लिपुलेक हुँदै दैनिक सयौं खच्चरहरु मार्फत सामान ओसार पसार गर्ने गरेको भएपनी नेपालको प्रशासनले भन्सार प्रणाली लागु गर्न नसकेको उनिहरुले बताएका छन् । गएको साउन २३ गते काठमाडौंबाट लिपुलेक हिँडेका विद्यार्थिहरु ३२ गते लिपुलेकको एक नम्बर पिल्लरमा पुगेका थिए । त्यहाँबाट उनिहरु कञ्चनपुर हुँदै भदौ पहिलो साता काठमाडौं फर्केका थिए । श्रोत साभार :रातोपटी 

नेपाल अन्डर नाइन्टिन साफ च्याम्पियन्सिप फुटबलको फाइनलमा प्रवेश

0 comments
काठमाडौं, ११ भदौ । नेपाल अन्डर नाइन्टिन साफ च्याम्पियन्सिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको सेमिफाइनमा अफ्गानिस्तानलाई ३ – २ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपालका लागि अन्जन विष्टले दुई र सुनिल पालले एक गोल गरेका थिए ।

खेलको ५० औं मिनेटमा बल जोगाउने क्रममा अनन्त तामाङले आत्मघाती गोल गरेका थिए ।

अब नेपालले बिहीबार हुने बंगलादेश र भारतबीचको सेमिफाइनल विजेतासँग फाइनल खेल्नेछ ।



नुवाकोट पहिरोमा परी मृत्यु भएका ६ जनाको सनाखत र ६ जना घाइते

0 comments
नुवाकोट, भदौ ११ । नुवाकोटमा पहिरोमा परी मृत्यु भएका ६ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा गोर्स्याङ २ काभ्रेस्थलीका स्थानीय २६ बर्षीय सोमबहादुर तामागं र उनकी श्रीमती भएको प्रहरीले जनाएको छ ।

त्यस्तै सोही गाविसका फुर्क तामागं र उनका छोरा केशव र पूणको पनि मृत्यु भएको छ । त्यस्तै नुवाकोटकै धर्लागंकी कुमारी तामागंको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोबाट ६ जना घाइते भएको बताइन्छ ।

घटनास्थल सदरुमुकामदेखि झण्डै १७ किलोमिटर पश्चिममा पर्छ । घाइतेहरुलाई उपचारका लागी सदरुमुकाम ल्याउने तयारी भइरहेको प्रहरीको भनाई छ । भिडियो हेर्न यहाँ थिच्नुहोस 



photo by :nuwakot khabar


Sagarmatha Samachar 2072-05-11

0 comments
११ भदौ २०७२ -शुक्रबार बिहानको समाचार हेर्नुहोस।

सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस।
VIDEO

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Thursday, August 27, 2015

Tito Satyua, 27 August 2015

0 comments
नेपाल टि.भी.बाट २०७२ भाद्र १० गते बिहिबार बेलुकी प्रशारीत हाँस्य टेली फिल्म तितो सत्य हेर्नुहोला। क्लिक गर्नुहोला भिडियो प्ले हुनेछ।
tito-satyua-27-august-2015
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

राजधानीमा डनको संख्या कति ? कुन समूहमा को–को ?

0 comments
काठमाडौं, १० भदौ । गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ र दिनेश अधिकारी ‘चरी’ को प्रहरी इन्कान्टरमा मृत्यु भएपछि राजधानीमा सक्रिय गुण्डाहरुको खोजी शुरु भएको छ ।

गुण्डागर्दीविरुद्ध महानगरीय प्रहरी अपराध महाशाखा आक्रमक रुपमा प्रस्तुत भएपछि गुण्डाहरुबीच भागदौड मच्चिएको समाचार यूनाइटेड पोष्टले छापेको छ । खासगरी प्रहरी सूचिमा वान्टेड रहेकाहरुको सातो गएको हो ।

दर्जनौं गुण्डाका नाइकेहरु प्रहरीको वान्टेड सूचिमा छन् । गत वर्षमात्र जेलबाट छुटेका बैंक लुटेरा टासी लामा अर्का वान्टेड गुण्डाका नाइके हुन् ।

पछिल्लो समय उनले व्यापारीलाई अपहरण गरेर पैसा असुल्दै आएका छन् । चरी र घैंटेको इन्काउन्टरपछि ठूला डनहरु भागिसकेका छन् भने टोलेहरु पनि तर्सिएका छन् । विभिन्न मुद्दाका वान्टेडहरुले उपत्यका छाडिसकेका छन् ।

ठूला डनहरु दीपक मनाङे, गणेश लामा, राजु गोर्खाली, मिलन चक्रे, साजन महर्जन, बाघे लामा, माइला लामा, रोज राणा, मिनकृष्ण महर्जन, बिश्वक्रान्तिहरु पनि आतंकित छन् इन्काउन्टरको डरले । रोज राणा भर्खरै विदेशबाट नेपाल आएका छन् ।

आफूहरु सुध्रिन पाउने र सुध्रिएको तर्क गर्ने यी डनहरुले गोप्य रुपमा व्यापारीलाई धम्काउने काम अझै छाडेका छैनन् । सम्पत्ति शुद्धीकरण मुद्दाबाट छुटेपछि मनाङे व्यापारमा केन्द्रीत छन् ।

