Sunday, September 20, 2015

नेपालको संविधान २०७२ को पूर्णपाठ हेर्नुहोस

0 comments

काठमाडौँ, ३ असोज । राष्ट्रपति डा रामवरण यादवले ‘नेपालको संविधान २०७२’ जारी गरेका छन् । राष्ट्रपतिले आइतबार साँझ नयाँ संविधान जारी गरेसँगै संविधानसभा सचिवालयले नयाँ संविधानको आधिकारिक प्रति सार्वजनिक गरेको छ ।

हेर्नुहोस् नयाँ संविधानको पूर्णपाठ  

बिहेअघि यौनसम्बन्ध राखेको आरोपमा एक महिलालार्इ यस्तो सजाय

0 comments
विश्वमा सबैभन्दा बढी मुस्लिम धर्मावलम्बीको बसोबास रहेको इन्डोनेसियामा बिहेअघि यौनसम्बन्ध राखेको आरोपमा एक महिलालार्इ कोर्रा बर्साइएको छ ।बिहेअघि नै एक पुरुषसँग यौनसम्बन्ध राखेको भन्दै इन्डोनेसियाको बन्दा अकेह प्रान्तमा सार्वजनिकस्थलमा ल्याएर ती महिलामाथि कोर्रा हानिएको हो ।

सरिया कानुनको हवाला दिँदै ती महिलालार्इ सयौं मानिसहरुका अगाडि कोर्रा हानेर सजाय दिइएको हो ।माथिको तस्बिरमा एक महिला सेतो कपडा पहिरिएर घुँडा टेकी शिर झुकाएर बसेको देखिन्छिन् । उनीमाथि सयौं मानिसको बीचमा सुरक्षाकर्मीकै अगाडि कोर्रा हानिएको हो ।

जुम्मेको नमाजपछि एक मस्जिद बाहिर यौन अपराध र खेलका क्रममा बाजी थापेको आरोपमा ३ महिला र १४ पुरुषलार्इ कोर्रा हानेर सजाय दिइएको हो ।सबैभन्दा मुस्लिम बसोबास गर्ने इन्डोनेसिस्थित बन्दा अकेह यस्तो एकमात्र प्रान्त हो, जहाँ सरिया कानुन लागू गर्ने कानुन सरकारले दिएको छ ।

यसभन्दा अघि गत जुनमा पनि महिला र केही पुरुषमाथि सार्वजनिक स्थामा कोर्रा हानेको तस्बिर बाहिरए आएको थियो ।त्यो बेला तीन जोडीलार्इ सँगै बसेको भनेर कोर्रा हानिएको थियो । अनम्यारिड विश्वविद्यालयका विद्यार्थीहरुलार्इ एक साथ समय बिताएको भन्दै कोर्रा हानिएको थियो ।
समचार अनुसार इन्डोनेसियाको बन्दा अकेह प्रान्तमा सन् २००१ देखि समलिंगी सम्ब्नध, बाजी लाउन र रक्सी पिएको पाइएमा सरिया कानुन अनुसार कोर्रा हान्ने सजायको व्यवस्था गरिएको छ ।

अन्नपुर्ण पोष्ट/एजेन्सी

काठमाडौंको पुरानो बसपार्कमा संविधान बिरोधि बन्दकर्ता द्वरा बस जलाइयो

0 comments

३ असोज २०७२ काठमाडौं। नेपालको संविधान २०७२ जारी भएको घोषणा गर्ने दिन आइतबार विभिन्न दल तथा जनजातिका समूहहरुले गरेको बन्दका क्रममा बसमा आगजनी गरिएको छ ।

यसैक्रममा बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले काठमाडौंको पुरानो बसपार्क गन्तव्य तर्फ हिँड्न लागेको बा. ३ ख २९०९ नम्बरको बसमा आगजनी गरेका हुन् । अहिले उक्त बसमा लागेको आगोलाई प्रहरी नियन्त्रणमा लिएको छ ।
VIDEO
Video by media np

मिरा राईलाई स्पेनमा अर्को अन्तराष्ट्रिय सफलता

0 comments
काठमाडौं, असोज ३ । स्पेनमा सम्पन्न विश्व प्रसिद्ध सालोमन प्रिनेउ अल्ट्रा म्याराथनमा नेपालकी धाविका मिरा राई दोस्रो भएकी छिन् ।

शनिबार सम्पन्न प्रतियोगिताको १ सय १० किलोमिटर दुरी १३ घण्टा ४३ मिनेट ४९ सेकेण्डमा पार गर्दै मिराले दोस्रो स्थान हात पारेकी हुन् ।

प्रतियोगितामा पहिलो स्थान लिएकी स्विट्जरल्याण्डकी एमिली फोर्सबर्गले मिराभन्दा ४ मिनेट १६ सेकेण्ड चाँडो दौड सकाइन् ।


विश्वकै शिर्ष पाँच अल्ट्रा म्याराथनमध्येका एक यो प्रतियोगितामा नेपलाी खेलाडीले पदक जितेको यो पहिलो अवसर हो । दुई महिना अघि मिराले फ्रान्समा सम्पन्न मन्ट ब्लँ अल्ट्रा म्याराथन जितेकी थिईन् ।

भोजपुरमा जन्मिकएकी मिरा राईले साहसी दौडमा भाग लिन थालेको दुई वर्ष मात्रै भयो । तर यो छोटो अवधिमै मिराले हङकङ, ईटाली र फ्रान्समा सम्पन्न तीन वटा चर्चित प्रतियोगिताको उपाधि जितीसकेकी छिन् ।

माओवदाी सशस्त्र द्वन्द्धमा लागेकी मिरालाई लडाकु प्रमाणिकरणको बेला अयोग्य घोषणा गरेपछि उनी साहसी दौडतर्फ लागेकी हुन् । श्रोत साभार : ईमेज खबर

यी हुन् नेपालीका लागि सम्भावित नयाँ रोजगार गन्तब्य

0 comments

३ असोज, काठमाडौं । नेपाली युवाहरुलाई लक्षित गरी ५ वटा नयाँ सम्भावित वैदेशिक रोजगार गन्तब्य पहिचान भएको छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले गठन गरेको नयाँ बजार खोजी तथा पुराना बजार व्यवस्थापन उच्चस्तरीय समितिले ५ वटा देश नेपाली को नयाँ रोजगार गन्तब्य हुनसक्ने औंल्याएको हो । पहिचान भएका नयाँ श्रम गन्तब्यमा एसियाली र अमेरिकीदेखी युरोपेली मुलुकसम्म छन् ।

कुन-कुन हुन् सम्भावित नयाँ श्रम गन्तब्य ?

