Tuesday, August 11, 2015

A Heart Touching Nepali Earthquake Song

0 comments
शनिबार१२ बैशाख २०७२ को दिनमा गएको बिनाशकारी भुकम्पले हामी नेपालीको सारासंसार लुटेर लग्यो घर ढल्यो कति पुरिएर मरे कति घाइते भए यही कालो दिनको सम्झनामा गाईएको गीत हेरौ।
VIDEO

Kantipur Nepali News, 11 August 2015

0 comments
              २६ श्राबन , २०७२ मंगलबार ७ बजे बेलुकी कान्तिपुर टि.भी बाट प्रशारित समाचार हेर्नुहोस।
Video

Latest Hits Comedy Video Teej Song Solmarima Jane Ho by Basanti Sunuwar & MT Mahar HD

0 comments
      चर्चित नेपाली हाँस्य कलाकारहरु कुमार कट्टेल(जिग्री) , अर्जुन घिमेरे(पाँडे) , निरु खड्का(ठ्याँस कुमारी) दवारा अभिनित २०७२ श्राबन २६ मा प्रकाशित तीज लोक गीत ''सोलमारीमा गईन्छ टुच्छ लाईन्छ …. ''हेर्नुहोस।
गायक / गायिका :  बसन्ती सुनुवार / एम.टी.महर
अल्बम : सोलमारीमा जाने हो
लय : किरण बाबु पुन
शब्द : ज्ञानेन्द्र के. सी.
निर्देशन : कपिल लामा
अडियो / भिडियो :अम्बिका म्युजिक प्रा ली
VIDEO

स्याउ खाँदा हुने फाईदाहरु

0 comments


केही दिनअगाडिसम्म बजारमा २ सय ३० देखि २ सय ४० रुपैयाँमा कारोवार भइरहेको फुजी र झोले स्याउको मूल्यमा अहिले ८० देखि १ सय रुपैयाँसम्म गिरावट आएको छ। स्याउमा प्रशस्तै मात्रामा भिटामिन सी, क्याल्सियम, मिनरल्स, पोटासियम, फसफोरसजस्ता तत्वहरु पाइन्छ।

विभिन्न तत्वहरुले भरिपूर्ण स्याउ खाँदा स्वास्थ्यमा के के फाइदा छ त?

भिटामिन सी हुने हुँदा दाँत सेतो र स्वस्थ राख्न मद्दत गर्छ।

स्मरणशक्तिको सुरक्षा गर्छ। स्याउले सबै किसिमको क्यान्सर रोगको नियन्त्रण गर्न सहयोग गर्छ।

मधुमेह अर्थात चिनी रोग लाग्ने सम्भावना कम गर्छ। मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ। बिहान उठ्नेवित्तिकै स्याउ खाँदा राम्रो हुने स्वास्थ्य विज्ञहरुको भनाई छ।

कोलेस्ट्रोल नियन्त्रण राख्न पनि स्याउ निकै उपयोगी मानिन्छ।

यसले मृगौलामा जम्न सक्ने पत्थरीको समस्याबाट पनि बचाउँछ।

स्याउले पाचन प्रणालीमा सहयोग गर्ने हुँदा कब्जियतको समस्याबाट पनि मुक्त गर्छ र पखालाको नियन्त्रण गर्छ।

अनावश्यक रुपमा तौल बढ्न नदिन पनि स्याउले मद्दत गर्दछ। 

कलेजो सफा राख्न सहयोग गर्छ। स्याउले रोग प्रतिरोधात्मक क्षमताको विकास गर्दछ।
स्याउको सिजन सुरु भएसँगै बजारमा स्याउको मूूल्य सस्तिएको छ। नेपालमै उत्पादित स्याउ पनि केही दिनमै बजारमा आउने बल्खु फलफूल थोक बजारका व्यवसायीहरु बताउँछन्।

ग्रिनकार्ड नेपाली बैंकर सर्वसाधारणको करोडौं ठगेर अमेरिकामा मस्ती गर्दै

0 comments
काठमाडौं – विदेशमा स्थायी बसोबास अनुमति लिएर सरकारी सेवामा कार्यरत कर्मचारहरु धमाधम राजीनामा दिन थालेका छन् । सरकारले बर्खास्तीको तयार गरेपछि निजामति तथा प्रहरीमा डिभी र पिआरधारीहरुको राजीनामाको लहर चलेको छ ।


सरकारी मात्र होइन, निजी क्षेत्रमा पनि डिभी , पिआर र ग्रिनकार्डमाथि प्रतिबन्ध लगाउनुपर्ने आवश्यकता देखिएको छ । अमेरिकाको ग्रिनकार्ड भएकै आधारमा एक नेपाली बैंकर सर्वसाधारणको करोडौं ठगेर यतिबेला अमेरिकामा मस्ती गर्दै आइरहेका छन् । क्यापिटल मर्चेन्ट एण्ड बैंकिङका तत्कालीन सञ्चालक पवनजंग कार्की नेपालमा मोस्ट वान्टेड छन् । फाइनान्समा रहँदा व्यापक हिनामिना गरी उनले संस्थालाई नै संकटमा पारेका थिए । तर, पनि अमेरिकाको ग्रिनकार्ड भएकाले उनले सजाय भोग्नुपरेको छैन । अनुसन्धान सुरु भएलगत्तै उनी ठगेको पैसा लिएर अमेरिका भागेका थिए ।