ठमेलमा उनको राज अझ कायमै छ । ठमेलमा विभिन्न रेष्टुरेन्टमा लगानी गरेका उनको हेटौंडामा क्रसर तथा नवलपरासीमा जडिबुटीसम्मको व्यवसाय छ ।

मनाङ्गेले सहयोगि उमेश लामाको फर्म मार्फत दरबारमार्ग प्रहरीको भवन समेत निर्माण गरेका छन् । केही समय राजनीतिमा लागेपनि पछिल्लो सयम उनी त्यती सक्रिय छैनन् ।

त्यसो त काभ्रेली समूहका गणेश लामासँग थोरै व्यक्तिहरु मात्र रहेको बताइन्छ । लामाका सबैभन्दा नजिकका सहयोगी विष्णु लामा हुन् ।

लामामाथि नै डन घैंटेले गोंगबुको एक रेष्टुरेन्टमा गोली प्रहार गरेका थिए । जसलाई काभ्रेमा छोटे डनका रुपमा सर्वसाधरणहरुले चिन्ने गर्छन् ।

उनी पछिल्लो समय काभ्रेली समूहकै दाबा लामा लागुऔषध मुद्दामा जेल परेपछि सक्रिय छन् । गुण्डागर्दी र असुलीमा विष्णुलाई गणेशका अलवा मनाङ्गेले पनि प्रयोग गर्ने गरेको ठमेलमा चर्चा हुने गर्दछ ।

दुई वर्षअघि युवासंघमा प्रबेश गरेका साजन महर्जन पद नपाएपछि एमालेमा सक्रिय छैनन् । यतिबेला उनी निर्माण सामाग्रीको व्यवसाय चलाएर बसेका छन् ।

त्यस्तै नुवाकोटका कांग्रेस नेताहरुसँगको छत्रछायाँमा आतंक मच्चाउँदै आएका बालाजुका माइला लामा सो क्षेत्रका ठेक्कापट्टामै केन्द्रीत छन् ।

ललितपुरका मिनकृष्ण महर्जनको पनि प्रमुख काम ठेक्कापट्टा नै हो । ललितपुरको चापागाउँ क्षेत्रमा सञ्चालित अवैध ढुङ्गाखानी र क्रसरमा उनको लगानी छ । ललितपुरका सरकारी ठेक्कामा उनको दबदबा छ ।

सडक ठेक्काको कमिसन नमिल्दा नै रमेश बाहुनसँग उनको झगडा भएको थियो । त्यही झगडाको क्रममा शुरुमा महर्जनले बाहुनको तिघ्रामा गोली हानेपछि बाहुनले जवाफमा उनलाई गोली हानेका थिए ।

गत बर्ष पक्राउ परेका बाहुन यतिखेर केद्रिन्य कारागार सुन्धारामा छन् । घैंटे समूहका समिरमानसिंह बस्नेतसको चरीका दुश्मन राधे भण्डारीसँग दोस्ती छ ।

बस्नेतसँग सानुभाई भन्ने युबराज गुरुड र चाबहिलका हबल्दार भन्ने प्रतिक श्रेष्ठले मिलेर काम गर्दै आएका छन् । यि सबैका संरक्षक काग्रेस नेता जगदिशनरसिंह केसी हुन् ।

उनीहरुलाई एक डीएसपीले प्रहरीको सूचना चुहावट गर्दै आपराधिक क्षेत्रमा सहयोग पुर्‍याउँदै आएका छन् । बस्नेतले बाफल देखी धादिडसम्म ठेक्का पट्टामा गुण्डागर्दी गर्दै आएका छन् । बस्नेत समूहकै नेपालगञ्जका गुण्डा नाइके रिगल ढकालले अदालतसमक्ष आत्मसमर्पण गरिसकेका छन् ।

अर्का डन राजु गोर्खालीले रेष्टुरेन्ट चलाउँदै आएका छन् । उनले चाबहिल क्षेत्रका अस्पताल देखी पोलिक्लिनिकसम्म हप्ता असुल्दै आएका छन् । हेम्पीङ हेण्डन्स अस्पतालका सटरको टेण्डरमा गोर्खालीको बोलकबोल छ ।

यता चक्रपथका डन मिलन चक्रेको कुमार घैंटेसँग पुरानो दुस्मनी थियो । चरीलाई लगाएर घैंटेलाई आक्रमण गर्ने योजना बनाएका चक्रे भने चरी र र घैंटे दुबै मारिएपछि खुशीका साथ तनावमा छन् ।

उनका भाई तेजेन्द्र गुरुङलगायतको समूहले पछिल्लो समय पनि महाराजगञ्ज क्षेत्रमा नियमित असुली गर्दै आएको प्रहरीको आरोप छ ।

त्यस्तै बारम्बार अपराधमा संलग्न भएका भक्तपुरका गुण्डा नाइके सगुन श्रेष्ठ पनि अहिले जेलमा छन् । सिन्धुुपाल्चोका ठेकदार जीवन श्रेष्ठलाई अपहरण गरेको अभियोगमा उनी जेलमा पुगेका हुन् ।

श्रेष्ठ नेपाली कांग्रेस निकट मानिन्छन् । भक्तपुरमा हुने अधिकांस निमार्णको ठेक्का, अबैध बालुवा खानी, ढुंगा खानीबाट असुलेको रकम नै श्रेष्ठको आम्दानीको स्रोत हो ।

कुन समूहमा को–को ?