नयाँ बजारको खोजी गर्न बनेको समितिले सबैभन्दा बढी सम्भावना भएको मुलुकका रुपमा उत्तर अमेरिकी मुलुक क्यानाडालाई पहिचान गरेको छ । क्यानडामा दक्ष कामदारहरुको माग उच्च भएकाले त्यहाँ विभिन्न सीप भएका नेपाली कामदार पठाउन सकिने समितिका संयोजक हरि लम्सालले अनलाइनखबरलाई बताए ।

‘दक्ष नेपाली कामदार लैजाने विषयमा क्यनडा पनि सहमत देखिएको छ । केही समय अघि क्यानेडेली एक मन्त्रीले यस विषयमा चासो व्यक्त पनि गरेकै हुन’ लम्सालले भने । नेपाली कामदारका लागि सुरक्षित र आकर्षक गन्तब्य हुने समितिको निश्कर्ष छ ।

यसैगरी एसियाली देश सिंगापरमा पनि दक्ष कामदारको माग रहेकाले त्याहाँ बजार प्रर्वद्धन गर्न सकिने समितिले जनाएको छ । युरोपेली मुलुक पोल्याण्ड, रसिया र फिनल्याण्डमा पनि दक्ष नेपाली श्रमिक पठाउन सक्ने सम्भाव्यता देखिएको लम्सालले जानकारी दिए । समितिले १५ वटा मुलुकमा नेपाली कामदार पठाउन सकिने ठम्याए पनि पाँचवटालाई प्राथकिता दिएर बजार प्रर्वद्धन गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ ।

अफ्रिकी मुलुकमा पनि सम्भावना

समितिले नेपाली कामदार पठाउन सकिने भनेर तयार गरेका मुलुकको प्रारम्भिक सुचीमा केही अफ्रिकी मुलुकसम्म छन् । जसमा डाक्टर, ईन्जिनियर लगायत दक्ष कामदारको उच्च माग छ ।

‘उचित समन्वय गर्न सके केन्या, दक्षिण अफ्रिकीलगायतका मुलुकमा दक्ष नेपाली कामदार जान सक्ने सम्भावना छ ।’ समिति संयोजक लम्सालले भने, ‘अहिलेपनि व्यक्तिगत श्रम स्विकृतिमा धेरै दशेमा कामदार गइरहेका छन् । यसलाई संस्थागत रुपमा ढालेर आकर्षक श्रम गन्तब्य बनाउन सकिन्छ ।’ दक्षिण एसियाली देश माल्दिभ्स सहित पोर्चुगल, नर्वे, स्पेन लगायतका मुलुक पनि दक्ष नेपालीको श्रम गन्तब्य हुनसक्ने समितिको प्रारिम्भक निश्कर्ष छ ।

प्रक्रिया अघि बढाउन ढिलाइ

समितिले विभिन्न ५ वटा नयाँ गन्तब्यमा तत्काल नेपाली श्रमिक पठाउन सकिने भन्दै वैदेशिक रोजगार प्रर्वद्धन बोर्डमा जानकारी गराईसकेको छ । बैशाखको भूकम्पअघि नै समितिले ति मुलुकमा नेपाली कामदार पठाउने गरी प्रक्रिया अघि बढाउन बोर्डलाई सुझाव दिएको थियो ।

तर, बोर्डले अझै पनि ति मुलुकमा नेपाली कादार पठाउन गर्नुपर्ने अध्ययनबारे पनि कुनै निर्णय गरेको छैन । पहिचान भएका श्रम गन्तब्यका विषयमा थप अध्ययन गर्न के गर्ने भन्नेबारे अब बस्ने बोर्ड बैठकले निर्णय गर्ने बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिए ।

‘अब बस्ने बोर्ड बैठकमा पहिचान भएका नयाँ गन्तब्यबारे के गर्ने भन्ने निर्णय हुन्छ ।’ उनले भने, ‘ति देशमा नेपाली कामदार पठाउने विषयमा अध्ययन र समन्वय गर्न गर्न आफैँ ति देशमा पुग्ने वा परराष्ट्र मन्त्रालयको कुटनीतिक च्यानलबाट अध्ययन प्रक्रिया अघि बढाउने भन्ने निर्णय हुन्छ ।’ यसअघि बोर्ड अन्तरगतको नयाँ बजार खाजी उच्च स्तरीय समितिले नयाँ श्रम गन्बब्य पहिचान गर्ने क्रममा पराष्ट्र अन्तरगतका कुटनीतिक नियोगहरुसंग सहयोग लिएको थियो । श्रोत:अनलाईन खबर

ज्योति मगरलाई नङ्गाएर शंकर बिसी अमेरीका टाप !

0 comments
सुवास रेग्मीले पछिल्लो समय विवादमा आएको गीत ढाडे विरालोसँग सम्बन्धित लेखेको फेसबुक धारणमा गीतका निर्देशक शंकर वि.सी ले लेखेका छन् । हतार थियो रे । उनले भने,–‘ज्योतिले जस्तो लुगा लगाएर तयार भएकी थिइन, त्यसैमा गीत निर्देशन गरेको हुँ ।’ शंकर जि तपाई त अमेरीमा जानु भयो । के तपाईले बनाएको गीत नेपालमा बसी तपाइका दाजु भाइ र दिदि बहिनीले हेर्न सक्छन ? नेपाली लोक संगीतको यत्रो ईतिहास छ । तपाईसँग नेपालमा यत्रो नाम र दाम छ । जावो अमेरीकाले भिजा दियो भन्दै हुर्ररे भन्नु पर्ने के छ र ?

के तपाईले स्थापना गरेको नेपाली लोकदाहोरी क्षेत्र त्यति फोहोरी भइसकेको हो छोडेरै जानु पर्ने ? गीतले पछिल्लो समय चर्चा र विवाद दुवै बटुलेको छ । यसको बारेमा म एक लोकदोहोरी सुन्ने स्रोताको रुपमा केहि धारण राखेको छु । जस्तो लाग्छ त्यस्तैगरी बुझिदिनुहुन मेरो अनुरोध छ । शंकर वि.सी नेपालमा ज्योतिलाई नङगाएर अमेरीकाले भिजा दियो हुर्ररे भन्दै अमेरीका जानु भयो । तपाईले राखेको संवाद र ती दृश्य के नेपालमा तपाईका आमा, बाबा र दिदी बहिनीले पनि हेर्न लायक छ ? उनीहरुसँगै बसेर तपाइले हेर्न सक्नुहुन्छ ? तपाई जस्तो व्यक्तिले यति कच्चा काम गर्नु एकदमै गलत हो । त्यसैले तपाई एक प्रमुख दोषी हो । गीतमा के राख्दा समाजले पचाउँछ के राख्दा पचाउँदैन भन्ने कुरा तपाई यत्रो काम गरिसक्दा पनि थाहा पाउनु भएको छैन र ?
कि नेपालमा कानुन छैन जे गरे पनि हुन्छ भन्ने लागेर हो त्यो हो भने तपाइको उदोगति सूरु भयो सम्झनुस । तपाइलाई यो क्षेत्रले सम्मान गर्छ तपाई पनि यो क्षेत्रलाई सम्मान गर्नुस् । तपाई सानी छोरी केहि बुझ्ने भएपछि उनी सँगै बसेर तपाईले बनाएको गीत हेर्नु होला त के भन्छीन सानी नानीले । साना केटाकेटी देवता सरह हुन्छन सत्य बोल्छन । अनि थाहा हुन्छ गलत छ कि छैन भन्ने कुरा । ज्योति मगर ज्योति दिदी तपाईका पनि भाई, बुबामाआ अनि दीदी बहिनी र आफन्तहरु छन् होला । उनीहरुलाई मुख छोप्न बाध्य नपार्नुहोस । समयको माग भन्दै लुगा फुकाल्दै गर्नु भन्दा गायक तथा सर्जक रामप्रसाद खनाल दाईले भने जस्तै गर्नुस त्यसमा यो भन्दा पनि बढि चर्चा कमाइन्छ । अरुले जे भने पनि निर्देशकले जे भन्छन त्यहि मान्दै जाने हो भने ज्योति जि एक दिन तपाई लाई बेचेर यिनीहरु अमेरीका जानेछन याद गर्नुस ।

