Thursday, July 23, 2015

ठेकेदारबाट २ इन्जिनियरले १ लाख रुपैया घुस लिदा लिदै पक्राऊ

0 comments
काठमाण्डौ साउन ७ डिभिजन सडक कार्यालय टेकुका इन्जिनियर ललिजन रावल र सबइन्जिनियर गोविन्द गैरैलाई एक लाख रुपैया घुस सहित अख्तियारले बिहीबार पक्राउ गरेको छ।

चन्द्रागिरी नगरपालिका, दहचोकको त्रिवेणी मार्ग कालोपत्रे गर्ने ठेकेदारबाट उनीहरुले उक्त रकम घुस बापत लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाबी गरेको छ।

घुस मागिरहेको सूचनाका आधारमा गएको अख्तियारको टोलिले उनीहरुलाई कलंकीबाट पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

बिप्लव नेतृत्वको नेकपा माओवादीले भोली शुक्रवार नेपाल बन्दको आह्वान

0 comments
काठमाडौं, ७ साउन– भारत र चिनबिच भएको लिपुलेक र चार दलबिच भएको १६ बुँदे सम्झौताको विरोधमा बिप्लव नेतृत्वको नेकपा माओवादीले भोली शुक्रवार नेपाल बन्दको आह्वान गरेको छ ।

नेकपा माओवादीका पोलिटब्युरो सदस्य भरत बमले लिपुलेक सम्झौता, दलहरुबिचको १६ बुँदे सहमति, भुकम्प प्रभावितहरुका लागी गरिएको राहत वितरणमा भएको भ्रष्टाचारको विरुद्धमा र देशको वर्तमान अवस्थालाई मध्यनजर गर्दै सर्वपक्षिय राजनीतिक सभाको माग गर्दै बन्द आह्वान गरिएको जानकारी दिनुभयो ।

बमका अनुशार भोली विहानै देखि साँझसम्म बन्द जारी रहनेछ । शान्तिपुर्ण रुपमा हुने बन्द कार्यक्रमलाई सफल पार्न नेकपा माओवादीले आम सर्वसाधारणमा आग्रह पनि गरेको छ । बन्द आह्वान गरिएपनि प्रेस, मानवअधिकार, एम्बुलेन्स लगायत अत्यावश्यक सवारीका साधनहरु भने निर्वाध रुपमा चल्न पाउने पोलिट्ब्युरो सदस्य बमले जानकारी दिनुभयो ।

यदि शान्तिपुर्ण रुपमा हुने आन्दोलनलाई राज्यले दमन गर्ने प्रयास गरे त्यस्को जिम्मा सरकारले नै लिनुपर्ने पोलिट्ब्युरो सदस्य बमले बताउनुभयो ।

यसैबिच नेकपा माओवादीले आह्वान गरेको भोलीको बन्दको पुर्वसन्ध्यामा देशका विभिन्न ठाउँमा मसाल जुलुस प्रदर्शन गरेको छ । देशका विभिन्न चोक तथा बजारहरुमा नेकपा माओवादीका कार्यकर्ताहरुले भोलीको बन्दको झल्को दिन मसाल जुलुस निकालेका हुन् । दाङमा पनि बन्दको पुर्वसन्ध्यामा मसाल जुलुश निकालिएको छ ।


दिल्ली एरपोर्ट हुदै दुबई जानलागेको ७ नेपाली चेली पक्राऊ

0 comments
काठमाडौं, साउन ७ – भारतको बाटोहुँदै दुबई जान लागेका ७ जना नेपाली युवती भारतमा पक्राउ परेका छन्  । नक्कली राहदानी तथा कागजात बनाएर दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट जाने तयारीमा रहेका युवतीलाई भारतीय प्रहरीले पक्राउ गरी अध्यागमन विभागलाई बुझाएको हो । पक्राउ पर्नेमा बर्ष२०की पुजा तामाङ, २६की मालती राई, ४१की लक्ष्मी राई, ३१की उमा भुजेल,२३की शर्मिला थापा, २८की शोभाकुमारी परियार र २९की कृष्णादेवी रहेका छन् । भारतीय प्रहरीका अनुसार एयर इन्डियाका ड्युटी म्यानेजर कपिल र ग्राहक सेवा प्रदायक मनिषलाई पनि पक्राउ गरिएको छ । नेपाली युवतीलाई दुबाई उडाउने प्रवन्ध मिलाइएको अभियोगमा उनीहरु पक्राउ परेका हुन् ।

संविधानको मस्यौदामा महिलाहरुले विवाह नगरीकनै बच्चा जन्माउन पाउनुपर्नेको माग सुझाव

0 comments
काठमाडौं, ७ साउन । संविधानको मस्यौदामा सुझाव संकलनको कार्य लगभग सकिएको छ ।
विभिन्न दलहरुको विरोध र आक्रमणका बाबजुद सभासदहरुले २४१ निर्वाचन क्षेत्रमा गएर संविधानको प्रारम्भिक मस्यौदामा सुझाव संकलन गरेका हुन् । संकलन गरिएका सुझाव सबैभन्दा बढी हिन्दु राष्ट्रको पक्षमा बढी आएका छन्, त्यसपछि कार्यकारी प्रमुख राष्ट्रपति वा प्रधा
स्थानीय निकाय प्रत्यक्ष निर्वाचन, धार्मिक स्वतन्त्रता, सीमाङ्कन र नामाङ्कन टुङ्ग्याएर सम्भिधान जारी गर्नुपर्ने सुझाव बढी आएका छन् । थुप्रै विषयमा सुझाव संकलन भएको संविधानसभामा प्रस्तुत गरिने सुझाव समितिका सभापति प्रमिला राणाले जानकारी दिनुभयो । अहिलेसम्म करिब ३ लाख बढी सुझाव संकलन भएको जानकारी दिँदै उहाँले नेपाली समाजमा पाच्य नहुने सुझाव पनि आएको बताउनुभयो ।
उहाँले भन्नुभयो- ‘कसैले विवाह नगरीकनै बच्चा पाउनुपर्छ भनेका छन्, त कसैले दुई श्रीमान आफैसँग राख्न पाउनुपर्छ भनेका छन् । जून हाम्रो समाजमा मान्य हुने सम्भावना कम हुन्छ ।’ मस्यौदामा मोरङका महिलाहरुले विवाह नगरीकनै बच्चा जन्माउन पाउनुपर्ने मागसहित सुझाव दिएका थिए भने काभ्रेका महिलाहरुले दुई श्रीमान राख्न पाउनुपर्ने मागसहित सुझाव संविधानसभालाई दिएका छन् ।
नयाँ संविधानमा आफूहरुलाई पुरुषसरह अधिकार दिनुपर्ने भन्दै महिलाहरुले यस्तो मागसहितको सुझाव संविधानसभामा आएको सभापति राणाले जानकारी दिनुभयो ।
नमन्त्रीको पक्षमा बढी सुझाव आएका छन् ।

बल्लीवुड फिल्म बहुबल्ली पुरा हेर्नको लागि यो लिंकमा क्लिक गर्नुहोला।

0 comments
हिन्दी फिल्मको ईतिहाँसमा बहुबल्ली सन् २०१५को  महँगो तथा सफल फिल्म हो। फिल्म रिलीज भएको पहिलो दिनमा ६० करोड , दोस्रो दिनमा १०० करोड र १२औ दिनसम्ममा ३६५ करोड कमाइ सकेको छ। गिनिस बुकमा समेत बिस्वको सबैभन्दा ठुलो पोस्टर ५१५९८.२१ वर्ग फीटको बनाई नाम लेखाउन सफल भएको छ।
MOVIE

विश्वका उत्कृष्ट १० विश्वविद्यालयहरुको सूचि

0 comments
सेन्टर फर वर्ल्ड युनिभर्सिटी र्‍याङकिङ (सीडब्ल्यूयूआर) ले विश्वका उत्कृष्ट विश्वविद्यालयहरुको सूचि सार्वजनिक गरेको छ । उत्कृष्ट ५ मध्ये पहिलो तीनस्थानमा अमेरिकी र चौथो र पाँचौमा बेलायतका विश्वविद्यालय परेका छन् ।

१ हार्वर्ड युनिभर्सिटी (अमेरिका)
सन् १६३६ मा स्थापना भएको यो अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालय हो । ४७ नोबेल पुरस्कार विजेता, ३२ जना राष्ट्रप्रमुखहरु र ४८ जना पुलित्जर पुरस्कार विजेताहरुले यही विश्वविद्यालयमा अध्ययन् गरेका थिए ।

२१० एकडमा फैलिएको यस्को मुख्य क्याम्पस र २३ स्याटालाइट क्याम्पस साथै २ हजार ४०० फ्याकल्टी सदस्य रहेको यो विश्वविद्यालयमा सबै तहमा गरी करिब २१ हजार विद्यार्थी अध्ययनरत छन् ।

२ स्ट्यान्फोर्ड युनिभर्सिटी (अमेरिका)
यो विश्वविद्यालयको स्थापना सन् १८९१ मा रेलवे टाइकुन लील्याण्ड स्ट्यानफोर्डले १६ वर्षको उमेरमा निधन भएका आफ्नो छोराको स्मृतिमा गरेका थिए । हेवलेट प्याकर्ड र गुगलको स्थापना यसै विश्वविद्यालयका छात्रहरुले गरेका हुन् । यहाँ करिब ७ हजार अण्डरग्राजुएट र ४ हजार पोष्टग्राजुएशनका विद्यार्थीहरु अध्ययन्रत छन् ।