काठमाडौं उपत्यकामा प्रहरी तथ्यांकले गुण्डाहरुको संख्या करिव दुई सय देखाएको छ । प्रहरीका अनुसार उनीहरु विभिन्न समूहमा आबद्ध रहेर आपराधिक गतिविधिमा संलग्न छन् ।

हत्या अभियोगमा दुई वर्ष कैद भुक्तान गरी छुटेका राजु गोर्खालीमातहत सबैभन्दा बढी तीन दर्जन गुण्डा संगठित छन् । गोर्खालीको महानगरिय आयुक्त कार्यालयका प्रमुख एआईजी विज्ञानराज शर्मासँग राम्रो सम्बन्ध रहेका कारण उनको भित्री असुली धन्दाका बारेमा प्रहरी जानकार भएपनि शर्मासँगको सम्बन्धले प्रहरीले केही गर्न सकेको छैन ।

गोर्खालीको समूहमा पहिलो नम्बरमा विनोद थापा छन् । जेलबाट छुटेपछि पनि गोर्खालीले संगठन चलाइरहेका छन् । जतिसुकै सजाय भुक्तान गरेर छुटे पनि अधिकांश आपराधिक गतिविधिमै लाग्छन् र सुध्रिएको नाटक गर्छन् ।

गोर्खालीको समूहमा विनोद थापा, प्रदीप थापा, मधुकर, विष्णु मानन्धर, साजन महर्जन, भीम गुरुङ, कुमार गिथ्ही, सञ्जय डंगोल, डल्लुसिंह गुरुङ, सन्ते राना, प्रतीक श्रेष्ठ, विनोद श्रेष्ठ, सुदीप श्रेष्ठ, सुरज श्रेष्ठ, नीतेश केसी, सन्तोष कँवर, निकेश थापा, सन्नी श्रेष्ठ, राकेश श्रेष्ठ, रोहित सुनुवार, सुनील लामा, रवि कपाली, राजेन्द्र अधिकारी, धिरेन, रवि कार्की, सानो बाबु, गोपाल, सागर तामाङ, पारस लामा, सुनील तामाङ, रामकृष्ण श्रेष्ठ, भीम राई, भूषण राईलगायत छन् ।

राजनीतिक संरक्षण पाएका काभ्रेली समूहका नाइके गणेश लामा सदस्यका आधारमा दोस्रो नम्बरमा छन् । उनको नेतृत्वमा पनि करिव तीन दर्जन गुण्डा सक्रिय रहेका छन् । तथ्यांकअनुसार उनको समूहमा काम गर्नेमध्ये पहिलो नम्बरमा विष्णु लामा छन् ।

शुरुमा दावा लामाले पनि गणेशकै निर्देशनमा काम गर्दथे । विष्णुपछि गणेशको समूहमा अभिमानसिंह बस्नेतको नाम आउँछ । तर यतिबेला बस्नेतले छुट्टै समूह बनाएका छन् ।

बस्नेत समूहमा कृष्ण पाण्डे, विनय मगर, अजय थापा, विजय लामा, बाला लामा, आशीष श्रेष्ठ रहेका छन् । गणेशको काभ्रेली समूहमा स्याल भन्ने सञ्जीब लामा, मिलन लामा, सूर्य लामा, अशोक लामा, खगेन्द्र लामा, अदीप लामा, चन्द्र लामा, केशव लामा, दीपेन्द्र लामा, कांग्रेस सभासद् तीर्थ लामा, अमृत लामा, दावा लामा, जित लामा, कान्छा लामा, धनबहादुर लामा, दुर्गा तामाङ, विनोद पन्त, जीवन लामा, फुर्वा लामा छन् ।

मनाड्गे निकट उमेश लामा समूहमा श्री शाही, कमल भण्डारी, कुमार गुरुङ, सञ्जय लामा, माइला लामा, मिलन गुरुङ सक्रिय रहेका छन् । चक्रे भनिने मिलन गुरुङको समूहमा करिव ३५ गुण्डाहरु सक्रिय छन् ।

उनका सदस्यमध्ये पहिलो नम्बरमा भाइ तेजेन्द्र नै पर्छन् । चक्रेको समूहमा तेजेन्द्र गुरुङ, सुनील अमात्य, अनिल अमात्य, रमेश बस्नेत, अखिल खड्का, रामु श्रेष्ठ, राजन थापा, राजेश महर्जन, धने विशाल, देवराज गुरुङ, नारायण तामाङ, लालबहादुर आले, शेर्पा मलको जन्जिर बारका विश्व गुरुङ, नवराज गुरुङ, धनबहादुर लामा, नीराजन लामा, अमृत केसी, दावा गोले, भीमदेव कार्की, प्रसन्न तामाङ, रोशन मगर, किसमत गुरुङ, जितबहादुर तामाङ, निर्मल लामा, जित गुरुङ, शंकर लामा, गल्भु गुरुङ, रमेशप्रताप शाह, निर्मल गुरुङ, सूर्यमान तामाङ, रीतेश थापा, सुमन रम्तेल, दिनेश रम्तेल, श्यामकृष्ण महर्जन, सुमन लामा रहेका छन् ।

त्यस्तै संख्याका आधारमा बाघे लामा चौथौ नम्बरको नेतृत्वकर्ता देखिन्छन् । उनको समूहमा ११ सदस्य छन् । अनिल थापा, दीपक श्रेष्ठ, कुमार लामा, अर्जुन कुटवार, अकुल थापा, रुपक र दीपक पाण्डे उनका सदस्य हुन् ।