कति सम्म गर्न हुन्छ कति गर्न हुन्न भन्ने कुराको विचार पुराउँदा राम्रो होला । अझ तपाईको अर्को गीत ‘एक रातको एक हजार डलर’ भन्ने गीत आँउदै छ रे यतिको विवाद भए पछि पनि अब त्यस्तै गीत निकाल्नु भयो भने त्यो पछि जनताबाट आउने सबै कुरा भोग्न तयार हुनुहोला । तपाईले सिँगो जनजातीको शिर निउराउनु भएको छ तपाई पनि मुख्य दोषी हो । श्रीदेवी दिदि तपाईले पनि भोली छोरा छोरी पाउनुहोला । आमा बन्नु होला । के तपाईको छोरीले तपाइले जस्तै गरिन् भने सहनु हुन्छ ? विन्ती दिदि तपाई रुपमा जति सुन्दर हुनुहुन्छ व्यवहारमा पनि त्यहि सुन्दरता प्रस्तुत गर्नुहोस । चर्चा कमाउने बाटो अरु पनि छन आचीनै खेलाउन पर्छ भन्ने छैन । महिला हो महिलाको इज्जत गर्नुहोस र राख्नुहोस । प्रकाश कटुवाल दुखको कुरा म प्रकाशको एक नम्मर फ्यान थिए केहि दिन अघि सम्म ।

प्रकाश जि तपाईले हिजो आज गीतको बारेमा दिएको प्रतिक्रिया सुन्दा र गीत यति जनाले हेरे त्यहिनै सफलता हो भनेको सुन्दा तपाई गीत संगीतको ‘कपुरी क समेत थाहा रैनछ’ भन्ने मलाई लागेको छ । चर्चा कमाउनको लागि र धेरै हेरिएको भिडियो बनाउने हो भने निलो फिल्म खेल्नुस । ब्लु फिल्म बनाएर अपलोड गर्नुहोस बरु म पनि एक पटक हेरौँला । त्यो झन सुपर टुपर हुन्छ । अरुको अंग देखाएर गीतको रोयल्टी बुझेर रैसिमा उडाउनको लागि पनि यस्तो हर्कत गर्छन र प्रकाश जि बरु मागे पाइन्छ त्यो इज्जदार पेशा हो । हैन भने राहदानी बनाएर कतार जानुहोस मेहनतको कमाइको मुल्य थाहा हुन्छ ।

म्युजिक नेपाल यो भिडियो कुनै चलचित्रमा भएको भए पनि सेन्सर बोडले यसलाई काटर दुइ चार मिनेटको मात्र बनाउथ्यो होला । यत्रो नेपाली संगीतको इतिहास बोकेको म्युजिक नेपालले जावो यस्तो नाथे गीतलाई नहेरीकन अपलोड गर्नु मुखमा आची लागे जस्तो हो । क्रिपया तपाइहरुको आगामी दिनमा केहि महत्व र प्रतिष्ठा बचाउने हो भने यसलाई हटाउनुहोस हैन भने निलो फिल्म पनि अपलोड गर्न थाल्नुहोस बबाल पैसा कमाइ हुन्छ । हामीहरु पनि विदेशमा हुने कार्यक्रममा हामीलाई ज्योति नै चाहिन्छ ।

 उसैले देखाएको हेर्न मन लाग्छ । ज्योतिलाई उक्साउने वाह वाह गर्ने तपाइ हामी पनि हो । उनलाई विदेश तथा स्वदेशमा हुने कार्यक्रममा बहिष्कार गरे अर्को पटक यस्तो गरिछन भने मलाइ थुक्क भन्नु होला । नराम्रोलाई नराम्रो र राम्रोलाई राम्रो भन्न सिकौं । -नेपालीमाटो डटकम बाट ।


Dance India Dance Season 5 - Episode 25 - September 19, 2015 - Full Episode

0 comments
२ असोज २०७२ , शनिबार बेलुकी जीटिभीबाट प्रसारित डि.आई .डी.५ भाग २५ मा नुवाकोट नेपालका निर्मल तामाङले अनिला रजानको साथ् प्रस्तुत गरेको बेजोड प्रस्तुतिको हेर्नुहोस । क्लिक गर्नुस भिडियो PLAY हुनेछ।
भिडियो
dance-india-dance-season-5/contestants/nirmal-tamang

निर्मललाई इन्टरनेट मार्फत संसारको कुनै पनि कुनाबाट भोट गर्न सक्नेछ त्यसको लागी यो लिंक क्लिक  http://www.zeetv.com/NIR गर्नुहोस् भोट गर्नुहोस र भारतबाट भोट गर्न चाहनुहुन्छ भने भोटिंग code DID5<space >NIR mobile को sms box मा लेखी 57575 मा पठाउनुहोस । Voting का लागि नेपाली समय अनुसार प्रत्येक शनिवार राती ९:१५ बजे देखि मंगलबार विहान ९:१५ बजे सम्म मात्र खुला रहने छ।यहाँहरुले चाहेजति (पटक पटक) जति भोट गर्न सक्नुहुनेछ।

गूगल बाट पनि भोट गर्न सक्नुहुनेछ जसको लागि www.google.com मा गएर DID5 search or यो लिंकमा क्लिक गरेर  आफुले मनपरेको डान्सरलाई भोट गर्न सक्नुहुनेछ । अन्य जानकारीको लागि यो भिडियो लिंकमा क्लिक How to vote on google   गर्नुहोस।

साथै डि.आई .डी.५ भाग २५ अन्य प्रस्तुतिहरु सहित पुरा भाग हेर्नुहोस।
dance-india-dance-season-5/videos/dance-india-dance-season-5-episode-25-september-19-2015-full-episode



DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Harke Haldar 16 September 2015

0 comments

३० भाद्र २०७२ बुधबार राती ९ बजे कान्तिपुर टि. भी. बाट प्रशारित हाँस्य टेली फिल्म हर्के हल्दार २३१औ भागको  भिडियो हेर्नुहोस।

VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Harke Haldar 9 September 2015

0 comments

२२ भाद्र २०७२ बुधबार राती ९ बजे कान्तिपुर टि. भी. बाट प्रशारित हाँस्य टेली फिल्म हर्के हल्दार २३०औ भागको  भिडियो हेर्नुहोस।

VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Harke Haldar 2 September 2015

0 comments

१६ भाद्र २०७२ बुधबार राती ९ बजे कान्तिपुर टि. भी. बाट प्रशारित हाँस्य टेली फिल्म हर्के हल्दार २२९औ भागको  भिडियो हेर्नुहोस।
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

फेसबुकमा शेयर गर्न नहुने मुख्य कुराहरु

0 comments
फेसबुकको माध्यमबाट आफ्ना नजिकका मानिसहरुसँग सम्पर्कमा रहीरहन र आफ्ना दुःख सुख बाँड्न सकिन्छ । तर जुन रफ्तारमा यो माध्यम बढ्दै गइरहेको छ धेरै मानिसहरुले अधिक मात्रामा आफ्ना जानकारीहरु फेसबुकमा शेयर गर्नाले धेरै समस्यामा पनि परेका छन्।