३ म्यासचुसट्स इन्स्टिच्यूट अफ टेक्नोलोजी (अमेरिका)
स्थापनाको १५० वर्षमा म्यासचुसट्स इन्स्टिच्यूट अफ टेक्नोलोजी –एमआईटी) ले ७० भन्दा धेरै नोबेल पुरस्कार विजेता पैदा गरेको छ, जसमध्ये ८ जना त वर्तमान फ्याकल्टी मा संलग्न छन् । १६८ एकडमा फैलिएको यसको चाल्र्स रिभर क्याम्पसमा १० हजार भन्दा अधिक विद्यार्थीलाई आर्किटेक्चर एण्ड प्लानिंग, इन्जिनियरिंग, ह्युम्यानिटिज, आर्टस एण्ड सोशल साइन्सेज, म्यानेजमेन्ट र हेल्थ साइन्सेज एण्ड टेक्नोलोजीको प्रशिक्षण प्राप्त गरिरहेका छन् ।

४ युनिभर्सिटी अफ क्याम्ब्रिज (बेलायत)
बेलायतको क्याम्ब्रिज शहरस्थित यो विश्वविद्यालय अंग्रेजी भाषी देशहरुमा दोस्रो सबैभन्दा पुरानो विश्वविद्यालय हो । यस विश्वविद्यालयमा ३१ कलेज, १०० विभाग, फ्याकल्टिज र सिंडिकेट र ६ स्कुल संवद्ध छन् । हाल १७ हजार छात्रछात्राले अध्ययन् गरिरहेको यो विश्विद्यालयमा १२० देशका १ हजार अन्तराष्ट्रिय विद्यार्थी अध्ययनरत छन् ।

५ युनिभर्सिटी अफ अक्सफोर्ड (बेलायत)
बेलायतका २६ जना प्रधानमन्त्री, विश्वका कम्तीमा पनि ३० चर्चित नेताहरुले यही विश्वविद्यालयमा शिक्षा लिएका हुन् । १३ औं शताब्दीमा स्थापना भएको यो विश्विद्यालय विश्वकै पुराना तीन विश्वविद्यालयमध्येमा पर्छ ।

६ कोलम्बिया युनिभर्सिटी (अमेरिका)
अमेरिकी राष्ट्रपति बराक ओबामाले पनि यही विश्वविद्यालयमा अध्ययन् गरेका हुन् । विश्व सबैभन्दा बढी नोबेल पुरस्कार प्राप्त गर्नेहरुमा यही विश्वविद्यालयका छात्रछात्रा पर्छन् । यसका तीन अण्डरग्राजुएट स्कुल, १३ ग्राजुएट र प्रोफेशनल स्कुलहरु छन् ।

७ युनिभर्सिटी अफ क्यालिफोर्निया, बारकली (अमेरिका)
भिटामिन ई र फ्लूको भाइरसको पहिचान यसै विश्वविद्यालयमा भएको थियो । सन् १८६८ मा स्थापना भएको यस विश्वविद्यालयका २० भन्दा धेरै फ्याकल्टी सदस्यहरुले नोबेल पुरस्कार प्राप्त गरेका छन् ।

८ युनिभर्सिटी अफ शिकागो (अमेरिका)
यस विश्वविद्यालयमा अण्डरग्राजुएट भन्दा धेरै पोष्टग्राजुएट विद्यार्थीहरु छन् । १८९० मा स्थापना भएको यस विश्वविद्यालयका १२५ रिसर्च इन्स्टिच्यूट र सेन्टरहरु छन् ।

९ प्रिन्सटन युनिभर्सिटी (अमेरिका)
यो अमेरिकाको चौथो सबैभन्दा पुरानो कलेज हो । ९८ देशका करिब ७ हजार ५०० विद्यार्थीले अध्ययन् गरिरहेको यो विश्वविद्यालयमा ११ हजार फ्याकल्टी सदस्य र ३४ विभाग साथै स्कुल अफ आर्किटेक्चर, स्कुल अफ इन्जिनियरिंग एण्ड अप्लाइड साइन्सेस र वुड्रो विल्सन स्कुल अफ पब्लिक एण्ड इन्टरनेशनल अफेयर सामेल छन् ।

१० कर्नेल युनिभर्सिटी (अमेरिका)
एन्ड्रेउ डिक्सन बाइटले सन् १८६५ मा वंश र धर्मको भेदभाव बिना समतामुलक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ कर्नेल युनिभर्सिटीको स्थापना गरेका थिए । ६ हजार फ्याकल्टी सदस्य रहेको यो विश्वविद्यालयमा अहिले करिब २० हजार छात्रछात्रा अध्ययन्रत छन् ।

त्यसैगरी सेन्टर फर वर्ल्ड युनिभर्सिटी र्‍याङकिङ (सीडब्ल्यूयूआर) को सूचिमा उत्कृष्ट ११, १२, १४, १५, १६, १८, १९ औं विश्वविद्यालय पनि अमेरिकाकै छन् ।

१३ औं उत्कृष्टमा जापानको युनिभर्सिटी अफ टोकियो र १७ औंमा जापानकै युनिभर्सिटी अफ क्योटो छन् भने २० औंमा स्विजरल्याण्डको स्विस फेडरल इन्स्टिच्यूट अफ टेक्नोलोजी इन जुरिच छ ।

छिमेकी मुलक चीनको पेकिङ युनिभर्सिटी ५६ औं र सिन्ह्वा युनिभर्सिटी ७८ औं मा परेका छन् भने चीनका २७ वटा विश्वविद्यालय उत्कृष्ट ५०० भित्र परेका छन् ।

भारतभित्र  १ नम्बरमा रहेको इन्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजी (आइआईटी) विश्व र्‍याङकिङमा ३४१ औं नम्बरमा छ । योसँगै युनिभर्सिटी अफ देल्ही (३७९), इन्डियन इन्स्टिच्यूट अफ साइन्स (४४८) र पञ्जाब युनिभर्सिटी (४९१) गरी भारतका चारवटा विश्वविद्यालय उत्कृष्ट ५०० भित्र परेका छन् ।

नेपालका कुनै पनि विश्वविद्यालय उत्कृष्ट १००० भित्र पनि परेका छैनन् ।






अहिलेका चर्चित एमाले नेता केपि ओलिसँग टफ टकमा गरेको अन्तरवार्ताको भिडियो हेर्नुहोस्

0 comments


कोरियाबाट स्वर्ण पदक जिती स्वदेश फिर्ता

0 comments
दक्षिण कोरियामा सकिएको नवौं अन्तराष्ट्रिय तेक्वान्दो सांस्कृतिक प्रदर्शनी खेलमा स्वर्ण पदक हात पारेकी योङ्चेन शेर्पासहितको टोली स्वदेश फर्केको छ । कोरियास्थित मुजु तेक्वादो पार्कमा भएको खेलमा शेर्पाले भारत र पाकिस्तानका खेलाडीलाई पराजित गर्दै स्वर्णपदक हात पारेकी हुन् । उनी ह्वाइट फिल्ड स्कुलमा अध्ययनत छिन् । त्यस्तै, सोही खेलमा सहभागी जेम्स स्कुलकी क्रेशा कोइराला, एजेलिया राजकर्णिकार र ह्वाईट फिल्ड स्कुल कै आर्यन खड्की पनि स्वदेश फर्किएका छन् । उनीहरुले उक्त खेलमा कास्यपदक हात पारेका थिए । पदक विजेता खेलाडीलाई ह्वाईट फिल्ड स्कुलका प्रिन्सिपल पारस श्रेष्ठ, राष्ट्रिय तेक्वान्दो खेलाडी मनिता शाही र खेलाडीका परिवारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । उक्त प्रदर्शनी खेलमा विभिन्न ६५ राष्ट्रको सहभागिता थियो । रासस
फाईल तस्बिर 

दारी र कपाल कुन दिन काट्दा राम्रो र नराम्रो हेर्नुहोस

0 comments
 धर्मशास्त्रमा जीवनका नियमहरु उल्लेख छन् । त्यसमा दारी र कपाल काट्न नहुने दिन समेत उल्लेख छ । यी दिनमा दारी कपाल काट्दा अशुभ हुने मानिन्छ ।
यी दिनमा नकाट्नुस् 
शास्त्रका अनुसार मंगलवार, विहीवार र शनिवार कपाल काट्नु हुँदैन । यसले अशुभ गराउने विश्वास छ ।
ज्योतिष शास्त्रका अनुसार पनि मंगलबार मंगलको दिन हो । शरीरमा पनि मंगलको निवाश हुने यो दिनमा कपाल काट्नु राम्रो मानिन्छ । मंगलबार र शनिबार कपाल काट्दा अशुभ प्रभाव पर्ने उल्लेख छ ।
शास्त्रका अनुसार मंगलबार कपाल काट्दा ८ महिना कम हुन्छ मान्छेको आयु ।

विहीबार लक्ष्मीको दिन मानिन्छ । यस दिन कपाल काट्दा लक्ष्मी अर्थात धनकी देवी बेखुसी भएर दरिद्र हुने सम्भावना हुन्छ ।

शनिबार कपाल काट्दा ७ महिना आयु कम हुने विश्वास गरिन्छ ।
बाँकि रहेका सोमवार, बुधवार, शुक्रवार र आइतवार कपाल काट्नु राम्रो मानिन्छ ।