पाँचौँ नम्बरको नेतृत्वकर्ता डाक्टर भनिने प्रवीण प्रधान छन् । उनको समूहमा निरज चित्रकार, रोमिन श्रेष्ठ, रघु राजभण्डारी, प्राचीन श्रेष्ठ, काजीमान श्रेष्ठ, राजन लामा, निरज श्रेष्ठ, सन्जु श्रेष्ठ र महेन्द्र रन्त शाक्य गरी १० सदस्य छन् ।

छैटौँ नम्बरको नेतृत्वकर्ता मिननकृष्ण महर्जन हुन् । उनको क्षेत्र पाटन हो । उनी हाल निकै सक्रिय छन् । उनको समूहमा दधि महर्जन, राकेश महर्जन र विक्रम गुरुङ सक्रिय छन् ।

समूहमा धेरै सदस्य नभएका डनको संख्या ५० भन्दा धेरै रहेको प्रहरीको दाबी छ । त्यसपछि चरीकै नामले चिनिने अर्का डन हुन्, विज्ञान श्रेष्ठ ।

मनोज तुलाधर, महारानी डंगोल, मनोज श्रेष्ठ, सोल्टी गुरुङ, भरत श्रेष्ठ, सुनील कामी, दीपेन्द्र अधिकारी, आकाश श्रेष्ठ, सुमनरत्न शाक्य, समिर बस्नेत, सुदर्शन थापामगर, सुजन गुरुङ, सागर श्रेष्ठ पनि गुण्डागर्दीमा सक्रिय रहेको प्रहरी स्रोत बताउँछ ।

यसबाहेक काजी शेर्पा, प्रदीप खत्री, साजन महर्जन र सुरेश तामाङको छुट्टटै समूह रहेको पनि प्रहरी तथ्यांकमा उल्लेख छ । काजी शेर्पा, गोकुल शिवाकोटी, चाइनिज गुरुङले घैंटेलाई सहयोग गर्दै आएका थिए । यीमध्ये काजीले छुट्टै समूह बनाई अपराधमा सक्रिय छन् ।

प्रहरी स्रोतका अनुसार एउटा यस्तो समूह छ कि, जसले प्रहरीबाट सुचना लिएर गुण्डा नाईकेसम्म पुर्‍याई आपसमा जुधाएर फाईदा लिर्दै आएको छ । यो समूहका नाईके हुन रोज राणा । श्रोत : दैनिक नेपाल

भक्तपुरको हनुमन्ते खोलामा बाढी कयौ घर डुबानमा

0 comments
काठमाडौँ १० , भदौ ।  भक्तपुरको हनुमन्ते खोलामा बाढी आएको छ । बाढीका कारण नदी किनाराका बस्ती डुबानमा परेका छन् भने बाढी बस्तीमा पसे पछि स्थानीयमा त्रसित बनेका छन्  । हनुमन्ते खोलाको पुलमाथिबाट पानी बग्न थालेपछि  कमलविनायक जगाती सडक अण्ड अवरुद्ध भएको छ  । पानीले भक्तपुर नगरपालिकास्थित महेश्वरी खेल मैदानमा रहेको भूकम्प पीडितको शिविर डुबाएको छ । ८ सय ५० जना बस्दै आएको सो शिविर डुबेपछि भूकम्प पीडित समस्यामा परेका छन्  । जिल्लाको सिद्धि स्मृति अस्पताल पनि डुबानमा परेको छ । अस्पतालको भुइँतलामा पानी जमेको छ । विरामीहरु अस्पतालको माथिल्लो तलामा रहेकोले खासै समस्या परेको छैन । 


उता  काभ्रे र भक्तपुरको सीमामा गएको पहिरो हटाईएको छ । पहिरोका कारण अरनिको राजमार्ग करिब दुई घण्टाको लागि अबरुद्द भएको थियो । सडक सुचारु भएसंगै  काठमाडौँबाट काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुला, महोत्तरी लगायतका जिल्लामा जाने र त्यताबाट राजधानी आउने यात्रुहरु गन्तब्य तर्फ अघि बढेका छन् । श्रोत :अनलाईन खबर

तस्बिर कान्तिपुर समाचार



Kantipur Samachar , 27 August 2015

0 comments
१० भदौ २०७२ बिहीबार दिउसो कान्तिपुर टि.भी बाट प्रशारित समाचार हेर्नुहोस।
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Wednesday, August 26, 2015

कैलाली घटनाको खबर पाएपछि उपेन्द्र यादवसहित मधेसी नेताको टोली भागेर भारत पुग्यो | NEPAL KHABAR

0 comments

Harke Haldar , 26 August 2015

0 comments

९ भाद्र २०७२ बुधबार राती ९ बजे कान्तिपुर टि. भी. बाट प्रशारित हाँस्य टेली फिल्म हर्के हल्दार २२८औ भागको  भिडियो हेर्नुहोस।
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

नरेन्द्र मोदीले टेलिफोन संवादमा प्रधानमन्त्री कोइरालालाई नयाँ संविधानमा राजसंस्थालाई भुमिका दिन आग्रह गरेको खुलासा

