-
- एन्जेलिनाकै अनुहारकी कुनै नेपाली युवतीको तस्विर फेसवुकमा देख्नुभयो भने नझुक्निुस्, उनी हुन्, आशिका तामाङ।
- काठमाडौंपछि अल्जेरियाको अल्जियर्स, रोमानियाको बुखारेस्ट, पनामाको पनामा सिटी, साउदी अरबको जेद्दाहा र रियाद छन् ।
- glass bridge china सिशाको ठुलो आकासे पुल
- फ्रान्समा भएको८० किमि मन्ट ब्लांक दौडमा मिरा राई प्रथम
फेसवुक चलाउने हजारौँ युवाहरुलाई थप ‘एडिक्टेड’ बनाउँदै आएकी छिन्
यतिसम्म कि, उनको एक तस्विर अपलोड भएको केहि मिनेटमै तस्विर मुन्तिर हजारौँ लाइक र कमेन्टको लिष्ट हुन्छ ...
दक्षिण एसियाको सबैभन्दा महङ्गो सहर काठमाडौ
काठमाडौ दक्षिण एसियाको सबैभन्दा महङ्गो सहर भएको इकोनोमिस्ट म्यागेजिनले सार्वजनिक गरेको ‘वर्ल्ड कस्ट अफ लिभिङ इन्डेक्स’मा देखाइएको छ। ..
glass bridge china सिशाको ठुलो आकासे पुल
चीनमा अब आकाशमा हिँड्न सकिने भएको छ । पारदर्शी शिशाबाट बनाइएको एउटा शिशाको पुलमा हिँड्दा मानिसलार्इ आकाशमै रहेको महसुस हुने बताइएको छ । ...
फ्रान्समा भएको८० किमि मन्ट ब्लांक दौडमा मिरा राई प्रथम
फ्रान्समा भएको ८० किमि मन्ट ब्लांक दौडमा नेपालकि बहादुर छोरी मिरा राईले प्रथम स्थानमा हासिल गरेकी छिन् ...
Monday, August 24, 2015
थरुहट तथा मधेसी दलका कार्यकर्ता र प्रहरीबीच भिडन्त हुँदा प्रहरी सहित जम्मा २४ जनाको मृयु
भदौ-७, कैलाली - कैलालीको टिकापुरमा सोमबार दिउँसो थरुहट तथा मधेसी दलका कार्यकर्ता र प्रहरीबीच भिडन्त हुँदा प्रहरी सहित जम्मा २४ जनाको ज्यान गएको छ । प्रहरीका एक एसएसपी सहित २१ प्रहरी र अन्य ३ आन्दोलनकारीको मृत्यु भएको हो । ज्यान गुमाउनेमा ११ जना सशस्त्र प्रहरी र १० जना जनपथ प्रहरी रहेका छन् ।
सयौं थरुहट तथा मधेसी दलका कार्यकर्ता र प्रहरीबीच भिडन्तका क्रममा सेती अञ्चल प्रहरी कार्यालयका एसएसपी लक्षमण न्यौपानेसहित २१ जना प्रहरी मारिएका छन् । टिकापुर नजिकैको मुनुवा गाविस ६ सिलम चौराहमा हजारबढीको संख्याका थरुहट र मधेसी दलका कार्यकर्ताले प्रहरीमाथि आक्रमण गरेका थिए । प्रदर्शनकारीले छुरा, भाला र बन्चरोले प्रहरीमाथि आक्रमण गरेका थिए ।
ज्यान गुमाउनेमा इन्सपेक्टरहरु बलराम विष्ट र केशव बोहरा रहेका छन् । घटनामा हवलदारहरु रामबिहारी चौधरी र ललित साउद तथा जवानहरु लोकन्द्र चन्द र लक्ष्मण खड्काले पनि ज्यान गुमाएका छन् । घटनामा कम्तिमा पनि ५० जना प्रहरी घाइते भएका छन् ।
करिब दश हजारको संख्यामा रहेका थरुहट र मधेसी दलका कार्यकर्ताले प्रहरीमाथि धावा बोलेका थिए । चारैतर्फबाट टिकापुरमा पसेका प्रदर्शनकारीले एकै पटक घेरेर आधुनिक हतियारको समेत प्रयोग गरी प्रहरीमाथि धावा बोलेको प्रहरी अधिकृतहरुको भनाइ छ ।
यतिखेर टिकापुरमा अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरीएको छ । साथै सेनाको हेलिकोप्टर टिकापुरमा अवतरण भईसकेको छ ।