त्यसैले तल उल्लेख गरिएका चार कुराहरु भने विशेषगरी फेसबुकमा शेयर नगर्दा नै राम्रो हुन्छ र समस्याहरुबाट पनि बच्न सकिन्छ।
१. फोन नम्बरः
फेसबुकमा नम्बर राख्दा नचाहिने र जिस्क्याउने खालका कलहरु आउनुका साथै आफ्नो नम्बरको पहिचान चोरेर गलत काममा प्रयोग गर्न पनि सक्छन्। फोन नम्बरले गर्दा अरुलाई आफ्नो फेसबुक एकाउण्ट खोज्न पनि सजिलो हुने हुनाले आफ्नो जानकारीहरु अपराधिक क्रियाकलाप गर्नेहरुलाई बेच्न पनि सक्छन्। त्यसैले फेसबुकमा आफ्नो नम्बर नराख्दा राम्रो हुन्छ राख्न परेमा कसले मात्र हेर्न सक्ने भनेर सेट गर्न सकिन्छ।

२. घरको ठेगानाः
आफु घरबाहिर भएको बेलाका फोटा तथा जानकारीको फेसबुकमा पोस्ट गर्दा सबैले थाहा पाउँछन्। घरमा कोही छैन भन्ने थाहा पाएर यस्तो अवस्थमा चोरीको सम्भावना पनि हुनसक्छ। त्यसैले फेसबुकमा आफ्नो घरको ठेगाना नराख्ने र फेसबुक पोस्ट गर्नुअघि आफ्नो लोकेसन पनि अफ गर्ने। बाहिर गएका फोटाहरु हाल्नै परेमा घर फर्केर आएपछि हाल्दा उचित हुन्छ।

३. अफिसको जानकारीः
फेसबुकमा आफुले काम गर्ने स्थान र अफिसको बारेमा जानकारी दिदाँ पनि धेरै समस्याहरु   आएको पाइएको छ। त्यसैले आफ्नो कम गर्ने पुराना वा भइरहेको अफिसको बारेमा जानकारी पोस्ट नगर्ने।

४. पेमेन्ट इन्फरमेसनः
फेसबुकमा उपहारहरु तथा अन्य विज्ञापन सम्बन्धी कुराहरु किन्दा आफ्नो क्रेडिट कार्डको जानकारी दिनपर्ने हुन्छ। कहिलेकाँही यी जानकारीहरु सेभ भइदिने र कुनै सिस्टमबाट खुल्ने हुन्छ। यस्तो अवस्थामा आफ्नो कार्डको दुरुपयोग हुनबाट जोगिन फेसबुकको सेटिङमा गएर पेमेन्ट्स विकल्पमा जाने र पेमेन्ट सम्बन्धी सम्पूर्ण जानकारी र कार्ड नम्बर पनि हटाउने।

Saturday, September 19, 2015

अंगालो हालेर सुत्ने आश्चर्यका पेसा

0 comments
अमेरिकाको न्युयोर्क सहरकी ३२ वर्षीया ज्याकी स्यामुअलले अनौठौं पेसा अंगालेकी छिन् । ‘प्रोफेसनल कड्लर’ अर्थात् व्यवसायीक रुपमा अंगालो हालेर सुत्ने पेसा अप्नाएकी स्यामुअलको यो पेसालाई धेरैले आश्चर्यका रुपमा लिन्छन् । तर, उनी भने यही पेसा गरेर उनी दैनिक ३६० डलर (करिब ३६ हजार नेपाली रुपैयाँ कमाउँछिन् जसले उनको पढाई र छोराको खर्चको धान्ने गरेकी छिन् । उनी कसैसँग अंगालो हालेर सुतेको प्रति घण्टा ६० डलर लिने गर्छिन् । कुनै बेला पैसा नभएर निकै अप्ठ्यारोमा परेपछि स्यामुअलले यो पेसा शुरु गरेकी थिइन् । स्यामुअलका अनुसार धेरैले यो पेसालाई नराम्रो मान्छन् । धेरैले उनीमाथि यौनव्यवसाय गरेको समेत लगाएको आरोप लगाए । ‘मेरो कलेजले समेत मलाई बर्खास्त गर्ने चेतावनी दिएको थियो,’ उनी भन्छिन्, ‘तर मलाई मैले कुनै गलत कार्य गरेको जस्तो लाग्दैन ।’ स्यामुअलका अनुसार यसरी अंगालो हालेर सुत्दा कुनै अश्लिल हर्कत गर्न पाबन्दी गरिएको छ । शुरुमा नै आफ्ना सर्तहरु सबै ग्राहकलाई प्रष्ट पारिन्छ । भित्री पहिरनका संवेदनशील अंगमा छुन मनाही छ । उनले यसरी अंगालो हालेर सुत्न आउनेमा सैनिक जावन, बृद्धदेखि महिलासम्म आउने गरेका छन् । उनले आफ्नो व्यवसायको प्रचार अनलाइनबाट गर्छिन् । उनका केही पूराना ग्राहक पनि छन्, विशेष गरेर आफ्नो पत्नीको मृत्यु भएका पुरुषहरु उनकोमा नियमित रुपमा आउने गरेका छन् ।





Bhadragol, 18 September 2015

0 comments
१ अशोज २०७२ सुक्रबार - नेपाल टि.भी.बाट प्रशारीत हाँस्य टेली फिल्म भद्रगोल हेर्नुहोस । भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला।
VIDEO
ramsarmedia.com/bhadragol-18-september-2015


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Tito Satya, 17 September 2015

0 comments

नेपाल टि.भी.बाट २०७२ भदौ ३१ गते बिहिबार बेलुकी प्रशारीत हाँस्य टेली फिल्म तितो सत्य हेर्नुहोला । क्लिक गर्नुहोला भिडियो प्ले हुनेछ।
tito-satya-17-september-2015

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

हिलारी क्लिन्टनसँग बुद्ध भारतमा जन्मेको गलत सन्देश सच्याउन अाग्रह

0 comments


२ आश्विन २०७२ काठमाडाैं : अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी एवम् एक्सन फर नेशनका अध्यक्ष प्रकाश थापाले अमेरिकी राष्ट्रपति निर्वाचनकी डेमोक्र्याट उमेदवार हिलारी क्लिन्टनसँग भेटवार्ता गरेका गरेका छन् ।

पूर्वअमेरिकी विदेशमन्त्री समेत रहेकी हिलारीसँग क्यालिफोर्नियामा भएको भेटमा तेक्वान्दो खेलाडी थापाले अमेरिकी विद्यालयको कोर्समा रहेको ‘बुद्ध वाज बर्न इन इण्डिया’ भन्ने गलत सन्देश सच्चाउन आग्रह गरेका थिए ।

‘अमेरिकाका कतिपय पाठ्यक्रममा बुद्ध भारतमा जन्मिएको भन्ने गलत सन्देश प्रवाह गरिएको छ', उनले भेटपछि भने, 'मैले बुद्ध नेपालमा जन्मेकाले अमेरिकी पाठ्यक्रमको त्रुटि सच्चाउन अनुरोध गरेँ ।’