0 comments
काठमाडौं, ९ भदौ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री सुशील कोइरालालाई नयाँ संविधानमा राजसंस्थालाई भुमिका दिन आग्रह गरेको खुलासा भएको छ । कैलाली घटना भएलगतै भारतीय प्रधानमन्त्री मोदी र कोइरालाबीच झण्डै १५ मिनेट टेलिफोन संवाद भएको थियो । संवादमा मोदीले १०/१५ जनाले निर्णय गर्नु भन्दा नयाँ र पुराना शक्ति मिलाएर संविधान जारी गर्न सुझाव दिएका थिए । ‘पुरानो राजसंस्थालाई पनि स्थान दिँदा दिगो शान्ति र संविधानको दिर्घायू हुन्छ’ टेलिफोन संवादमा मोदीले भने ‘सिमित घेरा र गणितका आधारमा संविधान जारी गर्नु हुँदैन ।’
मोदीको सुझावपछि हिन्दुस्तान टाइम्समा समाचार प्रकासित भएको थियो । तर प्रधानमन्त्री कार्यालयले १०/१५ जना कोठाभित्र बसेर संविधान जारी नगर्न भारतीय प्रधानमन्त्री सुझाव नदिएको भन्दै समाचार खण्डन गरेको छ । हिन्दुस्तान टाइम्स जस्तो प्रतिस्ठित मिडियाले भ्रामक समाचार प्रकासित गरेको भन्दै आपत्ती समेत जनायो । प्रधानमन्त्री कार्यालयले खण्डन गरेलगतै हिन्दुस्तान टाइम्सका पत्रकारले फेरी ट्वीट गर्दै भने ‘जति सुकै खण्डन आवस् तर म मेरो समाचार स्रोतप्रति विश्वस्त छु ।’
पत्रकारले नेपालको प्रधानमन्त्री कार्यालयलाई चुनौति दिँदै समाचार सत्य भएको दावी गरेका छन् । उनको दावीमा नेपालको प्रधानमन्त्री कार्यालय चुपचाप बसेको छ । उनले आफ्नो समाचारमा नयाँ पुराना सवै शक्तिलाई मिलाएर संविधान जारी गर्न मोदीले कोइरालालाई सुझाव दिएको उल्लेख गरेका छन् । प्रधानमन्त्री कार्यालयले भने यसलाई भारतीय हस्तक्षेपका रुपमा लिएको छ ।
मोदीले राजसंस्थालाई भूमिका दिन कोइरालालाई आग्रह गरेको जानकारी पाएका मजदुर किसान पार्टी अध्यक्ष नारायणमान विजुक्छेले संविधानसभाकै बैठकमा जवाफ मागेका छन् । ‘भारतीय प्रधानमन्त्रीसँग हाम्रा प्रधानमन्त्रीको के कुरा भयो ?’ विजुक्छेले जवाफ माग्दै भने ‘त्यो जानकारी पाउने अधिकार सार्वभौम नेपाल जनता सवैलाई छ ।’
पूर्वराजा ज्ञानेन्द्रले पनि यतिबेला आफ्नो भुमिका खोजिरहेका छन् । थाइल्याण्ड र भारतको गोप्य भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र पारस पुत्र हृदयन्द्रलाई संबैधानिक राजा बनाउने दाउमा छन् । श्रोत : दैनिक खबर

क्यानडा, अमेरिका र रसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्तिहरुलाई पक्राउ

0 comments

काठमाडौं, भदौ ९ -  प्रतिव्यक्ति १५ लाखदेखि ४५ लाख रुपैयाँसम्म रकम लिई क्यानडा, अमेरिका र रसिया पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गर्ने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

क्यानडा पठाउने भन्दै रकम उठाउने काठमाडौंको घन्टाघरस्थित वल्र्डवाइड ऐजुकेसन सेन्टरका सन्चालक गोरखाका हरिराम आचार्य रहेका छन् । तेस्तै अमेरिका र रसिया पठाउने भनी ठगी गर्ने काठमााडैंकै टेकुस्थित सेन्टर इन्भेस्टिकेसन सेक्युरिट फोर्सका सन्चालक सुर्खेतका भागचन्द्र महरलाई पनि पक्राउ गरी सार्वजनिक गरिएको छ । श्रोत : ईमेज खबर

लिम्बुवान स्वायत्त राज्यको माग सम्बोधन नभए अनिश्चितकालिन आमहड्ताल

0 comments

धरान, ९ भदौ । लिम्बुवान स्वायत्त राज्यको माग गर्दै लिम्बुवानवादीहरूले ‘सडक कब्जा’को कार्यक्रम सुरु गरेका छन् । अरूण–सप्तकोशीपूर्व लिम्बुवान राज्य स्थापनाका लागि दबाब दिन लिम्बुवान सङ्घर्ष समितिले कब्जा अभियान थालेका हुन् ।

६ प्रदेशले आफ्ना माग सम्बोधन गर्न नसकेको ठहर गर्दै पूर्वका नौ जिल्लामा लिम्बुवान ‘अकुपाइ’ नाम दिएर अनिश्चितकालिन कार्यक्रमका साथ सडकमा उत्रेको समितिलाई संयोजन गरिरहेका याक्थुङ चुम्लुङका महासचिव प्रेम येक्तेनले बताए ।

उनले सङ्घर्ष समितिमा लिम्बुवानजन्य राजनीतिक पार्टीहरूसहित सामाजिक सङ्घ संस्थाहरू सामेल रहेको जनाए ।

‘पहिलो चरणमा शान्तिपूर्ण तरिकाले लिम्बुवानको सडक कब्जा अभियान थालेका हौं,’ येक्तेनले भने, ‘समयमै माग सम्बोधन नभए अनिश्चितकालिन आमहड्तालसम्मका कार्यक्रम ल्याउने छौं ।’