Sunday, August 23, 2015
काठमाडौँका गुण्डाहरु इनकाउन्टरको डरले धमाधम दिल्ली भाग्दै
६ भदौ - काठमाडौँबाट दिल्ली जाने बसको टिकट खोज्दै हुनुहुन्छ ? तत्काल पाउन गाह्रो छ । किनभने काठमाडौँ दिल्ली चल्ने बसमा केही दिनयता सिट पाउन सर्वसाधारणलाई निकै गाह्रो छ । काठमाडौँका गुण्डाले ज्यान जोगाउन धमाधम दिल्ली जाने बसको सबै सिट रिजर्भ गरेर बसेका छन् ।
डन कुमार घैँटे भनिने कुमार श्रेष्ठ प्रहरीबाट मारिएपछि अन्य सानातिना तथा टोले डनहरुको सातो उडेको हो । उनीहरु दिल्ली जाने बसबाट भारतमा जाँदैछन् । केही दार्जिलिङतर्फ लागेको दृष्टिन्युजडटकमले लेखेको छ । प्रहरीले गोली हान्ने डरले भएका गुण्डाहरु चाडपर्वका बेला धमाधम काठमाडौँ छाडिरहेका छन् । विमानस्थलबाट विदेश जाँदा प्रहरीले थाहा पाउने र निगरानी गर्ने भएकाले गुण्डाहरु बसबाटै दिल्ली लागेका हुन्, भागेका हुन् ।
स्रोतका अनुसार घैँटेको इन्काउन्टपछि एकसय भन्दा धेरै गुण्डा भारत गइसकेका छन् । अरु पनि कोही पूर्व त कोही पोखरा भागेका छन् । ‘गगन थापाकै संरक्षणमा रहेका व्यक्ति त मारिए भने हाम्रो के हालत होला’ भन्दै गुण्डाहरुको भागाभाग भएको छ । महानगरीय अपराध महाशाखाले बिहीबार बिहान घैँटेलाई उनकै घरअगाडि गोली हानी मारेको थियो । घैँटेले सुरुमा आक्रमण गरेपछि जवाफी फायरिङमा उनी मरेको प्रहरीले जनाएको छ ।
अपराध महाशाखामा एसएसपी सवेन्द्र खनाल आएपछि गुण्डागर्दीविरुद्ध पुष्कर कार्कीजस्तै कडा रुपमा प्रस्तुत हुन लागेका छन् । एसएसपी कार्कीले डन चरीको इन्काउन्टर गरेका थिए । अब उपत्यकामा डनको इन्काउन्टर क्रम नरोकिने प्रहरी स्रोत बताउँछ ।

झाक्रीकोमा गएकी एक महिलामाथि बलात्कार
भदौ ६ ।
विवाह भएको ८ वर्षसम्म पनि बच्चा नभएपछि झाक्रीकोमा गएकी एक महिलामाथि बलात्कार भएको छ । रौतहटको जोकाहाकी २५ वर्षकी ती महिलालाई झाक्रीले फुक्ने भन्दै बलात्कार गरेका हुन् ।मन्त्र लगाएर फुक्न सात ठाउँको पानी आवश्यक भएको भन्दै श्रीमानलाई पठाएपछि ४५ वर्षका झाक्री शेख मोफिजुल मियाले महिलामाथि बलात्कार गरेको पीडित आरोप लगाएका छन् । जिल्ला अस्पताल गौरमा गरिएको परीक्षणले झाक्री दोषी ठहर भएको छ ।डाक्टरले परीक्षणको क्रममा महिलाले झाक्रीलाई आक्रमण गरेको घाउहरु भेटिएको र झाक्रीको लुगामा पनि रगत भेटिएको बताएका छन् । महिलाले आफूलाई बलात्कार गरेको बताएपछि स्थानीय बासिन्दाले झाक्रीलाई प्रहरीकोमा बुझाएका थिए ।