अमेरिका यस्तो देश हो जहाँ स्रोत नखुलाईकन जति पनि पैसा लैजान पाइन्छ । तर, अमेरिकाबाट अन्य देशमा दश हजार डलर मात्र पठाउनुपर्यो भने पनि त्यसको अनुसन्धान हुन्छ । अमेरिकाको त्यही नीतिको फाइदा उठाएर कार्कीले ठगीको पैसाबाट अमेरिकामा डिपार्टमेन्ट स्टोर चलाउँदै आएका छन् । आजको दृष्टि साप्ताहिकमा खबर छ । श्रोत साभार रतोपाटी

जहाजको बाटोमा तगारो बनेको कोटेश्वर चोकको घर तिन महिनाभित्र भत्काउन निर्देशन

0 comments

काठमाडौं,साउन २५–ब्यवस्थापीका संसदको विकास समितीले जहाजको बाटोमा तगारो बनेको कोटेश्वर चोकमा निर्मित आठतले सिटी टावर सहितका घर तिन महिनाभित्र भत्काउन सरकारलाई निर्देशन दिएको छ । समितीको सोमवार बसेको बैठकले यस्तो निर्देशन दिएको हो।
त्यस्तै बैठकले विमानस्थलभित्रको व्यवस्थापनलाई चुस्त दुरुस्त राख्न, २४सै घन्टा सरसफाइमा ध्यान दिन तथा आन्तरिक सजावट र सौन्दर्यमा अभिवृद्धि गरी नमुना विमानस्थल बनाउन गरी काम थाल्न पनी निर्देशन दिएको छ । त्रिभुवन विमानस्थलको स्तरोन्नति र गुणस्तर बारे चासो राख्दै समितीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, सचिव लगायतका पदाधिकारी सँग छलफल गरेको थियो । बैठकमा अधिकांश सभासद्हरूले पर्यटकको पहिलो प्रभाव पर्ने अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति र गुणस्तर अभिवृद्धिलाई विशेष ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरेका थिए । सभासद्हरू रामचन्द्र पोखरेल, वैजनाथ चौधरी, रामकुमार भट्टराई, जनार्दन ढकाल, सीता गिरी ओली, तुलसा राना, आङ्टावा शेर्पालगायतले विमानस्थलको आन्तरिक व्यवस्थापनलाई सुधार गरी सेवालाई चुस्त र प्रभावकारी बनाइनुपर्नेमा जोड दिए । बैठकमा पर्यटन मन्त्री कृपाशुर शेर्पाले विमानस्थलको स्तारोन्नतितर्फ जमिनमुनिको पार्किङको काम ८० प्रतिशत सकिएको जानकारी दिँदै जमिनमुनि पार्किङ र माथि सरकारी कार्यालय राख्ने योजना रहेको जानकारी दिए । श्रोत साभार रतोपाटी

यु–१६ फुटबल च्याम्पियनसिप रतियोगितामा नेपालले माल्दिभ्सलाई ५–० गोलले हरायो

0 comments
काठमाडौं, श्रावण २५ । साफ यु–१६ फुटबल च्याम्पियनसिपको तेस्रो संस्करणमा नेपालले विजयी सुरुवात गरेको छ ।
बंगलादेशको सिलेटमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको हो । मध्यान्तरसम्म तीन गोल गरेको नेपालले मध्यान्तरपछि दुई गोल थपेको थियो ।

नेपाललाई जिताउने क्रममा पे्रजेन तामाङ र सुमन अर्यालले समान दुई गोल तथा लक्ष्मण परियारले एक गोल गरे । जितसँगै नेपाल सेमिफाइनल नजिक पुगेको छ ।
दक्षिण एसियाका ६ राष्ट्र सहभागी प्रतियोगितामा नेपालको समूह ‘बी’मा माल्दिभ्ससँगै अफ्गानिस्तान रहेको छ । समूहको अन्तिम खेलमा नेपालले शुक्रबार अफगानिस्तनसँग खेल्नेछ । अर्को समूहमा आयोजक बंगलादेशसँगै भारत र श्रीलंका छन् ।

यसअघिका दुबै संस्करण काठमाडौंमा भएका थिए । नेपाल पहिलो संस्करणमा तेस्रो तथा दोस्रो संस्करणमा दोस्रो भएको थियो ।

पति विदेशमा, पत्नी अर्कैसँग, वैदेशिक रोजगारले गुम्यो सर्वस्व

0 comments

२६ साउन - घरजग्गा र सम्पत्तिसहित पत्नी अर्कैसँग हिँडेपछि वैदेशिक रोजगारीका लागि मलेसिया गएका नेपालगन्ज २४ का दानबहादुर शाही निकै तनावमा छन् । दु:ख, सुखमा साथ दिने पत्नीले धोका दिएपछि उनलाई ठूलो धक्का पुगेको हो । नेपालगन्ज उपमहानगरपालिकाभित्र पर्ने लाखौँ मूल्यको घर अरू कसैको भइसकेको रहेछ । हाल उनी छोरीसहित आफन्तको घरमा बस्न बाध्य छन् । अर्कैसँग श्रीमती लागेको खबर पाएपछि उनी अघिल्लो सातामात्रै मलेसियाबाट नेपालगन्ज फर्किएका हुन् ।