 त्यस अवसरमा पूर्वविदेशमन्त्री क्लिनटनले नेपालो बिषयमा चासो राखेकी थिइन । अध्यक्ष थापाले हिलारीलार्इ राष्ट्रपतीय निर्वाचनमा जितका लागि अग्रिम बधार्इ दिएका थिए ।

‘फेस्टिबल अफ ग्लोबल’ का लिडर समेत रहेका थापा विगतमा ब्रिटिस गोर्खाको अधिकार अभियानमा संलग्न थिए । एक्सन फर नेशन संस्थामार्फत थापाले मानवीय सहयोगको काम गर्दै आएका छन् । श्रोत साभार : अन्नपूर्ण पोस्ट

Sagarmatha Samachar 2072-06-02

0 comments


सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस।

१ आश्विन २०७२ - शुक्रबार बिहानको समाचार हेर्नुहोस।

VIDEO 

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Friday, September 18, 2015

धनगढी नगरपालिकालाई उपमहानगरपालिकामा विस्तार गर्दै थप २६ नयाँ नगरपालिका घोषणा

0 comments

काठमाडौँ, असोज १ । सरकारले धनगढी नगरपालिकालाई उपमहानगरपालिकामा विस्तार गर्दै थप २६ नयाँ नगरपालिका घोषणा गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले २६ नयाँ नगरपालिका थप गर्नुका साथै धनगढी नगरपालिकामा फूलबारी र उर्मा गाविसलाई गाभेर उपमहानगरपालिकामा विस्तार गरेको हो ।

सरकारले गौरादह (झापा), लालीगुराँस (तेह्रथुम), हनुमाननगर योगिनीमाई (सप्तरी), सुखिपुर (सिरहा), धनगढीमाई (सिरहा), बज्रबाराही (ललितपुर), कालिका (चितवन), राप्ती (चितवन), बरहथवा (सर्लाही), भानु (तनहु), आँबुखैरनी (तनहु), मध्यबिन्दु (नवलपरासी), भृकुटी (कपिलवस्तु), भिर्काेट (स्याङ्जा) नयाँ नगरपालिका घोषणा गरेको छ ।


त्यस्तै राईनास (लमजुङ), करापुटार (लमजुङ), मध्यनेपाल (लमजुङ), भेरीमालिका (जाजरकोट), चौरजहारी (रुकुम), बागचौर (सल्यान), शुभाघाट गङ्गामाला (सुर्खेत), कमलबजार (अछाम), बेलडाँडी (कञ्चनपुर), कृष्णपुर (कञ्चनपुर), बबई (बर्दिया) नगरपालिका घोषणा भएका छन् ।

सन्तले भावविह्वल हुँदै भने ‘पत्नीलाई गाउँ लान सक्दिनँ’

0 comments
काठमाडौं, असोज १ । बागलुङका सन्त परियार (नाम परिवर्तन) लाई पत्नीले विदेशबाट पैसा कमाएर ल्याएपछि घरपरिवार राम्रोसँग चलाउन सकिएला भन्ने आशा थियो। उनी सुखी जीवनको सपना देख्न थालेका थिए। तर परिस्थिति सोचेभन्दा उल्टो भइदियो।

पैसा त परै जाओस्, पत्नीसमेत पीडामा छट्पटाउँदै आइपुगेपछि सन्तलाई पर्नु पिर परेको छ । भारतस्थित साउदी दूतावासका कूटनीतिज्ञ र उनका आफन्तबाट तीन महिनासम्म लगातार यौनहिंसाको सिकार भएर उनकी पत्नी फर्किएपछि सन्तले समेत गाउँमा आलोचना खेप्नुपरेको छ।

यससम्बन्धी समाचार सार्वजनिक भएसँगै गाउँमा ‘तेरी पत्‍नी यस्ती र उस्ती’ भनेर कुरा काट्न थालेको गुनासो सन्तले पोखेका छन् । यही कारण गाउँमा पत्नीलाई लैजानसक्ने वातावरण नभएको भन्दै उनी बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पुगे।

‘म पत्नीलाई गाउँ लैजान सक्दिनँ। उनलाई गाउँ लगें भने झन् पीडाको जीवन जिउनुपर्छ। त्यो म चाहन्‍नँ। बरु काठमाडौंमै बस्छौं’, भावविह्वल हुँदै सन्तले सीआईबीका प्रहरी अधिकृतसँग यस्तो भनिरहँदा उनकी पत्नी डाँको छाडेर रोइन्।

आर्थिक अवस्था कमजोर भएका सन्तलाई अब दुई सन्तानलाई कसरी पालनपोषण गर्ने भन्ने चिन्ता पनि थपिएको छ । ‘पत्नीको उपचारको जिम्मा कुनै सामाजिक संस्थाले लिए म काठमाडौंमै ज्यालामजदुरी गरेर भए पनि बच्चाको पालनपोषणमा लाग्न सक्थें’, सन्तले भने।

आफ्नै बुहारी कल्पनाले गरेको सेटिङबाट भारत पुगेकी मोरङकी अर्की ५० वर्षीया महिला र सन्तकी पत्नीले भारतस्थित साउदी दूतावासका कूटनीतिज्ञ र उनका आफन्तबाट तीन महिनासम्म यौनहिंसा खेप्नुपरेको थियो। भारतीय प्रहरीले उद्धार गरी नेपाल फर्काएका उनीहरूमध्ये ५० वर्षीया महिलाको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको प्रहरीले जनाएको छ।

सीआईबीकी प्रवक्ता एसपी किरण बज्राचार्यका अनुसार उनी राति बर्बराउने र डराउने गर्छिन्। राम्रो उपचारबिना ती महिलाको स्वास्थ्य अवस्था सामान्य हुने सम्भावना कम छ। प्रहरीले उनीहरूलाई बिक्री गर्ने कल्पनासँगै उनका दाजु जितबहादुर दर्जीलाई नियन्त्रणमा लिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Sagarmatha Samachar 2072-06-01

0 comments


सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस।

१ आश्विन २०७२ - शुक्रबार बिहानको समाचार हेर्नुहोस।

VIDEO 

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Thursday, September 17, 2015