चीनको ‘ग्रेटवाल’का बारेमा अन्वेषकहरुले नयाँ तथ्य फेला

0 comments
काठमाडौं, श्रावण ६ अन्तरिक्षबाट देखिने पृथ्वीको मानवनिर्मित संरचना चीनको ‘ग्रेटवाल’का बारेमा अन्वेषकहरुले नयाँ तथ्य फेला पारेका छन् ।

ग्रेटवालको लम्बाई पाँच हजार किलोमिटर भनी यसअघि नै अनुमान गरिएको थियो । तर, वैज्ञानिक ढंगले नापजाँच गरिएको थिएन । चीन सरकारले सन् २००५ देखि ग्रेटवालसम्बन्धी अध्ययन गर्न नयाँ दल गठन गरी अनुसन्धान गर्न पठाएको थियो । ग्रेटवालको वास्तविक लम्बाई ८ हजार ८ सय ८१ किलोमिटर लामो रहेको प्रमाणित भएको ‘चाइना डेली’ समाचारपत्रले जनाएको छ ।

विश्व सम्पदा सूचीमा परेको ग्रेटवाल बढ्दो भौतिक संरचनाहरुको विकास तथा मौसमका कारण भविश्यमा लोप हुनसक्ने अवस्थामा रहेको छ । ग्रेटवालको पहिलो खन्ड २ हजार वर्षभन्दा अघि निर्माण भएको थियो । ‘विदेशी शत्रुहरु आफ्नो मुलुकमा प्रवेश गर्न नसकुन्’ भनी तात्कालीन शासकले मानिस हतपत उक्लिन नसक्ने खालको पर्खाल ठड्याउन लगाएका थिए भन्ने तर्क छ ।

पर्खालमा शत्रुलाई नियाल्नका लागि सरक्षाकर्मीले पहरा दिने ठाउँ पनि पहिलो खन्ड निर्माणकै क्रममा बनाइएको थियो । सन् १३६८ देखि सन् १६४४ सम्म मिङ वंशको शासनकालमा ग्रेटवालको दोश्रो खन्ड निर्माण गरिएको बताइन्छ । त्यसबेला उत्तरी मंगोलिया क्षेत्रका आदिबासीको सम्भावित आक्रमणलाई रोक्न गे्रटवालको विकास र विस्तार गरिएको चाइना डेलीको वेबसाइटमा उल्लेख छ ।

ग्रेटवालको संरचनामा ६ हजार २ सय ५९ किलोमिटर वास्तविक पर्खाल, ३ सय ५९ किलोमिटर ट्रेन्च र २ हजार २ सय ३२ किलोमिटर पहाड र नदीजस्ता प्रतिरक्षात्मक प्राकृतिक अवरोधहरुका समेटिएका छन् । गे्रेटवालको दुई वर्षे नक्सांकन परियोजना चीनको ‘स्टेट हेरिटेच’ले गरेको थियो । उक्त नक्सांकनमा अन्तरिक्षबाट भू–उपग्रहद्धारा ‘इन्फ्रारेड’ प्रविधि तथा स्थल नक्सांकनमा ‘ग्लोबल पोजिसनिङ’ प्रणालीको प्रयोग गरिएको थियो ।

पहिलेको अनुमानमा प्रत्येक खन्डको भौतिक नापमा नभइ त्यहाँ पाइएका ऐतिहासिक अभिलेखको आधारमा गरिएको उल्लेख छ । अहिले सम्पन्न मापन विधिमा पर्वत र मरुभूमिमा गरिएको खोजीले अज्ञात स्थलहरु पत्ता लागेका हुन् भनी कल्चरल हेरिटेजका निर्देशक सान जिसिआङको हवाला दिँदै चाइना डेलीको वेबसाइटमा भनिएको छ ।

यो सर्वेक्षणले प्राचीन रहस्यको लम्बाइबारे स्पस्ट हुन सहयोग मात्र नगरे थुपै्र समस्याहरुमाथि प्रकाश पार्नुका साथै संरक्षणको प्रयास गरेको उल्लेख छ । चीनले सन् २०१५ भित्रमा ग्रेटवाल संरक्षण अभियान सम्पन्न गर्नेछ ।

यस योजनाअन्तर्गत् हालसम्म पर्खालको संरक्षण गर्नुपर्ने खन्डको नक्सांकन कार्य सम्पन्न भएको छ । २३ सय वर्ष अगाडिका चिनियाँ युद्धविज्ञ सुन सु नीति युद्ध कलालाई दर्शन मानेर शताब्दीऔंअघिका चिनियाँ शासकले निर्माण गर्न लगाएको ग्रेटवालको महत्व आधुनिक समयमा झन् बढेर गएको विश्लेषण चाइना डेलीले गरेको छ ।श्रावण ६ अनलाईन खबरमा प्रकाशित

एनसेलको नयाँ अफर मोबाइल किन्दा बोनस व्यालेन्स र फ्री इन्टरनेट डाटा सुबिधा

0 comments
एनसेलले ग्राहकहरुको लागि माइक्रोम्याक्स मोबाइलसँग साझेदारी गरेर नयाँ योजना ल्याएको छ।

   ‘एनसेल लोडेड एकमा अनेक अफर’ योजना अन्तरगत माइक्रोम्याक्सको १० हजार रुपैयाँ पर्ने क्यान्भास स्पार्क क्यू ३८० मोडलको मोबाइल किन्दा एनसेलले निम्न सुविधाहरु दिनेछ।

–६ हजार रुपैयाँ बराबरको बोनस व्यालेन्स, ३ महिनाको लागि मान्य हुने र एनसेल नेटवर्क भित्र
–१ जीबी डाटा, प्रत्येक महिनाका दरले ३ महिनासम्मको लागि
– निःशूल्क एनसेल सिमकार्ड

यो सुविधा एनसेल सेन्टर, एनसेल सप तथा आधिकारिक विक्रेतामा उपलब्ध रहेको छ।

माइक्रोम्याक्स क्यान्भास स्पार्क क्यू ३८० मा दुईवटा सिम लाग्छ । यसको स्क्रिन ४.७ इन्चको रहेको छ जसले ५४०×९६० पीक्सेल रिजोलुसनको गुणस्तर दिन्छ।

यो स्मार्टफोन एन्ड्रोइडको ५.० ललीपप अपरेटिङ सिस्टममा काम गर्छ र यसमा क्वाडकोर १.३ जीएचजेडको प्रोसेसर रहेको छ।

यसमा १ जीबी र्‍याम र ८ जीबी इन्टरनल मेमोरी रहेको छ जसलाई ३२ जीबीसम्म बढाउन मिल्छ।

यसको पछाडि ८ मेगापीक्सेल र अगाडि २ मेगापीक्सेलको क्यामरा रहेको छ।

यसमा २००० एमएएचको ब्याट्री रहेको छ।

यो मोबाइलको हार्डवेयरमा १ वर्ष र अरु पाटपूर्जामा ६ महिनाको वारेन्टि  पनि दिइएको छ।

Wednesday, July 22, 2015

नयाँ रिम्पोछे घोषणा, नेपालमा जन्मिएका बालक ङवाङ नयाँ रिम्पोछे

0 comments
काठमाडौं, श्रावण ६ । तिब्बती आध्यात्मिक गुरु दलाई लामाले आफ्ना दिवंगत गुरु ट्रल्सिक रिम्पोछेको अवतारको रुपमा ङवाङ तेन्जिन चोकीलाई अनुमोदन गरेका छन् ।

सन् २०१३ जुलाई २५ मा नेपालमा जन्मिएका बालक ङवाङ अब तिब्बतको सबैभन्दा पुरानो निङमा बौद्ध परम्पराको प्रमुख बनेका छन् ।

अध्यात्मिक गुरु दलाई लामाको ८०औँ जन्मदिनको अवसरमा भारतको धर्मशालामा बालक ङवाङलाई नयाँ रिम्पोछे घोषणा गरिएको हो ।




निग्मा बौद्ध परम्पराका प्रमुख गुरु टुलसिक रिम्पोछेको ४ वर्षअघि नेपालको सोलुखुम्बुमा मृत्यु भएकोमा उनको पुनर्जन्मको रुपमा बालक ङवाङलाई मान्यता दिइएको हो ।

काठमाडौंका बाबुर छोइलिङ टुल्कु ङवाल र आमा पाइलुङ छेवाङ डोल्माको कोखबाट जन्मिएका बालक ङवाङ दलाई लामाक धर्मगुरु र निग्मा बौद्ध परम्पराका प्रमुख गुरुको रुपमा रहनेछन् ।

दिवंगत गुरु रिम्पोछेले सोलुखुम्बुमा सबैभन्दा ठूलो थुप्तेन छोइलिङ गुम्वा स्थापना गरेका थिए ।
साभार इमेजखबर

राजधानी नजिक केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भुकम्प गएको छ

0 comments
श्रबण ६ बुधबार -काठमाडौँबाट २० किलोमिटर उत्तरपूर्व केन्द्रबिन्दु भएर सुन्दरीजल र सिन्धुपाल्चोकको सीमामा ४.६ रेक्टर स्केलको भुकम्प राति १० बजेर १४ मिनेटमा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। राजधानी नजिक केन्द्रबिन्दु भएकोले राजधानीलाई निकै नै हल्लाएको थियो। बैशाख १२ देखि लगातार भुकम्पको  एकपछि अर्को धक्काले काठमाडौँका अधिकांस मानिसहरुलाई त्रशित बनाएको छ।