‘जसको खुसीका लागि पैसा कमाउन विदेश गएँ उसैले मेरो सर्वस्व लुट्यो । विदेशमा दु:ख गरी कमाएर पठाएको पैसा र घरजग्गा सबै लुटी’ न्यायका लागि प्रहरीमा दौडधुप गरिरहेका उनले भने, ‘घरमा राखेको ८ तोला सुनका गहना, आइफोन, ल्यापटप सबै लगिन् । छिमेकीसँग मेरो नाममा ७ लाख ऋण पनि लिएकी रहिछन् ।’ विदेश जानुअघि शाही नेपालगन्जको एक गैरसरकारी संस्थामा काम गर्थें । धेरै पैसा कमाउने आशामा ५ वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएँ, श्रीमती रुक्माकुमारी र एक छोरीलाई घरमै छोडेर । तीन–तीन महिनामा उनले विदेशबाट पैसा पठाउँथे । ५ वर्षमा १५ लाख ५० हजार श्रीमतीलाई पठाएको उनले बताए ।

विश्वास गरेरै घरजग्गा श्रीमतीकै नाममा राखेका थिए । तर पति विदेश गएपछि रुक्माले उक्त घरजग्गा आफ्नो आमाको नाममा पास गरेर बैंकबाट लोन लिइएको छ । जुन जग्गा बैंकले पैसा तिर्न नसकेको भन्दै लिलामीमा राखेको छ । उनी बागेश्वरी २ खजुराका सोमनबहादुर पाण्डेसँग दोस्रो विवाह गरेर त्यही घरमा बस्दै आएकी थिइन् ।

‘श्रीमतीका बारेमा छिमेकीबाट टीकाटिप्पणी हुन थालेपछि आत्तिएर कसैलाई थाहै नदिई गत आइतबार घर फर्किए । घर पुग्दा नसोचेको दृश्य आफ्नै आँखा अगाडि देख्नुपर्‍यो । सोमनबहादुर र श्रीमती मेरै घरमा थिए । म पुगेको थाहा पाउने बित्तिकै दुवै जना भागे,’ दानबहादुरले भने,‘ ‘विदेशबाट जोडेको सम्पत्तिले घरमा सुखसँग जीवन बिताउँला भनेको उल्टो सबै वर्वाद भइसक्यो ।’

उनले सम्पत्ति फिर्ता पाउनका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । उनीहरू भागेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । ‘दानबहादुर विदेशमै रहेका बेला रुक्माकुमारीले श्रीमानले घरबाट निकाला गरेको भन्दै सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेकी थिइन् । तर पति विदेशमा रहेकाले घरमै म्याद तामेल गराई मुद्दा फैसला गराएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका इन्चार्ज प्रहरी निरीक्षक हिक्मत बोहराले भने, ‘वैदेशिक रोजगारले बलबहादुर सडकमा आएका छन् । फरार रहेका दुवै जनाको खोजी भइरहेको छ । न्याय दिलाउन प्रयास गर्छौं ।’ रुक्मासँग विवाह गर्ने पाण्डेको घरमा जेठी श्रीमती, दुई छोरी र एक छोरा छन् । रुक्मासँग विवाह दर्ता गराएको थाह पाएपछि जेठी श्रीमती बहुविवाह दर्ता गराउन प्रहरी कार्यालय आएकी छन् । कान्तिपुर दैनिकमा खबर छ ।

आज बिहान काठमाडौँलाई केन्द्रबिन्दु बनाएर भुकम्प गयो

0 comments
२६ श्राबन , काठमाडौं - आज मंगलबार बिहान १० बजेर ४२ मिनेट जाँदा काठमाडौँको कालिमाटीलाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्यूडको परकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। काठमाडौँ निकै हल्लिएको महसुस गरिएको छ मानिसहरु प्राय बाहिर निस्किएको थियो।

   हिजो बिहान  ४ :१५ मा पनि  गोरखा केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्पको धक्का महुसस भएको थियो ।

Nepali Comedy Video JURELI Episode 2

0 comments
 नेपाली हाँस्य टेली फिल्म जुरेली भाग २ भिडियो सहित हेर्नुहोला। क्लिक्क गर्नुस भिडियो खोल्नेछ।
Jureli
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sagarmatha Samchar 2072-04-26

0 comments
२६ श्राबन २०७२ -मंगलबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार हेर्नुहोस।
१.महोत्तरी र प्युठानमा भएको बस दुर्घटनामा मृतु हुनेको संख्या १८ पुग्यो। ७० जना घाइते।
२.सुर्खेतमा सिमंकनको बिसयमा भएको आन्दोलनमा ३ जनाको मृतु कर्फ्युको बेवास्ता गर्दै प्रदर्शन।
३.सिमांकनको बिसयमा असन्तुस्टी  हुनेहरुलाई संयम हुन्  दहालको आग्रह सिमांकनकोखाका सच्याउन सकिने।
४.भारतको बैद्यनाथ ज्योतिर्लिंगा मन्दिरमा भएको भाग दौडमा १६ जनाको मृतु ५० जना भन्दा बढी घाइते।
५.तेस्रो साफ अन्डर १६ साफ प्रतियोगिता अन्तर्गत नेपालको विजय शुरुवात माल्दिव्सलाई ५ - ० गोलको अन्तरले पराजीत।
Video