असोज ३ बाट लागू हुने नेपालको नयाँ संविधानका विशेषताहरु हेर्नुहोस

0 comments
भाद्र ३१, २०७२- संविधानसभाको अत्यधिक मतबाट बुधबार नयाँ संविधान पारित भएको छ । नेपाली जनताले आफ्ना निर्वाचित प्रतिनिधिमार्फत संविधान निर्माण गर्न ६५ वर्षदेखि पाल्दै आएको सपना अहिले पूरा भएको हो ।  ‘नेपालको संविधान’ असोज ३ बाट लागू हुनेछ । उक्त दिन संविधानसभाले आयोजना गर्ने राष्ट्रिय समारोहमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमाणीकरण गरेको संविधान राष्ट्रपति रामवरण यादवले जारी भएको घोषणा गर्नेछन् ।
 वि.सं. २००४ को वैधानिक कानुनबाट सुरु भएको नेपालको संवैधानिक इतिहासमा यो छैटौं संविधान भए पनि सार्वभौम नेपाली जनताका तर्फबाट जारी हुन लागेको यो पहिलो सर्वोच्च कानुन हो । ‘जनताको व्यापक सहभागितामा संविधानसभाले बनाएको यो संविधान नेपालको संवैधानिक इतिहासमा अतुलनीय छ,’ संविधान पारित गरेको बैठकपछि सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले भने, ‘अन्तरवस्तुका दृष्टिले यो सबभन्दा बढी प्रगतिशील र जनतामैत्री छ ।’
संविधान निर्माणसँगै तत्कालीन विद्रोही माओवादीले सञ्चालन गरेको दसवर्षे सशस्त्र संघर्ष अन्त्य गरी २०६३ बाट सुरु भएको शान्तिप्रक्रिया तार्किक निष्कर्षमा पुगेको छ । नयाँ संविधानले राष्ट्र निर्माणदेखि नै कायम रहेको एकात्मक शासन प्रणालीको अन्त्य गरी सात प्रदेशको संरचनासहित संघीय शासन व्यवस्था स्थापित गरेको छ ।
नयाँ संविधानले २०६५ जेठ १५ देखि कार्यान्वयनमा आएको लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको छ । जनआन्दोलन २०६२/६३ बाट पुन:स्थापित प्रतिनिधि सभाले जेठ ४ को घोषणामार्फत तत्कालीन राजसंस्थाका सम्पूर्ण अधिकार कटौती गरेपछि गणतन्त्र स्थापनाको प्रक्रिया सुरु भएको थियो । पहिलो संविधानसभा निर्वाचनमा सहभागी हुन तत्कालीन माओवादीले सर्तका रूपमा अघि सारेपछि अन्तरिम संविधान संशोधनमार्फत घोषणा गरिएको गणतन्त्रको कार्यान्वयन २०६४ मा निर्वाचित पहिलो संविधानसभाको पहिलो बैठकले गरेको थियो ।

संविधानका विशेषताहरु यस्ता छन् :

–    संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था
–    सार्वभौम र राजकीय सत्ता जनतामा
–    सात प्रदेशको संघीय संरचना
–    संघ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना
–    संघीय र प्रदेश संसद्बाट निर्वाचित संवैधानिक राष्ट्रपति
–    सुधारिएको संसदीय शासन प्रणाली, संसद्बाट निर्वाचित प्रधानमन्त्री कार्यकारी प्रमुख
–    प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाउने
–    दुई वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नपाइने
–    दुईतिहाइले संशोधन गर्न सकिने
–    मिश्रित निर्वाचन प्रणाली
–    केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रियसभासहित दुई सदनात्मक संघीय संसद्
–    प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिक ११० सहित २७५ सदस्य
–    केन्द्रमा बढीमा २५ सदस्यीय मन्त्रिपरिषद्
–    राष्ट्रियसभामा सात प्रदेशबाट निर्वाचित ५६ र राष्ट्रपतिबाट मनोनीत ३ सहित ५९ सदस्य
–    प्रदेशमा एक सदनात्मक संसद्
–    ७ प्रदेशमा कुल सांसद ५५०
–    प्रदेशमा प्रदेश संसदबाट निर्वाचित मुख्यमन्त्री, राष्ट्रपतिबाट नियुक्त प्रदेश प्रमुख
–    प्रदेशमा प्रदेश संसद्का कुल सांसदको २० प्रतिशतबाट नबढ्ने गरी मन्त्रिपरिषद्
–    प्रदेश संसद्मा संघीय संसद्मा जस्तै ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीबाट सांसद चुनिने
–    ३७ भाग र ३ सय ८ धारा र ९ अनुसूचीको बृहत् संविधान
–    प्रदेशको सीमांकन संघीय आयोगले ट’ंग्याउने
–    प्रदेशको नामकरण प्रदेश संसदको द’ईतिहाइले गर्ने
–    प्रदेशसभाले आफ्नो राजधानी तय नगर्दासम्म केन्द्रीय सरकारले तोकेको स्थानबाट कार्य सञ्चालन ह’ने ।
–    संविधानमा नै केन्द्र, प्रदेश र स्थानीय सरकारको अधिकार क्षेत्र विभाजन
–    प्रदेशसभाको निर्वाचन र प्रदेश सरकार नबन्दासम्म उनीहरूको अधिकार पनि केन्द्रले प्रयोग गर्ने संक्रमणकालीन व्यवस्था ।
–     एकीकृत न्यायपालिका
–    केन्द्रमा सर्वोच्च अदालत
–    सर्वोच्च अदालतमा संवैधानिक इजलास रहने
–    प्रदेशपिच्छे उच्च अदालत
–    साबिक जिल्लामा जिल्ला अदालत
–    आमा वा बाब’को नामबाट वंशजको नागरिकता
–    धर्मनिरपेक्ष राष्ट्र
–    धर्मनिरपेक्षताको व्याख्या– धर्मनिरपेक्षता भन्नाले सनातनदेखि चली आएको धर्म, संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झन’पर्छ
–    मधेसी, थारू, म’स्लिम, आदिवासी जनजातिका लागि छ’ट्टाछ’ट्टै आयोग
–     सबै मातृभाषा राष्ट्रभाषा, सरकारी कामकाजको भाषाको देवनागरिक लिपिमा नेपाली
–    राष्ट्रिय जनावर गाई, राष्ट्रिय झण्डा र राष्ट्रियगान यथावत्
–    जिल्ला प्रशासनिक इकाईका रूपमा रहने

–    जिल्लामा निर्वाचित जिल्ला सभा रहने
–    सरकार गठन गर्ने आयोगले एक वर्षभित्र स्थानीय निकायको प’न:संंरचना गर्ने
–    स्थानीय निकायमा अन्तरिम च’नाव गर्ने संक्रमणकालीन व्यवस्था
–    चार वर्षका लागि निर्वाचित संविधानसभाका सदस्यहरू बाँकी कार्यकालका लागि रूपान्तरित व्यवस्थापिका संसदको सदस्यका रूपमा रहने ।
–    ०७४ माघअगावै आमनिर्वाचन घोषणा भए उम्मेदवारी मनोनयनका दिनसम्म मात्र उनीहरूको कार्यकाल रहने ।
–    संविधान जारी भएको ७ दिनमा प्रधानमन्त्री, २० दिनमा सभाम’ख र एक महिनामा राष्ट्रपतिको निर्वाचन गर्ने संक्रमणकालीन व्यवस्था । श्रोत साभार : कान्तिपुर समाचार

मेगा बैंकका अनिल शाहमाथि ८० करोड घोटालाको आरोप

0 comments
काठमाडौं, भाद्र ३१। मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह र बैंकको संचालकबीच विवाद उत्पन्न भएको छ । विवादको मुख्य कारण भनेको हलोदेखि हाइड्रोसम्मको कर्जा भएको स्रोतको दावी छ ।
नेपालका ठूलै व्यक्तिको संलग्नतामा रहेको एक इड्रो पावर कम्पनीमा ८० करोड रुपैयाँ कर्जा प्रवाह गरेको र त्यो कर्जा उठ्ने सम्भावना नभएपछि संचालक र व्यवस्थापनबीच दुरी बढेको हो । पछिल्लो समय शाह बैंकमा पनि कम आउने गरेका छन् ।आजको आर्थिक दैनिकमा समाचार छापिएको छ ।