चीनमा भेटियो चरा जस्तै पखेटा भएको डाईनोस्वोर

0 comments
 चीनमा भेटियो चरा जस्तै पखेटा भएको डाईनोस्वोर 

 

भाडाका आमाबाट सन्तान जन्माउने पद्धति लाई बैधानिकता

0 comments
भाडाका आमाबाट सन्तान जन्माउने पद्धति (सेरोगेसी मदर)लाई वैधता दिन सरकारले तयारी गरेको छ । सेरोगेसी मदर कार्यक्रमलाई स्वीकृति दिँदा दुरुपयोग बढ्ने भन्दै सरोकारवालाहरूले विरोध जनाउँदै आएका छन्।
काठमाडौंका केही निजी अस्पतालले अवैध रूपमा सेरोगेसी सेवा दिइरहेको समाचार सार्वजनिक भएपछि मन्त्रिपरिषद्को २ असोजको बैठकले कार्यविधि बनाएर त्यसलाई व्यवस्थित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको थियो । तर, मन्त्रालयले कार्यविधि बनाउनुको सट्टा केही दिनअघि मात्रै सेवा दिने अस्पतालहरूका लागि मापदण्ड तयार गरेको छ ।
स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्डअनुसार सेरोगेसी सेवा लिने आमाबाबु र कोख भाडामा दिने महिला (सेरोगेसी मदर)समेत विदेशी हुनुपर्ने र उनीहरूले सम्बन्धित संस्थाको मापदण्डअनुसार दस्तुर तिरेपछि सेवा लिन पाउनेछन् । स्वास्थ्य संस्थामा हेपा फिल्टर जडित क्यासरियन सेक्सनबाट बच्चा जन्माउने मोडुलर ओटी, आमाका लागि आइसियू, आइभिएफ ओटी तथा ल्याब, बच्चाका लागि कम्तीमा चार शय्याको एनआइसियू सेवालगायतका पूर्वाधार हुनुपर्ने मापदण्ड बनाइएको छ ।
‘मन्त्रिपरिषद्ले त कार्यविधि बनाउन भनेको थियो । तर, कार्यविधि नभएर मापदण्ड बनाइएको छ । सामान ल्याऊ, पैसा तोक र चलाऊ भनेजस्तै भएको छ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘यसले पहिलेदेखि अवैध रूपमा काम गरेका अस्पतालहरूलाई वैध रूपमा गर्ने बाटो खोलिदिएको छ ।’नयाँ पत्रिका दैनिकमा समाचार छ ।

बौद्ध धर्मको पवित्र ग्रन्थ 'दोमाङ' नेपाली भाषामा अनुवाद हुदैं

0 comments
बौद्ध धर्मको पवित्र ग्रन्थ 'दोमाङ' अब नेपालीमा पढ्न पाइने भएको छ । यसअघि सम्बोटा लिपिमा उपलब्ध हुदैं आएको दोमाङ त्रियान धर्म संघले नेपाली भाषामा ल्याउन लागेको हो ।

झन्डै १२ सय पृष्ठको दोमाङ अनुवादको कार्य सुरु भइसकेको त्रियानका प्रमुख तथा अनुवादक खेन्पो वागिन्द्रशीलले बताए । उनका अनुसार एक वर्षअघिबाट अनुवाद कार्य थालिएको हो । 'हामीले दोमाङ अनुवाद गर्न एउटा टिम नै बनाएका छौं, झन्डै एकवर्ष भइसक्यो अनुवाद थालेको,' खेन्पो वागिन्द्रशीलले भने, 'तीन खण्ड रहेको किताबको दुई खण्ड अनुवाद सकिसकेको छ ।'

अब आउने दोमाङमा सम्बोटा, फोनाटिक(तिब्बती उच्चरण तर नेपाली अक्षर) र नेपाली भाषासहितको आउने खेन्पोले सुनाए । दोमाङ भगवान बुद्धले रचना गरेको त्रिपिटकको सारंश भएको र हरेक बौद्धमार्गी नेपालीका लागि उपयोगी हुने भएकोले नेपाली भाषामा अनुवाद गर्नु अति आवश्यक देखिएकोले यो कार्ययोजना अघि बढाएको खेन्पोले बताए ।

दोमाङ पाठ गर्दा सम्पूर्ण बुद्धवचन पाठ गरे सरह हुने भएकोले पनि यो सम्पूर्ण बौद्धमार्गीले जान्नुपर्ने उनको धारणा छ । अहिलेसम्म तिब्बतीयन भाषामा रहेको र दोमाङ कमैले मात्र बुझ्ने भएकोले यसको सार जान्न नेपाली भाषामा हुनु अति आवश्यक रहेको खेन्पोको भनाई छ ।

केही बौद्ध ग्रन्थसमेत नेपालीमा अनुवाद गरिसकेका छन् खेन्पोले । त्यसैगरी देशविदेशमा बुद्ध वचन र दर्शनलाई सरल नेपाली भाषामा प्रवचन दिदैं आएका उनी हिन्दु परिवारबाट बौद्धमार्गी बनेका खेन्पो हुन् । उनको वास्तविक नाम नन्दप्रसाद तिमाल्सिना हो । ११ वर्षदेखि बौद्ध धर्मप्रति झुकाव राख्न सुरु गरेका उनी नेपालमा सर्वसाधारण बौद्धमार्गीका लागि बौद्धधर्मसम्बन्धी अध्ययन सामग्रीको अभाव भएको बताउँछन् ।

त्यसैले उनको अध्यक्षतामा एक वर्षअघि देखि नै दोमाङको अनुवाद थालिएको हो । दोमाङ अनुवादका निर्देशक आचार्य झाम्पा लोसाल हुन् भने सहायक निर्देशक गुहेश्वरीराज मानन्धर । तीनजनाले अनुवादको जिम्मा लिएका छन् भने समितिको संयोजकमा ध्रुबबहादुर गुरुङ, सचिव भोजराज लामिछाने र कोषाध्यक्षमा विष्णु थकाली छन् । समितिका संरक्षक शरण नायक श्री शाक्या ट्रिजिन रिन्पोछे हुन् । त्यसैगरी अनुवादक समितिमा लामा कमल भण्डारी, पुष्पमुनि बज्राचार्य पनि छन् । विदेशमा रहेका नेपालीले पनि अनुवादका लागि सहयोग गरिरहेका छन् । त्यसरी सघाउनेमा अमेरिकाबाट बुद्ध मानन्धर, डा अनिता मानन्धर, डा किशोर शेरचन, आङछिरिङ शेर्पा, बेलायतबाट अन्तिम गुरुङ, नरेश गुरुङ, अस्ट्रेलियाबाट निमा ग्याल्चेन शेर्पा छन् । त्यसैगरी तेजप्रसाद गौचन, कान्ति लामा, तुलसिंह गूरुङ पनि यस समितिमा छन् ।

दोमाङ अनुवादमा लागिपरेका छन् गुहेश्वरीराज मानन्धर पनि । पेसाले सिभिल इन्जिनियर मानन्धर ८२ वर्ष पुगे । उनी अनुवादमा पूरा समय दिएर लागेका छन् । भन्छन्, 'म रिटाएर मान्छे, पूरा समय यही अनुवादमा लागेको छु ।' तिब्बतियन भाषामा अरु ग्रन्थहरु पनि अनुवाद गरिसकेका उनी २०४० बाट नै अनुवादा कार्यमा लागेका थिए ।

आफुहरु स्वयंसेवी रुपमा लागिपरेको बताउँदै मानन्धरले दोमाङ नेपाली भाषामा ल्याउन टोलीले अथक प्रयास गरिरहेको बताए । उनले भने, 'प्रायः धेरैजसो हिमाली बुद्धिस्टले बुद्धले भनेको कोर कुरा बुझेकै छैनन्, यसका लागि दोमाङ नेपालीमा आउन जरुरी देखेर हामी लागेका हौं, यसमा हाम्रो समुह भोलन्टियरली लागेको छ ।'

अब एक वर्षभित्रै अनुवाद गरिएको दोमाङ सार्वजनिक गर्ने तयारीमा लागेको छ त्रियान । यसका लागि आउँदो वैशाख पूर्णिमा उपयुक्त हुने खेन्पो वागिन्द्रशीलले बताए । उनले भने, 'हामीले अनुवादित दोमाङ साकादावा पूर्णिमाका दिन टुँडिखेलमा भव्य समारोहबीच सार्वजनिक गरिने योजना गरेका छौं ।'

के छ त दोमाङभित्र ?