Nepali Comedy Drama Wah Bhudi वाह बुढी

0 comments
चर्चित हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढो ), सीता राम कट्टेल (धुर्मुस), कुन्जना घिमिरे (सुन्तली), सुरबिर पंडित (दारी बुडो) अभिनीत कार्यक्रम "! वाह बुढी"हेरी मनोरंजन लिनुहोस्।
Video

अफगानिस्तानमा आत्मघाती कारबम विस्फोटमा ५ व्यक्तिको मृत्यु १६ घाइते

0 comments
२५ साउन काबुल -  अफगानिस्तानको राजधानी नजिकै विमानस्थलमा सोमबार भएको एक आत्मघाती कारबम विस्फोटमा ५ व्यक्तिको मृत्यु भएको समाचार छ । यस विस्फोटमा परी अन्य १६ जना घाइते भएका एक अधिकारीले जनाएका थिए । मृतु हुनेमा ४ सर्बसाधारण र १ सीमाना प्रहरी अधिकारी छन् । स्थानीय समयानुसार करिब १२ बजे मध्याह्नमा काबुल विमानस्थलको प्रमुख प्रवेशद्वार नजिकै सो विस्फेटन भएको जनाएइएको छ । प्रारम्भिक समाचारमा यस विस्फोटनमा पाँचको मृत्यु हुनुको साथै अन्य १६ घाइते भएको जनाइ एतापनि हताहतको सङ्ख्या बढ्नसक्ने सार्वजनिक अस्पतालका प्रवक्ता अजिज कावोसीले सिन्ह्वा समाचार समितिलाई जनाउनुभएको छ । यस विस्फोटनपछि नियमित उडान समेत कम्तीमा चार या पाँचघण्टा ढिला भएको जनाइएको छ । विस्फेटन परिसरमा कयौँं सवारीसाधन ध्वस्त हुनुको साथै वरिपरी रहेका भवनहरु क्षतिग्रस्त भएको जनाइएको छ । यस आक्रमणको हालसम्म कुनै पनि आतङ्ककारी समूहलेृ जिम्मा लिएको छैन । गत शुक्रबार पनि अफगानिस्तानको राजधानी काबुलको भएको एक आक्रमणमा कम्तीमा ५१ व्यक्तिको मृत्यु भएको थियो । अफगानिस्तानमा तालिवान नेता मुल्लाह ओमारको मृत्यु भएको घोषणा भएपछि तालिवान आतङ्ककारीद्वारा गरेका आक्रमणहरु परी सयौँ व्यक्ति हताहत भएका छन् ।

प्युठानमा भएको बस दुर्घटनामा मर्नेको संख्या १० र २४ घाइते

0 comments
२५ श्राबन २०७२ - सदरमुकाम नजिकै आज अपरान्ह भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ ।घटनास्थलमै छ र उपचारका लागि लैजाँदै गर्दा चार जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो । एकजनाको शव च्यापिएकाको अवस्थामा बसभित्रै रहे पनि निकाल्न सकिएको छैन ।

मृतकमध्ये प्युठान नगरपालिका–१४ की माया केसी र नगरपालिका–२ का सञ्जय सुनार, तोरवाङ गाविसका नरेन्द्र जिसी, कपिलवस्तुका लङ्कबहादुर रावत र दाङ गढवाकी सीता पण्डितको सनाखत भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

दुर्घटनामा चार पुरुष र दुई महिलाको मृत्यु भएको प्रहरी जनाएको छ । घटनामा परी घाइते भएका २४ जनालाई उद्धार गरी स्वर्गद्वारी लाइफकेयर अस्पताल बाग्दुला र जिल्ला अस्पताल बिजुवारमा उपचारका लागि लगिएको छ । घाइते सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सदरमुकाम खलङ्गाबाट बाङ्गेफेदी जाँदै गरेको ना ३ ख ८३८३ नंको यात्रुबाहक बस सारीवाङको घुम्तीबाट खोलामा खसेर दुर्घटना भएको थियो ।




Jire Khursani, 10 August 2015

0 comments
२५ श्राबन २०७२ - प्रत्येक सोमबार बेलुकी नेपाल टेलिभिजन बाट प्रशारीत चर्चित हाँस्य टेली फिल्म जिरे खुर्शानी हेर्नुहोस। क्लिक गर्नुस भिडियो खोल्नेछ।
jire khurshani

Monday, August 10, 2015

डिभी,पिआर बोकेका कर्मचारीहरुले राजीनामा दिन थाले

0 comments
काठमाडौँ २५ साउन । विदेशको स्थायी अनुमतिपत्र (पिआर), डाइभर्सिटी भिसा (डिभी) लिनेलाई बर्खास्तसम्म गर्ने कानुन कार्यान्वयनमा आएपछि कर्मचारीले राजीनामा दिन थालेका छन् । सचिव, सहसचिवदेखि तल्लो तहका कर्मचारीसम्मले राजीनामा दिएका छन् । बोकेका