नेपाल र भारतबीच रक्सौल–अमलेखगन्ज तेल पाइपलाइन निर्माणसम्बन्धी सम्झौता
काठमाडौं– निर्माणको चर्चा चलेको करिब डेढ दशकपछि नेपाल र भारतबीच रक्सौल–अमलेखगन्ज तेल पाइपलाइन निर्माणसम्बन्धी सम्झौता सोमबार हुने निश्चित भएको छ।
उक्त सम्झौताका लागि भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्य मन्त्री धर्मेन्द्र प्रधानको नेतृत्वमा भारतीय आयल निगम(आइओसी)का अध्यक्ष बि. अशोकसहित ११ सदस्यीय टोली आइतबार काठमाडौं आउने नेपाल आयल निगम(एनओसी)का प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले बताए। नेपालका तर्फबाट सम्झौता कार्यक्रममा वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापा नेतृत्वको टोलीले सहभागिता जनाउने उनले जानकारी दिए।
प्रबन्ध निर्देशक खड्काका अनुसार भारतको रक्सौलस्थित पेट्रोलियम डिपोदेखि नेपालको पेट्रोलियम डिपो अमलेखगञ्जसम्म ४१ किलोमिटर पाइपलाइन निर्माणका लागि सम्झौता हुने छ। उक्त पाइपलाइनको ३९ किलोमिटर भाग नेपालमा र २ किलोमिटर भाग भारतीय भूमिमा पर्ने छ।
उक्त पाइपलाइन इन्डियन आयल निगमले अनुदानमा बनाइदिने घोषणा २०७१ साउनमा नेपाल भ्रमणताका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए। लोमो समय चर्चामा मात्रै सिमित रहेको उक्त आयोजनाले मोदीको नेपाल भ्रमणपछि मात्रै गति लिएको थियो। त्यसयता उक्त आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन(डीपीआर) तयार पार्ने काम इन्डियन आयल निगम र नेपाल आयाल निगमका अधिकारी संम्मिलित संयुक्त कार्यदलले गरेको थियो।
अध्ययन प्रतिवेदनले उक्त आयोजना पूरा गर्न करिब ४ अर्ब ४० करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ। यसमध्ये ३ अर्ब २० करोड रुपैयाँ आइओसीले अनुदान स्वरुप उक्त आयोजनाका लागि प्रदान गर्ने र १ अर्ब २० करोड रुपैयाँ एनओसीका तर्फबाट नेपाल सरकारले उक्त आयोजनामा लगानी गर्ने सहमति भएको छ। नेपाल सरकारले आयोजनाका लागि प्रदान गर्ने १ अर्ब २० करोड रुपैयाँ भने अमलेखगञ्जस्थित पेट्रोलिमय डिपोको सुधार तथा स्तरोन्नति कार्यमा लगानी गरिने प्रबन्ध निर्देशक खड्काले बताए।
सम्झौता भएको मितिले पाइपलाइन योजनाका लागि जग्गा अधिग्रहणदेखि आयोजना पूरा गर्ने कार्य ३० महिनाभित्र सक्ने गरी सम्झौता हुन लागेको उनले जानकारी दिए।
पाइपलाइन निर्माण भएपछि पेट्रोलियमको ढुवानी लागत सस्तो हुने, चोरी, चुहावट र मिश्रणको समस्या समाधान हुने, तेल ट्याङ्कर हिँड्दा हाल भइरहेको ट्राफिक जामको समस्या समाधान हुनेलगायतका लाभ नेपाललाई हुने आयल निगमको विश्वास छ।
रक्सौल–काठमाडौं पाइपलाइन फास्ट–ट्रयाक भएर
रक्सौलदेखि अमलेखगञ्जसम्मको तेल पाइपलाइन निर्माणको काम सम्पन्न भएपछि दोस्रो चरणमा रक्सौल–काठमाडौं तेल पाइपलाइन निर्माण योजना अघि बढाइने सहमति नेपाल र भारतका अधिकारीहरुबीच यसअघि नै भएको थियो। 'दोस्रो चरणमा पाइपलाईन निर्माण गर्दा नयाँ बनाउने तयारी भइरहेको फास्ट–ट्रयाक(निजगढ–काठमाडौ)को बाटो हुँदै काठमाडौंसम्म ल्याउने बारे हामीले सोचिरहेका छौं,' प्रबन्ध निर्देशक खड्काले भने, 'यो एउटा अवधारणा मात्रै हो। पहिलो आयोजना पूरा भए पनि दुबै देशका अधिकारीहरुबीच छलफल गरेर मात्रै यस अवधारणाअनुसारको पाइपलाईन योजना कार्यान्वयनमा लान सकिन्छ।'

उत्तरले दक्षिण कोरियालाई ४८ घण्टाभित्र सिमामा लगाएका लाउडस्पिकर हटाउन अल्टिमेटम
६ भदौ ,सोल–कोरियाली प्रायद्वीप बढ्दो तनावकाबीच दक्षिण कोरियाका राष्ट्रपति भवनले शनिबार जारी गरेको वक्तव्यमा उत्तर कोरियाकोतर्फबाट कुनै पनि उक्साहटमा कारवाही गरिए जवाफी कारवाही गर्ने चेतावनी दिइएको छ।
दक्षिण कोरियाका राष्ट्रपति कार्यलयका प्रवक्ताले ब्लू हाउस शान्तिपुर्ण तरिकाले कुनै पनि स्थितिमाथि नियन्त्रण गर्ने तर, कुनै उक्साहटका उत्तरले कारवाही गरे त्यसको गतिलो जवाफ दिने तयारी गरेको बताएका छन् । पछिल्ला केही दिनमा दुई कोरियाबीच बढ्दो तनावमाथि अमेरिका, संयुक्त राष्ट्रसंघ र उत्तर कोरियाको एकमात्र सहयोगी देश चीनलेसमेत दुवै देशलाई शान्ति व्यवस्था कायम राख्न अपील गरेका छन् । दुवै देशबीच बिहीबार भएको गोलाबारीपछि तनाव निकै बढेको छ ।
उत्तर कोरियाले दक्षिण कोरियालाई आफूमाथिको दुष्प्रचार रोक्न त्यसो नभए सैन्य कारवाहीको समाना गर्न चेतावनी दिएको थियो । यी दुईबीचको त्यतिबेला तनाव किनै बढेको थियो,जतिबेला बारुदी सुरुङ विष्फोटनमा दुई दक्षिण कोरियाली सैनिक घाइते भएका थिए । दक्षिण कोरियाले सो बारुदी सुरु उत्तर कोरियाले लगाएको आरोप लगाउँदै आएको छ भने सो आरोपको उत्तर कोरियाले ठाडै अस्विकार गरेको छ ।
यो घटनाको एक हप्तापछि दक्षिण कोरियाले सीमावर्ती इलाकामा लाउडस्पिकरमार्फत उत्तर कोरिया विरुद्ध प्रचार गर्न सुरु गरेको थियो । दुवै देशले यो भन्दा पहिला पनि यस किसिमको दुष्प्रचार गर्दै आएका थिए । उत्तर कोरियाले हटलाइनमार्फत दक्षिण कोरियालाई आफ्नो सिमामा लगाएका लाउडस्पिकर ४८ घण्टाभित्र हटाउन अल्टिमेटम दिएको थियो । तर दक्षिण कोरियाले उत्तरको अल्टिमेटम मान्न अस्विार गरेको छ ।