खेन्पो वागिन्द्रशील भन्छन्, 'हरेक बौद्धमार्गीले आफ्नो र जगतको भलो होस भनेर हरेक वर्ष दोमाङ पाठ गर्दछन् । यसले लाभ पनि मिल्दछ । चन्द्रपत्रोअनुसार लोसार मनाउनेहरुका लागि यो अति उपयोगी पुस्तक पनि हो । भविष्यमा आउने नराम्रा घटनाबाट बचाउने सुत्रहरु यसभित्र छन् ।' यो भित्र तीन खण्ड छन्, सुत्र, तन्त्र र विविधा छन् । यसको सुरुमै मञ्जुश्रीनामा छ । यसमा आयु कसरी लम्ब्याउने, ब्ल्याक म्याजिकलाई कसरी रोक्ने भन्ने विषय पनि छ । यो सबै विषयलाई ऐतिहासिक व्यक्ति लामा तारानाथले संकलन गरेका हुन् ।

हिमाली बौद्धमार्गीका लागि यो उपयोगी हुने उनको भनाई छ । उनका अनुसार दोमाङ बुद्धवचनको सारंश हो । दोमाङभित्र कसरी जीवनयापन गर्ने भन्ने तरिकाहरु सिकाइएको छ । त्यसैगरी मन्त्रहरु पनि भएको उनले बताए । ती मन्त्रहरु पढ्नका लागि भने विशेष अभिषेक प्राप्तले पढेमात्र फल प्राप्त हुने बताइन्छ । हिमाली बौद्धमार्गीको घरमा दोमाङ राखेको पाइन्छ । यो सबैले राखेको पाइएपनि यसभित्र के छन् भनेर धेरैले थाहा नपाएको कारण यसलाई अनुवाद गर्न लागिएको त्रियानले जनाएको छ ।

सहयोगको खाँचो

प्रसिद्ध र पवित्र ग्रन्थ नेपालीमा अनुवाद गर्नका लागि खर्चको कमी भएको उनले सुनाए । यस अनुवाद अभियानमा अनुवादकहरुले स्वयंसेवी रुपमा अनुवाद गर्दा एकहजार प्रतिका लागिसमेत ५० लाख रुपैयाँ खर्च लाग्ने उनको अनुमान गरिएको छ । 'अहिले हामीले झन्डै ७० प्रतिशत अनुवाद सकाइसकेका छौ, सबैभन्दा धेरै खर्च कागजमा लाग्ने देखियो, ५० लाख नभइ यो काम सकिन्छ जस्तो लागेन,' खेन्पो वागिन्द्रशीलले भने । यसैले यो अभियानको लागि सहयोगको खाँचो रहेको उनले बताए ।

समितिको कोषमा अहिले ९ लाख जम्मा भइसकेको कोषाध्यक्ष विष्णु थकालीले बताइन् । व्यक्तिगत सहयोग आउने क्रम जारी रहेको उनले सुनाइन् । कोषाध्यक्ष थकालीले भनिन्, 'अहिले हामीलाई व्यक्तिगत सहयोग मात्र आएको छ, स्वदेशविदेशका बौद्धमार्गी महानुभावले सहयोग गर्ने क्रम जारी छ ।'

आफुहरुले काम थालेपछि मात्र सहयोग अभियान थाल्ने नीति लिएका कारण अब सबैसामु सहयोगका लागि अनुरोध गर्ने उनले सुनाइन् । १० हजार रुपैयाँ सहयोग गर्ने सहयोगीलाई एक सेट दोमाङ उपलब्ध गराइने र सहयोगीको नाम पुस्तकमा प्रकाशन गर्ने समितिले जनाएको छ । त्यसैगरी ५० हजार सहयोग गर्नेलाई पुस्तक लोकार्पणका दिन रिन्पोछेबाट विशेष अभिषेक तथा सम्मान गरिने समितिले जनाएको छ ।

सुनको मुल्य ३ दिन भित्र १,५००ले सस्तियो

0 comments
काठमाडौं, श्रावण ६ - नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ४८ हजार रुपैयाँ कायम भएको छ । ३ दिन अघिभन्दा छापावाल सुनको मूल्य प्रतितोला  १५ सय रुपैयाँले घटेको छ। तेजाबी सुनको मूल्य ३ दिन अगाडी आइतबार भन्दा २,००० रुपैयाँ सस्तियर प्रतितोला ४७ हजार सात सय ५० मा रुपैयाँ कायम भएको छ । त्येस्तै चाँदीको मूल्यमा प्रतितोला पाँच रुपैयाँले कमी भै ६६५ मा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारभाउ र सरकारले सुनमा भन्सार दर घटाएपछि साउन महिनामा सुनको मूल्यमा कमि आएको छ।

'चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बींड’ भने झैं एउटै रुखबाट करौडौंको कमाई

0 comments
एउटै रुखबाट करौडौं कमाउने भन्ने चाल पाएपछि यतिबेला काभ्रेका किसानलाई चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बींड’ भने झैं भएको छ बुद्धचित्त । काभ्रे तिमाल बासीको दरिलो आम्दानीको स्रोत बनेको छ। स्थानीयले अहिले यसको व्यावसायिक खेतीनै सुरु गरेका छन् । बिना लगानी एउटै बोटबाट लाखौं कमाइ हुने भएपछि तिमालबासी यसको व्यवसायिक खेतीमा लागेका हुन् ।

स्थानीय तिमाल बासीका अनुसार चार वर्ष अगाडिसम्म यसको महत्व हुँदैनथ्यो अहिले यसको महत्व बढेकाले विदेशी तथा स्वदेशी व्यापारी घरमै आएर बैना दिन थालेका छन् । बुद्धचित्तको माला र बिरूवा बेचेर एकै वर्ष तिमाल बासीले वार्षिक कम्तीमा पाँच लाख आम्दानी गर्नेगरेको स्थानीय बताउछन् ।राम्रो आम्दानी हुन थालेपछि स्थानीयले थप जमिनमा विरुवा लगाउन थालेका छन् ।

तिमालमा अधिकांश बासिन्दाको आर्थिक उन्नतिको प्रमुख स्रोत नै बुद्धचित्त माला बनेको छ। प्रत्येक घरमा बुद्धचित्तकाका बिरुवा लगाइएको छ। मालाबाट राम्रो आम्दानी हुन थालेपछि बाँझो भिरपाखामासमेत बिरुवा लगाउन थालेका छन्। दोस्रो बुद्ध मानिने गुरु पद्मसम्भवले आठौं शताब्दीमा आशीर्वादस्वरूप काभ्रेको तिमाल क्षेत्रका बासिन्दालाई दिएको मानिने यो वनस्पतिले अहिले ठूलो अन्तर्रा्ष्ट्रिय बजारमा आफ्नो पहिचान बनाउदै छ । वन मन्त्रालयले काभ्रेको तिमाल क्षेत्रमा मात्रै पाइने भनेर पहिचान गरिसकेको छ ।

मालाको राम्रो मूल्य पाइन थालेपछि गाउँ छोडेर बाहिरिएका युवा फर्कन थालेका छन् गाउँमै राम्रो आम्दानी हुन थालेपछि रोजगारीका लागि विदेश गएका युवागाउँ फर्कन थालेका छन्। बुद्धचित्तको व्यावसायिक खेतीमा लागेका छन् ।

बुद्धचित्त फल्ने समयमा चोरीको भने अत्यधिक समस्या हुने गरेको छ भने विशेष गरेर चिनिया व्यापारीहरु बुद्धचित्त किन्न गाउमै पुग्ने गरेको र फल हेरि एउटा मालाको २ लाखसम्म तिर्न तयार हुनेगरेका छन् । सोचे भन्दा बडि मुल्य आउन थाले पछि तिमाल बासी अहिले असारदेखि असोज सम्म बोटको वरपर तारबार लगाएर रातभर सुरक्षामा खटिने गरेका छन् ।

व्यापारीले यसको दाना र माला चीनको तिब्बत र भारत बोधगयामा लगेर बेच्ने गरेका बताउछन्। एउटा मालामा एक सय आठ वटा दाना उनेपछि पाँच हजारदेखि एक लाख सम्म मूल्यमा बेचिने व्यवसायी बताउँछन्। बुद्धचित्तबाट राम्रो आम्दानी हुन थालेपछि तिमालबासीको आर्थिक हैसीयत नै फेरिएको छ। बुद्धिचित्तको माला किन्न आएका व्यापारिहरुका अनुसार नेपाल सरकारले विना इजाज गैरकानुनी रुपमा बुद्धिचित्त ठूलो परिणाममा विदेश निकासीहुदा समेत ध्यान नदिदा राम्रै राजश्व गुमेको र आफुहरुलाइ व्यापार गर्ने पनि अफ्टेरो र अशुरक्षीत हुदै गैरहेको गुनासो गर्न थालेका छन् ।

बुद्धचित्तको मालाबाट वार्षिक २० करोड रुपैयाँभन्दा बढी तिमालमा भित्रने गरेको स्थानीयले दावी गरेकाछन् । दुई वर्ष अघिदेखि कारोबारमा वृद्धि भएपछि बुद्धचित्त मालालाई गाउँदेखि गन्तब्य सम्म लैजान व्यापारीलाई सुरक्षा आपश्यक पर्ने गरेको छ। समय समयमा बाटोमा लाखौं रुपैयाँ बराबरको बुद्धचित्त लुटिने गरेको छ। केही समय पहिले लुटिने डरले व्यापारीले त्यसको बचाउनका लागि हेलिकोप्टरबाट समेत बुद्धचित्त ढुवानी गरेका थिए।
यता वन कार्यालयले भने बयर प्रजातिको भन्दै बुद्धचित्तको प्रतिकिलो आठ रुपैयाँ मूल्यांकन गरी त्यसको १३ प्रतिशत राजस्व संकलन गर्दै आएको छ। वनस्पती विज्ञानमा जिजिफस बुद्धान्सिस’ नाम दिएको यो बोटमा ससाना दाना फल्छन् जुन बौद्ध लामाहरूले पवित्र मालाका रूपमा प्रयोग गर्छन्। अचेल फेसनका रूपमा तन्नेरीहरूले पनि लाउन थालेका छन् ।