कर्मचारीले घरायसी तथा स्वास्थ्य लगायतको कारण देखाउँदै राजीनामा दिएका हुन् । तर, सामान्य प्रशासन मन्त्रालयले पिआर तथा डिभी लिएका कर्मचारीले धमाधम राजीनामा दिन थालेको जनाएको छ । मन्त्रालयका अधिकारीहरुका अनुसार राजीनामा दिनेहरुको सूची बढ्दै गएको छ । अर्थ मन्त्रालयका राजस्व सचिव नवराज भण्डारीले केही दिनअघि राजीनामा दिएका छन् ।

भण्डारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजीनामा बुझाएर अमेरिका गएको स्रोतले बताएको छ । उनी २० माघ ०७१ मा सचिवमा बढुवा भएका थिए । उनको पदावधि अझै साढे चार वर्ष बाँकी थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले भण्डारीसँग अमेरिकाको पिआर रहेकाले राजीनामा दिएको जनाएको छ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पनि भण्डारीले राजीनामा दिएको सुनेको, तर औपचारिक जानकारी नआइसकेको बताए ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले सचिव भण्डारीको राजीनामा स्वीकृत गर्नेछ । सूचना आयोगका सचिव लक्ष्मण मैनालीले भने आफ्नो श्रीमतीसँग अमेरिकाको पिआर रहे पनि आफूसँग नरहेको जानकारी गराएका छन् । उनीमाथि थप छानबिन हुनसक्ने सामान्य प्रशासन मन्त्रालय स्रोतले जनाएको छ । पिआर भएकै कारण राजीनामा दिनेमा सहरी विकास मन्त्रालयका सहसचिव महेन्द्र सुब्बा रहेको सामान्य मन्त्रालय स्रोतले बतायो ।

सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव गोपाल कटुवाल क्षेत्रीले पनि राजीनामा दिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार हाल पेन्सन पाकिसकेका, डिभी–पिआर भएका केही कर्मचारीले स्वास्थ्य तथा घरायसी कारण उल्लेख गरेर धमाधम राजीनामा दिइरहेका छन् । नयापत्रिका

Sajha Sawal Episode 404 Issues of Dalits

0 comments
             नेपालमा वर्षौंदेखि रहेको जातीय विभेद र छुवाछुतको अन्त्य कहिले र कसरी गर्न सकिएला? नेपाली काँग्रेसका नेता प्रदीप गिरी, एमाओवादीका विश्वभक्त दुलाल 'आहुती' र अभिनेता राजेश हमालसँग सप्तरीमा गरिएको बहस । कान्तिपुर टि.भी.बाट २४ श्राबन आइतबारका बेलुकी प्रशारित भाग ४०४ हेर्नुहोस।
Video

आज दिउसो ६.२ म्याग्निच्यूडको भूकम्पको धक्का

0 comments
२५ श्राबन : सोमबार दिउँसो नेपालको सुदूरपश्चिमी सिमाक्षेत्र तथा भारतीय राजधानी दिल्ली आसपासमा भूकम्पको कडा धक्का महसुस भएको छ ।

सोमबार दिउँसो ३ बजेर ४८ मिनेट जाँदा अफगानको हिन्दुकुश प्रदेश लाई केन्द्रबिन्दु बनाएर ६.२ म्याग्निच्यूडको भूकम्प जाँदा भारतको राजधानी दिल्ली, पञ्जावसहित,पाकिस्तानमा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको झट्कापछि मानिसहरु अत्तालिँदै सडक र खाली चौरमा निस्केका छन् ।
एजेन्सी


आफ्नै श्रीमतीलाई उनकी प्रेमिसंगा बिहे गराई दियो

0 comments
 श्राबन २५ : हिन्दी फिल्म फिल्म 'हम दिल दे चुके सनम'मा अजय देवगन आफ्नी पत्नीलार्इ उसका प्रेमीसँग मिलाउन पुरै फिल्ममा प्रयासरत रहेका थिए ।

तर अन्तिममा जब मिलनको समय आयो तब पत्नीलार्इ आफ्नै पतिसँग प्यार हुन पुग्छ । पत्नी प्रेमीलार्इ छोडेर आफ्नै पतिसँग जीवन बिताउने निर्णयमा पुग्छिन् ।

यो कथा त अजय अभिनित हम दिल दे चुके सनम फिल्मको हो । तर भारतको उत्तर प्रदेशस्थित फैजाबाद जिल्लामा फूल चन्दा र सुरजको हम दिल दे चुके समन फिल्मी पटकथालार्इ पनि बिर्साउने अनौठो घटना भएको छ ।

यो सत्य प्रेमकथामा जति धेरै माया र प्रेम छ त्यति नै धेरै समर्पण पनि छ । पत्नीको खुसीका लागि पतिको त्याग एकातिर छ भने अर्कातिर प्रेमीका लागि उनको प्यार पाएको खुसी पनि छ ।

ती पागल प्रेमी जो अर्काकी पत्नीको प्रेममा पागल भएर कसैको घर उजाड पार्न लाग्दै थिए । तर, अर्काकी पत्नीको प्रेममा पागल भएका ती युवाले प्रेमको युद्धमा जित निकालेका छन् ।

यो घटना उत्तर प्रदेशको फैजाबाद जिल्लाको हो । एक युवाले आफ्नी पत्नीको खुसीका लागि उनका प्रेमीसँग बिहे गरिदिएर दुनियाँलार्इ चकित बनाइदिएका छन् ।