लिम्बुवानको बाक्लो गतिविधि हुँदै आएको धरानबाट अभियान थालिएको छ । अभियान प्रत्येक दिन बिहान ७ बजेदेखि सुरु भएर बेलुकी ६ बजेसम्म चल्ने सङ्घर्ष समिति सुनसरीका अमर इजमले बताए ।

उनले भने, ‘अकुपाइ अन्तर्गत प्लेकार्ड, ब्यानर प्रदर्शनदेखि सांस्कृतिक कार्यक्रमसम्मका हुनेछन् ।’ अभियान चाँडै दमक, इटहरी, उर्लाबारी, बिर्तामोड, इलाम, धनकुटा, म्याङलुङ, फिदिम, फुङलिङसम्म विस्तार हुने चुम्लुङका महासचिव येक्तेनले सुनाए ।

लिम्बुवान आन्दोलनलाई एकीकृत र संयुक्त रूपमा अगाडि लैजान चुम्लुङले भदौ पहिलो साता सङ्घर्ष समिति ब्यँुताएको थियो ।

चुम्लुङले संयोजन गरेको समितिमा सङ्घीय लिम्बुवान पार्टी नेपाल, सङ्घीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा–माओवादी, सामाजिक लोकतान्त्रिक पार्टी लगायतका दलहरू छन् ।

त्यस्तै, सम्बद्ध संस्थाका रूपमा लिम्बु विद्यार्थी मञ्च, लिम्बु पत्रकार सङ्घ, फक्ताङलुङ सांस्कृतिक सयङ, लिम्बु युवा मञ्च, किरात याक्थुङ माङगेन्ना चुम्लुङ लगायतका लिम्बुजन्य संस्थाहरू छन् ।

समितिमा लिम्बुवानका थातथलो खुलेका जातिहरूको प्रतिनिधिमूलक संस्था, आदिवासीजन्य सङ्गठनहरू पनि समावेश गर्ने तयारी चलिरहेको येक्तेने बताए ।


गुजरातमा आन्दोलन उग्र बनेपछि कर्फ्यु लगाइयो मोबाइल र इन्टरनेट सेवा ठप्प

0 comments
काठमाडौं, भदौ ९ । भारतको गुजरात राज्यमा पटेल समुदायको आन्दोलन उग्र बनेपछि राज्यका विभिन्न स्थानमा कर्फ्यु लगाइएको छ । अहिले सम्मा ३ जनाको मृतु भैसकेको छ। सुरतमा सेना परिचालन गरिएको छ भने अहमदावाद र मेहसाणालगायतका अन्य स्थानमा अर्धसैनिक बल तैनाथ गरिएको छ ।

पटेल समुदायलाई अति पिछडिएको समुदाय सरह आरक्षण माग गर्दै सुरु भएको आन्दोलन हिंसात्मक बनेपछि गुजरातमा सबै शिक्षणसंस्था बन्द गरिएको छ ।

आन्दोलनकारीले सवारी–साधन तोडफोड र आगजनी गरेपछि स्थानीय प्रशासनले मोबाइल र इन्टरनेट सेवासमेत बन्द गरेको छ ।

आन्दोनलनको नेतृत्व गरिरहेका २२ वर्षीय हार्दिक पटेललाई प्रहरीले नियन्त्रणमा लिएपछि उनका समर्थक थप उग्र बनेको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

मंगलबार पटेल समुदायले अहमदावादमा गरेको प्रदर्शनमा करिब एक लाख मानिसको सहभागिता रहेको बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गुजरातका मुख्यमन्त्री आनन्दीबेन पटेलले शान्ति कायम राख्न आह्वान गरेका छन् ।

गुजरातको कुल जनसंख्यामा पटेल समुदाय २० प्रतिशत हाराहारी रहेका छन् । हिराको व्यापार गर्ने पटेलहरु खेती किसानीमासमेत संलग्न छन् ।

सन् २००२ मा पनि गुजरातको धार्मिक दङगामा १,००० जना जति व्यक्तिको मृत्युभएको थियो । त्यसमा धेरै जसो मुश्लिमहरु मरेको थियो।



Super Hit New Teej Song 2015 Aahileko Teejma Babalai Bho by Kisan Gaha Magar & Susmita Gurung HD

0 comments

Musician/Lyricist: Kisan Gaha Magar Artist: Parbati Rai/Nirin Shrestha Director: Milan Karki Rights for this video for VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Golbhedako Chatani | Full Song | Magne Budo Comedy Lok Dohori Song || Him Samjhauta

0 comments

Songs Title: Golbhedako Chatani | Full Song
Vocal: Mina Adhikari/Darma Sunuar
Music/Lyrics: Rajendra Subedi
Produced by Him Samjhauta Digital
© Highlights Nepal Pvt. Ltd.

VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Latest Teej Song 2015 (भैयो सुक्खाराम by Shree Ram Bhandari & Radhika Hamal) - New Teej Song 2072

0 comments

आशिर्वाद म्युजिक प्रा. लि. को नया प्रस्तुति
गीति संग्रह : भैयो सुक्खाराम
गायक कलाकारहरु : श्रीराम भण्डारी, राधिका हमाल
अभिनय : कल्पना रसौली ,केशरी थापा, सुरज पाण्डे, अनमोल
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Bibek Sitaula - Timi Timi Chau ft Priyanka Karki

0 comments
Watch New Nepali song "Timi Timi Chau" presented by The Rebel Creation. The singer of this song is Bibek Sitaula. The Lyrics and Music is provuided by Bibek Sitaula as well. Famous Nepali actress and actor Priyanka / Jeevan are dancing in this video.
 Lyrics/Music: Bibek Sitaula
Artiste: Priyanka / Jeevan
Arranger: Shailendra Pradhan "Babu"
Recording/Mixing: Bijay Shrestha
Dress Designer: Ishu Magar
Makeup: Sarita
Camera: Anil Manandhar "Aniqurel"
Edit/Direction : Jeevan Thapa
The Rebel Creation 2015

VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

क्वालालम्पुरस्थित एक डान्स बारमा तीन नेपाली युवती पक्राउ

0 comments
९ भाद्र -मलेसियाको क्वालालम्पुरस्थित एक डान्स बारमा यौनजन्य कृयाकलाप गरेको आरोपमा तीन नेपाली युवती सहित १३ जना मंगलबार पक्राउ परेका छन् ।

 उनीहरूलार्इ यहाँस्थित अध्यागमनले मंगलबार बारमा छापा मारी पक्राउ गरेको हो । नेपाली युवतीसहित चार भारतीय र दुर्इ बंगलादेशी युवती पनि पक्राउ परेका छन् ।

 बारमा याैनजन्य कृयाकलाप गरेको अारोपमा पक्राउ पर्ने अन्यमा पाकिस्तानी र बंगलादेशी युवा रहेको यहाँको अध्यागमनले जनाएको छ । बारबाट एकजना  मलेसियन युवा पनि  पकाउ परेका छन् ।

 नेपालबाट डान्स बारमा नाच्न नेपाली युवती ल्याइने चर्चा सुनिए पनि मलेसियन बारबाट नेपाली युवती पक्राउ परेको यो पहिलो घटना हो ।

 पक्राउ परेकाहरूलाई केएलआइए अध्यागमनको हिरासत मा राखेर अनुसन्धान थालिएको छ । पक्राउ परेका नेपाली युवतीहरूको थप विवरण भने खुलइएको छैन ।
 अन्नपूर्णपोष्टबाट -











picture illustration purposes only

बैदेशिक रोजगारीमा कार्यरत रहदै आएका दुई नेपालीको मृत्यु

0 comments

बैदेशिक रोजगारीको शिलशिलामा ओमानमा कार्यरत रहदै आएका दुई नेपालीको मृत्यु भएको छ । कसेनी-२ शिकारकोटका भवन सिंह गाहा तथा हटिया-७ बाग्लुङका गमबहादुर खत्रीको मृत्यु भएको हो । bhawansingh gahaपाल्पाका भवनसिंह ४ बर्षअघि ओमान आई पुगेका थिए । ओमानस्थित सि.सि.सि कम्पनीमा कार्यरत २८ बर्सिय गाहा (पासपोर्ट नं ०८२६१३२९) को आफ्नै कोठामा सुतिरहको अवस्थामा गत २१ अक्टोवरका दिन मृत्यु भएको थियो । मृत्युको कारण प्राकृतिक भनिएको छ । त्यस्तै हटिया ०७ बाग्लुङका गमबहादुर खत्री (पासपोर्ट नं २७४६५०२) ले मंगलबार आफ्नै निवास बाहिर रहेको रुखमा झुन्डिएर आत्महत्या गरेका हुन् । इ.सं १९८४ मा जन्म भएका खत्री २ बर्षअघि जहुर अन्मार टे्रडिङ एल.एल.सि. मा आएका थिए । gam bahadur khatriखत्रीको मृत्युको कारण खुल्न सकेको छैन । कम्पनीले उनको मृत्युबारे केही प्रतिक्रिया दिएको छैन । नेपाली दुतावास श्रम सहचारी भवनाथ खतिवडाका अनुसार दुबै मृत्यु भएका नेपालीहरुको पार्थिव शरिरलाई यथाशिघ्र नेपाल पठाउनको लागि कानुनी प्रक्रिया थालिएको जानकारी दिए ।

एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जना मारिएको घटनामा संलग्न १० जनालाई पक्राउ

0 comments
९ भाद्र २०७२ काठमाडौँ  - कैलालीको टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जना मारिएको घटनामा संलग्न भएको आशंकामा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा जोशिपुर–४ बस्ने ३५ बर्षीय सुन्दरलाल चौधरी, ५५ बर्षीय खड्कबहादुर चौधरी, मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका क्षेत्रीय अध्यक्ष ४४ बर्षीय रामप्रसाद चौधरी, दरख–६ नारायणपुर बस्ने १७ बर्षीय रामजनम चौधरी, मनुवा–१ बस्ने २० बर्षीय राम कुमार कठरीया, २७ बर्षीय सन्दरलाल कठरिया, २० बर्षीय दिलबहादुर चौधरी, २४ बर्षीय राजकुमार कठरिया मनुवा–४ बस्ने २२ बर्षीय हरिनारायण चौधरी र भजनि–५ बस्ने ४१ बर्षीय प्रेम बहादुर चौधरी छन् ।

प्रदर्शनका क्रममा ७ भदौमा प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम बिष्ट र केशब बोहोरा, प्रहरी हवल्दार श्याम बहादुर खड्का र प्रहरी जवान लोकेन्द्र बहादुर चन्द तथा सशस्त्र बरिष्ठ हवल्दार ललित सावद र सशस्त्र हवल्दार रामबिहारी थारु मारिएका थिए ।