पछिल्ला वर्षहरूमा भारत, चीन, सिंगापुर, जापान र कोरियामा समेत बुद्धचित्तको माग बढेपछि यसको मुल्य सोचेभन्दा धेरै भएको स्वय तिमाल बासी बताउछन् ।काभ्रेको तिमालमा मात्र पाइने बुद्धिचित्तलाई व्यवस्थीत गरे आम्दानीको राम्रो श्रेत बन्नसक्ने स्थानीय बताउछन् ।




गाईलाई भन्दा दुर्लभ एकसिङ्गे गैँडालाई राष्ट्रिय जनावर बनाउनपर्छ भन्नुभयो

0 comments
बनेपा-तामाङ समुदायको बाहुल्यता रहेको काभ्रेपलाञ्चोकमा राष्ट्रिय जनावरका रुपमा गाईलाई मान्न अस्वीकार गरिएको छ ।

काभ्रेपलाञ्चोकको काशिखण्ड नगरपालिका भकुण्डेमा भएको नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामाथिको सुझाव सङ्कलनमा तामाङ समुदायका अधिकांश व्यक्तिले गाईलाई राष्ट्रिय जनावारका रुपमा स्वीकार गर्न सकिन्न भने ।

भीमखोरी गाविसका शङ्खबुद्ध लामाले गाई र सुँगुरमा तात्विक अन्तर नभएको उल्लेख गर्दै जनावर सबै एउटै हुन् र कुनै जनावरप्रति पनि विभेद गर्नु हुन्दैन भन्नुभयो । उहाँले बुद्ध जन्मेको देश भनेर प्रस्तावनामा राख्न सुझाव दिँदै आफू बुद्ध धर्म मान्ने भएकाले काटमार गर्नु हुन्दैन भन्ने मान्यता राख्छु भन्नुभयो ।

पोखरी नारायणस्थान गाविसका खड्गबहादुर लामाले मुलुक धर्म निरपेक्षतामा गएकाले गाई काटेर खान सुरु भएको जिकिर गर्दै गाईको विषयमा विवाद भएकाले बरु विश्वमा दुर्लभ मानिएको एकसिङ्गे गैँडालाई राष्ट्रिय जनावर बनाउनपर्छ भन्नुभयो । उहाँले भाषा आयोगले सिफारिस गरेका अन्य भाषालाई समेत सरकारी कामकाजको भाषा बनाउनुपर्नेमा जोड दिँदै संसदीय सुनुवाइको प्रावधान गलत भएको बताउनुभयो ।

मेच्छे गाविसका डिलबहादुर थोकरले जिरेल र तामाङ समुदायमा विवाह गर्दा गाईको मासु नै आवश्यक हुने भएकाले राष्ट्रिय जनावरका रुपमा गाईलाई राख्न नहुने जिकिर गर्दै राष्ट्रिय जनावर संविधानमा उल्लेख गर्नु पर्दैन भन्नुभयो ।

उहाँले राष्ट्रिय झन्डाले समेत सबै भाषा, भाषी, धर्म, संस्कृतिको समेत प्रतिनिधित्व नगर्ने भएकाले परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । काशिखण्ड नगरपालिकाका हरिप्रसाद तिमिल्सिनाले गाउँघरमा मासु काटेर भागबन्डा गरेजस्तो स्याउले भागबन्डाको संविधान आउन लागेको आरोप लगाउँदै सबैलाई चित्त बुझाउने हिसाबले प्रस्तावनासमेत लामो गराइएको टिप्पणी गर्नुभयो । ५ साउनमा प्रकाशित अनलाइन खबरवाट

नुवाकोटका एक वृद्धाले आफू संसारकै ज्येष्ठ नागरिक रहेको दाबी गरेका छन्

0 comments
थानसिंग गाविस–८ आपचौरका बाटुली लामिछाने अहिले ११२ वर्ष चार महिनाको हुनुभयो । उहाँले २०७० सालमा जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट लिनुभएको नागरिकता प्रमाणपत्रमा जन्म मिति विसं १९५७ चैत १० गते उल्लेख छ ।
अझै हट्टाकट्टा रहनुभएका बाटुली लामिछाने बिहान बेलुका घाँस काट्नेदेखि आफ्नो दैनिक कामकाज आफैँ गर्दै आउनुभएको छ । उहाँको दैनिकी देख्नेहरुले ११२ वर्ष चार महिनाको उमेर पत्याउनै मुस्किल हुने गरेको छ । अझै बोली प्रष्ट रहेको उहाँलाई कुनै ठूलो रोग नरहेको ७६ वर्षीया कान्छो छोरा नेत्रप्रसाद लामिछाने बताउनुहुन्छ । “आँखा देख्नुहुन्छ, कान सुन्नुहुन्छ, कसैको सहाराबिनै ठमठमी हिँड्नुहुन्छ” नेत्रप्रसादले भन्नुभयो । उहाँका अनुसार अझै बाटुलीले दैनिकजसो घाँससमेत काट्ने गर्नुहुन्छ ।
एक सय १२ वर्षीया जापानी नागरिक साकारी मोमोयीको निधन भएपछि लामिछाने परिवारले ११२ वर्ष चार महिनाका बाटुली संसारकै जिवित ज्येष्ठ नागरिक रहेको दाबी गरेका छन् । सिन्धुपाल्चोकको गिरानीचौरमा जन्मनुभएका बाटुली विवाह गरेर नुवाकोट आउनुभएको हो । उहाँका चार सन्तानमध्ये अहिले कान्छो छोरामात्रै जीवित हुनुहुन्छ । दुई छोरी र एक छोराको निधन भइसकेको छ । बाटुलीको जेठो पनाति श्यामप्रसाद ढुङ्गानाको उमेर नै २३ वर्ष भइसकेको छ । उहाँ अहिलेसम्म निरोगी रहेको परिवारले बताएको छ ।
बाह्र वर्षअघि टाइफाइड ज्वरो आए पनि त्यसपछि कुनै रोगको सङ्क्रमण नरहेको नातिनी ज्वार्इं नवराज न्यौपानेले बताउनुभयो । साथै ११२ वर्षीया जापानी नागरिकको निधन भइसकेकाले बाटुली संसारकै ज्येष्ठ नागरिक रहेको समेत न्यौपानेले दाबी गर्नुभएको छ । कपाल सेताम्मे फुलिसकेको बाटुली असाध्यै टाठोसमेत हुनुहुन्छ । गाउँघरका आफन्त छिमेकीसँग बोलचालदेखि एँेचोपैचोसमेत गर्न भ्याउनुहुने बाटुली गाउँभरिका लागि जीवित देवताजस्तै सम्मानित रुपमा रहँदै आउनुभएको छ । छिमेकी अर्जुन हुमागार्इंका अनुसार उहाँको स्मरण शक्ति र बोलीचालीमा कुनै कमी आएको छैन ।
बिहान उठेर नुहाइधुवाइ गर्नेदेखि पूजापाठ, घाँस काट्नेसम्मको नित्य कर्ममा लागिरहनुभएका बाटुलीले अहिलेसम्म डाक्टरी औषधि सेवन गर्नुभएको छैन । “अहिलेसम्म ओखती खानुपरेको छैन, आफ्नो काम म आफैँ गर्न भ्याउँछु,” बाटुलीले भन्नुभयो – “मलाई हिँडडुल गर्न, घाँस काट्न पनि केही गाह्रो भएको छैन ।” कुनै ठूलो र प्रभाव पार्ने रोग अहिलेसम्म शरीरमा नहरेको बाटुलीले अझै तन्दुरुस्तीका साथ जीवन बिताउनुहुने चिनेजानेकाहरुको अनुमान छ ।
गत वैशाखमा गएको भूकम्पका बेला घरको फलैचामा बसिरहनुभएकी बाटुलीलाई यो पालिको भूकम्पको पत्तै भएन । बरु उहाँलाई ९० सालको भूकम्पले अहिलेसम्म हल्लाइरहेको छ । “यसपालिको भइँचालो त पत्तै भएन, ९० सालमा त बेस्सरी हल्लिएको थियो” बाटुलीले भन्नुभयो । उहाँले अहिलेसम्म नेपालमा भएका सबै निर्वाचनमा भाग लिनुभएको छ । पञ्चायतकालका सबै निर्वाचनदेखि दोस्रो संविधानसभा निर्वाचनमा समेत बाटुलीले उत्तिकै सक्रिय र उत्साहका साथ मतदान गर्नुभएको छ । रासस

Tuesday, July 21, 2015

बिहे भएको धेरै सालपछि सहोदर दिदी भाइ रहेको रहस्य सार्वजनिक

0 comments
ब्राजिलको साओपवलामा बस्ने ३९ वर्षीया एड्रियाना र उनका पति ३७ वर्षीय लियोनार्दो सात वर्ष देखि विवाहित छन् । उनीहरुको ६ वर्षकी छोरी पनि छिन् । तर, धेरै वर्ष देखि वेपत्ता आमाको खोजि गर्ने क्रममा उनीहरु सहोदर दिदी भाइ रहेको रहस्य सार्वजनिक भएको छ ।

एड्रियाना र लियोनार्दोको प्रेम विवाह भएको थियो । एक अर्कालाई आफ्नो थर नभनीकन प्रेम सम्बन्धमा परेका यी जोडी विवाह गरी सँगै बस्न थाले । दुवै जना आफ्नीि आमा मारियाको खोजीमा थिए । एक पटक विवाह गरिसकेकी एड्रियानाले बैबाहिक सम्बन्ध टुटेपछि १० वर्ष अँघि लियोनार्दोसँग भेटिन् ।