फैजाबादको चौरे बजारमा बस्दै आएका फूलचन्दको बिहे दुर्इ वर्ष अघि नजिकैको गाउँकी चन्दासँग भएको थियो । तर, चन्दा बिहै अघिदेखि नै अर्कै युवासँगको प्रेममा थिइन् । बाबुआमाले छोरी गाउँकै सुरजसँग प्रेममा परेको थाहा हुँदाहुँदै उनको बिहे छोरीको मन्जुरीबिना फूलचन्दसँग गरिदिए ।

बिहे भएको केही दिनपछि फूलचन्द कामको शिलशिलामा केही वर्षका लागि सहरतिर पसे । त्यही बेला चन्दाका प्रेमी उनलार्इ भेट्न उनको गाउँमै आइपुगे । चन्दाको बिहेपछि पनि उनीहरुबीचको प्रेम झन झाँगिदै गयो । बिहेपछि टुटेको प्रेम फेरि टुसाउन थाल्यो ।

जब दुर्इ वर्षपछि फूलचन्द रोजगारी गरेर जब आफ्नो गाउँ फर्के तब पत्नी चन्दाले आफू सुरजसँगको प्रेममा रहेको कुरा सुनाइन् । पत्नीले आफूलार्इ ढाँटेर अर्कैको प्रेममा रहेको थाहा पाएपछि फूलचन्द शुरुमा रिसाए । तर केही समयपछि उनी आफैंले पत्नीको बिहे उनका प्रेमीसँग गरिदिने निचोड निकाले ।


शुरुमा रिसाएका फूलचन्दले अन्त्यमा गाउँकै प्रधानपञ्चलार्इ बोलाएर प्रेमीसँग पत्नीको बिहे गरिदिए ।

'मेरो बिहे चन्दासँग भएको थियो, मैले उनलार्इ धेरै खुसी दिउँला भन्ने सोचेको थिएँ', फूलचन्दले भने, 'तर उनी म सँग सन्तुष्ट हुन सकिनन्, उनी सुरजसँग प्रेम गर्दिरहिछन् । प्रेम सफल बनाइदिन पत्नीको बिहे उनका प्रेमीसँग गरिदिएको हुँ ।'

उनी आफैंले पत्नीका प्रेमी सुरजलार्इ फोन गरेर बिहेका लागि बोलाएका थिए । 'मैले आफैंले फोन गरेर सुरजलार्इ बिहेका लागि बोलाएँ', उनले भने, 'सुरजलार्इ बोलाएपछि गाउँका प्रधानपञ्चको रोहबरमा पत्नीलार्इ घरबाट अन्माएर प्रेमीको घर पठाइदिएँ ।'

फूलचन्दका लागि यो काम गर्न त्यति सजिलो भने थिए । तर आफ्नी पत्नीको खुसीका उनले आफ्ना सारा सपनाको गला निमोठे । गाउँका प्रधानपञ्च र केही अन्य छिमेकीको सहयोगमा सुरजको घरसम्म उनैले बिहेको कुरा पुर्‍याए । सुरजको घरबाट फूलचन्दकै घरमा जन्ती आए । जन्ती आएपछि फूलचन्दले गाउँकै मन्दिरमा लगेर आफ्नी पत्नी चन्दा र उनका प्रेमी सुरजको बिहे धुमधामका साथ गरिदिए ।

सुरजका बाबु माता प्रसादका अनुसार उनी एकमात्र छोरा हुन् । सुरजको खुसीका लागि आफू जेसुकै गर्न तयार रहेको माता प्रसादले बताए । छोराकै इच्छा अनुसार उनको बिहे फूलचन्दकी पत्नी चन्दासँग गरिएको माता प्रसादले बताए ।एजेन्सी indiatoday मा समाचार छ



गोरखा केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्पको धक्काबाट एक जनाको मृत्यु

0 comments
साउन २५– आज विहान गोरखा केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्पको धक्काबाट अर्घाखाँचीमा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । अर्घाखाँचीको सन्धिखर्क–५मा भूकम्पले चर्किएको रामप्रसाद खत्रीको घर भुकम्पको धक्कासँगै भत्किँदा सोहि घरमा बस्दै आएका प्युठान अर्खा २ का प्रशान्त थापाका ९ बर्षिय छोरा तिलक थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । घर भत्किँदा मृतक तिलककी आमा र ६ बर्षिय भाइ घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक युबराज तिमल्सिनाले बताए । घाइतेको उनीहरुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ । प्रशान्तको परिवार मजदुरीको सिलसिलामा अर्घाखाँचीमा बस्दै आएको बताइएको छ ।



धमलाको हमला विथ चर्चित सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डितका साथ हेर्नुहोस

0 comments
 २५ श्राबन - डि.भी.,ग्रीन कार्ड तथा पि.आर. धारी सरकारी कर्मचारीहरुलाई कानुनको दयेरमा ल्याउने अहिलेको चर्चित सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डित संग पत्रकार ऋषी धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डितको साथ हेर्नुहोस". श्रोत : हिमालयन TV
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