बाइकको पछाडी नांगो महिला बसेको भाइरल फोटो
शरीरमा एक धरो कपडा नलगाएकी केटी आरामले मोटरसाइकलको पछाडी बसेर सडकमा हुइकिदै थिइन् । अर्का मोटरसाइकल चालकले मोबाइल झिकेर उनको फोटोखिच्न भ्याए जून अहिले इन्टरनेटमा भाइरल बनेको छ ।टाउकोमा हेलमेट र गोडामा जुत्ता लगाएकी केटीले बीचमा केहि पनि लगाएकी थिइनन् । जबकी बाइक हाक्ने युवक भने सामान्य पोशाकमा थिए ।
नग्न केटी यसरी बाइकमा कुदिरहँदा वरिपरी गुडेका गाडिका चालकहरु एकोहोरोदृष्टि उनीमाथी पर्यो । पश्चिम रुसको ओरीयोल ओब्लास्ट क्षेत्रको व्यस्त सडकमा केही दिनअघि यो घटना भएको थियो ।
सार्वजनिक रुपमा नांगै हिड्ने यी महिला र बाइक हाँक्ने पुरुषलाई प्रहरीले भेटेको भए कानून तोडेको आरोपमा पक्राउ पर्ने थिए । यहाँको कानून अनुसार कुनै पनि महिला सार्वजनिक स्थानमा कम्तिमा ब्रा र पेन्टी लगाएकै हुनुपर्छ । तर उनीहरु प्रहरीबाट छलिएर हिँड्न सफल भए ।
ती महिलाले ब्रा र पेन्टी पनि नलगाइकन हिँड्नेजोखिम किन उठाइन् भन्ने खुल्न सकेको छैन । तर सामाजिक सञ्जालमा उनी रातारात चर्चित भइसकेकी छिन् । सामाजिक सञ्जालमा एकजनाले लेखेका छन्, मलाईलाग्छ उनले कुनै बाजी हारेर यसरी हिँड्नु परेको होला ।
अर्काले लेखेका छन्, हैट, उनलाई त मेरो बाइकमा चढाउन पाए हुने । धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले महिलाको यस्तो हर्कतले देशकै बेइज्यति गरेको टिप्पणी गरेका छन् । यद्यपि, विकसित देशहरुमा यस्ता घटनाहरु आक्कलझुक्कल हुने गर्दछन् ।

न्यायाधीश रणबहादुर बमको हत्यारा सञ्जय स्माइली मगरलाई साउदीबाट काठमाडौँ ल्याईयो
६ भदौ ,काठमाडौँ - सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या गरेर त्यसको केही महिनापछि साउदी अरब पुगेका भगवान भनिने सञ्जय स्माइली मगरलाई केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले आइतबार नेपाल ल्याएको छ।
४ दिनअघि साउदी पुगेको सिआइबीको टोलीले उनलाई आइतबार बिहान ९ बजे काठमाडौं ल्याइपुर्याएकाे हो। २०६९ साल जेठ १८ गते ललितपुरको बंगलामुखी मन्दिर दर्शर गरेर फर्कने क्रममा युएन पार्क नजिक बमको गोली हानी हत्या गरिएको थियो। हत्याका मुख्य योजनाकार बाबु थापासहितका ३ जनालाई गत पुस २१ गते पक्राउ गरिसकेको थियो।
पुख्र्यौली घर रामेछापको खनियापानी भएको संजय काठमाडौंको पेप्सीकोलामा बस्दै आएका थिए। चुरेभावर पार्टीमा आबद्ध उनी बाबु थापासँग निकट थिए। पहिलो संविधानसभा निर्वाचनमा उनी रामेछापबाट प्रत्यक्षमा लडेका समेत थिए।
तर ३ हजारको पनि हाराहारीमा उनलाई भोट आएको थिएन्। संविधानसभाको चुनाव पछि उनी पेप्सीकोलामा बस्दै आए। त्यहाँ टोले गुण्डाका रुपमा स्थापीत भएका मगर गुण्डागर्दीमा लागेका थिए। वमको हत्या भएको केही महिनापछि आफू वैदेशिक रोजगारीका लागि साउदी गएको उनले बताएका छन्।
सुरक्षित महसुस गरेर आफू साउदी आएको उनले प्रहरी समक्ष भनेका छन्। जब सिआइबीले बाबु थापासहितका ३ जनालाई पक्राउ गर्यो। त्यसेबला नै उनी साउदी पुगेको सुराकी सिआइबीलाई आइसकेको थियो। साउदीको रियादमा ड्राइभर पेशामा उनी काम गर्न पुगेका थिए।
त्यहाँ उनले ट्रक चलाउने गर्थे। सिआइबीले मगरलाई पक्राउ गर्न इन्टरपोललाई आग्रह गरेको थियो। इन्टरपोलले नोटिस जारी गरेपछि उनी साउदी गएको ३ महिनामा नै पक्रउ परेका थिए। मलेसिया सरकारले कानुनी अड्चन भन्दै मगरलाई नेपाललाई बुझाउन केही समय झुलाएको गरेको थियो।
गृहसचिव स्तरीय र परराष्ट्र मन्त्रीस्तरीय कुटनीतिक पहलमा मलेसियन सरकारले मगर सिआइबीलाई सुम्पेको हो। सिआइबीले प्रहरी निरीक्षकको नेतृत्वमा २ जना मलेसिया पठाएको थियो। बमको हत्यामा मगर नै सुटर रहेको सिआइबीका प्रहरी निरीक्षक दधिराम न्यौपानेले सेतोपाटीलाई बताए।
साथै हत्या भएपछि सुविधानगरमा मोटरसाइकल व्यवस्थापन र हतियार व्यवस्थापन मगरले नै गरेको उनले सुनाए। आर्थिक प्रलोभनमा परेर उनले वमको हत्या गरेको स्वीकारेका छन्। आँटिलो र चतुर स्वभावका मगर बम हत्या पछि केही समय पेप्सीकोलामा नै बस्दै आएका थिए।
मगरलाई पक्राउ गरेर काठमाडौं ल्याएपछि अपराध गरेर विदेश गई लुकेपनि प्रहरीले पक्राउ गर्न सक्छ भन्ने सन्देश दिएको सिआइबीका डिआइजी हेमन्त मल्ल ठकुरीले बताए। मगर पक्राउसँगै बम हत्यामा सम्लग्न सबै पक्राउ परेको प्रवक्ता एसपी किरण ब्रजार्चायले बताईन्।श्रोत : सेतोपाटी