उनीहरु एकअर्कासँग नजिकिए र सँगै बस्न थाले । तर उनीहरुले भित्र भित्रै आफ्नी आमाको खोजि जारी राखेका थिए । एड्रियानाले स्थानीय रेडियोमा सम्पर्क गरि उनकी आमासँग भेट्ने ब्यवस्था मिलाइन् । हराएका आफन्तको खोजिमा विशेष कार्यक्रम चलाउने उक्त रेडियोको लाइभ कार्यक्रममै आमाले आफ्नो लियोनार्दो नामको छोरो समेत रहेको बताएपछि उनीहरु छाँगा बाट खसेजस्तै भए ।

हराएका आफ‌न्तहरु एकाएक भेटिँदा एक प्रकारको यौनिक आकर्षण रहने एउटा स्वास्थ्य समस्या भएकाले एड्रियाना र लियोनार्दोबीचको सम्बन्ध पनि त्यसकै परिणामस्वरुप भएको हुन सक्ने चिकित्सकहरुको अनुमान छ ।अहिले आफूहरु दिदी भाइ भएको थाहा पाएपछि पनि एड्रियाना र लियोनार्दोसँगै बसिरहेका छन् ।

नेताज्यू नेपालमा जन्मेर अभागी भइयो भन्ने सोंच्न बाध्य नपार्नोस –ऋचा ढुंगाना

0 comments
 तपाइँहरु को हो ? किन आउनुभएको ? होटल र रिसोर्टका मिटिङहरु के का लागि थिए, कसैलाई मन्त्री बनाउन मात्रै थियो ? यत्रो वर्ष के गर्नुभयो ? यदि संविधान बनाउन हामीले सुझाव दिनु पर्ने हो भने तपाइँहरु ६०१ जना किन चाहियो ? तपाइँहरु अयोग्य हुनुहुन्छ । सक्षम नभए अरुलाई जिम्मा दिनुपर्छ । संविधान बने सबै हुन्छ भनेर भ्रम फैलाउने काम गरिएको छ, त्यो हो त ? के संविधान बनाएपछि सबै समस्या समाधान हुन्छ  ? होईन राजनीतिक नेताहरुले आफ्नो असक्षमता लुकाउन यस्तो भ्रम फैलाएका छन् ।
देश हाँक्ने राजनीतिले हो तर हाम्रो त मूल नै दुषित छ, मूल दुषित भएपछि सफा पानी आउन्न ।  देशमा काम पाउने वातावरण छैन, मेरो दाइले इञ्जिनियर पढ्यो, तपाइँले रोजगारी दिनुभएन । दाईलाई फ्रान्सले लग्यो । रोजगारी दिने काम तपाइँहरुको हो । कोही पनि नेपाली विदेश जान चाहन्न, आफ्नो बाबु, आमा, परिवार र देश छोडेर जाने रहर कसैलाई हुँदैन । यो बाध्यता हो, र यो सबै तपाइँ नेताहरुले गर्दा भैरहेको छ । लोडसेडिङ बढिरहेको छ, हामीले पढ्न पाईरहेका छैनौं, तपाइँहरुलाई मतलव छैन, तपाइँहरुको घरमा जेनेरेटर होला, त्यसैले तपाइँहरु हाम्रो समस्या बुझ्नु हुन्न । मलाई कहिले काहीँ म किन अमेरिकामा जन्मिनँ ? किन नेपालमा जन्मे भन्ने लाग्छ । यो रहर होईन, यो सोंच्न बाध्य पारेको तपाइँ नेताहरुले हो । मुलुक राजनीतिले चलाउने हो तर राजनीतिमा तपाइँहरुले यति लापरवाही गरिरहनुभएको छ ।
ca
पख्नोस पख्नोस तपाइँहरुले यत्रो वर्ष लगाउनुभयो हाम्रो कुरा चार घण्टा पनि तपाइँले नसुन्ने ? ( छिटो टुंग्याउन आग्रह गर्ने सभाषद दीपक कुइँकेलको आग्रह प्रतिवाद गर्दै ) हाम्रो मुलुकको समस्या संविधान नबन्नु हो भनिँदैछ, होईन संविधान नआउनु हाम्रो समस्या होईन, हाम्रो समस्या नेता असक्षम हुनु हो, राजनीतिमा असक्षम मान्छे आउनु हो, तपाइँ अरु असक्षम हुनुहुन्छ । डाक्टर बन्नलाई योग्यता चाहिने, ईञ्जिनियर बन्नलाई योग्यता चाहिने , तर नेता बन्नलाई कुनै योग्यता नचाहिँने ? हामीले राजनीतिमा कति लापरवाही गरिरहेका छौं ?
vidya
यहाँ बोल्ने धेरैले धर्मको कुरा गर्नु भयो, संघीयताको कुरा गर्नुभयो, के संविधान बनाउने भनेको संघीयता र धर्मको कुरा मात्रै हो ? खोई त मुलुकको विकास र समृद्धिको कुरा गरेको ? संविधान मूल कानून हो, यसले देशको विकास गर्नुपर्छ, यसले देशलाई समृद्धि दिनुपर्छ । नेताहरु धर्मको कुरा गरिरहेका छन, अनि हामी त्यसैको पछाडि लागेर हिडिरहेका छौं । म भन्न चाहान्छु –मुलुकमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्छ । चाहे एक पेजको संविधान आओस त्यसले मेरो अधिकार सुरक्षित गरेको हुनुपरयो ।
(सोमवार कोटेश्वर महादेवस्थानमा संविधानको मस्यौदामा सुझाव संकलन गर्न आयोजित कार्यक्रममा ढुंगानाले व्यक्त गरेको विचार )
काठमाण्डौको कोटेश्वर महादेवस्थानमा सोमवार एमाले उपाध्यक्ष एवं सभाषद विद्यादेवी भण्डारी र नेपाली काँग्रेसबाट निर्वाचित सभाषद दीपक कुइँकेल सहभागी संविधानको मस्यौदामाथि सुझाव संकलन कार्यक्रममा सोमवार ढुंगानाले नेताहरुप्रति निकै आक्रोश व्यक्त गरिन् । देश बिगारेको नेताहरुले नै हो भन्ने उनको ठम्याई छ ।  संभवत उनले बोल्दा हल सबैभन्दा बढी तालिले गुञ्जियो । त्यसो त कार्यक्रममा अरु सहभागीले पनि राजनीतिक दल र नेताप्रति आक्रोश व्यक्त नगरेका होईनन, तर ऋचाको उमेर, उनको प्रस्तुति  र प्रश्न चर्चाको विषय बन्यो । उनले मञ्चमा बसेका नेताहरुलाई सिधै सोधिन–तपाइँहरु को हो र किन यहाँ आएको ? यसले किशोर र युवाहरुमा नेताप्रति अरु भन्दा बढी आक्रोश छ भन्ने देखाउँछ, ऋचा त प्रतिनिधि पात्र मात्रै थिइन । उनको कुरा सुनेपछि एभरेष्ट दैनिक डटकमले ऋचासँग आक्रोशको कारण लगायतका विषयमा केन्द्रीत रहेर कुरा कानी गरेको छ–
कति वर्ष हुनुभयो ?
१६ वर्ष भएँ ।
कतिमा पढ्नुहुन्छ ?
मैले सीसीआरसीबाट १२ कक्षाको परीक्षा दिएकी छु ।
आज कार्यक्रममा आएका को को नेतालाई चिन्नुहुन्छ ?
विद्या भण्डारीलाई चिन्छु । मेरो आँखा अलि खराब छ, आज चश्मा पनि लगाइँन अरुलाई चिनिनँ पनि  । तर अरु नेता सभाषद पनि हुनुहुन्थ्यो, त्यसैले बोलें ।
किन यति धेरै आक्रोश नेताहरुप्रति ?
अहिले देशको स्थितिको मुख्य कारण नै नेताहरु नै हो । युवाहरुले जे भोगिरहेका छन, सबै नेताले गर्दा हो,आक्रोश त आउने नै भयो । मैले मौका पाएर बोलें, अरुले बोलेको भएपनि मैले जत्तिकै बोल्थे, म भन्दा कम बोल्थे भन्ने मलाई लाग्दैन् ।
किन नेताहरुले देश बिगारे भन्ने लाग्यो  ?
अहिले यो प्रोगामका लागि एक अर्ब रुपैयाँ खचै भैरहेको छ ।  केही युजफुल देख्नुभयो तपाइँले ? उहाँहरुले दुई–दुई पटक संविधान सभाको चुनाव गरेर यत्रो वर्ष, यत्रो मिटिङ गर्नुभयो तर पनि कस्तो संविधान बनाउँदा नागरिक खुशी हुन्छन, देश विकास हुन्छ भनेर बुझन सक्नुहुन्न भने उहाँहरु किन बस्नु भयो । किन सभाषद बन्नुभयो ? जो सक्षम थियो उहाँहरुलाई दिनुपथ्र्यो ।
तर यो सुझाव संकलन कार्यक्रमलाई नागरिकका कुरा परे परेनन ? ल हेर, सुझाव देउ भनेर बुझन आएको भनेर बुझ्न सकिँदैन र ?
त्यस्तो होईन, मलाई त अहिले पनि संविधान आउँछ जस्तो लाग्दैन, उहाँहरुले फेरि पनि हात्ती आयो हात्ती आयो फुस्सा भने जस्तै गराउनुहुन्छ जस्तो लाग्छ । उहाँहरुमा अलि कति पनि देशभक्तिको भावना भएको भए संविधान आईसक्थ्यो । उहाँहरुले सेक्रिफाईस गर्न सक्नुहुन्थ्यो । किन उहाँहरु खालि यो प्रधानमन्त्री भयो भने मात्रै यस्तो हुन्छ भन्नुहुन्छ ? उहाँहरुले किन सेक्रिफाईस गर्न सक्नुहुन्न ? खोई त उहाँहरुमा ‘प्याट्रियाटिज्म’ ? अहिले हामी संविधान–संविधान मात्रै भनिरहेका छौं, के संविधान आएपछि सबै समस्या समाधान हुन्छ ? विकास खोइ त ? संविधान त एउटा मूल कानून मात्रै न हो । संविधान बनाउन यत्रो टाईम लाग्छ भने विकास कहिले गर्ने हो ? अर्को कुरा संविधान पहिलो चोटी बन्न लागेको पनि होईन, कानून त पहिले पनि थिए त ।  न कानून लागू हुन्छ , न केही हुन्छ । संविधान आउँदैमा मात्रै केही हुन्छ भन्ने होईन, मलाई प्राक्टिकल कुरा चाहियो , विकास चाहियो म त्यसमा सन्तुष्ट हुन्छु ।
नेताले के गरिदिए हुन्छ भन्ने लाग्छ तपाइँलाई  ?
उहाँहरुले म भन्दा पनि हामी भनेर सोच्नु पर्यो । आफुनो स्वार्थ भन्दा देश र जनताको लागि मैले केही गर्नुपर्छ भनेर देश–जनताको हित र अधिकार समेटेर संविधान ल्याउनु पर्यो । देशको विकास होस, देशमा जन्मेर अभागी भईयो भनेर सोंच्न नपरोस ।
richa
धेरै पेजको संविधान बनाउँदैमा राम्रो हुन्छ भन्ने होईन । सबैले अधिकार पाउन , महिला अहिले पनि पिछडिएका छन, पढ्न पाइरहेका छैनन, यस्ता कुरा ध्यान दिनुपर्यो । ढुकुटीको दुरुपयोग नहोस ।  मलाई त आजको कार्यक्रममा लगाउने पैसा एउटा हाइड्रो पावरमा लगाएको भए एक घण्टा त लोडसेडिङ कम हुन्थ्यो भन्ने लाग्छ । म जन्मिँदा उहाँहरुनै नेता हुनुहुन्थ्यो ।  म यत्रो भैसके उहाँहरुनै नेता हुनुहुन्छ । १८–२० वर्ष अघिको सोच अहिलेका लागि ठीक नहुन पनि सक्छ ।  हामी युवाको कुरा नुबझ्ने अनि कसरी हुन्छ ? युवाको कुरा बुझ्नु पर्यो ।
यही कुरा बोल्छु भनेर तयारी गरेर यहाँ आउनुभएको थियो कि यहाँ आएपछि बोल्न मन लाग्यो ?
म यो कुरा बोल्छु भनेर आएको होइन, । म त एजुकेशन लोनका विषयमा कुरा राख्छु भनेर आएकी थिएँ । भारत लगायत अरु देशमा पनि एजुकेशन लोन छ, युवाको यसमा इन्ट्रेस्ट पनि छ । ती देशमा विद्यार्थीले लोन पाउँछन, हामीलाई पनि लोन दिए हुन्थ्यो भन्ने हो । हामीले फ्रिमा पढाउ पनि भनेको छैन, हामी जागीर खाएपछि सक्षम भएपछि तिर्छौं अहिले लोन देउ भन्न आएकी थिएँ । शुरुमा बोल्न पाएको भए  एडुकेशन लोनको कुरा भनेर जान्थें ।  तर कार्यक्रममा बसेर सुन्दै जाँदा हिन्दु धर्म र प्रदेशको कुरा मात्रै आयो, त्यसपछि म मा पनि अलि आक्रोश आयो अनि मैले बोले । अरुले गर्दा पनि मैले यो बोल्नु पर्ने स्थिति आयो । फेरि हामीले सितिमिति बोल्न पनि पाउँदैनौ, म बेला बेला घरमा पनि केही प्रोब्लेम पर्यो भने कराई राख्थें, ममीले ‘मलाई नभन नेता भएको ठाउँमा गएर भन’ भन्नुहुन्थ्यो, आज मौका पाएँ अनि बोलें । साभार -अनलाइन खबर