काँग्रेस नेता बुहारीसँग यौनसम्पर्क गर्न आतुर

0 comments

जनकपुर, ‘मैले आफ्नो ससुराको यौन प्रस्ताव अस्वीकार गर्दा ममाथि अरूसँग लसपस गरेको लान्छना लगाई घरबाट निकालिएको छ । मेरो दुई वर्षीया छोरी पनि मबाट खोसिएकी छिन् ।’
यी शब्द कुनै नाटकको अंश होइन, धनुषाकी एक महिलाको वेदना हो । जनकपुर उपमहानगरपालिका–१ की २० वर्षीय नगमा खातुन भक्कानिँदै विगत एक महिनादेखि यस्तो अन्याय भइरहेको बताउँछिन् । समाजले न्याय गरिदिने भनी एक महिना कुर्दा पनि कहीँ कतैबाट पहल नभएपछि न्यायको आसमा पत्रकारसमक्ष पुगेको उनले बताइन् ।
उनले आफ्नो पति फिरोज मन्सुर विगत डेढ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतार गएको बताइन् । यही मौका छोपी ससुरा औरही–२ निवासी जनकपुर १६ मा बस्दै आएका हबिव मन्सुरीले पटकपटक यौन सम्पर्क राख्न प्रस्ताव राख्दै आएको तथा आफूले नमानेपछि घरबाट निकालिदिएको बताइन् । उनले गहभरी आँसु पार्दै भनिन्, ‘मैले नै घरमा खाना बनाउने तर आफूलार्ई बासी खाना खान दिने तथा दिनहुँ पिट्ने गरे ।’
मानसिक रूपमा विक्षिप्त अवस्थामा पत्रकारसँग दुखेसो सुनाउँदै नगमाले भनिन्, ‘हाल कतारमा रहँदै आएका आमाबुबासँग दहेजको रूपमा एउटा टाटा सुमो माग्न ससुराले पटकपटक दबाब दिएका छन् ।’ उनी भन्छिन्, ‘मेरो विवाहमा १६ तोला सुन, पल्सर मोटरसाइकल, एप्पलको ल्यापटप, राडो कम्पनीको महँगो घडी र नगद मिलाएर १७ लाख बराबरका समान दहेजको रूपमा दिएका थिए ।’
उनले ससुराको अत्याचार सहेर पनि यौन प्रस्ताव नमानेपछि पतिको मामाको छोरासँग लसपस गरेको आरोपमा घरबाट निकालेको दुखेसो सुनाइन् । यति मात्र होइन, आप्mनो दुई वर्षकी दुधे छोरीलार्ई पनि आपूmबाट खोसेको बताइन् । घरबाट निकालिएपछि पति फिरोजसँग फोनमा सम्पर्क गर्दा आफूलार्ई फोनमै तलाक दिएको बताउँदै उनले अहिले आफू घरविहीन रहेको र एक महिनादेखि अरूको घरमा बस्दै आएको दुखेसो पोखिन् । उनले महिलालार्ई खेलौना ठान्ने आफ्नो ससुरा हविब मन्सुरमाथि हदैसम्म कारबाही हुनुपर्ने र आफू तथा आफ्नो बच्चाको भविष्यका लागि अंश दिलाइदिन अनुरोध गरेकी छिन् ।
को हुन हबिव मन्सुरी ?
नेपाली काँग्रेस धनुषाका मुस्लिम विभागका संयोजक तथा जनकपुरमा पाकिजा वस्त्रालयका सञ्चालक हुन् मन्सुरी । यसअघि ४ साउनमा आफ्नै भाइबुहारीमाथि जबर्जस्ती गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदनसमेत परिसकेको छ । त्यस काण्डमा हबिवका भाइ साविर मन्सुरकी श्रीमती रोजिया खातुनमाथि जबरजस्ती गर्न खोजेपछि लछारपछारमा हबिव मन्सुरीको आखामा चोट लागेको पीडित खातुनले बताइन् । हबिव हाल काठमाडौँमा छन् । यो समाचार २३ साउनमा सौर्य दैनिकले लेखेको छ ।

जंगलमा बोलाई पत्नीको हत्या

0 comments
२५ श्राबन , मन्थली– पत्नीको हत्या गरेको आरोपमा प्रहरीले रामेछाप नगरपालिका–४, डुम्रिकोटका रमेश विकलाई पक्राउ गरेको छ । विकले पत्नी इन्द्रा खत्रीलाई शुक्रबार लुकुवाचौर जंगलमा बोलाई हत्या गरेका हुन् । १४ महिने छोरीलाई भने प्रहरीले उद्धार गरेको छ ।

सुर्खेत माइती भएकी इन्द्रालाई खत्रीले शुक्रबार फोनमार्फत जंगलमा बोलाएर निर्घात कुटपिट गरेका थिए । नाबालक छोरीको शरीरमा पनि चोट भेटिएको प्रहरीले जनाएको छ । बच्चा रोएको सुनेर पुगेका स्थानीयले जंगलमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शिशुलाई उपचारका लागि तामाकोसी सहकारी अस्पताल, मन्थली पु¥याइएको छ । दाहिने आँखामा नीलडाम र शरीर चिथोरिएको पाइए पनि उनको अवस्था सामान्य रहेको चिकित्सकले जनाए । इन्द्राको मन्थलीस्थित कोठामा खानतलासी गर्दा प्रहरीले छोरीको जन्मदर्ता र विवाह दर्ताको कागज फेला पारेपछि त्यसैका आधारमा रमेशलाई नियन्त्रणमा लिएको हो । घरमा सुतिरहेका बेला शनिबार राति उनी पक्राउ परेका हुन् । विकले प्रहरीलाई पत्नीको हत्या गरेको स्विकार्दै छोरी सानी भएकाले त्यत्तिकै जंगलमा छाडेर आएको बयान दिएका छन् ।