अखण्ड सुदूरपश्चिम र थरुहट पक्षधरबीचको द्वन्द्व
संघीयतामा कैलाली र कञ्चनपुरलाई आफ्नो पक्षमा पार्ने दाउमा रहेका अखण्ड सुदूरपश्चिम र थरुहट पक्षधरबीचको द्वन्द्व चर्किएको छ।
दुई पक्षबीच हुनसक्ने सम्भावित झडपलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कैलालीको पूर्वी क्षेत्रमा साँझ ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।
प्रशासनले कैलालीको टीकापुर नगरपालिकाका साथै दुर्गौली, पथरैया, धनसिँहपुर, नारायणपुर र मुनुवा गाविसमा निषेधाज्ञा जारी गरेको हो।
स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि अखण्ड सुदूरपश्चिम पक्षधरले आज टीकापुरमा आयोजना गर्ने भनिएको आमसभा स्थगित भएको छ। स्थानीय प्रशासनले सभा समारोह, र्याली लगायतका कुनैपनि कार्य नगर्न उर्दी जारी गरेको छ।
अखण्ड सुदुरपश्चिम र थरुहट पक्षधरबीच हिजो दुर्गौली गाविसको तोरैयापुरमा दोहोरो झडप भएपछि यस क्षेत्रको जनजीवन निकै त्रसित बनेको छ।
सदरमुकाम धनगढीबाट आम सभाको पूर्वसन्ध्यामा सयौंको संख्यामा रहेको मोटरसाइकल र्याली निकालिएको थियो।
र्याली रोक्नका लागि थरुहट पक्षधरले लम्की टीकापुर सडक खण्डको ठाउँ ठाउँमा बाटो अवरोध गरेका थिए। उनीहरुले सडकमा ढुंगा राख्नुका साथै काँच र फलामका किला समेत बिछ्याएका थिए।
लम्कीबाट विभिन्न ठाउँमा रहेका अवरोध छिचोल्दै अघि बढेको र्याली तोरैयापुरमा पुगेर रोकिएको थियो। थरुहट पक्षधरले तोरैयापुरस्थित कुलरीया नदीको पुलमाथि जाली भित्र ढुंगा भरेर अवरोध सिर्जना गरेका थिए।
जाली भित्र भरेको ढुंगा हटाउने क्रममा थरुहट पक्षधरले चारैतिरबाट मोटरसाइकल र्याली माथि आक्रमण गरेका थिए। उनीहरुले गुलेली र ढुंगा प्रहार गरेका थिए।
मोटरसाइकल र्यालीमाथि आक्रमण भएपछि अखण्ड सुदूरपश्चिम पक्षधरले थारु समुदायका घरमा आक्रमण गरेका थिए। उनीहरुले थारु समुदायका घरमा ढुंगामुडा गरी क्षति पुर्याएका थिए।
दोहोरो झडपमा क्रममा दुवै पक्षका २ दर्जन भन्दा बढी व्यक्ति घाईते भएका छन्। चार जना प्रहरी समेत घाईते भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरिक्षक धनबहादुर कठायतले जानकारी दिएका छन्।
उनले एकजना प्रहरीको अवस्था गम्भीर रहेकाले उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगेको बताए।
उता, समाचार संकलनका लागि टीकापुर आउँदै गरेका सुखडस्थित कैलाली एफएमका सञ्चारकर्मी नवराज खनाललाई थरुहट कार्यकर्ताहरुले मुनुवा गाविसको झवहीमा कुटपिट गरेका छन्।
कुटपिटबाट खनालको अवस्था गम्भीर रहेको छ। उनको टाउकोमा चोट लागेको छ।
आफूले प्रेस पास देखाए पनि थरुहटका कार्यकर्ता हुँ भन्दै उनीहरुले आफू माथि आक्रमण गरेको खनालले बताएका छन्।
खनाल माथि भएको आक्रमणको भर्त्सना गर्दै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम संयोजक प्रकाश विक्रम शाह र बानका सुदूरपश्चिम संयोजक गोविन्द रोस्याराले दोषीलाई कारवाहीको माग गरेका छन्।
निषेधाज्ञा जारी गरेपछि आज टीकापुर बजार पुर्ण रुपमा बन्द रहेको छ। अखण्ड सुदूरपश्चिम पक्षधर बजारमा निस्किएका छन्। उता दुर्गौली र पथरैया गाविसमा थरुहट पक्षधरले आफ्नो कब्जामा लिएका छन्।
उनीहरुले गएराति दुर्गौली बजारमा रहेका पहाडी समुदायका घर पसलमा तोडफोड गरेका छन्। दुर्गौली बजारमा रहेको धु्रव सूर्य पेट्रोम पम्प, सञ्ज्याल खाद्य केन्द्र, जयमनकामना टे्रडर्स, सञ्ज्याल टे्रड कन्सर्न लगायतका पसलमा थरुहट पक्षधरले तोडफोड गरेका छन्।
उनीहरुले सञ्ज्याल खाद्य केन्द्रबाट साढे पाँच लाख, जय मनकामना टे्रडर्सबाट ५० हजार नगद र १५ लाख बराबरको सामान समेत लुटेको गंगाराम जैशीले जानकारी दिएका छन्।
अखण्ड सुदूरपश्चिम पक्षधरका आठ वटा मोटरसाइकलमा समेत थरुहट पक्षले आगजनी गरेका छन्।
यता अखण्ड सुदूरपश्चिम पक्षधरले टीकापुर बजारमा रहेको थारु कल्याणकारीको कार्यालयमा आगजनी गरेका छन्। थारु अगुवा लालबिर चौधरीले चलाउदै आएको रानी जमरा कुलरीया सिँचाई आयोजनाको बा १५ ब ७०६ नम्बरको मोटरसाइकल अखण्ड पक्षधरले टीकापुरको अस्पताल रोडमा जलाएका छन्। उनीहरुले निरु ट्रेडर्स लगायत थारु समुदायका पसलमा ढुंगामुडा गरेका छन्।
स्थिति नियन्त्रण बाहिर जानसक्ने भएपछि ब्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ। धनगढीबाट समेत थप प्रहरी परिचालन गरिएको छ।श्रोत साभार :सेतोपाटी भदौ ५