को बन्ला अबको राष्ट्रपति ! एमाले र एमाओवादीले दाबी नगर्ने संकेत

0 comments

काठमाडौँ, ३१ भदौ - संविधानसभाबाट ३ असोजमा नयाँ संविधान जारी हुँदै छ। संविधान जारी भएसँगै नयाँ राष्ट्रपतिसहित प्रधानमन्त्री परिवर्तन प्रक्रिया पनि सुरु हुनेछ।

राष्ट्रपतिको उम्मेदवारको चर्चा भए पनि दलहरुबीच औपचारिक छलफल भने भइसकेको छैन। नयाँ संविधानमा गरिएको व्यवस्थाअनुसार ३ असोजमा संविधान जारी भएको बढीमा एक महिनाभित्र नयाँ राष्ट्रपति चयन हुनेछन्। असन्तुष्ट मधेसीसहितका दल आन्दोलनमा रहेकै अवस्थाबाट राष्ट्रपति सहमतीय आधारमा वा बहुमतीय आधारमा चुनिन्छन् भन्ने टुंगो लागेको छैन।

तर, एमाले र एमाओवादीले भावी राष्ट्रपतिमा कुनै दाबी नगर्ने सार्वजनिक रुपमा बताउँदै आएका छन्। राष्ट्रपतिको चर्चामा कांग्रेसमा हालैका राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला, कांग्रेस केन्द्रीय सदस्य कुलबहादुर गुरुङ तथा मानबहादुर विश्वकर्मा छन्।

कांग्रेसभित्र हालकै राष्ट्रपति रामवरण यादवलाई नै निरन्तरता दिने विषयमा छलफल हुन थालेको छ। कांग्रेसको संस्थापन र देउवा पक्ष दुवैले मान्ने भएकाले यादवकै सम्भावना रहेको कांग्रेसका एक नेताले दाबी गरे। कांग्रेसमा सभापतिमा संस्थापनबाट कोइराला नै उठ्नुपर्ने र राष्ट्रपतिबाट महाधिवेशनमा कोइरालालाई सहयोग हुने अवस्थामा डा यादव नै दोहोरिने ती नेताको भनाइ छ।

पाँच वर्ष पार्टी सभापति र डेढ वर्षदेखि प्रधानमन्त्री रहेका सुशील कोइराला राष्ट्रपतिका लागि इच्छुक पनि छन्। उमेर र सक्रियताको हिसाबले पनि सुशील राष्ट्रपतिमा जान इच्छुक रहेको उनीनिकट नेता बताउँछन्। प्रधानमन्त्रीको दाबी गर्दै आएको एमालेले राष्ट्रपतिलाई प्राथमिकतामा राखेको छैन। कांग्रेस सभापति सुशील कोइराला एमालेको समर्थनमा प्रधानमन्त्री हुनु एक दिनअघि २६ माघ ०७० मा दुई पार्टीबीच सातबुँदे सहमति भएको थियो। त्यतिबेला संधिवान जारी भएपछिको सरकारको नेतृत्व एमालेलाई दिने भद्र सहमति भएको र अब कार्यान्वयनको अवस्थामा शक्ति सन्तुलन मिलाउन एमालेले राष्ट्रपति दाबी गर्ने सम्भावना छैन।

परिस्थिति फरक ढंगले विकसित भएमा र पार्टीले राष्ट्रपति पाउने भएमा एमालेभित्र चार नेताको नाममा अनौपचारिक कुराकानी हुने गरेको छ। एकपटक अध्यक्ष र प्रधानमन्त्री भइसकेकाले र महाधिवेशनमा ओलीसँग भद्र सहमति पनि भएकाले वरिष्ठ नेता झलनाथ खनालको नाम पहिलोे विकल्पका रुपमा लिने गरिएको छ।

वरिष्ठ नेता माधवकुमार नेपाल पनि एमालेबाट राष्ट्रपतिको उम्मेदवार हुन सक्छन्। एमालेमा राष्ट्रपतिको सम्भावित उम्मेदवारमा महिला भएकाले विद्या भण्डारीको नाम पनि चर्चामा छ। सभामुख सुवास नेम्वाङ पनि राष्ट्रपतिका बलिया सम्भावित उम्मेदवार हुन्। उता, एमाओवादीले राष्ट्रपति पद नलिने अनौपचारिक निर्णय गरेको छ। एमाओवादी अध्यक्ष प्रचण्डले सेरेमोनियल राष्ट्रपति नबन्ने घोषणा गरिसकेका छन्। सत्तासमिकरणमा एमाओवादीको भागमा राष्ट्रपति परेमा भने त्यसमा अमिक शेरचनको नाम चर्चामा छ।
श्रोत साभार : डि.सी.नेपाल

नेपालको संविधान २०७२ का सबै धाराहरू पारित

0 comments

संविधानसभाले नेपालको नयाँ संविधान २०७२का सबै ३०८ धाराहरू संशोधनसहित पारित गरेको छ।

अन्यौल र अनिश्चयका बीच आइतबार साँझदेखि शुरु भएको संविधानको विधेयक पारित गर्ने प्रक्रिया चौथो दिन बुधबार साँझ सकिएको हो।

संविधानको धारा १, २ र ३ धारा पारित गर्दै आइतबारको बैठक अन्त्य भएपनि त्यसपछि प्रत्येक दिन धारा पारित गर्ने गतिले तिब्रता लिदै बुधबार मात्रै १ सय २५ वटा भन्दा बढी धारा, अनुसूचि लगायतका प्रावधानहरु पारित भए।

सभामुखले प्रस्तावनामा ५० वटा संशोधन प्रस्ताव दर्ता भएकोमा अधिंकाशले फिर्ता लिए पनि फिर्ता लिन बाँकि प्रस्तावहरु संविधानसभाको बैठकले अस्वीकृत गरेको थियो।

संविधानका थपिएका ६ सहित ३०८ धारा बुधबार पारित भएका हुन्। अब संविधानको पूरै बिधेयकमाथि आजै मत बिभाजन हुने कार्यक्रम रहेको छ।

अन्तरिम संविधानको धारा ७० को व्यवस्था अनुसार संविधानसभामा हाल कायम रहेको सदस्य संख्याको दुईतिहाइ उपस्थित बैठकको दुईतिहाइ बहुमतले प्रत्येक धारा पारित गर्नु पर्ने भएपनि चारदिनसम्मको बैठकमा यो संख्या उल्लेख्य रुपमा रहेको थियो।

५९८ सदस्य रहेको संविधानसभामा केही मधेसवादी दलका सभासद बाहेक बाँकी सबै दलका सदस्यहरु बैठकमा उपस्थित रहेका छन् भने कांग्रेसका प्रदिप गिरी दिल्लीमा रहेको कारण अनुपस्थित रहे।

संविधानको धाराहरु पारित गर्न सदस्य संख्याको दुईतिहाइ उपस्थित संख्याको दुईतिहाइ सदस्यको बहुमत पर्याप्त भएपनि संविधानको एकमुष्ट विधेयक पारित गर्न अपनाइने मतविभाजनमा संविधानको विधेयकको पक्षमा ६ सय १ सदस्यको दुइतिहाइ अर्थात ४ सय १ सदस्यको समर्थन आवश्यक पर्छ। हाल संविधानसभामा कायम रहेको सदस्य संख्या ५९८ मा झण्डै ९१ प्रतिशत भन्दा बढी सदस्य संविधान निर्माण प्रक्रियामा संलग्न रहेका छन्।