मृतकको माइती पक्षलाई खबर गरिसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार शाहले जानकारी दिए । विकलाई कर्तव्य ज्यानमुद्दामा कारबाही अघि बढाउने तयारी भइरहेको उनले बताए ।

सेनामा कार्यरत विकले इन्द्रालाई दोस्रो पत्नीका रूपमा विवाह गरे पनि घर लगेका थिएनन् । इन्द्रालाई केही समयअघि मात्र मन्थली बोलाई विवाहदर्ता र छोरीको जन्मदर्ता गराएर होटलमा राखेका थिए । नागरिक न्युजबाट साभार।

इजरायल जानको लागी सरकारले बिशेस मापदण्डहरु तोकिए छ

0 comments
श्राबन २५ - सरकारले इजरायल जान मापदण्ड तय गरेको छ। श्रम तथा रोजगार मन्त्रालयले इजरायल जानका लागि नेपाली कामदारको मापदण्ड तय गरेको हो । २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको महिला वा पूरुष, हाइट ५ फिट भएको, तौल ३८ केजीभन्दा माथि रहनुपर्ने मापदण्ड  तय भएको श्रमराज्यमन्त्री टेकबहादुर गुरुङका सल्लाहकार रमेश कोइरालाले जानकारी दिए । 

साथै मान्यताप्राप्त संस्थाबाट ३ महिना केयर गिभरसम्बन्धी तालिम लिनुपर्ने इन्टरमिडिएट लेवलको अंग्रेजी भाषा जान्नुपर्ने पनि मापदण्डमा उल्लेख रहेको मन्त्रालयका निमित्त सचिव सूर्य श्रेष्ठले जानकारी दिए । श्रीमान, श्रीमती, छोराछोरी र आफन्त इजरायलमा भए त्यस्तालाई नपठाउने कोइरालाले बताए ।

मेडिकल फिट र आपराधिक गतिविधिमा सम्लग्न नभएकाहरु पनि इजरायल जान सक्ने उनले बताए। इजरायल जानका लागि हिब्रु भाषा आवश्यक नभएको मन्त्री गुरुङले बताए । इपीएस मोडेलमा दक्षिण कोरियाजस्तै इजरायलमा पनि कामदार पठाउन लागेको उनले बताए ।

इजरायलले ५ वर्षदेखि नेपाली कामदार लैजान रोक लगाएपनि गत शुक्रबारबाट केयर गिभरमा कामदार लैजान सम्झौता गरेको छ । पहिलो चरणमा दसैंअघि ६० जना नेपाली महिला कामदार त्यसतर्फ उड्ने छन । पाइलट प्राजेक्टमा रुपमा ३ सय कामदार लैजान इजरायल राजी भएको छ । त्यसपछि उनीहरुको काम हेरेर थप कामदार मगाउने इजरायल सरकारको तयारी रहेको मन्त्री गुरुङले जानकारी दिए ।


सुर्खेतमा भएको बिरोध प्रदर्शनमा १ जनाको मृत्यु कर्फ्यु जारी

0 comments
२५ श्राबन - मध्यपश्चिम फुटाउन नहुने माग राख्दै शुरु भएको आन्दोलनमा उत्रिएका एक प्रदर्शनकारीको मृत्यु भएको छ ।

पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काको घरमा तोडफोड गरेपछि उत्पन्न अवस्था नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर आन्दोलनकारीको मृत्यु भएको हो । मृतकको पहिचान भने खुल्न सकेको छैन । मृतक अनुमानित ४५ बर्षका छन् ।

कर्फ्यूजारी भएपछि प्रहरीमाथि अाक्रमण भएकाले गाेली चलाउँदा अान्दाेलनकारीकाे मृत्यु भएकाे एसपी राजेशकुमारलाल कर्णले बताए ।

मृतकको शव जिल्ला जिल्ला प्रहरी कार्यालयको गेटमा राखेर प्रदर्शन गरिरहेका छन् । प्रहरीसँगको झडपमा ५२ जना घाइते भएका छन् ।

घाइते मध्ये २० जना प्रहरी र अरु प्रदर्शनकारी घाइते भएका छन् । घाइते प्रहरी मध्य एक जना सशस्त्र र एक जना नेपाल प्रहरीका जवान गम्भीर छन् । उनीहरु थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएकाे छ ।

अवस्था नियन्त्रयन्त्रण बाहिर गएपछि अहिले प्रशासनले साढे १ बजेबाट राति ९ बजेसम्म कफ्र्यू जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी बलदेवप्रसाद गौतमले मृत्युको जानकारी नआएको बताए । उनले भने, “अवस्था तनावपूर्ण भएपछि कफ्र्यू जारी गरिएको छ, तर मृतकबारे जानकारी आएको छैन ।” उनले अवस्था नियन्त्रणमा लिन गोली चलाएको बताए ।

अान्दाेलनकारीले अहिले जिल्ला विकास समिति र विरेन्द्रनगर नगरपालिकाकाे कार्यालयमा अागाे लगाएका छन् ।



Like us

 

Search

 
Enjoy the site