Saturday, August 22, 2015
Dittha Sab, 22, August 2015
डिटठा साब कमेड़ी टेली फिल्म सुक्रबार ४ भदौ २०७२का दिन कान्तिपुर TV मा बेलुकी ७:३० बजे प्रशारित मनोरंजनात्मक कार्यक्रम भिडियो हेर्नुहोस।
Video
Dittha Sab - Episode 114; 22 August 2015
Posted by विचित्र संसार (Bichitra Sansar) on Saturday, 22 August 2015
९ दिनदेखि गरेको बन्दले मध्य पूर्वी तराईका ८ जिल्लाहरुको जनजीवन प्रभावित
जनकपुर, भदौ ५ - संघीय समाजवादी फोरम, सद्भावनालगायत पार्टीआबद्ध मोर्चाले लगातार ९ दिनदेखि गरेको बन्दले मध्य पूर्वी तराईका ८ जिल्लाहरु सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटको जनजीवन प्रभावित बनेको हो ।
बन्दले यी जिल्लामा ९ दिनयता यातायात, विद्यालय र बजार सन्चालनमा आउने सकेका छैनन् । जिल्ला बाहिरने यातायातका साधन भने प्रहरीले साँझ ५ बजेपछि स्कर्टिङ गरेर सन्चालन गरिरहेको छ ।
प्रदेशको सीमांकनमा लचक हुनुपर्ने, पहिचानसहितको संघीयता जारी गर्नुपर्नेलगायत माग आन्दोलनकारीको छ । विभिन्न दल र संगठनले गरेको बन्दले तराईका सर्वसाधारणको दैनिकी भने कस्टकर बन्दै गएको छ ।

डनहरु इन्काउन्टरको डरले देश छाडेर भाग्ने तयारी
काठमाडौं, भदौ ५ । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका कुमार घैंटे इन्काउन्टरमा मारिएपछि राजधानीलगायत देशका मुद्यय सहरमा गुण्डाराज चलाउँदै आएका डन देश छाडेर भाग्ने तयारी गरेका छन् ।
राजनीतिक संरक्षणका आडमा गुण्डागर्दी गर्दै आएका डनहरुसमेत घैंटेको घटनापछि आफूहरु असुरीषत महसुस गरी देशै छाड्ने तयारी गरिरहेका बेला महानगरीय अपराध महाशाखाले प्रहरी निगरानीमा रहेका गुण्डाका नाइकेहरु भाग्न सक्ने सम्भावित नाकाहरुमा निगरानी राख्न शुरु गरेको छ । प्रहरीहरु आफुहरुविरुद्ध आक्रामण भएपछि उनी भाग्ने तयारीमा रहेका हुन् । अरु केहीलाई पनि प्रहरीले निसानामा राखेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