राप्रपा नेपालले उक्त मतदानमा विपक्षमा उभिने जानकारी यसअघि नै गरिसकेको छ।

संविधानसभाको दुई तिहाई बहुमतले मत बिभाजनका आधारमा संविधानको बिधेयक पारित गरेपछि संविधान निर्माणको काम सकिनेछ।

त्यसपछि संविधनसभा सचिवालयले संविधानका केही प्रति प्रकाशन गर्ने कार्यक्रम रहेको छ। अनि शुक्रवार बिहानदेखि सभासदहरुले त्यसमा हस्ताक्षर गर्ने कार्यक्रम राखिएको सचिवालयले जनाएको छ।

सभासदहरुले आफ्नो नामको वर्णानुक्रम अनुसार संविधानमा हस्ताक्षर गर्नुपर्ने छ। सभासदहरुको हस्ताक्षरपछि नेपालको संविधानलाई संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रमाणिकरण गर्ने कार्यक्रम तय भएको छ।

आगामी असोज ३ गते आइतबार साँझ ५ बजे संविधानसभामा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामवरण यादवले संविधान जारी गर्नेछन्। श्रोत साभार : भदौ ३० सेतोपाटी 

साउदी कूटनीतिज्ञलाई महिला बेच्ने दाजुबहिनी पक्राउ

0 comments

काठमाडौं- साउदी अरबमा वैदेशिक रोजगारीको प्रलोभनमा भारत पुर्यााएर २ महिलालाई साउदी दूतावासका कूटनीतिज्ञलाई बेचेको आरोपमा प्रहरीले कल्पना लिम्बु र जीतबहादुर दर्जीलाई पक्राउ गरेको छ। यी दुवै दाजु बहिनी हुन्।

भारतीय संस्था माइती इन्डिया र भारतीय प्रहरीको सहयोगमा घरेलु कामदारका रुपमा राखिएका ५० र ३० वर्षका दुई नेपाली महिलालाई साउदी दूतावासका एक कूटनीतिज्ञको परिवारले चरम यौन शोषण गरेर राखेको सूचनाको आधारमा हरियाणाको एउटा अर्पाटमेन्टबाट उद्धार गरी स्वदेश ल्याइएको थियो।

ल्याइएका दुवै पीडितको बयानबाट उनीहरूलाई लिम्बु र दर्जीले साउदी अरब पठाउने भन्दै भारत पूर्या एको खुलाएपछी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुवैलाई पक्राउ गरेको हो। पक्राउ लिम्बु पीडितमध्ये एक महिलाकी आफ्नै बुहारी हुन्।

यी दुवैले छुट्टाछुट्टै रुपमा ती दुई महिलालाई साउदी अरबमा घरेलु कामदारका रूपमा राम्रो तलब हुन्छ भन्ने प्रलोभन दिएर भारत पुर्याुएर एउटै दलाललाई एक–एक लाखमा बेचेको ब्युरोले सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ।

ब्युरोकी एसपी किरण बज्राचार्यका अनुसार उनीहरूले दुवै महिलालाई नेपालबाट फरकफरक मितिमा स्थलमार्गबाट भारतको नयाँ दिल्ली पुर्यााएर गिरोहलाई बिक्री गरेका थिए। दिल्लीमा उनीहरूलाई साउदी कूटनीतिज्ञले हेरेपछि घरेलु कामदारका रुपमा मुम्बई, श्रीलंका हुँदै साउदी पुर्याकएर फेरि दिल्ली ल्याई अर्पाटमेन्टमा बन्धक बनाएर राखिएको थियो।

सोही अर्पाटमेन्टमा काम गर्न आएकी दार्जिलिङकी नीतु नामकी महिला घरबाट बाहिर निस्कन सफल भएपछि उनैको सूचनाको आधारमा ती दुई नेपाली महिलाको उद्धार गरिएको थियो। उद्धार गरिएका दुवै महिलालाई कानुनी प्रक्रिया पूरा भएपछि दिल्लीस्थित नेपाली दूतावासको सहयोगमा २४ गते स्वदेश फिर्ता ल्याएर ब्युरोले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानमा दुवैका परिचितले रोजगारी प्रलोभनमा पारी बेचेको खुलेपछि कल्पना परियार भनिने कल्पना लिम्बुलाई लुकेर बसेको अवस्थामा पोखराको रामबजारबाट र कृष्ण भन्ने जीतबहादुर दर्जीलाई काठमाडौंको कपनमा पक्राउ गरेको ब्युरोले जानकारी दिएको छ।

ब्युरो अधिकारीका अनुसार कल्पना आफैं साउदी अरबमा काम गरेर फर्किएकी हुन्। उनकी सासुसमेत केही समय साउदी गएर नेपाल फर्किएकी थिइन्। श्रीमानसँग छोडपत्र भएपछि एक्लै बस्दै आएकी उनी फेरि साउदी जाने प्रयासमा लागेपछि बुहारीले आफुले पठाइदिने भन्दै दिल्ली पुर्याभएकी थिइन्। उनका दाइले भने गाउँकी परिचित युवतीलाई उस्तै प्रलोभनमा दिल्ली पुर्यापएर बिक्री गरेका थिए।

एसपी बज्राचार्यका अनुसार पक्राउ दुवैको सम्बन्ध र सम्पर्क दिल्लीदेखि श्रीलंकामा सक्रिय गिरोहसँग देखिएको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरू संगठित रुपमै सक्रिय देखिएकाले गिरोहकै पहिचानमा अनुसन्धान केन्द्रीत गरिएको जानकारी बज्राचार्यले दिइन्। 'दुवै लामो समयदेखि नै बेचबिखनमा संलग्न देखियो,' बज्राचार्यले भनिन्, 'गिरोहको सम्पर्क जालोबारे नै अनुसन्धान भइरहेको छ।'

ब्युरोले दुवैलाई मानव बेचबिखन तथा ओसारपसार अभियोगमा काठमाडौं जिल्ला अदालतमा पेस गरी अनुसन्धानका लागि म्याद लिएको छ। श्रोत साभार : नागरिक न्युज 

चिलीमा ८ दशमलव ३ म्याग्नेच्युडको भूकम्प ५ को मृत्यु र २० घाइते

0 comments
 सान्टियागो, भदौ ३१ । दक्षिण अमेरिकी देश चिलीमा ८ दशमलव ३ म्याग्नेच्युडको भूकम्पका कारण अहिलेसम्म ५ को मृत्यु र २० जना व्यक्ति घाइते तथा कयौ घरहरु भत्किएको छ । भूकम्पको केन्द्र पृथ्वीको सतहदेखि पाँच किलोमिटरमात्र तल रहेको बताइएको छ ।

 सान्टियागोदेखि करिब २ सय ४६ किलोमिटर उत्तर–पश्चिमको तटीय क्षेत्रमा भूकम्प गएकाले सुनामी आउने चेतावनी दिइएको छ । प्यासेफिक सुनामी वार्निङ सेन्टरले सूनामीको चेतावनी दिएको हो । अमेरिकी अधिकारीहरुका अनुसार बुधबार स्थानीय समय अनुसार साँझ ७ः५४ मा भूकम्प गएको हो । एजेन्सी

Like us

 

Search

 
Enjoy the site