खुकुरी प्रहारबाट राप्रपा नेपाल सभासद गणेश थापा घाइते

0 comments
५ साउन । खुकुरी प्रहारबाट राप्रपा नेपाल सभासद गणेश थापा घाइते हुनु भएको छ ।गणेश थापाको खुकुरी प्रहारबाट टाउकोमा चोट लागेको छ  । मस्यौदा सुझावको विरोध गर्न हेटौडामा गएका थापा माथी स्थानिय युवाहरुको एक समूहले खुकरी र रड प्रहार गरेको प्रहरीले बताएको छ । हिन्दु राष्ट्रको कायम हुनु पर्न भन्दै सुझाव संकलनका क्रममा आफ्नो मन्तव्य दिदै गर्दा उनीमाथि आक्रमण भएको राप्रपा नेपालले जनाएको छ ।


बजरङ्गी भाइजानका बाल कलाकार मुन्नी बन्न १ सय जनासँग प्रतिस्पर्धा गरेकी थिइन

0 comments
५ साउन । सलमान खानको फ्लिम बजरङ्गी भाइजान पक्कै पनि तपैले हेरिसक्नु भएको होला । सोहि फ्लिममा मुन्निको भूमिकामा अभिनय गरेकी सानी परी जस्ती बालीकाको बारेमा तपाईँ हामी धेरैलाई पत्तो नहुन सक्छ ।
सानी परी जस्ती बालीकाको नाम हर्षाली मल्होत्रा हो । दिल्लीमा बस्दै आएकी उनी सात वर्षकी भइन । यसअघि सानो पर्दामा काम गरिसकेकी उनले फिल्म बजरङ्गी भाईजानको लागि हर्षालीले १ सय जनासँग प्रतिस्पर्धा गरेकी थिइन । सबैलाई पछि पार्दै हर्षाली फिल्मका लागि छनौट भइन र सलमानसँग काम गर्ने मौका पाईन् । हर्षाली यो भन्दा पहिले पनि टेलिभिजन शोहरुमा पनि देखा परिसकेकी छन् । उनले लाईफ ओकेको दैनिक शो लौट आओ तृषा र जि टि भि को दैनिक शो कबुल हैमा पनि काम गरिसकेकी छन् । चलचित्र बजरङ्गी भाईजानको सफलतासँगै उनको पनि अभिनय यात्रा सफलतातर्फ उन्मुख भएको मान्न सकिन्छ । यसका साथसाथै हर्षालीले पि अरस र फेयर एण्ड लवलीको बिज्ञापनमा पनि काम गरेकी छन् । बन्न

क्यान्सर रोगका विरुद्ध अत्यन्तै हितकारी फल पत्ता लगाए

0 comments
बैज्ञानिकहरुले अष्ट्रेलियामा क्यान्सर रोगका विरुद्ध अत्यन्तै हितकारी फल पत्ता लगाएका छन् । ब्रिस्बेन शहरस्थित ‘क्युआइएमआर’ बर्घोफर मेडिकल रिसर्च इन्स्टिच्युटका ग्लेन बोय्लेले नेतृत्व गरेका अनुसन्धानकर्ताहरुले यो कुरा पत्ता लगाएका हुन् । उनीहरुले यो फलका बारेमा भर्खरै ८ वर्ष लामो अध्ययन पुरा गरेका हुन् । शुदुर उत्तरी क्विन्स्ल्याण्डमा यो फल फल्ने गर्दछ ।यसको प्रयोगले घाँटी, अनुहारको ट्युमर र छालाको क्यान्सरलाई पुरै नष्ट पार्दछ । ‘ब्लुसउड’ रुखमा यो फल फल्ने गर्दछ । यसको बैज्ञानिक नाम ‘हिल्याण्डीया डकरिली’ हो । यसलाई यहाँका स्थानिय जनजातीहरुले ‘एकदमै छिटो काम गर्ने औषधी’को रुपमा चिन्ने गर्दछन् । यो फलमा प्राप्त भएको तत्वलाई निकालेर अहिले औषधी बनाइएको छ । र यो औषधि बिरालो, कुकुर र घोडा लगायतका ३०० प्रकारका जनावरहरुमा प्रयोग गरिसकिएको छ ।
यी जनावरहरु सतही खालका क्यान्सरबाट पिडीत थिए । जेसिका भोन्डेरेनका अनुसार ३०० मध्ये ७५ प्रतिशत जनावरहरुको ट्युमर हरायो । बैज्ञानिकहरुका अनुसार यो औषधि जनावरहरुका लागि त एकदमै प्रभावकारी र छिटो पनि छ। पाँच मिनेटमै यसले प्रभावकारी असर देखाउन थाल्छ ।
एक हप्तादेखी १५ दिनसम्ममा ट्युमर पुरै निको भएको देखियो । तर दुखको कुरो यो बेरी जस्तो पायो मौषम र स्थानमा नफल्ने देखिएको छ । रिसर्च टिमका प्रमुख बोय्लेका अनुासर अब छिटै मानवका लागि पनि यो औषधी निर्माण गरिँदै छ ।

Like us

 

Search

 
Enjoy the site