भूकम्पले भत्काएको बिद्यालय निर्माणका लागी अमिरिकामा कन्सर्ट गरियो
क्यालिफोर्निया । नेपालमा गत वैशाख १२ गते गएको भूकम्पमा परी भत्किएको विद्यालयलाई पुनर्निर्माण गर्न फ्रिड नेपालले संयुक्त राज्य अमेरिकाको क्यालिफोनियाको सान्फ्रान्सिकोस्थित मिलभ्यालीमा बेनिफिट कन्सर्ट फर नेपाल आयोजना गरेको छ ।
फ्रिड नेपालका संस्थापक जय तामाङका अनुसार कार्यक्रमबाट उठेको रकम चाँडै नै नुवाकोट जिल्लाको दुर्गम क्षेत्रमा रहेको भाल्चे गाविसस्थित विद्यालयको भवन निर्माणको लागि पठाइने छ । विद्यालय पुनर्निर्माणका लागि थप सहयोग संकलन कार्य अझै जारी रहेको उनले बताए ।
कन्सर्ट भव्यरुपमा सफल बनाउन मिलभ्यालीका चर्चित अमेरिकी कलाकारहरुले साथ दिएका थिए । नुवाकोटमा नेपाल फ्रिड मार्फत ३ वटा विद्यालयमा तामाङले विद्यालय भवन निर्माण तथा अन्य सहयोग गरिसकेका छन् । ऐसेलु भूमे मावि काउले, पञ्जलिङ मावि काउले र डिक्याब प्रावि भाल्चेका विद्यालयहरु भूकम्पले ध्वस्त भएका थिए । भत्किएका विद्यालयलाई चाँडै नै पुर्ननिर्माण गरिने तामाङले जानकारी दिएका छन् । श्रोत साभार :http://nepalibulletin.com and picture jay tamang facebook .

फेसबुकमा तापईलाई कसैले अनफ्रेन्ड गरेको थाहा पाउने एउटा सजिलो उपाए
काठमाडौं, ५ भदौ – फेसबुकमा आफूलाई कसले अनफ्रेन्ड गर्यो होला भनेर हेर्न चाहनुहुन्छ ? येदि चाहनुहुन्छ भने आज हामी तपाईहरुलाई एउटा सजिलो उपाए दिनेछौ । यसका लागि तपाइले ‘हु डिलीटेड मी अन फेसबुक’ नामक एप प्यायोग गर्नुपर्ने छ । यो एपले सबै कुराको जानकारी दिनेछ। यस एपले फेसबुकमा भएका फ्रेन्ड लिस्टमा नजर राख्ने छ। तर यो एप फेसबुकले आफैं निर्माण गरेको भने होइन।
यो नयाँ एप ट्विटरको हु अनफलोड मी जस्तै हो। फेसबुकको यो नयाँ एपले तपाईको पुरानो गतिविधिहरुलाई भने हेर्ने छैन। यो एप फोनमा इन्सटल भएपछि मात्र काम गर्ने छ। यस एपको साइज २.३ एमबी रहेको छ र यसलाई प्रयोग गर्न फोनमा एन्ड्रोइड २.३ भन्दा माथिको अपरेटिङ सिस्टम हुनुपर्दछ। यस एपको प्रयोग बाट तपाइले सजिलै संग फेसबुकमा आफूलाई कसले अनफ्रेन्ड गर्यो भनेर हेर्न सक्नु हुनेछ । एजेन्सी

Bhadragol, 21 August 2015 भद्रगोल ४ भाद्र २०७२
४ भाद्र २०७२ सुक्रबार - नेपाल टि.भी.बाट प्रशारीत हाँस्य टेली फिल्म भद्रगोल हेर्नुहोस । भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला।
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Friday, August 21, 2015
अन्य गुन्डाहरुलाई पनि बाँकी नराख्ने संकेत
काठमाण्डु, ४ भदौं– गुन्डानाइके कुमार घैंटेले प्रहरीले इनकाउन्टरमा मारेपछि महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले अन्य गुन्डाहरुलाई पनि बाँकी नराख्ने संकेत गरेका छन् ।
उनले भने, ‘अब गुन्डाराज चल्नेवाला छैन । हाम्रो लक्षय फ्रि अफ फियर सोसाइटी बनाउने हो । गुन्डाहरुबाट कसैले दुःख दिएका छन् भने गोप्य रुपमा सूचना दिनुहोला, गोप्यता कायम राखेर हामी कारबाही गर्छौं ।’
खनालले गुन्डा र प्रहरीबीचको दाहोहोर भिडन्तमा घैंटे मारिएपछि विरोध गर्नेहरुलाई पनि सचेत गराएका छन् । उनले गुन्डाहरुको को–कोसँग कनेक्सन छ भन्ने कुरा पनि अनुसन्धान गरेर सार्वजनिक गर्ने बताए । घैंटको मृत्युपछि चौतर्फी खुसीयाली आएको र धेरैले आफूलाई बधाई दिएको एसएसपी खनाले जानकारी दिए ।
– नयाँ पत्रिका दैनिकबाट