गृहले शक्ति प्रयोग नगर्नु भन्ने परिपत्रका कारण कैलालीमा ठुलो दुर्घटना : पुर्व आईजिपी

0 comments
काठमाडौं,भदौ ९–पुर्व आईजिपी अच्युतकृष्ण खरेलले गृहमन्त्रीको गलत आदेशले कैलालीमा ठुलो दुर्घटना भएको बताएका छन् ।

खरेलले भन्नु भयो , ‘सेती अंचल प्रहरी प्रमुख लक्ष्मण न्यौपानेलाई गृहले शक्ति प्रयोग नगर्नु भनेर परिपत्र गरेको रहेछ ।’ आफु प्रहरी प्रमुख हुँदा पनी बामदेवले माओवादी विरुद्ध हतियार नचालाउने आदेश दिएको उल्लेख गर्दै खरेलले भने, ‘पुलिस प्रति सधैं नकारात्मक सोचाई राख्ने गृहमन्त्रीका कारण नेपाल प्रहरीको मोरल डाउन हुँदै गएको छ ।’

नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह लगायतका तिन जना नेताहरुले जातिय द्वेश फैलाउने अभिब्यक्ती दिँदा पनी सरकार लाचार भएकोमा आपत्ति जनाउँदै उनले भने, ‘त्यस्ता विवादास्पद अभिब्यक्ति दिँने सभासद्लाई कारवाही गर्न नसक्ने सरकारी नेतृत्व पनि कैलाली घटनाको मुख्य कारण हो ।’ आफु आईजिपी हुँदा सहयोगीको भुमिकामा रहेका प्रहरी अधिकारी पनी कैलाली, कंचनपुर तिर रहेको भन्दै उनिहरुका अनुसार भाडामा प्रदर्शनकारी लगिएको सुचना आफुले पाएको खरेलले दावी गरे । त्यस्तै आन्दोलनमा ज्यान गुमाउने प्रदर्शनकारीलाई दश लाख दिने तर सोही क्रममा ज्यान गुमाउने प्रहरीले साँढे सात लाख मात्र पाउने गलत  सरकारी नितीले आन्दोलनकारीको मनोवल बढेको उनले बताए ।

कुमार घैँटे मारिएपछि घैँटेनिकट रिगल ढकालले आत्मसमर्पण गरेका छन्

0 comments
काठमाडौं,९ भदौ - राजधानीका चर्चित डन कुमार घैँटे मारिएपछि गुन्डागर्दीमा संलग्नहरू तर्सिएका छन्। राजधानीका केही गुन्डाले देश छाडेका छन् भने घैँटेकै समूहमा रहेका एकजनाले आत्मसमर्पण गरेका छन्। नेपालगन्जमा गत महिना चेतन मानन्धरको हत्या आरोपमा फरार रहेका घैँटेनिकट रिगल ढकालले सोमबार जिल्ला अदालत बाँकेमा आत्मसमर्पण गरेका हुन्।

अदालतले मंगलबार उनलाई पुर्पक्षका लागि जेल चलान गरेको छ। आफूलाई काठमाडौं प्रहरीले खोजी गरेको थाहा पाएपछि ढकालले आत्मसमर्पण गरेका हुन्। राजधानीमा नाम चलेका अरू डनहरूसमेत अर्धभूमिगत भएका छन्। घैँटेको समूहमा रहेका धेरैले राजधानी छाडिसकेको स्रोत बताउँछ। प्रहरीले उनको समूहमाथि नै छानबिन अघि बढाएपछि सहयोगीहरू भागेका हुन्।

डन गणेश लामाले भने नेपाली नागरिकले बाँच्ने अधिकार पाउनुपर्ने बताएका छन्। लामाले गत शुक्रबार फेसबुकमा लेखेका छन्, नेपाल हामी सबैको हो, आफ्नो देशमा सबैले बाँच्ने अधिकार हुन्छ। घैँटे मारिएपछि अन्य गुन्डाका नाइकेविरुद्ध समेत उजुरी आउन थालेको महानगरीय अपराध महाशाखा स्रोत बताउँछ। महाशाखाका एक अधिकारी भने घैँटे इन्काउन्टरको एउटा उद्देश्य गुन्डागर्दीमा संलग्नलाई सन्देश पनि भएको बताउको नयाँ पत्रिकामा खबर छ।

मारिएको ६ दिन बित्दा पनि घैँटेको शवको पोस्टमार्टम भएको छैन। उनका आफन्त तथा सहयोगीले छानबिनको माग गर्दै पोस्टमार्टमका लागि अनुमति दिएका छैनन्। महाराजगन्जस्थित शिक्षण अस्पतालमा उनको शव राखिएको छ।

कपुरधारास्थित आफ्नै घरअगाडि गत बिहीबार बिहान प्रहरीको गोलीबाट घैँटे मारिएका थिए। प्रहरीमाथि आक्रमण गरेपछि जवाफी फायरिङमा उनी मारिएको प्रहरीको दाबी छ। तर, उनका आफन्तले योजनाबद्ध रूपमा प्रहरीले गोली हानी हत्या गरेको बताउँदै छानबिनको माग गरेका छन्। केही सभासद्ले समेत घटनाको छानबिनका लागि राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन्।

Like us

 

Search

 
Enjoy the site