Thursday, August 20, 2015
कतारको एक लेबर क्याम्पमा आगोलागी हुदाँ नेपाली कामदारहरुको पासपोर्ट,लत्ताकपडाका,नगद जलेर नष्ट
भाद्र ३, २०७२- कतारको साँहनियास्थित एक लेबर क्याम्पमा आगोलागी हुदाँ झन्डै साढे चारसय जना कामदारको राहदानी -पासपोर्ट), लत्ताकपडाका, नगद जलेर नष्ट भएको छ । कामदारहरु काम गर्न कार्यक्षेत्र (साइड) मा गएको हुनाले मानबिय क्षति हुन नसकेको पुष्टि भएको छ ।
स्थानीय 'वाटर मास्टर टि्रन्टमेन्ट' कम्पनीको लेबर क्याम्प बिद्युतीय सर्ट भई आगोलागी भएको हो । 'हामी सबै काम गर्न साइडमा थियौं । बेलुका क्याम्पमा र्फकदा जलेर सबै नष्ट भएछ', लम्जुङका बलबहादुर गुरुङले भने,'अहिले हामीसँग काम जान लगाउने डाग्री -पोशाक) मात्रै छ ।'त्यस कम्पनीमा झन्डै साढे चारसय कामदार छन् । जसमा दुई सय नेपाली रहेका छन् । 'कसैको पनि पासपोर्ट, नागरीकता बचेन । धेरै साथीहरुको घरमा पठाउन राखिएको पैसा पनि जल्यो', उनले भने । सोही कम्पनीमा कार्यरत प्युठानका ओमबहादुर घर्तीमगर, तनहुँका बीरबहादुर आले मगर, सर्लाहीका राजन लोहर, संखुवासभाका नरेश रोक्का, ताप्लेजुङका दिपेन्द्र शर्माले लत्ताकपडा सहित राहदानी जाल्दा समस्यामा परेको बताए ।
'कति साथीहरुको आज -बुधबार)को घर फिर्ने टिकट थियो । सरसामानहरु किनेर राखेका थिए । नेपाल लैजाने लगेज तयार बनाएका थिए', प्युठानका ओमबहादुरले भने,'उनीहरु पनि सबै जल्यो पछि टिकट रद्द भएको छ । आगोलागीबाट ज्यान त जोगियो ।'
आगोलागी मंगलबार दिउसो एक बजेको समयमा भएको थियो । कम्पनीले उनीहरुलाई बन्दै गरेको युसिसिको सात नम्बर क्याम्पमा राखेको छ । 'कम्पनीले अस्थायी बसोबासको लागि युसिसिको क्याम्ममा राखेको छ । बस्ने ओछ्यान लिएर दिएको छ', सर्लाहीका राजनले भने,'अहिले जसोतसो मिलेर बसेका छौं । खाना पनि जसोतसो मिलाएर दिइरहेको छ ।'
सामान जलेको पीरले कसैको मन ठाँउमा नभएको गुरुङले बताए । त्यस कम्पनीमा नेपालीहरु प्लम्बर, मेसन, लेबर लगायत रहेका छन् । उनीहरुले स्वीमिङ पुल निर्माण तथा मर्मतसम्भार गर्ने काम गर्ने गरेका छन् । अधिकारीहरुले आगोलागी तिनघण्टा पछि नियन्त्रणमा ल्याएको थियो । उनीहरुले यसबारे छानबिन प्रक्रिया अगाडि बढाएको जनाएको छ । कतारस्थित नेपाली दुताबासले समस्यामा परेका नेपाली कामदारको अबस्थाको बिषयमा आफुहरुले जानकारी लिइरहेको जनाएको छ । 'राहदानी जलेको हो भने हामी बनाइदिन्छौं', कार्यबाहक राजदुत मणीरत्न शर्माले भने ।
उच्च गर्मीको मौसम भएकोले क्याम्पहरुमा आगोलागी लाग्ने घटनाहरु बढिरहेको आन्तरीक मन्त्रालयले जनाएको छ । यो बेला सबैलाई उच्च सर्तकता अपनाउन आग्रह समेत गरेको छ ।

साफ यु–१९ च्याम्पियनसिप फुटबलमा नेपालले भुटानलाई ३–१ गोलले पराजित
काठमाडौं, भदौ ३ - नेपालले पहिलो साफ यु–१९ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा विहीबार भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–१ गोलले पराजित गरेको हो । नेपालको जितमा कप्तान विमल घर्तीमगरले ह्याट्रिक गरे । उनले खेलको १०औं, २९औं र ६२औं मिनेटमा गोल गर्दै नेपाललाई उत्कृष्ट जित दिलाएका हुन् ।
खेलको ७३औं मिनेटमा नेपालले पाएको पेनाल्टीमा भने विमल गोल गर्नबाट चुकेका थिए ।
भुटानका तर्फबाट सोनाम तोग्बेले एक सान्त्वना गोल गरे । जितसँगै नेपालले ३ अंक जोडेको छ । नेपालले आफ्नो दोस्रो खेलमा बंगलादेशको सामना गर्नेछ ।
प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, अफगानिस्तान, भुटान र माल्दिभ्स सहभागी छन् । नेपाल, भुटान र बंगलादेश समूह ‘ए’मा रहेका छन् भने समूह ‘बी’मा भारत, अफगानिस्तान र माल्दिभ्स रहेका छन् ।
दुबै समूहको शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् । प्रतियोगिताको फाइनल भदौ १२ गते हुनेछ ।

Subscribe to:
Posts (Atom)